Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्डको प्रश्न : एमालेका नेतालाई लाइन लाएर प्रधानमन्त्री बनाउने म अस्थिर गज्जब ? देखि फेरि एक युवतीमाथि एसिड प्रहार

Posted on May 15, 2019 by राजेन्द्र मगर

आज  जेठ १  गते  बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

ललितपुर सुनाकोठीका बासिन्दाले आजबाट सडक बन्द गर्दै सवारी साधन चलाउन रोक लगाएका छन्।

एक हप्ताअघिदेखि चापागाउँका स्थानीयहरुले सडक निर्माण गर्नुपर्ने माग गर्दै दैनिक केही घण्टा गाडी रोकेर विरोध प्रदर्शन सुरु गरेका थिए। चार दिनदेखि भने उनीहरू सडक नै बन्द गरेर आन्दोलमा उत्रिएका छन्।

सुनाकोठीका युवाहरुले पनि आफ्नो ठाउँको सडक बन्नुपर्ने माग गर्दै ठेचो र चापागाउँका युवाहरुसँग हातेमालो गरेका हुन्।

ठेचो र चापागाउँका स्थानीयहरुले मंगलबार सडक विभागमा पुगेर सहमति गर्ने प्रयास गरेका थिए। तर, सडक विभागका अधिकारीले हाललाई ग्राभेलले सडक सम्याएर सडक गुड्न योग्य बनाउने र सडक बिस्तारपछि मुआब्जा वितरण गर्ने बताएपछि स्थानीयहरुसँग सहमती हुन सकेको थिएन्।

सडक विभागसँग सहमति नभएपछि लगनखेल बसपार्क हुँदै सुनाकोठी, ठेचो, चापागाउँ, बज्रबाराही, लेले, टिका भैरव जाने सार्वजनिक र निजी सवारी साधन चल्न सकेका छैनन्।

बौद्ध र चापागाउँलाई पछ्याउँदै सुनाकोठीमा आन्दोलन : सडक पिचको माग गर्दै जनता सडकमा भन्दै पहिलो पोस्टले लेखेको छ।

तत्कालिन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् ।

प्रचण्डले भने–माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो,उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदा हुँदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ ।

केपी ओलीलाई संविधान बनाउँ तपाई प्रधानमन्त्री भनेको हुँ । यो पटक पनि चुनावअघिनै तपाई प्रधानमन्त्री भनेको हुँ । अब तपाईहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ।’

अध्यक्ष प्रचण्डले युवाहरुको साथ पाए अझै पनि केही नयाँ प्रयोग गरेरमात्र ‘माथि जान’ मन छ भन्दै आफूलाई साथ दिन आग्रह गरे। उनले पार्टी एकीकरणको बाँकी काम तत्कालै टुंगो लाग्नेसमेत बताए।

प्रचण्डको प्रश्न : एमालेका नेतालाई लाइन लाएर प्रधानमन्त्री बनाउने म अस्थिर गज्जब ? भन्दै अनलाइन खबरले लेखेको छ।

काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।

बुधबार साँझ २० वर्षीय ती युवतीमाथि एसिड प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा आइसकेको  छ।

आफ्नै श्रीमानले ती युवतीलाई एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

काभ्रेका विष्णु भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरी फरार भएपछि तत्काल भुजेललाई काठमाडौं काँडाघारी सनसिटीबाट पक्राउ गरिएको हो।।

युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका भइरहेको छ।

कालोपुलमा युवतीमाथि एसिड प्रहार,काँडाघारीबाट विष्णु भुजेल पक्राउ भन्दै सेतोपाटीले लेखेको छ।

समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार छाड्ने नछाड्ने विषयमा अझै धरमरमा देखिएका छन्।

यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम दुई बुँदे सहमतिमार्फत् सरकारमा सामेल भएको डेढ बर्ष बितिसकेको छ। तर, फोरमको माग अनुरुप संविधान संसोधनको प्रक्रिया बढेको छैन।

प्रतिपक्षी बेञ्चमा रहेको डा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालसँग एकता गरी ‘समाजवादी पार्टी, नेपाल’ गठन गरेपछि यादव सत्ताबाट बाहिरिने अनुमान गरिँदै आएको छ।

ओली सरकारमा बस्ने वा छाड्ने भन्ने विषयमा उपेन्द्र अझै धरमरमा भन्दै नेपाल खबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

4 thoughts on “प्रचण्डको प्रश्न : एमालेका नेतालाई लाइन लाएर प्रधानमन्त्री बनाउने म अस्थिर गज्जब ? देखि फेरि एक युवतीमाथि एसिड प्रहार”

  1. madan bajracharya says:
    May 18, 2019 at 8:54 pm

    शंकरज्यु
    गिरोजाले भनेथ्यो “हामि राजनीतिग्यहरु झुठ पनि बोल्छौँ”/ तिनैको पिपा आठ्प्रहरिया हजुरिया कर्साहेव जरसाहेव नै त् तो इनिहरु/ तेसैले “झुठ बोल्छौँ” भन्नेलाई इनिहरुले आफ्नो महानायक मानेको/ शंकरज्यु राजनीतिग्यहरु फ़त्याईको भरयाङ्ग पनि हो/ तपाईं हामीले बारम्बार गिरिजाले आफ्नो क्रान्तिकारी राजनीतिको सुरुवात बिराटनगर जुटमिल कारखानाको मजदुर हड्तालबात सुरु गरेको भनेको बखान/ गिरिजाको ……हरु बिराटनगर जुटमिल हडतालको बखान यसरि गर्छन कि मानौ त्यो हड्तालानै नेपालमा राना बिरुद्ध संघर्षको सुरुवात हो गंगालालहरुले आफ्नो प्राण दियर गरेको संघर्ष होईन/तर बास्तविकता अर्कै छ/ गिरिजा बिराटनगर जुटमिलको यक मिनेट को नोकरी गरेको मजदुर पनि थियन र गिरिजाहरुले मोहनशमशेर सिट आफुलाई सत्तामा सामेल गरे हड्ताल तोड्ने सम्झौता समेत गरेको थियो/ मोहन शमशेरको सरकारमा सामेल हुने भनेको त् नेपालमा रानातान्त्रलाई नै निरन्तरता दिने हो र दिय पनि गिरिजाहरुले २००७ पछि मोहन शमशेरकै सरकार बनायर/ तैपनि गिरिजा…हरु भन्छन नेपालमा रानातान्त्र हटायर प्रजातन्त्र ल्यायौं भनेर/
    लगभग यस्तै नै गरेको हो प्रचंद्रले पनि/ ४० बुंदे माग/ भारत सिट नझुके राजतन्त्र महान रास्त्रवादी भन्दै …गर्ने मावोबादीको मावोबाद र दिल्ली सम्झौता पछिको …..त् पुरै …..हुनुले
    प्रचंद्र्को दावी पनि गिरिजाको जुतामिले दावी उस्तै उस्तै भयो/

    Reply
  2. Narendra says:
    May 16, 2019 at 10:52 pm

    सब भन्दा पहिला prachadra लाइ PM बनाई दिने को? एमालेको झलनाथ खनाल होइन त !

    Reply
  3. Shankar says:
    May 16, 2019 at 6:42 pm

    प्रचण्ड ले त् भने , अब केहि समय पछि एमाले नेताहरु ले मुख खोल्लान अनि बास्तबिकता थाह हुन्छ | नेपालि नेताहरुलाई झुटो बोल्नु दाल भात खाए सरह हो |
    मा कु ने पी यम हुदा , सहर घेराउ आन्दोलन गरे प्रचन्डले तर सफल भएँन | तेत्रो जान आन्दोलन ,देश मा क्रान्ति गरेको गफ दिने ले सानो आन्दोलन सफल गर्न न सकेको देख्दा लाग्यो एस्लाई उचाले को इन्डिया ले रहेछ | गफ त् आजकाल राजेन्द्र महतो , लाल बाबु राउत , उपेन्द्र ले पनि दिन्छ | बाबुराम झन् सारा गर्ने मै हु भन्छ |

    Reply
  4. madan bajracharya says:
    May 16, 2019 at 11:04 am

    यमालेका तिन नेतालाई प्रधान मन्त्रि बनाउने “म गज्जवको” त् भन्यो तर ओलीलाई अविशासको प्रस्ताव राख्नेको को त्यो “गज्जव” सब्द पछि अनेकौं सब्दहरु जोडिन सक्छ; सुद्ध पानि पनि जोडिन सक्छ जसले पनि पिउन सक्ने/ सुद्ध सुन पनि जोडिन सक्छ कसैको पनि गहना बनाउन सकिने/ चमत्कारी रसायन पनि जोडिन सक्छ जेमा पनि घुलिन सक्ने. आदि आदि/ तर गज्जवको हुँ भन्नुको सट्टा अजिवको हुँ भनेको भय बढी उपयुक्त हुन्थ्यो/ किनभने जे पनि गर्न सक्ने गज्जवको हुँदैन अजिवको हुन्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme