Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : प्रचण्डले भने, ‘मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला नि !’

Posted on March 31, 2019 by राजेन्द्र मगर

प्रेस स्वतन्त्रतालाई लिएर वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सञ्चारमन्त्री गोकुल बास्कोटाले सचेत गराएका छन्।

सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको र कुनै पनि अवस्थामा अपहरित हुन नदिने बताउँदै बास्कोटाले भने, ‘स्वतन्त्रताबारे स्पष्ट भए हुन्छ, अपहरित हुँदैन। ज्ञानेन्द्रसित तुलना नगर्नुहोला ।’

सञ्चारमन्त्रीको चेतावनी : यो सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्नू भन्दै अनलाइनखबरले लेखेको छ।

यसअघि नै कलिङ भिसा पाइसकेकाहरूले भोलिदेखि मलेसियाका लागि श्रम स्वीकृति पाउने भएका छन्।

नेपाल सरकारको तथ्यांकअनुसार अहिलेसम्म ७ हजार नेपालीले यस्तो भिसा लिएका छन् तर सरकारले श्रम स्वीकृति रोकिराखेकाले जान पाएका थिएनन्।

वैदेशिक रोजगार विभागले मलेसियन राजदूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ।

मलेसियाको ‘कलिङ भिसा’ लागेकाहरूले भोलिदेखि श्रम स्वीकृति पाउने भन्दै सेतोपाटीले लेखेको छ।

पूर्वराजा  ज्ञानेन्द्र शाहको सक्रियता बढेसँगै कमल थापाको सक्रियता पनि बढेको छ।

कमल थापा संगसंगै अन्य राजावादी संगठनहरु पनि सक्रिय हुन थालेका छन्।

शुक्रबार काठमाडौंमा राजावादी संगठनहरु एकै ठाउँमा देखिए। पशुपति शमशेर र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्त, विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, मितेरी पार्टीलगायतका राजावादी संगठनहरु एउटै मञ्चमा देखिएका हुन्।

राजतन्त्र पूर्नस्थापना गर्नु पर्ने, हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग राख्दै उनीहरु एक भएका छन्।

उनीहरुले एकआपसमा छलफल गरी एकत्रित भएर अभियान अगाडि बढाउने विषयमा पनि छलफल अगाडि बढाएका छन्।

थापा नेतृत्वको राप्रपाले देशव्यापी अभियान थालेको छ।

हिन्दु राष्ट्र कायम गर्नु पर्ने प्रमुख एजेण्डा भएपनि उनको दोस्रो एजेण्डा राजतन्त्र पूर्नस्थापनाको रहेको छ। जसका लागि उनले हस्ताक्षर अभियान सुरु गरेका छन्।

पूर्वराजा राजधानीबाहिर, राजावादी भने काठमाडौ‌ंमा आन्दोलन चर्काउँदै भन्दै पहिलोपोस्टले लेखेको छ।

साढे ३३ किलो सुन तस्करीमा सघाउने विमानस्थल भन्सार कर्मचारी श्यामकृष्ण च्वामु श्रेष्ठसँग बिशेष अदालतले एक करोड ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ।

श्रेष्ठ धरौटी बराबरको बैंक ग्यारेन्टी राखेर आइतबार नै रिहा भएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्रेष्ठले १४ करोडभन्दा बढी गैर कानूनी आर्जन गरेको अभियोग सहित १५ माघ २०७५ मा मुद्दा दर्ता गरेको थियो। उनी २७ पुस २०७३ देखि निलम्बनमा थिए।

सुन तस्करीमा सघाउने रेडियो अपरेटरसँग डेढ करोड धरौटी माग भन्दै नेपालखबरले लेखेको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिका गएका बेला आफूलाई अपराधीको रुपमा चित्रित गरेर उजुरी गरेकोप्रति असन्तुष्टि जनाएका छन्।

उनले आफूले श्रीमतीको उपचारमा जाँदा समेत अपराधीको रुपमा हेरिनु दुःखद भएको बताए। उनले भने, ‘मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला। शान्ति सम्झौतामा त कांग्रेसले पनि हस्ताक्षर गरेको हो।’

वासिङ्टन डिसीमा बस्दा नेपाली कांग्रेस आवद्ध एउटा कमिटीले निर्णय गरेर अपराधीको रुपमा प्रस्तुत गरेको समेत आरोप लगाए।

प्रचण्डले भने–म अपराधी भए कांग्रेस पनि अपराधी नै होला नि! भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

आठौं राष्ट्रिय खेलकुदमा पदक विजेतालाई दिइने पुरस्कार राशी विगतको तुलनामा बढाइएको छ।

आठौंमा स्वर्ण पदक जित्ने खेलाडीले १५ हजार रुपैयाँ पाउने छन्।  सातौंमा यो पुरस्कार राशी दश हजार थियो।

सामुहिक स्पर्धामा स्वर्ण विजेताले सात हजार रुपैयाँ पाउनेछन्। सातौमा  पाँच हजार थियो । यसैगरि  राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई लाई २५ हजार दिने निर्णय भएको छ।

राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जिते १५ हजार, राष्ट्रिय कीर्तिमान बनाए २५ हजार ! भन्दै देशसञ्चारले लेखेको छ।

 

3 thoughts on “आजको खबर : प्रचण्डले भने, ‘मलाई अपराधी भन्ने हो भने नेपाली कांग्रेस पनि अपराधी नै होला नि !’”

  1. Shankar says:
    April 3, 2019 at 2:40 am

    प्रचण्ड पथ, र गिरिजा पथ एकै ठाउ मा मिलेपछि के फरक रह्यो ?दुवै पथदिल्ली हाइवे मा गएर मिल्ने हो ? उपलब्धि भनेको चै राजदुत र कहिले कै सभासद नै पनि पैसाले किन्न पाइने भो , अफिस हरुमा भ्रास्ताचार झन् बढ्यो , किलोका किलो सुन पित्तल बनाइए , कुनै आयोजना बेलामा पुरा भएँन बा तुहि नै सक्यो , मेलाम्ची कहिले आउने टुंगो छैन , बाटो घाटो चीन ले नै बनाइदिन पर्ने बिकास जति गर्ने जिम्मा चीन लाइ ? जान स्राम बाट खनिएका बाटा हरु कहिले पिच न हुने , नेपालि सरकार ले गरेको पिच ६ महिना पनि न टिक्ने ?
    हाम्रो काम भनेको भारतीय लाइ होल सेल मा नागरिकता दिने , गफ दिने , विदेश घुम्ने , हेलिकोप्टर मा बाढी ,पैरो हेर्न जाने मात्र |

    Reply
  2. प्रविण खत्री says:
    April 2, 2019 at 11:40 am

    अहिले कांग्रेसलाई गाली गर्ने प्रचण्डले केहि समयपछि कांग्रेससंगै गठबन्धन सरकार बनाउने अनि सरकारको नेतृत्व आफुले गर्ने मौका पाए भने शेर बहादुरकी जय भन्न बेर लाउन्न क्यार । पहिले पनि देखेकै हो अनि प्रचण्डको टाउकाको मुल्य तोकेको पनि कस्ले हो भन्ने थाहा छँदैछ ।

    Reply
  3. madan bajracharya says:
    April 1, 2019 at 8:30 am

    कांग्रेसीलाई महानायक मानेको प्रचन्द्रले आफु…भय कांग्रेसी पनि तेस्तै होलानी भनेर यकदम सहि कुरा गरेको छ/ दुवै को राजनैतिक धरातल दिल्ली सम्झौता नै हो/ फरक मात्र केहो भने प्रचंद्र “आफु अफ्रिकन मुलको देखिने कालो छालाको रंग गोरो बनाउने माइकल ज्याक्सन” जस्तै बने भने कांग्रेसीले आफु जे थिय तेसतै नै बनि रहे/

    कांग्रेसीले प्रजापरिषदको राना हटाउने सपनालाई प्रचन्द्रले नेपालिको भारतीय ….बात मुक्त हुने चाहनालाई ……गरे/ दुबैले यक्लै गर्न नसकेको कुरा मिलेर गरे; उदाहरण:कांग्रेसी यक्लैले राजालाई झुक्यायर भय पनि तराईमा …..दिलाउन नसकेको प्रचंद्र सिट मिलेर दिलाई छाडे/ कांग्रेसी आफुलाई राजाबादी भन्ने प्रचंद्र दिल्ली सम्झुता गर्न जानु अघि सम्मै “भारत सिट नझुक्ने राजा महान रास्त्रवादी भन्ने/ तर दिल्ली सम्झौता गरेर फर्के पछि दुवै राजा फाल्ने मै हुँ भन्ने/

    तर अन्य सबै कुरामा कांग्रेसी र प्रचंद्रले गरेको ..मा कानिकुत्ति फरक नभय पनि कांग्रेसीहरुले आफु माथि प्रश्न चिन्ह लाग्दा अख्तियार धाउन परे धायो र दियको सजाय भोगे पर्ने अबस्थामा भोगे पनि/कांग्रेसी राजनैतिक कुस्तीमा कांग्रेसी पछारिने भय पनि यक्लै भिड्ने; प्रचंद्र श्रिखन्दि अघि लागायर ……/ आध्यात्मिक हिसावले कांग्रेसी र प्रचंद्र दुवै “महाभारतको निमित पात्रहरु हुन भने बैज्ञानिक आधारमा कांग्रेस चुरत हो भने प्रचंद्र चुरोट बात निक्लिने धुँवा हो/ दुवै फिजिकल्ली फरक त् हो तर केमिकल्ली उस्तै उस्तै हो/ तेसैले दुबैले यकले अर्कोलाई आरोप लगाउनु भन्दा “हम दोनो सिर्फ देख्ने दिखानेके लिय फरक है; इसिलिय तु भी चुप रहो मै भी चुप रहुङ्गा” भनेर ……

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme