Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पूर्वराजा ज्ञानेन्द्रले बिरामी भएर पनि नेतालाई दिएको शिक्षा

Posted on July 21, 2017 by सूर्य खड्का

‍-सूर्य खड्का-

आफ्नो ७१ औं जन्मोत्सव जनताबाट शुुभेच्छा तथा दीघार्युको शुुभकामनालिएर मनाएको केही सातामा नै पूर्व श्री ५ महाराजाधिराजको स्वास्थ्य बिग्रियो । बुधवार नर्भिक अस्पतालमा भर्ना भएपछि उनको सफलतापूर्वक चिकित्सकीय उपचार भएको छ । वंशानुुगत मुटु रोगले सताइएका पूर्व श्री ५ को स्वास्थ्य सप्रिनु वा बिग्रनु आफैमा एक खबर होइन, यो मानवचोलाको एक प्राकृतिक आकस्मिकता र भवितव्य पनि हो। चिकित्सकहरुको टोलीको प्रयाश र समर्थकहरुको शुुभेच्छाले उनको स्वास्थ्यमा सुधार भैरहेको छ । उनको दीर्घजीवनको कामनागर्ने लाखौं फ्यानहरुलाई यो शुुभखबर नै हो। उनी सन्चो भएर आजै घर फिर्ता पनि भइसके।

आफ्नो आकस्किमक अस्वस्थताका वीच उपचार र स्वास्थ्यलाभ गरिरहँदा पूर्व श्री ५ ले केही मुलभुत सन्देशहरु दिन सके, जो चाहि आफैमा ठूलै खबर हो। देशमा आफ्नै शाहवंशको शासकीय बिरासत भत्काएर स्थापित गरिएको गणतन्त्र संस्थागत हुदै गैरहदा धेरै गणतान्त्रिक नेताहरु उपचारका लागि विदेशिने गर्थे, गरिरहेकै छन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धर्म पत्नी सीतालाई केही साता अघि रोग नखुलेको उपचार वैंककमा गराएर फर्के । एमाले अध्यक्ष केपी ओलीको नियमित अस्पताल नै विदेश हो कहिले वैंकक त कहिले सिंगापुर । प्रधानमन्त्री शेरबहादुर देउवाले केही समय अघि पत्नी डा. आरजुको उपचार भारतमा गराएकाथिए । पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुन की सुजाता कोईराला सबैको विदेशमानै उपचार हुने गरेको यथार्थ हो । पूर्व राष्टपति डा. रामवरण यादव आफै चिकित्सक भएर पनि उनले पनि विदेशमा नै उपचार गराएकाहुन । वर्तमान राष्टपति विद्या भण्डारी पनि विदेशबाटै स्वास्थ्य लाभ गराएर स्वस्थ भएकी एक हस्ती हुन । विदेशमा उपचार गर्न गराउन नजाने नेता चाहि को को छन भनेर सूचि बनाउँदामात्रै छोटो र छिटो हुने हाम्रा गणतन्त्रका नेताहरुको धरातलीय यथार्थ हो ।

यस परिवेशमा मुटु रोगको उपचारमाचाहे जे सुकै कारणले होस पूर्व श्री ५ को गन्तव्य बन्यो नर्भिक अस्पताल । यो उनको सबैभन्दा सही र प्रशंसनीयकदमहो । स्वदेशी चिकित्सक, अस्पताल र चिकित्सा पद्धतिप्रति पूर्व राष्टप्रमुखले देखाएको विश्वास र भरोशा नेपाल स्वास्थको लागि सही र योग्यर सक्षम छ भन्ने सार्थक सन्देश पनि हो । यसमा समर्थक मात्रैले होईन, विरोधीले पनिउनलाई साधुवाददिन सानो छाती गर्नु आवश्यक छैन । हाम्राशीर्ष र वरिष्ठ भनिने दलीय नेताहरु आफैले आफ्ना अस्पतालहरुलाई विश्वास गर्न सुरु गरे हुन्छ अबपूर्व श्री ५ ले जस्तै । रोग अनुसार थपउपचार अति जरुरी भएविदेशै कोहीनजाउनभन्ने होईन । तर टाउको दुख्नसाथ सिधै विदेश ताक्नेहरुले सिकुन पूर्व श्री ५ बाट, भरोसा र विश्वास गर्न स्वदेशी अस्पताल, चिकित्सक र उपचार पद्धतिलाई । यो पनिहो राष्टवाद, देशभक्ति र सम्वृद्धि यात्राको असलसंस्कार । यस मानेमाधन्य छन पूर्व श्री ५ ।

आफ्नो शासकीय विरास तखोस्ने गणतन्त्रप्रति सधै मौनसम्मति देखाएर गणतन्त्रका सबैभन्दाभद्र आज्ञाकारी पात्र वितेका दशकमा नेपालमा कोही देखिएभने उनै एक पूर्व श्री ५ हुन । उनले गणतन्त्र जनताकालागि जुन जोगि आए पनि कानै चिरेका भैरहदापनियसका विरुद्ध कुनै षडयन्त्र गरेन्न । कुनै दृश्य खेल खेलेन्न । जसो जसो गणतन्त्रको आदेश उसै उसै मन्जुर गरेर उनले आफूलाई असल नागरिक भुमिकामा सबैभन्दाउम्दा साबित गरे । उनले गणतन्त्रले आफूलाई पूर्व शासकका रुपमा, शाहवंशको अन्तिम राजाका रुपमादिनुपर्ने न्यूनतम सम्मान नदिदा पनि चित्त दुखाई गरेन्न, गुनासो पनि देखाएन्न । धेरै पक्ष छन, पूर्वश्री ५ काजसले गणतन्त्र कार्यान्वयनमा अद्धितिय रुपमा सहयोगीभुमिकानिभाए । यस मानेमाउनी गणतन्त्रवादीले मनदेखि श्रद्धा, सम्मानसहित धन्यवाद दिनैपर्ने एक असल पात्र हुन ।

आम मान्छेका रुपमाअहिले बिरामीभएर अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकापूर्व श्री ५ लाई भेट्न प्रधानमन्त्री देउवा, दलका नेताहरु र खासगरी माओवादी केन्द्रकाअध्यक्षतथापूर्वप्रधानमन्त्री प्रचण्ड जानै पर्ने थियो ।

किनभने देउवा सरकार वा राज्यकाप्रतिकहुन । प्रचण्ड यो परिवर्तनकाजीवन्तनायकहुन र पूर्व श्री ५ यो परिवर्तनलाई सहयोगीबनेका ऐतिहासिकनायकहुन ।
उसै पनि सुख दुखमाहातेमालो गर्ने नेपालीभाई भाईको परम्परा हो । मान्छेको दुखबिमार दुख्नुुपर्ने हो प्रधानमन्त्रीलाई र प्रचण्डलाई । किनभने यसरी पूर्व श्री ५ लाई मुटुु दुखिरहदाउनलाई गेट वेल सुन भनेर न देउवाको कुर्सी हल्लिन्छ, न खुस्किन्छ नै । बरु उदारभावको प्रधानमन्त्रीको छबी झन झन उज्यालिन्छ ।
निश्चित छ पूर्व श्री ५ ले सरकारी उपचार खर्च लिने छैन्न नै । तर प्रधानमन्त्री देउवाले बिरामीपूर्व राजालाई अस्पतालमा भेटेर सरकार उपचार खर्चकालागितयार छ मात्रै भनिदिएभने त्यो पूर्व शासक, राजाप्रति राज्यको सम्मानको शिखर उदारताहुनेछ भने प्रधानमन्त्री देउवाको राज्यको कार्यकारी प्रमुखका रुपमा सबैभन्दा ठूलो जिम्मेवारी वोध र सहिष्णुता साबित हुनेछ । के त्यतिउदार छाती छ प्रधानमन्त्री देउवाको ? के त्यो विराट सोच र व्यवहारकालागि देउवाका सहयोगीले उनलाई असल सल्लाह देलान? दिनुपर्छ भन्ने पंत्तिकारको मतहो । किनभने देउवाकाँग्रेसका सभापतिमात्रै होईन्न, गणतान्त्रिक सरकार र राज्यकाकार्यकारी नायकहुनभने उनले पूर्व श्री ५ को दुखबिमारमा सरोकार राख्नैपर्छ । गणतन्त्रको यो मर्म उनले आत्मासात गरे कदअग्लो हुने उनकै हो । पूर्व श्री ५ लाई त खासै फरक पर्नेछैन नै ।

लोकले माने पनिनमाने पनि यो गणतन्त्रका नायक प्रचण्ड हुन । पहिलो प्रधानमन्त्रीकालको असफलताउनले दोस्रो प्रधानमन्त्रीत्वकालमा रिकभर गरेकाहुनअसल र सफलशासकका रुपमा। उनले आफू गणतान्त्रिक वा परिवर्तनकारी कित्ताको नायक रहेको र परम्परागतकित्ताको, सत्ताको, विचारको वा समुहको अन्तिमअग्ला र शक्तिशालीनायकपूर्व श्री ५ नै हुनभन्ने भित्री चुरो कुरो पनिअवश्यै बुुझेकै छन । त्यसैले चलाख प्रचण्डले जसरी आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमा राजनेताको छबी देखाउने कोशीस गरे, अबत्यसलाई थपचमकदार र प्रखर बनाउनउनीपूर्व श्री ५ लाई स्वास्थ्यलाभको कामनागर्न नर्भिक अस्पताल पुुगुन । राजाकाप्यादाकमलथापासंग लभ गर्न लालायित प्रचण्डले पूर्व श्री ५ लाई मुुटुु दुखिरहेका बेला अस्पतालका शैयामा भेटदैमाकुनै अपराधहुदैन । कुनै क्रान्तिकारी स्खलनपनिहुदैन । बरु प्रचण्डकै शव्दमायसले राष्टिय एकताअभिवृद्धिमा थप सकारात्मक सन्देश दिन्छ ।

यसले पूर्व श्री ५ लाई खासै फरक नपरे पनि प्रचण्ड र गणतन्त्रको छाती फराकिलो रहेको सन्देश जान्छ । राजनेताको हैसियतमा प्रचण्डको छबी थपउज्यालिन्छ । शीतलनिवासमानिम्तो दिएर विद्यादेवी भण्डारीले पूर्व राजाको सम्मानमात्रै गरिन्न, आफै थप सम्मानितभएकीथिईन भन्ने प्रचण्डले नबुुझेको तथ्यपक्कै होईन ।

पंत्तिकारको आग्रह के मात्रै हो भने प्रचण्ड र देउवाहरु पात्रै मात्रै होईन्न, उनीहरु यो व्यवस्था र पद्धतिका प्रतिकहुन । पूर्व श्री ५ बिेतकादशकका सबैभन्दाअसल गणतन्त्रका पालनकत्र्ता हुन । उनको ईतिहासको उचाई त देउवा प्रचण्ड भन्दाकतिउच्च छ छ । तै पनिअब गणतन्त्रले देशभक्ति र राष्टवादलाई, परम्परागतशक्ति र पूर्व नायकहरुलाई सम्मानगर्न जानेको छ भने पुुगुन देउवा र प्रचण्ड नर्भिकमा अनि भनुन ज्ञानेन्द्र वीर विक्रमशाहलाई, गेट वेल सुन एक्स म्याजेष्टेस ।

25 thoughts on “पूर्वराजा ज्ञानेन्द्रले बिरामी भएर पनि नेतालाई दिएको शिक्षा”

  1. Deepak says:
    July 24, 2017 at 11:30 pm

    अब प्रचण्ड र बाबुराम युरोप अमेरिका जान डराएको देखियो| प्रचण्ड पत्नी त्यसैपनि बैंकक जानपर्ने कारण चाहि के रहेछ? नेपालमा उपचार हुन नसक्ने रोग लागेको हो कि|
    आफ्नो खर्चमा जहिपनी जानुस, भ्रमणको लागि होस् वा स्वास्थ्य उपचारको लागि होस् कसैको सरोकारको बिषय हुनेछैन| तर सरकारी खर्च गरेर अनि मुलुक बन्धक राखेर ब्यापारी र बिचौलियाको खर्चमा जाने हो भने निन्दा मात्र होइन कारण र साधनको श्रोत खुलाउन अनिवार्य हुनपर्छ|
    तल कमेन्टमा कुरै नबुझी कसैको कमेन्टलाई totally nonsense भन्ने कमेन्टवालले राजनीतिग्यहरुले जनता जनार्दन भनेपछि के सबै कमेन्ट गहकिलो मात्र हुनपर्ने? तपाईको कमेन्ट पनि नन्सेंस नै रहेछ|

    Reply
  2. Kailash says:
    July 24, 2017 at 3:07 pm

    हामी सबै मनिश्हरु स्वार्थी हुन्छन र मनमा लगेगो कुरा बिचारे नगरी बोल्दिन्छा र अरुलाई घोच्ने र पच्ने कम गर्छ विचार लेखकले त खाली संदेश मात्र दिनु खोजेको जस्तो लग्छ
    आफनै देशमा गरेर हुने उपचार किन बिदेशमा जाने भन्ने संदेश दिनु खोजेको बजेको छु मैले
    नेता हुन या पूर्व राजा हुन् सबै राम्रो भय किन हाम्रो देशको यो गति हुन्थियो अजा

    Reply
  3. ग्रिष्म says:
    July 23, 2017 at 6:19 pm

    बाहिर जाने पैसो र सरकारी सुविधा नपाउने भए पछि नेपालमै उच्च कोटीको सेवा लिएर उपचार गराउने भैहाले| लेखक लगायत सबैलाई यो विदितै हुनपर्ने हो यसबेला ज्ञानेले सरकारी खर्च पाउने भए विदेशमा उपचार गर्न नजाने भनेर कसले भन्न सक्छ?
    लेखकज्युले दिनुभएको संदेश बुझनीय छ| दाजुले जस्तो टुलुटुलु हेरेर बस्दिन भन्थे क्यारे, त्यसैले सुलुसुलु निल्यो त्यसै पनि दरवारका सल्लाहकार र आसेपासेको करतुतले धुरमुरीएको राजतन्त्र| पूर्व राजनलाई मानवताको हिसाबले पनि गेट वेल सुन को सुभेच्छा|

    Reply
  4. Prakash Nepal says:
    July 23, 2017 at 10:06 am

    Totally nonsense commentators (some of them). The writer has analyzed it well. Until and unless the view of the public changes, the nonsense behavior will not change.
    The writer is simply trying to convey a simple message, “If the treatment can be done in your own country, then whey the hell do you have to go to another country? Don’t you have a trust on your doctors? If not, make the environment that way.”
    I see that the commentators are more politically biased than finding out what is right and what is wrong. Until this bias remains, the country can’t go forward.

    Reply
  5. राजन says:
    July 23, 2017 at 8:48 am

    I need you. भन्न मोरा । अरूको जिम्मा कहां बाट लीयौ ?

    Reply
  6. Magin says:
    July 23, 2017 at 8:27 am

    जसको चिया बगान सोल्टी अनि सुर्य टोब्याको छ – खरब पति खराब पति कहिले कर नतिर्ने लाई पनि एत्रो सम्मान दिनु पर्ने?
    हो नेता लाई पाठ सिकाएको र बिना रक्त पात सत्ता छोडेको मा उनलाइ श्रेय जान्छ !! तर गरिब को कर बाट उनलाई उपचार गराउन पर्दैन – सबै लाई चेतना भया !!

    Reply
  7. Giri Shivaji says:
    July 22, 2017 at 11:06 am

    Ab marxa bhai mara daka

    Reply
  8. Anjol Rana says:
    July 22, 2017 at 8:12 am

    दाईको हत्याको छान बिन गर्नु छैन खाली अनेको कुराको गन्थन मन्थन गरि टार्छ।

    Reply
  9. Deep says:
    July 22, 2017 at 1:22 pm

    शाही काल मा ने बा नि को एउटा मात्र भएको जहाज को दुरुपयोग कम्त गरेको थ्यो यो डाका ले? टिकट काट्ने यात्रु ले प्लिन चढ्न पाइने हो कि नाइँ दुबिधा मा बस्नापर्थ्यो.

    Reply
  10. Amrit Nepali says:
    July 22, 2017 at 5:52 am

    दाजु भाइ मार्ने सिक्षा चाही नलिनु होला है

    Reply
  11. Sumit Banskota says:
    July 21, 2017 at 11:12 pm

    राज्य ले उनलाई पैसो दिन पर्यो नि त । आफ्नो पैसा मा के थाइल्यान्ड र सिङापुर जानू त । हाम्रो नेता हरु लाई नि पैसो नदिने हो भने वीर अस्पतालमा 100 दिन कुरेर भएनी उपचार गर्छ्न । फ्री मा पाए अलकत्रा पनि खाने ले उपचार को नाम मोज मस्ती त गरिहाल्छ्न नि ।

    Reply
  12. Shrestha Prashant says:
    July 21, 2017 at 11:10 pm

    Taauko dukhe matra pani bidesh dae re ? Yaha bp jachaun samet dhukuti rittyayo ta

    Reply
  13. Gaurab Nepali "Oodaseen" says:
    July 22, 2017 at 4:31 am

    माथि उल्लेखित सबै नेताहरुको विदेश खर्च स्थानीय चुनाब मा तिनै दलका पार्टीलाई भोट दिएर अप्रोभ भैसकेको छ ! अब मनो रेलमा सयेर गर्दैछन भोटर ! फेरि नेपालीले चाहेर पनि त येंह के नै हुन्छर ? मनोदशा + भ्रस्टाचार प्रयाबाची सब्द ले गाँजेको समाजमा किन टाउको दुखाउने सुर्यस्तम !

    Reply
  14. Razz says:
    July 22, 2017 at 2:44 am

    We Nepalese have selective amnesia. Gynendra can never be better than any of the leaders.

    Reply
  15. avaya says:
    July 22, 2017 at 2:32 am

    नेताले शिक्षा लिने भय पो नेपालका नेतालाई शिक्षा दिनु? खड्काजी पनि भ्रम मै छन् जस्तो छ!

    Reply
  16. Anant Shrestha says:
    July 21, 2017 at 8:46 pm

    Get well soon.

    Reply
  17. A NaRan Bahadur ThapaGorkhe says:
    July 21, 2017 at 8:44 pm

    राजा र लुटेर नेता बिचको भिन्ता !

    Reply
  18. pratikshya says:
    July 22, 2017 at 1:51 am

    Surya ji tapai ko jindagi chhahi raja ra rajtantra ko guungaan gayerai bitni bho hai

    Reply
  19. Pradip Regmi says:
    July 21, 2017 at 7:17 pm

    नेता हरु त सानो तिनो रुघाखोकी मा पनि बिदेश जान्छ्न…यस्ले त नेपाल् मै ओखतो गरायछ …पैसा को कमि भयछ क्या हो पपि लाइ

    Reply
  20. Gok Basnet says:
    July 21, 2017 at 4:30 pm

    We need you

    Reply
    1. सुदर्शन पौड्याल says:
      July 21, 2017 at 6:09 pm

      साँच्चै हो र ?

      Reply
  21. Surendra Bhatta says:
    July 21, 2017 at 2:58 pm

    Getwell soon

    Reply
  22. Madhu Oli says:
    July 21, 2017 at 2:25 pm

    यसलाई हेर्न मन लाग्दैन के पायो

    Reply
  23. Roshan Karki says:
    July 21, 2017 at 2:15 pm

    Blood pressure jachauna bidesh Jane samma xan Yehi desh ma Khoi K vanu

    Reply
  24. Jagadiswar Man Shrestha says:
    July 21, 2017 at 2:13 pm

    Dekhaune dant chapaune dant farak

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme