Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डिजेल किन्ने पैसा नहुँदा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम ठप्प,प्रदीप गिरिले अर्थमन्त्रीलाई भने- एउटा बाटो रोज्नुस्

Posted on May 14, 2019 by राजेन्द्र मगर

आज  वैशाख  ३०  गते मंगलबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन्।

सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए। अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै बास्कोटालेले आतंकवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्डसमेत दिइने गरेको बताए।

सञ्चारमन्त्रीको प्रश्न: आतंकवादलाई प्रेस स्वतन्त्रताको ढालले रोक्छ? अमेरिकामा एक करोड जरीवानादेखि मृत्युदण्डसम्म भन्दै पहिलोपोस्टले लेखेको छ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पिच गर्ने काम रोकिएको छ।

ठेकदारले पाउनुपर्ने भुक्तानी समयमै नदिएपछि काम रोकिएको हो।

विमानस्थल निर्माणमा प्रयोग हुने रोलर, पेभर, स्काभेटर, डोजर लगायतका ठुला उपकरणमा दैनिक २० लाख रुपैयाँको करिब २० हजार लिटर डिजेल खपत हुन्छ ।

डिजेल अभावमा धावनमार्ग पिचको काम गर्ने प्राविधिकसहित ७० कामदार तीन दिनदेखि खाली बसेका छन् ।

विमानस्थल निर्माणमा २५० श्रमिक कार्यरत छन् । ज्यालादारीमा काम गर्ने सबै श्रमिकको महिना पूरा भएकाले भुक्तानी गर्नुपर्ने समय आएको र आयोजनाबाट रकम नआए सबै काम रोकिने छ।

विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारी पनि ठेकेदार कम्पनीले पेश गरेको दुईवटा बिलको करिब १० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको स्वीकार गर्छन्।

गौतमबुद्ध विमानस्थलः डिजेल किन्ने पैसा नहुँदा काम ठप्प भन्दै अनलाइन खबरले लेखेको छ।

अर्थमन्त्री युवराज खतिवडालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले एउटा बाटो रोज्न आग्रह गरेका छन्।

सांसद गिरिले आर्थिक वृद्धिदर र समानता तथा सामाजिक न्याय सँगसँगै जान नसक्ने भन्दै  अर्थमन्त्री खतिवडालाई एउटा बाटो रोज्न आग्रह गरेका हुन्।

प्रि-बजेटबारे मंगलबार प्रतिनिधिसभामा छलफलमा भाग लिएका गिरिले भने, ‘वृद्धिदर र उच्च समानता तथा सामाजिक न्याय सँगसँगै जान सक्दैन, प्राथमिकता स्पष्ट गरेर एउटा बाटो रोज्नुस्।’

प्रदीप गिरिले अर्थमन्त्रीलाई भने- एउटा बाटो रोज्नुस् भन्दै सेतोपाटीले लेखेको छ।

आठ जना नेपाली आरोही आज मंगलबार सगरमाथाको शिखरमा पुग्न सफल भएका छन्।

आठ जना नेपाली गाइड मंगलबार दिउँसो १ः४५ मा चुचुरोमा पुगेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

सगरमाथा आरोहीहरुका लागि डोरीको सहायताले बाटो बनाउँदै उनीहरु चुचुरोमा पुगेका हुन्। उनीहरु चुचुरोमा पुगेसँगै अन्य आरोहीहरुका लागि आरोहणको बाटो खुलेको छ।

सगरमाथा आरोहीका लागि बाटो बनाउँदै चुचुरोमा पुगे आठ नेपाली भन्दै नेपाल खबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme