-दिनेश-
गर्मीमा पार्क घुमिसकेपछि ‘ऊ’ र ‘उनी’ पार्कको बेन्चमा बस्छन्। ‘उनी’ ‘उ’सको हात समाउँछिन्।
“माथिबाट भगवानले हेरिरहेका छन्,” ‘ऊ’ आत्तिदै भन्छ।
“भगवानले होइन होला अमेरिकाको स्याटेलाइटले हेरिरहेको होला,” ‘उनी’ भन्छिन्।
“त्यसो भए घरभित्र त स्याटलाइटले पनि देख्दैन नि।”
‘उनी’ मुसुक्क हाँस्छिन् र दुबै उठेर हिँड्छन्।