Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार : निर्मला हत्याकाण्डको प्रतिवेदन र यूएस बांग्ला जहाज दुर्घटनाको प्रतिवेदन सार्वजानिक, के छ प्रतिवेदनमा ?

Posted on January 27, 2019January 27, 2019 by राजेन्द्र मगर

आज माघ २३ गते आइतवार अधिकाशं मिडियाले चिकित्सा शिक्षा विधेयकलाई केन्द्रमा राखेर समाचार लेखेका छन। डाक्टर गोविन्द केसीले आफुसँग गरेर सम्झौता विपरित विधेयक पास गरेको भन्दै अनशन तोडेका छैनन्। उनको समर्थनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले आन्दोलन गरिरहेका छन। विधेयक पास गरेपछि सरकारी पक्ष संसोधन गर्ने पक्षमा छैन भने डा केसी अनशन तोड्ने पक्षमा छैनन्।

दुबै पक्षको अडानलाई कसरी सम्बोधन गर्ने अहिले चासको विषय बनेको छ। चिकित्सा शिक्षा विधेयक: के हुनसक्ला ‘फेस सेभिङ’को विकल्प ? भन्दै पहिलोपोस्टले समाचार लेखेको छ।

त्यस्तै  डा केसी अनशनको मध्यमार्गी समाधान के होला भन्दै अनलाइन खबरले समाचार लेखेको छ। समाचारमा डाक्टर  केसीसँग के कस्ता सम्झौता भए र विधेयक कस्तो बनेर आयो बन्ने उल्लेख छ। साथै दुबै पक्षलाई सहज हुने गरि मध्यमार्गी समाधानको बाटो समेत देखाइएको छ।

डा केसीको  माग पुरा गर्न दबाब दिन नेपाल चिकित्सक संघमा आवद्द चिकित्सकहरु भोली सोमवारदेखि  रिले अनशन बस्ने भएका छन। डा केसीको जीवनरक्षा गर्न सरकारले ढिलो गरेको भन्दै उनीहरु रिले अनशन बस्ने भएका हुन्।

केसीका पक्षमा भोलिदेखि डाक्टरहरूले सामूहिक अनसन थाल्ने  भन्दै सेतोपाटीले लेखेको छ।

त्यस्तै चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित भएको भन्दै विभिन्न ठाउँमा प्रदर्शन भएको छ। नेपाली कांग्रेसको भातृ संगठनले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो। नयाँ बानेश्वरमा नेवीसंघको प्रदर्शन नेपाल खबरले फोटो फिचर हालेको छ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला हत्याकाण्डबारे गरेको अनुसन्धानको रिपोर्ट सार्वजानिक गरेको छ। गत कार्तिक २७ गते आयोगले विज्ञ सहितको एउटा टोली गठन गरेको थियो। उक्त टोलीको अनुसन्धानले  चिकित्सकमाथि अनुसन्धान गर्नुपर्ने, प्राविधिकमाथि पनि अनुसन्धान गर्नुपर्ने, घटनाका घाइते अर्जुन भण्डारीलगायतको नि:शुल्क उपचार हुनुपर्ने, डिएनए गलत रहेकाले प्रहरी अनुसन्धानबाटै हत्याराको खोजी गरिनुपर्ने कुरा सिफारिस गरिएको छ।

निर्मला हत्या प्रकरण: मानवअधिकार आयोगले दियो सरकारलाई २४ बुँदे निर्देशन, ४ बुँदे सिफारिस भन्दै नेपाल लाइभले समाचार लेखेको छ।

गत वर्ष फागुन १४ गते त्रिभुवन विमानस्थलमा भएको युएस विमानस्थलको प्रतिवेदन सार्वजानिक भएको छ।उच्चस्तरीय जाँचबुझ आयोगले तयार गरेको अन्तिम प्रतिवेदनले क्याप्टेन अविद सुल्तान र को–पाइलट पृथुला रसिदको मानवीय त्रुटिका कारण दुर्घटना भएको निष्कर्ष निकालेको हो। दुर्घटनामा परेका ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एकजना माल्दिभ्सका मध्ये २२ नेपाली, २१ बंगलादेशी, एक चिनियाँ र माल्दिभ्सका एकजना तथा चालकदलका सबै चारजना बंगलादेशीको मृत्यु भएको थियो भने २२ जना उपचारपछि सकुशल घर फर्किएका थिए ।

‘क्याप्टेनको मानसिक— शारीरिक कारण उत्पन्न मानवीय त्रुटीले यूएस बांग्ला जहाज दुर्घटना’ बाह्रखरीले लेखेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme