Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लागेपछि कुलमानले भने, ‘ प्रमाणित भए झण्डिएर मर्छुु’

Posted on May 21, 2019May 22, 2019 by राजेन्द्र मगर

आज  जेठ ७गते बुधबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

सांसद अमनलाल  मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरूसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप  कुलमान घिसिङलाई लगाएपछि हंगामा भएको छ।

मंगलबार घिसिङ र नेकपाका सांसद अमनलाल मोदीबीच आरोप-प्रत्यारोप चल्यो। उनीहरु दुईबीचको आरोप प्रत्यारोपले मिडिया हुदैँ सामाजिक सञ्जाल तातेको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा यो विषय चर्चाको विषय बन्यो। घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिए।

कुलमान विरुद्ध आक्रोशित भएका मोदीले ‘२५ मेगावाटको सोलार प्लान्ट र  कोसी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टचार गरिएको’ बताए।घिसिङले छाविन मिटी गठन गर्ने स्षपष्ट पारिसकेका छन्।

नेकपाकै सांसदले ९ अर्ब भ्रष्टाचारको आरोप लगाएपछि कुलमानले भने – प्रमाणित भए झुण्डिएर मर्छु भन्दै सेतोपाटीले लेखेको छ।

सांसद मोदी र घिसिङ विवादको चूरो ३ हजार किलोमिटर भएको खुलेको छ। सांसद मोदीले स्थानीयको मागलाई साथ दिँदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् ।

ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले हालै मात्र तार तान्न दिन मोदीलाई आग्रह गरेका थिए । तर, उनले मानेका छैनन् ।

कुलमान–मोदी विवादको चुरो ३ हजार मिटर तार ! भन्दै अनलाइनखबरले लेखेको छ।

प्रदेश नम्बर १ को मुख्यमन्त्री ग्रामीण सडक योजना अन्तर्गतका ९० वटा सडकको टेन्डर सूचनासमेत निस्कन सकेको छैन।

प्रदेश सरकारले कार्यविधि ढिलो गरी फागुनमा मात्र बनाएको हुँदा ग्रामीण क्षेत्रमा ९० वटा सडक निर्माण गर्ने ४० करोडको योजना अधूरो रहेको हो।

मुख्यमन्त्री शेरधन राईको योजना र चाहनामा आएको मुख्य योजना नै प्रदेशमा अलपत्र परेको छ। प्रदेशमा चालु आर्थिक वर्षको यो नै सबैभन्दा ठूलो योजना हो। प्रदेश सरकारसित ४० करोड माथिका कुनै योजना छैनन्।

मुख्यमन्त्रीको मुख्य चासो रहेको ९० वटा सडकका योजना अलपत्र, एउटा पनि कार्यक्रम हुन सकेन छनौट भन्दै पहिलोपोस्टले लेखेको छ।

पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा भन्दै नेपाल खबरले लेखेको छ।

मानबहादुरले मंगलबार बिहान ३ बजे सोही गाँउका एकजना र पल्लो गाँउका अर्का ब्यक्तिसँग इमजेन्सीमा उपचारका लागि जानुपर्‍यो भन्दै पैसा मागेको खुलेको छ।

माखिमले बोकेको मोबाइल मंगलबार ३ बजेर ५ मिनेटमा स्विच अफ भएको प्रहरी अनुसन्धानले देखाएको छ। स्विच अफ गरिएको मोबाइल फोन सेट उनको शव नजिकै भेटिएको छ। त्योभन्दा अघि उनले दुईजना गाँउलेलाई फोन गरेको र नगद रकम मागेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।

पाँचथरथर कै घटनामा विभत्स अपराध ! ससुरालीको बंश मासेर ‘डिभोर्स’को बदला ?  भन्दै अनलाइनखबरले लेखेको ।

5 thoughts on “आजको खबर : ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लागेपछि कुलमानले भने, ‘ प्रमाणित भए झण्डिएर मर्छुु’”

  1. सागर says:
    May 23, 2019 at 6:12 am

    कुलमानले भ्रस्टाचार गरेको नै छैन | यदि कथं कदाचित कुलमान ले भ्रस्टाचार नै गरेको भए पनी म छुट दिन तयार छु | वहाँ लाइ र त्रिताल साब लाइ मेरो सलाम छ | सबै नेता हरुलाई गुहुको नालीमा कैद गरेर राख्नु पर्छ |

    Reply
  2. suksang says:
    May 22, 2019 at 8:21 pm

    मोदी नाम नै नेपाल को लागि घातक छ एकदम.

    Reply
  3. madan bajracharya says:
    May 22, 2019 at 11:47 am

    नेपाली दसौं बर्ष सम्म अँध्यारोमा ….यो भन्दा ठुलो भ्रस्टाचार बिस्वमै न पहिला भयको थियो न पछि हुन् सक्ला/ दसौं बर्ष सम्म देस अँध्यारो भयकोले कति लाख विद्यार्थीको भविस्य बिग्रियो होला; कति लाख कमायार खानु पर्ने भोकै मर्यो होला; कति खरव खर्चेर बिनसित्ति रास्त्रले भारत बात इन्धन इन्भर्टर आदि किन्नु पर्यो होला?

    यत्रो भ्रस्टाचार हुँदै गर्दा र कुलमानले भ्र्स्ताचारकै कारणले …सावित गर्दा पनि कसै माथि कार्यवाही नहुनु; कुनै छानविन समिति पनि नबन्नुले भन्दा देसलाई भ्र्स्ताचारको निमित अँध्यारोमा पार्नेको चंगुल बात मुक्त गर्ने कुललाई “भ्र्स्ताचारी” भन्ने सांसद हुनुले स्पस्ट गर्छ हाम्रो देसमा सरकार र ब्यबस्था कस्तो छ र कसले चलाईरहेको छ भनेर/ यदि कुलमानलाई केहि गरे अढाई करोड नेपालीनै आईलाग्ने डर नभयको भय सायद होईन पक्कै पनि कुलमान हाम्रो माझ आज सम्म रहिरहंदैन्थ्यो/

    कुलमानले जुन प्रतिष्ठा कमाउनु भयको छ तेस्को मुल्यांकन अरव खरव मा गर्नु उहाको प्रतिष्ठाको अनादर हुने छ/ यस्तो व्यक्तित्व भयकोलाई “भ्र्स्ताचारी” भन्ने माथि हदै सम्म कानुनि कार्यवाही होस् भनि के नागरिकहरुले सर्वोच्चमा रित राख्न सकिंदैन?

    Reply
  4. डिल्लि says:
    May 22, 2019 at 6:21 am

    अपराधिहरूको मनोवल यसले स्पष्ट पार्छ । सांसद विधायक नभएर ठेक्केदार, अपराधि, र सांढसदकारुपमा परिचित हुनथालेका छन् । “जनता”का नाम भजाएर मुख्य अंश हातपार्ने यी भ्रष्टाचारी साँढेहरू सदाचारीलाई भ्रष्टाचारीको विल्ला भिराएर आफ्नो स्वार्थ सिद्धिमा लागिपरेका छन् । “जनता” त भजाउने नाम भयो । मागेजति नपाउँदा “नीजि विद्यालयले चर्को शुल्क लिए” भनि विद्यालन बन्द गराउने विद्यार्थी नेता, जनताले क्षतिपूर्ति पाउनु पर्छ भन्दै विकास रोकेर भाग बस्ने नेता महोदयहरू, पञ्च र राजाले देश सके भन्दै देशको ढुकुटी लुट्ने दल र तिनका छोटेराजनहरू समानरुपमा जनता दुहुन बढेमानको ढुंग्रो लिएर बसेका छन् । सन २००२ मा बढी भएको विजुली त्यो सालको अन्त्यसँगै लोडसेडिंगको भार थोपरेर इन्भर्टर र सोलारको कमिसन, पारिको पानी राजनीतिमा “कुत्तेका खाना” खानेहरू नै उग्र जन र राष्ट्रभक्ति देखाउने साधू बिरालाहरू छन् । अमनलाल को यो तिकडम पनि उही ड्यांगको “उपहार” हो । अमनलाललाई भ्रष्टाचार अमन भएर हैन ब्यापारीहरूको डेडिकेटेड फिडरमा महसुल नतिराउने सर्तमा लिएको नजरानाको झुसिलो डकार र कुलमानले महसुल उठाउन गरेको कडाइमा संसदीय सुनुवाइको पाचकको संमिश्रण हो ।

    Reply
  5. ram says:
    May 22, 2019 at 12:28 am

    हाम्रो देश मा राम्रो काम गर्ने इमान्दार मान्छे लाई खेदो खनेर काम गर्न नदिने र फसाउन मात्र खोजिन्छ तर भ्रस्ट र बैमानी लाई भने जय जयकार गरेर उनिहरु कै पछि सबै लाग्छन/ कुलमान लाई अरु ले जेसुकै भनुन, म चाही हाम्रो बत्ती देउता मान्छु र यदी उहाले भ्रस्टचार नै गरेको भए पनि उहा लाई यस्तो आरोप लगाउदा म लाई साह्रै दुखः लाग्यो / आरोप प्रमाणित भए कुलमान झुण्डीयर मर्न तयार हुनुहुन्छ भने, यदी उहाको आरोप झुठा थहरियमा आरोप लगाउने अमनलाल मोदीले के दण्ड बेह्रोन तयार हुनुहुन्छ/ आरोप सत्ते नभय यस्ता (मोदी) लाई नेपाल को जन्ता ले कालो मोसो दलेर देश नेकाला गर्नुपर्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme