Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

होटल याक एन्ड यतीबाट १२ भारतीय नागरिक पक्राउ : सरकारले काममा सिन्को समेत नभाँचेको गगन थापाको दावी

Posted on May 11, 2019May 11, 2019 by राजेन्द्र मगर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भियतनामको राजकीय राजधानी हानोइमा राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको छ।

त्यहाँका प्रधानमन्त्री न्याग्युन स्वान फुच गुइजुएन जुआन फुकले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन्। उनको सम्मानमा त्यहाँको सैनिक टुकडीले गार्ड अफ अनर प्रदान गरेको छ।

यसैबीच दुई समकक्षीबीच भेटवार्ता भएको छ।

त्यस्तै दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। यी दुवै सहमतिमा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्री ओलीलाई हानोईमा गार्ड अफ अनर: दुई पक्षीय वार्ता, तीन सहमति भन्दै पहिलोपोस्टले लेखेको छ।

स्वयम्भूमा पनि कंक्रिट प्रयोगको प्रयास भएको छ। पशुपतिपछि विश्व सम्पदा सूचीमा सुचीकृत स्थानमा स्ता सामाग्री प्रयोग गर्न निशेध छ। स्वयम्भू संरक्षण महासमितिको स्वीकृति रहेको भन्दै मनाङ समाज नामक संस्थाले अवैध रुपमा गेट बनाउन सुरु गरेको हो।

स्वयम्भूमा २०३२ सालामा सोही संस्थाले निर्माण गरेको प्रवेशद्वार २०७२को भूकम्पमा ढलेको थियो। तर, सोही ठाउँमा आधुनिक तवरले गेट निर्माण गर्न थालिएको छ। सो संस्थाले गेट निर्माणको लागि क्रंक्रिटकै प्रयोग गरेर हात्तिपाइले राखिसेकको छ।

कसले हाल्दैछ विश्व सम्पदा क्षेत्र स्वयम्भूमा क्रंकिटको गेट ? भन्दै अनलाइन खबरले लेखेको छ।

होटल याक एन्ड यतीमा छापा मारेर प्रहरीले १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

उनीहरू भारत उत्तर प्रदेशका हुन्।

नेपालमा अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

भारतीय नागरिक पक्राउ परेसँगै भारतबाट उनीहरूलाई छुटाउन शक्ति केन्द्रहरूमा तारन्तार फोन आउन थालेको स्रोतले बतायो।

होटल याक एन्ड यतीमा प्रहरीको छापा, १२ भारतीय नागरिक पक्राउ भन्दै नेपाल खबरले लेखेको छ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले सोमबारसम्म मौसम बदली रही काठमाडौं उपत्यकासहित देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ।

सोमबारसम्म मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

साझा यातायातका थप २० वटा नयाँ सिटी बस संचालनमा आउने भएको छ।

काठमाडौं महानगरपालिकाको सेयर लगानीमा ती बस खरिद गरिएको हो।

हाल बसको प्राविधिक परीक्षण भइरहेको र परीक्षण सकिएपछि संचालनमा आउने छ।

साझाले थप्यो २० नयाँ ‘सिटी बस’ भन्दै सेतोपाटीले लेखेको छ।

गगन थापाले वर्तमान सरकारले प्रचारको काम मात्रै गरेको आरोप लगाएका छन्। वर्तमान सरकारले समृद्धिको नारालाई सुँगा रटाई गरेको भन्दै काममा सिन्को पनि नभाँचेको थापाले बताए।

प्रजातान्त्रिक उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै पुर्ब मन्त्री समेत रहेका थापाले शक्तिशाली सरकार प्रचारमा ब्यस्त रहेको आरोप लगाउदै जनताले अनुभुती हुने गरी काम गर्न आग्रह गरे।

गगन थापा भन्छन्, ‘सरकारले समृद्धिको नारा मात्रै रट्यो, काममा सिन्को समेत भाँचेन’ भन्दै देशसञ्चारले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme