Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्री ओलीले भने–यो सरकार राष्ट्रपतिकै हो

Posted on May 5, 2019May 5, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २१ गते शनिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

सङ्घीय समाजवादी पार्टीनेपाल र नयाँ शक्ति पार्टी बीच एकताका लागि सहमति भएको छ।

समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टिका सयोजक बाबुराम भट्टराई बीच भएको छलफलले एकता गर्ने निर्णय गरेको हो।

सहमति पत्रमा ‘समाजवादी पार्टी, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्नेछ,’ उल्लेख गरिएको छ।

जुट्ने भए उपेन्द्र यादव र बाबुराम भट्टराई, एकताका लागि सहमति भन्दै पहिलोपोस्टले लेखेको छ।

प्रदेश सभामा राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई प्रदेशको नाम लुम्विनी राख्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन दिएको छ।

यो संगै प्रदेश नम्बर ५ को नाम लुम्बिनी रहने निश्चित जस्तै भएको छ।

तर, स्थायी राजधानी कहाँ रहने भन्ने सिफारिस गर्न समेत अधिकार पाएको उक्त समितीले राजधानीको टुंगो लगाउन सकेन।

समितिले राजधानी रूपन्देही, दाङ वा कपिलबस्तुमा बनाउने सुझाव दिइएको जनाईएको छ।

प्रदेश नम्बर ५ को नाम लुम्बिनी रहने निश्चित भन्दै सेतोपाटीले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजा महाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको कांग्रेसले आरोप लगाएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको भाषा संशोधन गरिनुपर्ने बताए ।

कांग्रेसले नीति तथा कार्यक्रमलाई साधन स्रोत बिनाको पुलिन्दा को संज्ञा दिएको छ । स्थानीय सरकारलाई क्रियाशिल गराउने भन्दा राजकीय शक्तिलाई केन्द्रीकृत गर्ने ढंगको नीति तथा कार्यक्रम आएको उसको दाबी छ।

सरकारले राष्ट्रपतिलाई राजा महाराजाको हैसियत दियोः कांग्रेस भन्दै अनलाइन खबरले लेखेको छ।

धितोपत्र बजारमा यस साता सेयरको मूल्यमा गिरावट आएको छ। कूल चार दिनमा भएको कारोबार रकम चार अर्ब रुपैयाँभन्दा माथि रहे पनि कारोबार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १६७ कम्पनीको एक करोड २७ लाख सात हजार ९४८ कित्ता सेयर रु चार अर्ब ४१ करोड १६ लाख ४९ हजार ८७७ मूल्यमा खरिद बिक्री भए।

साताको सेयर बजारः चार दिनमा चार अर्बको कारोबार, सेयर मूल्यमा भने गिरावट भन्दै अनलाइन खबरले लेखेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले  ‘मेरो सरकार’ भन्नुलाई अन्यथा अर्थले बुझ्न नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

शनिबार बिहान बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको विषयलाई बृहत र सामूहिक अर्थमा बुझ्नु पर्ने बताएका हुन्।

उनले भने,‘राष्ट्रपति नेपालको राष्ट्रप्रमुख हो। राष्ट्रप्रमुखले ‘मेरो सरकार’ भन्नु जायज नै हो। यसलाई अन्यथा अर्थमा बुझ्नु गलत हो।’

प्रधानमन्त्री ओलीले राष्ट्रप्रमुख राष्ट्रपति नै भएकाले सरकार राष्ट्रपतिकै भएको बताए।

शुक्रबार संघीय संसदमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेको भन्दै चर्को आलोचना भएपछि प्रम ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री ओलीले भने–राष्ट्रप्रमुख राष्ट्रपति नै भएकाले यो सरकार उहाँकै हो भन्दै काठमाडौं प्रेसले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

1 thought on “प्रधानमन्त्री ओलीले भने–यो सरकार राष्ट्रपतिकै हो”

  1. madan_bajracharya says:
    May 6, 2019 at 3:50 am

    देसमा सुका मोहर मागे हजारौ जरिवाना गर्दै जेल कोच्ने कानुन बनायर भिख नमागे खानै नपाउनेलाई लुक्न बाध्य बनाईसके पछि “कसैले भिख माग्दै गरे मलाई फोन गर्नु” भनेर मानौं कि उ प्रधान मन्त्रि बने पछि सबै भिखारीहरु यकायक सम्पन्न भयको जस्तो देखाउनु र अहिले “मेरो सरकार” भनेको ठिकै हो भन्नुको बिचमा मलाई त् खासै फरक लागेन/

    “मेरो” भनेको आफ्नो अधिकार भित्रको कुरा मात्रै हुन्छ/ मेरो सरकार भन्ने सिट “सरकार र व्यबस्थामा “उसको” के छ; अरु कुरा छाडौं संबैधानिक राजा मात्रै भय पनि बिरेन्द्रले गिरिजाले पेस गरेको “झुठो नागरिकता विधेक” लाई “हुँदैन” भनेर फर्काई दिय झैँ अहिलेको सरकारलाई मेरो सरकार भन्नेले तस्तै परे बिरेन्द्रले झैँ गर्ने अधिकार छ? छ भने ठिकै हो छैन भने ……./

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme