Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार: सिटामोलदेखि आइरन क्याप्सलसम्म ८ कम्पनिका औषधि गुणस्तरहीनदेखि नेपालले जित्यो युएईलाई

Posted on February 1, 2019February 1, 2019 by राजेन्द्र मगर

आज माघ १८ गते शुुक्रवार अधिकाशं मिडियाहरु २४ दिनदेखि अनशनरत डाक्टर केसीले तोडेको अनशन र नेपाली क्रिकेट टिमको जितमा केन्द्रित भएका छन।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै प्राध्यापक डाक्टर गोविन्द केसीले अनशन तोडेका छन। अनशन तोडेपनि आफ्नो लडाई जारी रहने केसीले बताएका छन। २४ दिनसम्म सरकारले वार्ताको पहल नगरेपछि नागरिक समाजका अगुवा पूर्व प्रधानन्याधीस सुशिला कार्कीले लगायतका अगुवाहरुले केसीलाई अनशन तोड्न आग्रह गरेका थिए। स्वास्थ्य अवस्था नाजुक रहेका केसीले नागरिक समाजकोआग्रहलाई स्विकार गर्दै अनशन तोडेका हुन।

डाक्टर केसीले १६ औ अनशन तोडे भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

हर्ट एट्याक भएर थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाह आज डिस्चार्ज भएका छन्। आज साढे तीन बजे उनलाई अस्पतालले डिस्चार्ज गरेको हो। गत मंगलवार पाटनको मन्दिर पुजा गरेर फर्कने क्रममा उनलाई हर्ट एट्याक भएको थियो। नर्भिकको आइसियूमा ७२ घण्टा राखेपछि उनलाई सिसियुमा सारिएको थियो।

पारस अस्पतालबाट डिस्चार्ज भन्दै अनलाइनखबरले लेखेको छ।

आज नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरोधका कार्यक्रम फिर्ता नलिए कारबाही गर्ने चेतावनी दियो। अत्यावश्यक सेवा संचालन ऐन २०१४ लागू गरेर चिकित्सकहरुलाई कारवाही गर्ने भन्दै स्वास्थ्य मन्त्रालयले विज्ञप्ती निकालेको थियो।

ऐनमा स्वास्थ्य संस्था, अस्पताल बन्द गरी वा सेवा अवरुद्ध बनाएर आन्दोलन, बन्द, हड्ताल जस्ता कार्यमा उत्रने चिकित्सक माथि ६ महिना कैदको व्यवस्था गरेको छ। डाक्टर गोविन्द केसीको मागलाई ऐक्यबद्धता जनाउँदै चिकित्सकहरु हड्तालमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको हो।

हड्ताल गर्ने चिकित्सकलाई ६ महिना कैदको व्यवस्था गर्ने तयारी भन्दै नयाँ पत्रिका डटकमले लेखेको छ।

औषधिको गुणस्तर न्युन रहेको भन्दै नेपाल औषधि व्यवस्था विभागले केही कम्पनिको औषधि विक्रीवितरण गर्न रोक लगाएको छ।

यी हुन गुणस्तरहिन औषधि 

क्युरेक्स फर्मास्युटिकल्स नेपालको ‘पोभिन’ ।

(यो औषधिको  ७ वटा ब्याच गुणस्तरहीन फेला परेका छ।)

लेबन ल्याब्रोटोरिज प्रालि इन्डियाको ‘जाइलो–पी’

(यो औषधिको तीन वटा ब्याच गुणस्तरहिन)

ओम फर्मास्युटिकल्स नेपालको ‘लोटेम्प’

केमी ड्रग इन्ड्रस्टिज प्रालिको ‘पोलार’

सुमी फर्मास्युटिकल्सको ‘मेगाफल’

आर्या फर्मास्युटिकल्सको ‘मुपिर ओइनमेन्ट’

बिक्री वितरण गर्न नगर्न भनिएका ६ कम्पनिका औषधि पारासिटामोल  हुन  एउटाको आइरन क्याप्सुल र अर्को कम्पनिको छालाको ओइनमेन्ट हो।

यी ८ कम्पनीका औषधि बिक्रीमा रोक, सिटामोलदेखि आइरन क्याप्सलसम्म गुणस्तरहीन भन्दै पहिलोपोस्टले लेखेको छ।

त्यस्तै  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)ले कलेजो प्रत्यारोपणका लागि लाइसेन्स पाएको छ। लाइसेन्स पाएसँगै अस्पतालले प्रत्यारोपणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

भारतको एपोलो अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा निरभ गोयलले सुरुवातमा अस्पताललाई सहयोग गर्नेछन। यसका लागि डा गोयलको टिम एक सातापछि नेपाल आउँदै छ।

कलेजो प्रत्यारोपणको टोली भारतको एपोलो अस्पतालमा गएर तालिम समेत लिएर आइसकेका छन्। गत असोजमा अस्पतालका १४ जनाको टिम तालिमका लागि एपोलो अस्पताल पुगेका थिए। ८ जना डाक्टर र ६ जना नर्सले तालिम लिएका हुन्।

कलेजो प्रत्यारोपण गर्न टिचिङलाई अनुमति, डाक्टर भण्डारी भन्छन्, ‘बिरामी खोज्दैछौँ’ भन्दै पहिलोपोस्टले लेखेको छ।

विवादमा मुछिएकी अष्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पाले पदबाट राजीनामाको घोषणा गरेकी छन् । हिजो मात्रै अष्ट्रेलियाबाट स्वदेश फर्किएकी उनले लामो वक्तव्य जारी गरेर सो घोषणा गरेकी हुन्।

राजदूत लक्की शेर्पाद्वारा राजीनामा, भन्छिन्– एक दिन मर्नुपर्ने जीवनमा इमानदारीबाट चुक्दिनँ भन्दै बाह्रखरी डटकमले लेखेको छ।

पहिलो खेल हारेपनि दोस्रो टि–२० खेलमा यूएईलाई  नेपालले ४ विकेटले पराजित गरेको छ। यो सँगै तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले १-१को बराबरी गरेको छ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो।

यूएईले दिएको १ सय ८ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको थियो। दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन्।

नेपालद्वारा यूएई ४ विकेटले पराजित, शृंखलामा १-१ को बराबरी भन्दै नेपालखबरले लेखेको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme