Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : अस्पतालका निर्देशकले नर्सलाई ‘एक एक गरेर ठीक पार्छु’ भन्दै थर्काए, प्रहरीले लाठी देखाउँदै तर्साए

Posted on May 5, 2019May 6, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २२ गते आइतबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

विगत १३ दिनदेखि आन्दोलनरत नर्सहरुले नेपाल नर्सिङ काउन्सिल घेराउ गरेका छन्। लामो समयदेखि आन्दोलन गर्दा पनि  संघले समन्वयकारी भुमिका नखेलेको उनीहरुको आरोप छ।

हरी दमन बन्द गर!
जोखिम भत्ता लागु गर!
नर्सको उचित सम्मान गर!
वी वान्ट जस्टिस्!
तारा पोखरेल राजीनामा दे!

आन्दोलनरत उनीहरुले यस्तै नाराबाजी गरेका थिए। 

सबै कर्मचारीहरुलाई समयमै तलब दिनुपर्ने।
•    ठेकेदार प्रकिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यावस्था गर्नुपर्ने
•    सरकारी अस्पतालमा पाईने सेवा सुविधा उपलब्ध गराइनु पर्ने।
•    पुरानो कर्मचारीको कार्यसम्पादन मुल्याकंनको आधरमा ग्रेडिङ गरिनु पर्ने।
•    पुरानो कर्मचारीलाई स्थायी गरिनुपर्ने लगायतका माग राख्दै लामो समयदेखि आन्दोलनरत भएपनि उनीहरुको माग पुरा हुन सकेको छैन्।

गत शुक्रबर स्वास्थ्य मन्त्रालयमा वार्ता गर्न जादा उनीहरुलाई प्रहरी हिरासतमा राखियो। हिरासतमा परेकी एक नर्सले प्रहरीले तर्साएको बताइन्। त्यस्तै माग पुरा नगरिकन अस्पतालको निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठले एक एक गर्दै ठीक पार्छु भनेर थर्काएको सुनाइन।

नर्सको हिरासत अनुभव: अस्पतालका निर्देशकले ‘एक एक गरेर ठीक पार्छु’ भन्दै थर्काए, प्रहरीले लाठी देखाउँदै तर्साए भन्दै पहिलोपोस्टले लेखेको छ।

अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष १५ खर्ब ७७ अर्बको बजेट ल्याउने प्रस्ताव तयार पारेको छ। यद्यपि, बजेटले अन्तिम रुप पाउँदासम्म यो अंकमा केहि थपघट हुनसक्नेछ।

मन्त्रालय श्रोतका अनुसार सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिककले पाउने वृद्धा भत्ता मासिक एक हजार रुपैयाँले बढाउने लगभग पक्का भएको छ । तर कर्मचारीको तलब कति बढाउने भन्ने निर्णय हुन बाँकी छ।

अर्थ मन्त्रालयको प्रस्तावः १५ खर्ब ७७ अर्बको बजेट ! अनलाइन खबरले लेखेको छ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं नै जंगलजस्तो लागेको बताएका छन्।

उनले भने— ‘हिजो जंगलमा सुतियो, जंगलजस्तो लाग्दैनथ्यो। लाखौं, करोडौंको बीचमा भएजस्तो लाग्थ्यो,’ दाहालले भने, ‘लाखौंको भीड भएको काठमाडौंमा अहिले एक्लै हुन थालियो। के भएको हो?’

अहिले पार्टीका नेता/कार्यकर्तामा जनयुद्धको बेलाजस्तो उर्जा, त्याग र उत्साह नभएको दाहालको भनाइ छ।

प्रचण्डको प्रश्न-काठमाडौंको भीडमा एक्लै हुन थालियो, कमरेडहरू यो के भयो?’ भन्दै सेतोपाटीले लेखेको छ।

पूर्व सांसद गायत्री साह र उनका श्रीमान् राजेश महतोलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरु दुवैलाई नख्खुस्थित मेडीसीटी अस्पतालसँगको विवादमा पक्राउ गरेको हो।

चिकित्सकको लापरवाहीका कारण ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मिएको भन्दै उनीहरुले शिशु अस्पतालमै छोडेका थिए। शिशु छोडेको अभियोगमा अदालतबाट अनुमति लिएर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मेडीसीटीसँगको विवादमा पूर्व सांसद गायत्री साह पक्राउ भन्दै नेपाल खबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

1 thought on “आजको खबर : अस्पतालका निर्देशकले नर्सलाई ‘एक एक गरेर ठीक पार्छु’ भन्दै थर्काए, प्रहरीले लाठी देखाउँदै तर्साए”

  1. madan bajracharya says:
    May 6, 2019 at 1:30 am

    नेपालको कुनैको पनि सरकारले नागरिकहरुले चाहे अनुसार कार्य गर्न गराउन नसकेको मूल कारण अनियमित तरिकाले नियुक्त गरियका कमर्चारीहरुको अनिमियत ब्यबहारनै हो/ पहुँचको आधारमा नियुक्त हुने; लेन देन गरेर नियुक्त हुने र आफु नियुक्त भयको कार्यालयलाई आफुलाई नियुक्त गर्नेको स्वार्थको निमित उपयोग गर्ने गराउने गरेकैले कुनै पनि कार्यालय संघ संस्था बिद्यालयहरु सुचारु रुपले नियम पुर्वक संचालन हुन् नसकेको हो/ फेरी हरायक दलको ….हरुको अलग्ग अलग्ग कर्मचारी संगठन पनि बन्ने अनि काम नगर्ने; काम नगरे पनि उनीहरु माथि कुनै कार्यवाही गर्न नहुने फेरी सरुवा बढुवा र कमाउ निकायमा आफु बा आफ्नैलाई नियुक्त गराउने कुकार्य को अतिरिक्त आफु आबद्ध नभयको दलको सरकारलाई जसरि भय पनि असफल गराउने; नबने बन्द हड्ताल आदि गर्ने/
    जव सम्म यो समस्याको जड नै उखेलिन्दैन, नागरिकहरु असन्तुस्ट हुँदै गर्छ भ्रस्ट कर्मचारी कै बोलबाला रहिरहन्छ खुलेको चलेको उद्योगहरु पनि बन्द हुँदै गर्छ र कुनै पनि सरकार असफल हुँदै गर्छ/
    मेरो बिचारमा निम्न ब्यबस्था गरे बन्द हड्ताल र ब्यबस्थापनलाई थर्काउने कर्मचारीहरु तह लाग्छ:
    ०१. कुनै पनि निकायमा दलको झण्डा बोक्नेको संगठन खारेज गर्नु पर्छ/तेस्को सट्टा समस्या बुझ्ने सुन्ने र त्यो बारेमा सम्भंदित निकायमा आबस्यक निर्देशन दिने स्वतन्त्र निकाय बन्नु पर्छ/
    ०२. करार र अस्थाईमा नियुक्ति पायको कुनै पनि कर्मचारीलाई “तोकेको सेवा समय” पछि अनिवार्य अवकाश दिनै पर्छ/तेतिकै स्थाई गरिनु हुँदैन/
    ०3.आफु नियुक्त भयको कार्यालयले सकिने हद सम्म पनि कर्मचारीको सुझाव र माग माने पनि ट असन्तुस्ट हुने कर्मचारीलाई धन्यवाद!!!??? सहित अबकास दिन पाउनु पर्छ/
    ०४. कुनै पनि कार्यालयमा नियुक्त भयको कर्मचारीको कार्य सम्पादन छयमता उसले पायको पुरस्कार र नसिहत कार्यवाही स्पस्ट उल्लेख भयको विवरण राखिनु पर्ने र अरुको रोजगारी दाताले हेर्न पाउने ब्यबस्था गर्नु पर्छ/ यसो गरेमा गलत कार्य सम्पादन गर्ने हरु भविस्यमा अर्को रोजगारीको अवसर पाउन गाह्रो हुने भयकोले आफु काम गर्ने कार्यालयमा इमान्दार बन्न बाध्य हुन्छ/
    ०५ . प्रतिस्पर्धा र योग्यताको आधारमा नियुक्त हुने जिम्मेवारी बिना प्रतिस्पर्धा पाउन कसैको पहुँच र सिफारिस गराउने कर्मचारीलाई हदै सम्म कार्यवाही हुने कडा कानुन र ब्यबस्था हुनु पर्छ/
    ०६.आफु पनि काम नगर्ने, अरुलाई पनि काम गर्न नदिने, ब्यबस्थापनलाई नटेर्ने र आफु नियुक्त भयको संस्थाको नीति बिपरित आचरण गर्ने कर्मचारीलाई सिधै बर्खास्त गर्ने/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme