Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गगनले अर्थमन्त्रीलाई सोधे, ‘यो वर्ष सुखद् रह्यो भन्ने एउटा मान्छे मलाई भेटाइदिनुस्, योगेशको जवाफ: ‘औँसीको रातमा जन्मेकाहरूले जतासुकै अन्धकार नै देख्छन्’

Posted on May 13, 2019May 13, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २८  गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षा राजनीतिक दल र त्रिविकै नेताहरुका आफन्तलाई पास गराइएको विषयले व्यापक चर्चा पाएपछि वैद्य र विप्लव नेतृत्वका माओवादीको विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्।

त्रिवि आयोग अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा भूमिगत शैलीमा पुगेका विद्यार्थी नेताहरुले तालाबन्दी गरेको हुन्।

कार्यालयमा उतीर्ण भएकाहरुको अन्तर्वार्ता जारी रहँदा अखिल क्रान्तिकारीका तीनजना नेताहरु संघर्ष दाहाल, कुमार वर्तौला र शुलव वैद्यले छक्याउँदै कार्यालय भित्र पसी तालाबन्दी गरेका हुन्।

नेताका आफन्तलाई जागिर दिएको ‘भाइरल’ भएपछि विप्लव र वैद्यका विद्यार्थीले लगाए त्रिवि सेवा आयोगमा ताला भन्दै पहिलोपोस्टले लेखेको छ।

अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले गरेको पक्राउ गैरकानुनी भएको भन्दै नेपाल बार एशोसियसनले विरोध जनाएको छ। उनलाई विनाशर्त रिहाइ गर्नपनि बारको माग छ। उनी विद्यार्थी संगठनहरूले आयोजना गरेको पत्रकारसम्मेलनबाटै  पक्राउ  परेका थिए। उनी विप्लव माओवादी निकट अखिलक्रान्तिकारीका अध्यक्ष पनि हुन्।

शुक्रबार ढकाललाई अनामनगरस्थित यूनियन हाउसमा भएको पत्रकार सम्मेलनबाटै प्रहरीले पक्राउ गरेको थियो।

ढकाल अखिलक्रान्तिकारीका अध्यक्षमात्र होइन ललितपुर जिल्ला अदालत बार इकाइका सदस्य पनि हुन्।

विप्लव समूहमा लागेको आरोपमा वकिल पक्राउ, नेपाल बारको आपत्ती भन्दै सेतोपाटी लेलेखेको छ।

संसदमा दर्ता गरिएकाे प्रेस काउन्सिल विधेयक संविधानको मर्म र भावना विपरित भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले फिर्ता लिन माग गरेकाे छ।

महामन्त्री मोहनविक्रम सिंहले सोमबार एक वक्तव्य प्रकासित गरी लोकतन्त्रको मर्म विपरितको उक्त विधेयकलाई फिर्ता लिएर संविधान र लोकतान्त्रिक मान्यता अनुसार अर्को विधेयक बनाएर संसदमा प्रस्तुत गर्न आग्रह गरेका छन्।

प्रेस काउन्सिल विधेयक लोकतन्त्रको मर्म विपरितः मसाल भन्दै नेपाल खबरले लेखेको छ।

कांग्रेस नेता गगन थापाले संसदको प्रि बजेट छलफलमा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई अर्थमन्त्रीज्यू! यो वर्ष मेरा लागि सुखद् रह्यो भन्ने एउटा मान्छे मलाई भेटाइदिनुस्  भन्दै प्रश्न गरेका छन्।

थापाले भने, ‘म चुनौतीका साथ अर्थमन्त्रीलाई भन्न चाहन्छु–एक पटक नेपाल घुमौं। प्रदेश सरकारदेखि, स्थानीय सरकारसम्म विद्यार्थी, शिक्षक, मजदुर, किसान, उद्यमी, उद्योगी, व्यवसायी, नयाँ-पुरानो कसैलाई पनि भेटौं र सोधौं। यो वर्ष नेपालमा मेरा निम्ति सुखद वर्ष रह्यो भन्ने एकजना मान्छे तपाईँले मलाई भेटाइदिनुहोस्।’

त्यस्तै एमाले नेता योगेश भट्टराइले संसदको प्रि बजेट छलफलमा औँसीको रातमा जन्मेकाहरूले जतासुकै अन्धकार नै देख्छन् भनेर गगन थापालाई काउण्टर एट्याक गरेका छन्।

भट्टराइले भने, ‘ मलाई लाग्छ, हाम्रो गाउँतिर एउटा भनाइ छ–आइतबार जन्मेको मान्छेलाई आइते भनिन्छ, सोमबार जन्मेकोलाई सोमे भन्छ। त्यो चरित्र कहिँ न कहिँ देखिन्छ। मलाई लाग्छ कहिले काहिँ यो औँसीको रातमा जन्मेका मानिसहरुले सायद जतासुकै अन्धकार नै देख्छन्। यस्तो प्रवृत्ति हुनसक्छ। तर, यो दुनियाँमा अँध्यारोमात्रै छैन उज्यालाहरु पनि छन्। हामी त्यो उज्यालोका प्रतिनिधिहरु हौंं। नेपाल कम्युनिष्ट पार्टी त्यो उज्यालोको प्रतिनिधि हो।’

यी दुवै समाचार काठमाण्डु प्रेसले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

4 thoughts on “गगनले अर्थमन्त्रीलाई सोधे, ‘यो वर्ष सुखद् रह्यो भन्ने एउटा मान्छे मलाई भेटाइदिनुस्, योगेशको जवाफ: ‘औँसीको रातमा जन्मेकाहरूले जतासुकै अन्धकार नै देख्छन्’”

  1. Deven says:
    May 20, 2019 at 9:20 pm

    Hamro Neta harulai Ukhan hanna, gaf hanna, chaplusi garne, power ko galat upayog garne bahek aru kehi garna aye… mariiii jaun la.

    Reply
  2. प्रविण खत्री says:
    May 16, 2019 at 4:10 pm

    योगेशको उखान टुक्का चैं फिटिक्कै मिलेन । वास्तविक उखान चैंने “साउनमा आँखा फुटेको गोरुले सँधै हरियो देख्‍छ” हुनु पर्ने हो ।

    Reply
  3. Prashant says:
    May 14, 2019 at 11:30 pm

    Is Yogesh Bhattrai referencing his own birth date, dark moon day?
    Interesting Bhattrai baje, how in the hell you figured out Gagane was born on Dark moon day?

    Reply
  4. madan bajracharya says:
    May 14, 2019 at 9:06 pm

    गगनेज्यु आज दुखि हुनुको कारण तपाइहरुले दिनु भयको “हिजो” को कारणले हो/ आज नेपाल जुन हद सम्म भारत आश्रित बनेको छ,भारतको भूगोल भन्दा २२ गुणा सानो भूगोल भयको नेपालमा जति श्रोतहरु थिय तेती श्रोत त् नेपालकै जत्रो भूगोल भयको बिस्वको अर्को कुनै देसमा छैन; यस्तो सम्पन्न नेपालमा तपाइकाले नै सबै भन्दा बढी सत्ताको नेतृत्व गर्नु भयको थियो तापनि नेपाल ….यस्तो किन भयो गगने ज्यु?

    तपाइकाले नेपालीले गलहत्याउन खोजेकालाई नै फेरी पनि प्रधान मन्त्रि बनाउनु भयर सन१९५०को सन्धि गर्नु भयो/ २००७मा तपाइकाहरुले ३ बर्ष भित्र नेपालमा संबिधान बनाउञ्छौ भनेका थिय/ तेतिबेला पहिला रानाको पछि तपाइकाको बुख्याचा जस्तै त्रिभुवन राजा थिय/ तेतिबेला देसमा चाहेको तपाइकाले चाहेको भय तुरन्तै संबिधान बनाउन सक्नु हुन्थ्यो तर संबिधान त् बनाउनु भयन २०१५ सम्म बिना संबिधान र चुनाव नेपालमा दिल्लीले रोजे चाहेको “तन्त्र” चलाउनु भयो; दिल्लीलाई नेपालको श्रोतको मालिक बनाउने सन्धिहरु गर्नु भयो/ तापनि …पचाई भन्नु हुन्छ २००७मा प्रजातन्त्र ल्यायौं बिकाश गर्यौं भनेर/

    गगने ज्यु यक चोटी मुटुमा हात राखेर सोच्नुस र भन्नुस तपाइकाहरु आफ्नो नेतृत्व सरकार बन्ने भय बा नबन्ने भय आज सम्म जे जस्तो गर्दै आउनु भयको छ तेहिनै नेपालको राजनैतिक ब्यबस्था र अवस्था अस्थिर हुनु कारण हो बा होईन?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme