Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गाइने किराका १० रोचक जानकारीहरु

Posted on July 23, 2017July 26, 2017 by mysansar

-राजु आचार्य-

सानोमा यसको पछिल्लो भागमा मसिनो धागो बाँधेर छोड्दा आनन्द लाग्थ्यो। यसलाई हेलिकप्टर भन्यो अनि पछि पछि दगुर्‍यो। तर आजभोलि गाइने किराहरु देख्न पनि गाह्रो भैसक्यो। यसलाई नचिन्ने मानिसहरु सायदै होलान्। यिनको लामो शरीर, पारदर्शी पंखेटाहरु तथा ठूलाठूला आँखाहरु हुन्छन्। यिनीहरु किरा हुन्। यसलाई खेतारी,पानी टिपुवा, टुकली, फिरफिरे, झ्यालिन्चा आदि नामले समेत चिनिन्छ। टाउको ठूलो भएको कारणले कसै-कसैल घन टाउके किरा समेत भन्दछन्। यिनीहरु तातो मौसममा तथा पानी आसपासको क्षेत्रमा बस्न रुचाउने गर्दछन्। यिनीहरुले मानिसलाई कुनै नोक्सानी गर्दैनन्। आउनुस् यसका केही रोचक जानकारीहरु पढौ।


• यिनको छ वटा खुट्टाहरु भए पनि राम्ररी हिँड्न सक्दैनन् तर उड्न सिपालु हुन्छन्। उड्दाउड्दै आफ्नो आहारा कति टाढा छ , कुन दिशामा छ र कुन गतिमा उडिरहेको छ भनेर अनुमान गर्न सक्छन्।

• यिनीहरु हावामा एकै ठाउँमा पंखेटा हल्लाएर बस्न सक्छन्। यिनीहरु अगाडि फर्किएर पछाडि पनि उड्न सक्छन्। यिनीहरु ६ प्रकारले उड्न सक्छन्। कुनै कुनै गाइने किराहरु ९७ किलोमिटर प्रति घन्टाका दरले समेत उड्न सक्छन्। यिनका चारवटा पखेटाहरु एकै पटक वा फरक फरक हिसाबले प्रयोगमा आइरहन्छन्।

• ठूलो आँखाभित्र हजारौं सा-साना आँखाहरु (करिब ३००००) हुन्छन्। त्यसैले यिनीहरुले चारैतिर देख्न सक्छन् तर प्रष्ट भने देख्दैनन्।

• यिनीहरु मांसाहारी किरा हुन्। साना किराहरु, मौरी, माखा, लामखुट्टे खान्छन् र कहिलेकाँही पुतली पनि। एकदिनमा कम्तिमा ३० वटा लामखुट्टे खाने गर्दछन्। उडिरहंदा नै आहारालाई समातेर खान पनि सक्छन्। ठूला गाइने किराले साना गाइने किराहरूलाई समेत खाने गर्दछन्। आफनो आहारलाई देखि सकेपछि ९५% अवस्थामा मारिदिन्छन्। तर यिनलाई भने छेपारो, चरा, भ्यागुता, माछाले आहारा बनाई दिन्छन्।

• फूलबाट लार्वा बनेपछि पानीमा करिब ६ महिना देखि १ वर्षसम्म रहन्छन्। उड्न थालेपछि १-२ महिना जतिमा जीवनचक्र समाप्त हुन्छ।

• हाल पाइने गाइने किराको पंखेटाको चौडाई (एक पखेटाको टुप्पादेखि अर्को पखेटाको टुप्पासम्मको दूरी) ५ -१३ सेमीसम्म हुने गर्छ। जबकि पहिला भेटिएकाको (अवशेष) पखेटा ७५ सेमि चौडासम्म थिए। यिनीहरुको उपस्थिति पृथ्वीमा ३२६ मिलियन वर्ष (१ मिलियन वर्ष = १० लाख वर्ष) अगाडि भेटिएको थियो।

• इन्डोनेसियामा मानिसहरुले यसलाई खाने गर्दछन्। एशिया मुलुकमा टाउकोमा आएर बस्यो भने राम्रो हुने विश्वास गरिन्छ। जापान र चीनमा परम्परागत औसधिमा समेत यसको प्रयोग गरिन्छ।

• संसारभर ५९०० प्रजातिका गाइने किराहरु भएको अनुमान गरिएको छ। यिनीहरु संसारकै उड्न सक्ने ठूला किराहरुमा पर्दछन्।

• बेलायतको वेल्समा मरेका सर्पहरुलाई छोइदियो भने सर्प बाँच्ने किम्वदन्ती भएकोले यसलाई ‘सर्पको डाक्टर’ समेत भनिन्छ। मानिसहरु कतिसम्म विश्वास गर्छन् भने घाइते सर्पको घाउ यिनले सिलाएर सन्चो बनाई दिन्छन्।

• शारीरिक सम्पर्कको बेला भालेले हैरान पार्छन्। घाँटीमा समाएर बलात्कार नै गर्छन्। यही हैरानीबाट बच्न पोथीले मरेझैं नाटक समेत गर्दछन्। यसका लागि आकास बाट खसेझैँ गर्ने र भुइँमा नचली बस्ने गर्दछन्। कुनै कुनै भालेले भने शारीरिक सम्पर्क भइसके पछि अन्य भालेले सम्पर्क नगरोस् भनेर सुरक्षा गार्डको रुपमा सहयोग गर्दछन्।

2 thoughts on “गाइने किराका १० रोचक जानकारीहरु”

  1. Drona KC says:
    July 24, 2017 at 1:27 am

    धेरै चाख लाग्दो ! बचपन मा खेलेको र समातेर धागो बानेको याद आयो! लेखक लाई धन्यवाद !

    Reply
  2. Jiban Bhurtel says:
    July 23, 2017 at 6:13 am

    हाम्रो तीर त घाम किरा नी भनिनछ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme