गौतम “उदय” (April 14th, 2014 मा पहिलो पटक प्रकाशित)
आधारभूत रुपमा हाम्रो गिदी सेता र कैला रंगका तन्तुहरु मिलेर बनेको हुन्छ। ज्ञान र सिप सिकाइमा दुवै रंगका तन्तुको उस्तै भूमिका हुन्छ। नयाँ अनुसन्धानहरुले पत्ता लगाए अनुसार पुरुषले कुनै कुरा सोंच्दा गिदीका कैला तन्तुहरुको धेरै प्रतिशत प्रयोग हुन्छ भने महिलाले त्यस्तै कुरा सोंच्दा गिदीका सेता तन्तुहरुको बढी प्रतिशत प्रयोग हुन्छ। तर जुनै रंगका तन्तुहरुको जे जति मात्रामा प्रयोग भए पनि यसले बौद्धिक क्षमतामा कम या बेसीको प्रभाब पर्दैन।
पुरुषको सामान्य ज्ञान क्षेत्रमा महिलाको भन्दा साढे छ गुणा बढी कैला तन्तुको भूमिका हुने र महिलाको सामान्य ज्ञान क्षेत्रमा पुरुषको भन्दा दश गुणा बढी सेता तन्तुको भूमिका हुने कुरा University of California र University of New Mexico का बिशेषज्ञहरुको संयुक्त अनुसन्धान टोलीले पत्ता लगाएको कुरा “Neurolmage” नामक जर्नलले प्रकाशन गरेको छ।
उक्त अनुसन्धानले अर्को के कुरा पनि पत्ता लगाएको छ भने ८४% कैला गिदीका तन्तु र ८६% सेता गिदीका तन्तु महिलामा मस्तिष्कको अगाडिको भागमा हुन्छन् भने पुरुष मस्तिष्कको अगाडिको भागमा कैला गिदीका तन्तु जम्मा ४५% हुन्छन् भने सेतो गिदीका तन्तुहरु हुदैहुदैनन।
स्वस्थ उपचार बिधि (clinical finding) ले मस्तिष्कको अगाडिको भागमा क्षति पुग्दा पुरुषको भन्दा महिलाको अवस्था नाजुक हुने कुरा पत्ता लगाएको, तर त्यसो किन हुन्छ भन्ने थाहा पाउन नसकेको यो चुनौतीको रहस्यको ढोका पनि यही महिला तथा पुरुषमा प्रयोग हुने सेतो तथा कैलो गिदीको प्रतिशतले खोल्ने बिश्वास अनुसन्धानकर्ताहरुले गरेका छन्।
अर्को पक्षबाट भन्नु पर्दा गिदीका कैला रंगका तन्तुले सूचना प्रबाह (Information Processing) को भूमिका निर्बाह गर्दछन् भने सेता रंगका तन्तुले संजाल संचालन (Network Administration) को भूमिका निर्बाह गर्दछन्। मस्तिष्कका भाग तथा काम धेरै प्रकारका हुनाले कुनै एक विधिबाटमात्र यसको अध्ययन सम्भब छैन। त्यसैले Lesion Studies, Stimulation, Microelectrode Recording, CT Scan, Electroencephalogram (EEG), Event-related Potentials (ERPs), Position Emission Tomography (PET), Functional Magnetic Resonance Imaging (MRI) आदि बिभिन्न बिधिहरु प्रयोग गरेर मस्तिष्कले कुन काम कसरी गर्छ भनेर मापन गरिन्छ।
गत हप्ता हाम्रो टाउकाको अगाडिको भागको गिदीलाई Forebrain भनिने र Forebrain दायाँबायाँ गरी खप्लक्क दुई खण्डमा बाडिएको अवस्थामा हुने कुराको चर्चा भएको थियो।
हालसालै University of Pennsylvania Medical School, radiology बिभागकी professor Ragini Verma सहितको अनुसन्धान टोलीले ८ देखि २२ बर्ष उमेर समूहका ४२८ जना केटा र ५२१ जना केटीमा MRI (जसलाई Diffusion Tensor Imaging DTI पनि भनिन्छ) भन्ने बिधि प्रयोग गरी गरेको अध्ययनमा पुरुषको मस्तिष्कभित्रको संजाल (Network) Forebrain का दुवै खण्ड को अगाडि र पछाडि (Within the Hemisphere) बढी हुने र महिला मस्तिष्कभित्रको संजाल (Network) दुई खण्डबिचमा अथवा दायाँ र बायाँ (Between the Hemisphere) हुने कुरा पत्ता लागेको छ। तर यस्तो संजाल बहुसंख्यकमा पाइएको हो सत-प्रतिशतमा होइन ।
सहभागी गराइएका केटा केटीहरुलाई ३ वोटा फरकफरक उमेर-समूहमा पनि बाँडेर अध्ययन गरिएको थियो। यसो गर्दा के पनि पत्ता लग्यो भने औसतमा करिब १३ बर्षसम्म केटा तथा केटी दुबैको मस्तिष्क संजाल लगभग उस्तै हुने, १३ देखि १७ बर्षको बिचमा बिशाल परिवर्तन भै केटीहरुमा अगाडिको मस्तिष्कको दुई खण्ड बिचमा र केटाहरुमा दुवै खण्डको अगाडि पछाडि संजाल एकदम फैलिने, र त्यसपछि उमेर बढ्दै जाँदा केटा तथा केटी दुबैको समग्र मस्तिष्कमा बिस्तारै संजाल बढ्दै जाँदो रहेछ।
सारंशमा हाम्रो मस्तिष्कको काम भन्नु पर्दा पछाडिको मस्तिष्कले अनुभबसंग सम्बन्धित काम गर्दछ, अगाडिको मस्तिष्कको देब्रे खण्डले बुद्धि र तर्क संग सम्बन्ध राख्ने क्रिया संचलान गर्दछ भने अगाडिको मस्तिष्कको दायाँ खण्डले कलात्मक, सृजनशील र कल्पनात्मक कुरासंग सम्बन्धित कुराहरु संचलान गर्दछ।
यस भन्दा पहिलेका अध्ययनले औसतमा शारीरिक बल, दर्शन, तर्क र परिक्षण जस्ता कुरामा पुरुष अगाडि हुने, र सिप, सिर्जना, मान्छे छिटै चिन्ने, नयाँ ठाउँमा छिटै घुलमेल हुन सक्ने कुरामा महिला अगाडि हुने कुरा पत्ता लगाएको तर त्यसो हुनुको कारण खोल्न नसकेकोमा यही महिला तथा पुरुषमा उस्तै कामको लागी प्रयोग हुने फरक रंग र मात्राका तन्तुहरुको साथै मस्तिष्क संजालको भूमिका हुनु पर्छ भन्ने कुरामा अनुसन्धानकर्ताहरुको बिश्वास छ।
त्यसरी नै यस परिणामले भविष्यमा मस्तिष्कको काम सम्बन्धी अनुसन्धानको नयाँ ढोका खुल्नुको साथै मस्तिस्कमा लाग्ने रोगको निदानमा समेत नयाँ आयाम थपिन सक्ने कुरामा अनुसन्धानकर्ताहरु उत्साही छन्।
हालसालै बैज्ञानिकहरुले महिला र पुरुषको बिचमा करिब ७८ किसिमका वंशाणुगत भिन्नता हुने कुरा पत्ता लगाएका छन्। ती मध्ये केही उदाहरणहरु यस प्रकार छन्।
१) महिलामा जस्तै पुरुषमा खानाका धेरै परिकार एकैचोटी बनाउने क्षमता हुँदैन।
२) महिलाहरुले आफ्ना बस्तुहरु लुकाएर राख्छन भने पुरुषहरुले देखाएर राख्छन।
३) महिलाहरुमा पुरुषलाई सर्बेसर्बा हूँ भन्ने बातावरण बनाइदिन सक्ने क्षमता हुन्छ।
४) साबिकको भन्दा जति सस्तो भए पनि आवश्यक नभएका बस्तुहरु पुरुषले किन्दैनन भने महिलाहरुले खुसी हुँदै किन्छन।
५) आफूले प्रयोग गर्ने बस्तु किन्न पुरुषहरुले २ मिनेट पनि लगाउदैनन भने महिलालाई घण्टासम्म लाग्न सक्छ।
६) कोही व्यक्ति रुन शुरु गर्छ भने त्यसलाई के गर्ने महिलाले तुरुन्त निर्णय गर्न सक्छन।
७) बच्चा रोइरहेको भए पनि, कुकुर भुकिरहेको भए पनि, घन्टी बजिरहेको भए पनि पुरुष सुत्न सक्छन भने महिला सक्दैनन्।
८) महिलाहरुले बीस बर्ष पहिले आफूले लगाएको बस्त्र समेत सम्झेका हुन्छन भने बस्त्र नहेरिकन पुरुषलाई हिंजो लगाएका बस्त्रहरु पनि याद हुँदैन।
९) पुरुषहरु वाक्य (Sentence) मा कुरा गर्छन भने महिलाहरु अनुच्छेद (Paragraph) मा।
समानताका कुरा गर्ने युगमा के के असमान छ भनेर रिसर्च गर्दै नहिड्नुस श्रीमान अधिकारवादीहरुले घोक्रो भाँच्लान फेरी । जे होस ज्ञानवर्दक रहेछ गिदीको बिवरण तर सबै कुरा मेरो गिदीमा छिर्न चाँही समस्या नै पर्यो ।यो पुरुषको गिदीले चाँही भ्याएन । भनेपछि सबै पुरुषको गिदी पनि एकनासको हुँदैन रहेछ ।