Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार: शनिबार चलाएको भन्दै नेविसंघले जलायो सरकारी गाडीदेखि २ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Posted on February 2, 2019February 3, 2019 by राजेन्द्र मगर

आज माघ १९ गते शनिवार मिडियाहरु विभिन्न विषयवस्तुमा केन्रित भएका छन।

२४ दिनपछि डाक्टर गोविन्द केसीलेअनशन तोडेपछि उनको काउण्टरमा अनशन बसेका विजय थापाले पनि आज अनशन तोडेका छन।

चिकित्सा शिक्षा विधयेक हुबहु पारित हुनु पर्ने माग राखेर अनशन बसेका थापाले २३ दिनपछि शनिबार बिहान अनशन तोडेका हुन् ।

थापाले डा. गोविन्द केसी र सरकारवीच भएको सम्झौता खारेज हुनुपर्ने माग पनि राखेका थिए । अनशनकै क्रममा उनी नेपाल प्रहरीबाट हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेर छुटेको अभियुक्त भएको समेत सार्वजनिक भएको थियो ।

डा केसीले अनशन तोडेपछि उनले पनि अनशन तोडेका हुन।

डा. केसीविरुद्ध उत्रेका विजय थापाको पनि अनसन तोडियो भन्दै अनलाइनखबरले लेखेको छ।

आज शनिबार सरकारी गाडी चलाएको भन्दै नेविसंघले गाडी आगजानी गर्नुका सागै चाबी नियन्त्रणमा लिएको छ।

नेविसंघले राजधानीको लाजिम्पाटबाट  प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना सवार गाडीको चाबी नियन्त्रणमा लिएको छ भने कास्कीका जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद सुवेदी चढेको  गाडीमा आगजानी गरेका छन। बा १ झ ५८७९ नम्बरको गाडीमा आगजानी गरेका हुन।

शनिबार बिदाका दिन पनि गाडी चलाइएको भन्दै ढुंगाना चढेको बा१ झ ९९९५ नम्बरको गाडी यस्तै मे १झ १५१ नम्बरको गाडीसहित अरु ५ वटा गाडीका चाबी पनि उनीहरुले खोसेका हुन।

नेविसंघले जलायो कास्कीका जिल्ला शिक्षा अधिकारीको गाडी भन्दै रातोपाटी अनलाइनले लेखेको छ।

गाडी जलाउने नेवीसंघका कार्यकर्ता पक्राउ परिसकेका छन।

कास्की प्रहरीले  पक्राउ गरेका ५ जना नै नेविसंघका कार्यकर्ता भएको प्रहरीले जनाएको छ।

डिफान भुजेल, पर्शुराम बस्नेत, विनय पौडेल, लक्ष्मी पौडेल र राजेन्द्र बराललाई पोखरा लेकसाइड बाराही गल्लीबाट प्रहरीले गरेको हो।

पोखरा महानगरको गाडी जलाउने नेविसंघका कार्यकर्ता पक्राउ भन्दै सेतोपाटीले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई  सम्बोधन गर्न आज सिरहा पुगेका छन्।

सिरहा पुगेर ओलीले अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकोले अघिल्लो आर्थिक बर्षमा वृद्धभत्ता बढाउन नसकेको  बताए।उनले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने भन्दै भाषण गरे।

सिराहा पुगेर प्रम ओलीले भने, ‘कांग्रेस सरकारले ढुकुटी रित्याएकोले यसपाला वृद्धभत्ता बढाउन सकिएन, अर्को वर्ष अवश्य बढ्छ’ भन्दै  पहिलोपोस्टले लेखेको छ।

 फेरि पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढेको छ। शनिबार राति १२ बजेदेखि  पेट्रोलको प्रतिलिटर रु १ सय १०  र डिजेल मट्टितेलको रु ९७ हुनेछ।

पेट्रोलियम पदार्थको मुल्य २ रुपैयाँले बढ्यो भन्दै नेपाललाइभले लेखेको छ।

3 thoughts on “आजको समाचार: शनिबार चलाएको भन्दै नेविसंघले जलायो सरकारी गाडीदेखि २ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य”

  1. Gopal prashad says:
    February 3, 2019 at 10:44 pm

    Who gave these so called student unions cadres authority and destroy the government property. As a Good Samaritan they should have requested not to use government property during weekends and then report to the responsible authority. These clowns shouldn’t have destroy the property.

    It clearly looks like it is done by political goons whose brains are filled by Gober rather than students. Almost all students knows that the government property is their property which are paid by public tax. Destroying government property will not help rather it puts a hole in government economy. Students are sensible bodies and they understand that certain government body do work during holidays and weekends.
    Need to find the culprits and remove them from the street for a good.

    Reply
  2. madan bajracharya says:
    February 3, 2019 at 8:41 am

    आफ्नो बाहेक अरुको सरकारलाइ असफल नबनाई केहि गर्नै नसक्ने ई “………” हरुको अस्तित्वको आधारनै राज्यको सम्पति लुट्ने बा बिनास गर्ने नै हो/ र यस्तो कामको सुरुवात इनिहरुले हवाईजहाज अपहरण गरेर राज्यको सम्पति लुटेरै गरेको थियो/ त् अरुले आफ्नो राजनैतिक स्वार्थको निमित राज्यको सम्पति लुट्नु र बिनाश गर्ने गरे/ त् यस्तो गर्नेको गुरुको पनि महागुरु र नायकको पनि महानायक त् कांग्रेसनै भयो/ अरु कुरामा कांग्रेस कम्युनिस्ट र अरु राजनैतिक दलहरु नमिले पनि योकुरामा उनीहरु यक मत भयकैले गिरीईईजालाई महानायक मानेको होलानी/

    Reply
  3. Raja says:
    February 2, 2019 at 11:00 pm

    यस्ता हरुलाई आतंककारी घोसित गर्न मिल्दैन . काम गर्नु छैन राजनीति गर्यो बस्यो . फेरी नेपाल मा यस्तै हरु ले पछि राम्रो काम पौचन के गर्ने
    मेहेनती पढेलेखेको हरु राजनीति गर्ने फुर्सद हुदैन अनि बिदेशिन बाध्य हुन्छन .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme