Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार: अवरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक पारितदेखि डा. केसीले मागे प्रम ओलीको राजीनामा

Posted on January 25, 2019January 25, 2019 by राजेन्द्र मगर

आज माघ ११ गते शुक्रवार दिनभरी प्रमुख खबरको रुपमा रह्यो कांग्रेसको अवरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित। प्राध्यापक डाक्टर गोविन्द केसीसंग १५ औ अनशन टुङ्ग्याउँदा गरेका सम्झौता विपरित चिकित्सा शिक्षा पारित हुने तयारी भएपछि गत मंगलवार नै कांग्रेसले संसद अवरोध गरेको थियो। मंगलबार विधेयक पारित नभएपछि हिजो बिहिवार पत्रकार सरकारका प्रवक्ता, सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले आज शुक्रवार जसरी पनि विधेयक पारित गर्ने सरकारको नीति रहेको बताएका थिए।

सोही अनुरुप कांग्रेसका सांसदहरु आज संसद अवरोध गर्ने तयारीमा थिए। दिउँसो १ बजे सुरु हुने भनेको संसद निर्धारित समय भन्दा ढिलो सुरु भयो। संसद  सुरु भएको केही समय बित्न नपाउँदै कांग्रेस सांसदले अवरोध गरे तर अवरोधको बाबजुद पनि चिकित्सा शिक्षा विधेयक पारित भयो। कांग्रेस सांसदहरु नारा लगाउँदै बेल घेरिरहे। सभामुखले प्रक्रिया अघि बढाइरहे। शिक्षामन्त्री अवरोध छल्दै रोष्ट्रममा पुगे।

यही विषयमा सेतोपाटीले कांग्रेसको विरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भन्दै खबर लेखेको छ। पहिलोपोस्टले मर्यादापालकले पाखुरा समातेर रोष्ट्रम पुर्‍याए मन्त्रीलाई, पाँच मिनेटमै यसरी पास भयो विधेयक शीर्षकमा लेखेको छ- नियमित बाटोबाट जान नसकेपछि मन्त्री पोखरेलले सत्तापक्षीय सांसदहरु बस्ने कुर्सीबाट रोष्ट्रमतिर जाने उपाय रोजे। सत्तापक्षीय सांसदहरु रेखा शर्मा, जयपुरी घर्ती आदिले आफ्नो स्थानबाट उठेर मन्त्रीलाई बाटो खोलिदिए। सँगै फोरम सांसदहरुले पनि मन्त्रीका लागि बाटो खाली गरिदिए।

आफ्नो अवरोधको बाबजुद चिकित्सा शिक्षा विधेयक पारित भएपछि कांग्रेसले सरकारको विरोध गरेको छ। कांग्रेसका नेता गगन थापा, पार्टी सभापति शेर वहादुर देउवा लगायतले सरकारको विरोध गरेका छन। कांग्रेसका सभापति देउवाले सरकारले अधिनायवाद शैलीमा विधेयक पास गरेको आरोप लगाएका छन भने युवा नेता थापाले सभामुखले जालझेल गरेर विधेयक पास गरे भनेका छन।

यही विषयमा अनलाइन खबरले  सरकारले निषेधको राजनीति सुरु गर्यो, सभामुखले जालझेल गरे : कांग्रेस भन्ने हेडलाइनमा समाचार लेखेको छ। विधेयक पारित भएपछि नेता थापाले पत्रकारहरुलाई प्रतिक्रिया दिदैँ भनेका छन्, ‘ढाँटेर छलेर सभा चलाउनु जस्तो दुर्भाग्यपूर्ण व्यवहार अरु हुन सक्दैन।’

चिकित्सा शिक्षा विधेयक पारित भएसंगै १७ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी आक्रोशित भएका छन। आकस्मिक पत्रकार सम्मेलन गर्दै अनशन यथावत रहेने बताएका छन्। १५ औ अनशन २७ दिनपछि टुङ्ग्याउँदा आफुसंग गरेका सम्झौता कार्यन्वयन नगरेको भन्दै केसीले प्रधानमन्त्री ओलीको राजिनामा समेत मागेका छन्।

यही विषयलाई लिएर डा केसीले अनशन जारी राख्ने, प्रधानमन्त्रीको राजिनामा माग भन्दै  नेपाल खबरले समाचार लेखेको छ। पत्रकार सम्मेलनमा केसीले आक्रोशित हुँदै भनेका छन्, ‘प्रधानमन्त्रीको निर्णय क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहन पर्नु दूर्भाग्यपूर्ण कुरा हो।’

चिकित्सा शिक्षा विधेयक पारित भएको घोषणा गर्दै गर्दा सभामुख कृष्ण बहादुर महरा निकै हडबडाएका थिए। कांग्रेस सांसदहरुको अवरोधको  कारण होहल्लाको स्थिति सिर्जना भएको थियो। यही विषयलाई लिएर पहिलोपोस्ट डटकमले सभामुखले हडबड गर्दा भएको गडबड हुन्न भन्ने पक्षको बहुमत कसरी भयो ? ‘चुस्त’ भन्नुपर्ने ठाउँमा भने सुस्त भन्ने हेडलाइनमा समाचार लेखेको छ।

भेनेजुएलामा वामपन्थी नेता निकोलस माडुरोलाई अपदस्त गर्दै विपक्षी दलका नेता जुआन गुएइदोले आफूलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरे। उनलाई अमेरिकाले पनि राष्ट्रपतिको मान्यता दियो। नेकपा अध्यक्ष प्रचण्डले यसको विरोध गरी विज्ञप्ति जारी गरेका छन्। पहिलोपोस्टमा यसबारे समाचार छ। सेतोपाटीले प्रचण्डले अमेरिकाको आलोचना गरेको भेनेजुयला विवाद के हो? विषयमा लेखेको छ।

त्यस्तै नेपालले पहिलो अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा हार बेहोरेको छ।दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले ३३.५ ओभर खेलेर १ सय १३ रन जोड्दा सबै विकेट गुमायो । १ सय १४ रनको लक्ष्य घरेलु टोली यूएईले ३२.१ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

बाह्रखरी डटकमले कमजोर ब्याटिङ नेपाल यूएईसँग ३ विकेटले पराजित भनेर समाचार लेखेको छ।

1 thought on “आजको समाचार: अवरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक पारितदेखि डा. केसीले मागे प्रम ओलीको राजीनामा”

  1. madan bajrachaary says:
    January 27, 2019 at 9:49 am

    हाम्रा सरकारी पदमा रहेका र दलका नेताहरु सबै उनीहरुनै सहि अरु सबै गलत ठान्ने बर्गमै पर्छ/ उनीहरुको कुरा सुन्दा उनीहरु मात्रै नेपाल र नेपालीको भविस्य देख्ने हुन्/ सायद यस्तै यस्तै मात्रै नेपालको सत्तामा पुग्ने र नेता हुने भयकैले होला लोकतन्त्र भनेको जनताको निमित जनताकै …..” हुनु पर्नेमा नेपालमा नेताको निमित नेताकै….हुने भयो/ यसैले होला डाक्टर केसीले जस्तो विधेक पास गर्न खोज्दै थियो तेस्तो नहोस भनि आमरण अनसन बसिरहेको बेला गोबिन्द केसी अनसन बसेर मरे मरुन भनेर ….गरेको/ उनीहरुको यस्तो क्रुर र यक अर्काको अर्को दललाई नीचा देखाउन जे पनि गर्ने निच प्रवितिको कारण अहिले आमरण अनसन बस्दै गरेको गोबिन्द केसिज्युको …नै खतरामा परेकोछ/

    डाक्टर गोबिन्द केसिज्यु आफ्नो शिद्धान्तमा अडिग हुने व्यक्ति हुनु हुन्छ/ अहिले उहा आफ्नो माग नमानुञ्जेल ज्यान गय पनि नखाने भनेर अनसन बस्दै हुनु हुन्छ/ उहालाई यो कारणले उहाको माग मान्न सकिंदैन भनेर मनाइनु पर्थ्यो र जायज भय माग मान्नु पर्थ्यो; यदि सरकार नागरिकको जिउज्यानको माया गर्नेको भयको भय/ तर आफ्नो मागमा सम्बोधन होस् भनेर डाक्टर केसीको आमरणलाई बेवास्ता गरेर जसरि विधेक पास गरेको छ त्यो आफ्नो गर्न लागेको कुरा ठिक छैन भन्नेलाई उसैको अनसनलाई उसको प्राण लिने गोलि जस्तै प्रयोग गरेर …गर्ने अर्कै खालको “इन्काउन्टर” गर्ने सोच त् कसैले लियको छैन?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme