Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

छाया सरकारः देउवा प्रधानमन्त्री, गगन थापा शिक्षामन्त्री :कुलमान घिसिङको पक्षमा अदालतको फैसला

Posted on May 20, 2019May 20, 2019 by राजेन्द्र मगर

आज  जेठ ६  गते  सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

आज सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको विषय प्राय सबै मिडियामा छाइरहे। सोसल मिडियामा कतिपयले कांग्रेसको छाया सरकारलाई खिल्ली पनि उडाए। विगत लामो समयदेखि कांग्रेसले छाया सरकार बनाउने  बताउँदै आएको थियो।

संसदीय व्यवस्था भएको मुलुकहरुमा छाया सरकार बनाउने प्रचलन छ । नेपालमा २०४८ मा तत्कालीन एमालेले छाया सरकार बनाएको थियो तर, पछिल्लो समय यसले निरन्तरता पाएन ।

नेता शेरबहादुर देउवा नेतृत्वको छाया सरकारमा दिलेन्द्रप्रसाद बडू गृह मन्त्रालयस्तरीय समितिको संयोजक तोकिएका छन्। अर्थात उनी छाया गृहमन्त्रीको रुपमा रहनेछन्। संसदीय दलको नेता छाया प्रधानमन्त्री हुन् भने उपनेता गच्छदार छाया उपप्रधानमन्त्री हुन् ।

यस्तै मिनेन्द्र रिजाल अर्थ, नारायण खड्का परराष्ट्र र ज्ञानेन्द्रबहादुर कार्की उर्जा संयोजक भएका छन्। उमाकान्त चौधरी शहरी विकास, किशोर सिंह राठौर युवा तथा खेलकुद, मीन विश्वकर्मा उद्योग, बाणिज्य तथा आपूर्ति र गगन थापा शिक्षा, विज्ञान तथा प्रवृधि मन्त्रालस्तरीय समितिको संयोजक तोकिएका छन्।

कांग्रेसले गठन गर्‍यो छाया सरकार: २१ मन्त्रालयमा ५८ सांसदलाई जिम्मेवारी भन्दै पहिलोपोस्टले लेखेको छ।

प्रहरीले काठमाडौंको टोखाबाट काले भनेर चिनिने गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ। प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए ।

उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि गोली हानेर पक्राउ गर्नु परेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिए ।

पूर्वएआईजीको घर लुट्ने ‘खुंखार डाँका’ प्रहरी इन्काउन्टरमा समातिए भन्दै अनलाइन खबरले लेखेको छ।

थाहै नपाई स्वतन्त्र तिब्बतको पक्षमा आवाज उठाउँदै निर्वासित दलाई लामाले आयोजना गरेको कार्यक्रममा सहभागी भएको सत्तारुढ समाजवादी पार्टी नेपालका दुईजना सांसदले बताएका छन् ।

प्रदीप यादव र एकवाल मियाँ गत ७ देखि १० मे सम्म (२४–२७ वैशाख) लाटभियाको राजधानी रिगामा आयोजित वर्ल्ड पार्लियामेन्टरियन कन्भेन्सन अन टिबेटमा सहभागी भएका थिए । उनीहरुले कानून निर्माताहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै गरेको भन्ने गलत सूचनाका आधारमा भाग लिएको बताए ।

सत्तारुढ सांसद भन्छन्ः थाहै नपाई दलाइ लामासम्म पुगिएछ भन्दै शिलापत्रले लेखेको छ।

ट्रक तथा डेटिकेटेड लाइनको रकम नतिर्ने भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध मोर्चा बन्दी गर्दै आएका व्यावसायीको विरुद्ध पाटन उच्च  अदालतको फैसला आएको छ।

उद्योगीहरुले प्राधिकरणले तोकेको शुल्क तिर्न नपर्ने भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

प्राधिकरणले ६७ उद्योगलाई ट्रंक लाइनमार्फत बिजुली उपलब्ध गराएको थियो । त्यसमा २३१ वटा डेडिकेटेड लाइन छन् । ट्रंक लाइन र डेलिकेटेड लाइनमार्फत् प्राधिकरणले व्यवसायीलाई ३१५ मेगावाट बिजुली उपलब्ध गराएको थियो ।

विद्युत महशुल अन्य दस्तुर तथा सेवा शुल्क र विलिङ सम्बन्धी व्यवस्थाको उपनियम २ मा प्राधिकरणका डेडिकेटेड लाइन तथा ट्रंक लाइनबाट विद्युत सेवा लिने औधोगीक व्यापारीक, पर्यटकीय होटल व्यवसायीले लाइन लिएका थिए।

जसबाट २० घन्टासम्म विद्युत निरन्तर आउने व्यवस्था गरिएको थियो । सो लाइन लिएवापत उद्योगीहरुले साविकको दरभन्दा ६८ प्रतिशत बढी महशुल समेत तोकियो । सोही अनुसार महशुल तिर्न व्यवसायी पनि राजी भए । त्यसरी झन्डै ३ सय हाराहारी उद्योग तथा प्रतिष्ठानहरुले लाइन समेत लिएका थिए ।

कुलमान घिसिङको पक्षमा अदालतको फैसला, ४ अर्ब ३० करोड रुपैयाँ उठ्ने भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

2 thoughts on “छाया सरकारः देउवा प्रधानमन्त्री, गगन थापा शिक्षामन्त्री :कुलमान घिसिङको पक्षमा अदालतको फैसला”

  1. राजन says:
    May 22, 2019 at 9:14 pm

    फेरी त्यो अयोग्य देउवा छाया सरकार को प्रम?
    काङ्ग्रेस ले अरु कोही भेट्टाएन ?

    Reply
  2. madan bajracharya says:
    May 21, 2019 at 8:07 am

    कांग्रस अब छाया सरकार….मै सन्तुस्ट रहे राम्रो/कारण बाहिरको होईन उनीहरुकै भित्रकै हो/ अहिले कांग्रेसको सबै भन्दा ठुलालाई पार्टीकैले पार्टीको निमित समेत अयोग्य भनिरहेको छ/ बाहिरकाले तेस्तो आरोप लगायको भय आ बिरोधि पार्तिकाले त् जे पनि भन्न सक्छ; जसरि उनीहरुले अरु पार्तिकालाई भन्दै आयको छ भन्न सकिन्थ्यो/ तर भित्रैकाले बा आफ्नैले समेत अयोग्य भनेकालाई फेरी पनि…..;यो त् उनीहरुकै कुराले उनीहरु कस्तो रहेछ भनेर बुझेकोले मतदान हुने चुनावमा हुनै सक्दैनथ्यो; त् भयन/

    हुनत अहिले भन्दा पहिला उ माथि अहिले लगायको भन्दा ठुलै आरोप (प्रजातन्त्र ज्ञानेलाई बुझाउने” लगाई सकेकालाई अस्ति ओली भन्दा …गरेको फल आज उनीहरुले भोगिनै रहेकोछ/ उसले ज्ञानेलाई बुझायको…..त् ज्ञाने मुर्ख र निरह भयकोले फर्काउन सके/ तर लोकतन्त्रको महा मुर्ख जनता पनि ज्ञाने भन्दा बुद्धिमान र शक्तिशाली छ/ तेसैले त् अस्तिको चुनावमा हामि त् हाती जत्तिकै ठुलो हौँ भन्नेलाई जनताले निचोरेर झन्डै ……बनाई दियको/

    सबै दोष आफ्नै घर भित्रकोलाई यकले अर्कोलाई यस्तो तेस्तो भनेर बाहिरकाले सुन्ने गरि पोल लगाउने “उनीहरु”मै जान्छ/ बुढा पाकाले “घरको कुरा बाहिरकाले सुन्ने गरि नबोल्नु” तेसै भनेको होईन/ “उनीहरुले बाहिरकाले सुन्ने गरि पोलापोल नगरेको भय जनता उनीहरुनै नेपालको प्रजातन्त्र लोकतन्त्र आदि आदि कुरा पत्याई रहन्थ्यो र उनीहरुनै सदियौं सम्म ….भै रहन्थ्यो/

    तेसैले अब मगन रही रहुन रमाई रहुन छाया सरकारमै/ तर यौटा कुरा खुल्दुलि लागि रहेछ उनीहरु साँच्चैको सरकारको जस्तै यो प्रधान मन्त्रि त्यो यो मन्त्रि आदि बनायर छाया सरकार त् बनायो तर रास्ट्रपति कसैलाई बनायन; किन होला रास्ट्रपति भनेको त् सरकारको “शिर” जस्तै हो अब “शिर” नै नभयको छाया सरकार!!!!!; आम बोलिचालिमा “शिर” नभयकोलाई त् सुन्नैमा डर लाग्ने ………पो भनिन्छ; कसो इनिहरुले छाया सरकार भन्नुको सट्टा “……..सरकार” भनेन!!!/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme