Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१५ हजारमा ५५ इञ्चको स्मार्ट टिभी : दराज अनलाइनसँगको मेरो अनुभव

Posted on May 24, 2018 by mysansar

मेरो कोठाको टिभीले काम गर्न छोडेको पनि धेरै नै भइसक्यो। हेर्ने त्यति फुर्सद पनि हुन्न। बेलुका एकछिन मात्र हेर्ने भएकाले धेरै भयो थन्किएको। फुटबलको महासंग्राम भनेर चिनिने
वर्ल्ड कप नजिकिँदै छ। मलाई पनि नयाँ ठूलो टिभी किन्ने जोश चढेको छ।

पशुपति यात्रा, सिद्राको व्यापार भने जस्तै, वर्ल्ड कप हेर्ने बहानामा धेरै दिनदेखि थन्किएको टिभी हटाएर नयाँ जोड्ने दाउमा अनलाइन सपिङ साइटहरु हेर्दै थिएँ। नेपालको नाम चलेको अनलाइन स्टोर दराज (पहिलेको केमु)मा एउटा अफर आयो (९१%) अफ। अनि मैले पनि के खोज्छस् कानो, आँखो। त्यही नि मूल्य हेर्दा त पत्यार लागेको थिएन। तर विदेशतिर चाहिँ बेला बेला तेस्तो अफर राख्छन रे। धेरै महँगो सामान पनि त्यो अफरमा धेरै सस्तोमा मिल्छ भनेको सुनेको थिएँ केही अमेरिका बस्ने साथीबाट।


दराजलाई पनि भर्खरै विश्वको चर्चित अर्को अनलाइन सपिङ साइट अलिबाबाले किन्यो रे पढेको पनि थिएँ। सुनेको थिएँ यस्तो अफर केही समयसम्म मात्र राखेको हुन्छ। त्यो अवधिमा जसले पायो तेस्ले लग्यो। अनि सोचेँ ओहो नेपालमा पनि यस्तो चलन आएछ कि के हो? अर्डर गर्नु पर्‍यो भनेर हतार हतार अर्डर गरेँ।

केही घण्टापछि फोन आयो। तपाइँले हाम्रोमा गर्नुभएको अर्डर कन्फर्म हो सर?

मैले हो भनेपछि उतैबाट फोन राखे। लगभग आधा घण्टापछि फेरि फोन आयो – तपाइँको अडर क्यान्सल गरेको छु सर, हाम्रो टाइप मिस्टेक भएको रहेछ रे। अनि केही बेर कुरा गरेँ त्यसमा मेरो के गल्ति छ त मिस? मलाई त त्यो सामान चाहियो भनेर। तर मेरो कुरो सुनेको हैन उताबाट। फेरि अर्डर गर्नु होला भन्दै फोन राखियो।

अनि हाँसो पनि उठ्यो ए बाबा, online shopping गर्ने रे। अनि हेर ताल त्यो नि नेपालको नम्बर १। विदेशमा भएको भए त्यति नै पैसामा त्यो सामान दिनुपर्ने भनेर मुद्दा हाल्न सकिन्थ्यो होला तर नेपालको नियम के छ? जानेकाले जानकारी गराइ दिनुहोला। हामीले online shopping गर्दा साइटमा भएको फोटो हेरेर त्यसमा भएको मूल्य हेरेर नै भर पर्ने हो।

त्यसरी यही online shopping site मा २ ,३ पटक पहिला पनि नफँसेको हैन। फोटो हेरेर किन्यो, सामान आउँदा हेर्दै हासो लाग्ने।

11 thoughts on “१५ हजारमा ५५ इञ्चको स्मार्ट टिभी : दराज अनलाइनसँगको मेरो अनुभव”

  1. Basanta Kumar Dhakal says:
    July 19, 2018 at 1:39 pm

    नेपालका अधिकांश इ-कमर्स साइटहरुको वास्तविकता ।

    तर, यदि अन्लाईन (इ-बैङ्किङ्, वालेट ( http://khalti.com , http://esewa.com.np ) आदिबाट पैसा तिरिसकेको भए चाहिँ त्यो टिभी पन्ध्र हजारमै दिन कर लाग्थ्यो दराजलाई ।

    Reply
  2. Krish says:
    June 11, 2018 at 1:02 pm

    हजूर, यो पेज हेर्नुस https://www.daraz.com.np/kitchen-tools-accessories/?q=oil%20bottle सम समान फरक पैसा 😛

    Reply
  3. saroj bajracharya says:
    May 26, 2018 at 11:03 pm

    मेरो पनि laptop को order गरेको conform गरि पैसा पनि पठाएको तर २५ दिन पछि सामान छैन भनेर खाता मा पैसा पठायो daraj ले .

    Reply
  4. Krishna says:
    May 25, 2018 at 6:45 pm

    Terms and conditions पढ्न पर्यो कुनै पनि अनलाइन service प्रयोग गर्दाl

    Reply
  5. Karki says:
    May 24, 2018 at 11:44 pm

    यति सस्तोमा किन्दा चोरेको समान भिडायिदेला र पछि पछि पुलिस नि आउला है फेरि होस् गर्नुस..

    Reply
  6. sheetal says:
    May 24, 2018 at 9:10 pm

    भुलचोक लिने दिने हो नी सर

    Reply
  7. Tilak Pokharel says:
    May 24, 2018 at 6:12 pm

    कुरो यस्तो पो रैच। यो टिभीको त डेढ लाख पो रे त। https://www.daraz.com.np/samsung-ua55m5500-55-1080p-full-hd-smart-tv-black-86538.html

    Reply
  8. Rajan Sharma says:
    May 24, 2018 at 3:36 pm

    I have a funny experience with Daraz.com. I ordered ‘ADIDAS’ printed shoes. And I got delivered with ‘ABIBAS’ printed shoes. I called customer service and they told me to visit vendor’s store for replacement or I need to pay the delivery charge again for next delivery.

    Reply
  9. उत्तम ढकाल says:
    May 24, 2018 at 3:17 pm

    >>>विदेशमा भएको भए त्यति नै पैसामा त्यो सामान दिनुपर्ने भनेर मुद्दा हाल्न सकिन्थ्यो होला
    विदेशमा पनि एस्तो गर्न मिल्दैन, तपाइले समान order गर्ने बित्तिकै legally buying contract हुन्न, typing error भनेर order cancel गर्नु normal कुरा हो

    your order has been placed, as soon as your payment is secured and your order is confirmed, we will contact you भन्या छ नि त , तेही भएर legally उनि हरुले तपाइको order cancel गर्न पाउछन् , तर एदी your order has been confirmed/ we will dispatch soon / your order has been dispatched भन्यो भने चाही legally buying contract close भयो तपाई हरु बीचमा, एति भैसकेपछि पनि cancel गर्न मिल्ने कानुनी प्राबधान चाहिँ छ, तर यो चाहिँ अलि गार्हो हुन्छ

    यो कानुन चाही Germany को, तर संसार भारिनै यस्तै हुन्छ

    Reply
  10. Kishor Sapkota says:
    May 24, 2018 at 2:39 pm

    विदेशमा पनि एरर भएको अर्डर क्यान्सल हुन्छ सर, नेपालमा मात्र होइन। कहिले काहीँ चाहिँ त्यहि पैसामा दिन्छन् तर धेरै जसो क्यांसल नै हुन्छ। Terms and conditions पढ्नु, कतै यो बारेमा पनि लेखेको होला। मुद्धा हालेर हेर्नुहोस कतै terms and conditions मा नलेखेको भए।

    Reply
  11. gyaneshwor acharya says:
    May 24, 2018 at 2:04 pm

    hait resto pani chala ho ///

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme