Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो पनि इम्बोस्ड नम्बर प्लेट?

Posted on July 19, 2018July 19, 2018 by mysansar

– रविन्द्र –

अस्ति माइतिघरदेखि सिंहदरबार को ट्राफिक जाममा मैले देखेको नम्बर प्लेट हो यो। हाम्रो बुझाइमा इम्बोस्ड नम्बर प्लेटमा  अक्षर अलिक उठेको हुन्छ। तर यो तस्बिरमा हेर्नुस्  त
– झण्डा को रंग
– ० (सुन्ना)।  सुन्ना अलिक जोडिएको हुँदैन।
– दुईवटा AA बीचमा स्पेस।

हुनसक्छ त्यो गाडीको इम्बोस्ड नम्बर प्लेट बाटोमा झर्‍यो। अनि अस्थायी रुपमा कागजमा प्रिन्ट गरेर राख्यो। तर त्यसो भन्दैमा जे पनि गर्न पाइने होइन होला नि?

अर्को कुरो यदि यसरी नै कुनै निजी सवारी साधानले गरेको भए के ट्राफिक टुलुटुलु हेरेर बस्ला? के यसरी कागजी नम्बर प्लेट टासेर चलाउनु गैर कानुनी होइन ?

तपाईंहरुलाई के लाग्छ ? प्रतिक्रिया दिनुहोस्।

1 thought on “यस्तो पनि इम्बोस्ड नम्बर प्लेट?”

  1. कमल says:
    July 19, 2018 at 10:33 am

    मैले धेरै दिन देखि मनमा लागेको के भने कसले हो फाईनल निर्णय गरेको एम्बोस नम्बर प्लेट गराउने त्यसको जागिर चट हुनपर्छ| को हो त्यो हाकिम जसले हचुवाको भरमा निर्णय गरेर अरुमा लागु गराउने?
    १. एकचोटी निरणय गरेपछि कि लागु हुनपर्यो नत्र गरेपनि हुने नगरे पनि हुने खालको कामले दुरदर्शिता अपनाएको देखिएन|
    २. सरकारी कामकाजमा प्रदेश र province लेखने अनि हतारोका साथ् गाडीको नम्बर प्लेटमा चै कसरि State लेखाउन लगाएको? खोई त एकरूपता?
    ३. एम्बोस लाइसेन्स प्लेट बनाउन किन त्यतिका खर्च? लाखौले गराउदा कम तोकिनु पर्ने हो|

    त्यस्ता जताभावी गर्ने त्यहाको लबरस्वांठे हाकिम अहिले घुम्ने मेचमा मुस्कुराईरहेको होला, उसको जागिर चट नै हुनपर्छ| उसले अरु तलका कर्मचारीलाई दोष दिएर पन्छिन पाउदैन|
    को रहेछ त्यो हाकिम यस्तो निर्णय लागु गराउने?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme