Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

घैमल मोदी चिनम, दशैंका लागि खसी किनम

Posted on October 1, 2016October 1, 2016 by mysansar

-सूर्य खड्का-

surya_khadka फेवातालको आंगनमा लैलै माछा पुच्छ्र्रे छाया …..बोलको नेपाली गीतलाई अब सार्कको आंगनमा लैलै भारतीय छाया, भारतीय हांच्छिऊ बिना सार्कलाई कसैको को नी छैन हैे माया भनेर नयां सार्क स्तरीय प्यारोडी बनाए हुने भएको छ । अझैं शीर्ष सार्क गानाको टाईटल नै सार्क अर्थात जसो भारत उसै स्वाहा गरिदिए हुने भएको छ । किन भने सार्क भनेकै भारत र भारत भनेकै सार्क हो भनेर भारतीय सत्तानायक नरेन्द्र मोदीले फेरि एकपटक प्रमाणित गरिदिए । अनि कानै नछामी बांकी देशले कागको पिछा गरेर १९ औं सार्क सम्मेलनलाई गर्भमै तुहाई सके ।

हो, भारतसहितका पाँच देशले भाग नलिने घोषणा गरेपछि पाकिस्तानले अर्को महिना हुने तय भएको सार्कको १९ औं शिखर सम्मेलन स्थगितको घोषणा गरेको छ । तथापि, पाकिस्तानले सार्क सम्मेलनको नयाँ मिति छिट्टै घोषणा गर्ने बताएको छ । भारत र पाकिस्तानको तनाव चुलिएपछि त्यसको छायाँ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा परेको छ ।

सुरुमा भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा नजाने घोषणा गरयो । त्यसपछि अफगानिस्तान बंगलादेश र भुटानले सहभागी नहुने घोषणा गरे, भारतलाई ठूलदाई मान्दै जय भारतको शैलीमा । शुक्रबार श्रीलंकाले पनि भाग नलिने बताएपछि पाकिस्तानले सार्क स्थगितको घोषणा गरेको छ । हैन सार्क समयमै हुनुपर्छ भन्ने नेपाली अडान कतै काठमाण्डुतिरै बिलाएको छ ।

भारतको आँखाले दक्षिण एशियालाई हेर्ने बांकी देशको पर्दाफास नै हो सार्क यो सम्मेलन स्थगन । अफगानिस्तान, वंगलादेश, भुटान र श्रीलंका भारतका पुच्छर हुन र तिनको कुनै अडान वा दृष्टिकोण छैन भन्ने विशाल संसार चिहाउन उनीहरुले कानै नछामी कागको पिछा गरेजस्तै गरेको चरम भारतीय अन्धभक्तिबाट छर्लंग भैसक्या छ ।

ठीकै हो, सार्कका बडे भाई हुन मोदी । भारत पाक तनाव अरु बढाएर उनले सार्क राष्टलाई आाईएसको नयां स्वर्गभूमि बनाउन चाहेकै हुन भने धन्य भनिदिऊ मोदी सपनालाई । अस्त ीभर्खर नेपालको सप्तकोशी व्यारेजमा आतंकावादी हमला हुदैछ भनेर हल्लाको खेत ीगर्ने भारतीय मोदीका प्यादाहरु पाकिस्तानलाई प्रहार गरिरहदा आइएस वा त्यस्तै दक्षिण एशियाली संस्करणका आईएसबाट कसरी बच्दोरैछन, मोदीजीले नयां स्वाद चाख्लान नी त ? अनि
त्यसको बाछिटाले भुटान, वंगलादेश वा अफगानिस्तान र श्रीलंका कसरी लपेटिदा रैछन, दुनियांले देख्ला, भोग्ला नै ।

सार्क रोकिनु ठूलो कुरा हैन, सार्क रोकिने कारण उदेकलाग्दो हो । यसले सिंगै दक्षिण एशियालाई भारतको पपेटका रुपमा प्रश्तुत गरयो, जस्ले सार्कको बडापत्रलाई धोती लाईदिदा लामो समय तुलनात्मक रुपमा अन्य देश भन्दा शान्त रहेको बांकी विश्व जस्तै अन्त्यहीन द्वन्द्वमा फसाउने हो की भन्ने चिन्ता जरुर बढाएको छ । सार्क देशका जनताको मुख्य टाउको दुखाई यति मात्रै हो ।

अघिल्लो पटक नेपाल आई संसदलाई संवोधन गर्दा मोदीले संझाएका थिए नेपालीलाई ऋषि मन लिएर संविधान लेख्न । अहिले पठानकोट र उरी आक्रमणका घटनाका आलोकमा मोदी पाकिस्तानमाथि भारतीय ऋषिमन प्रदर्शन गर्न उद्यत छन । त के भो त अब त घैमल मोदीलाई चिनम, दशैंका लागि खसी किनम । त्यसो गरे कसो होला ? कस्लाई थाहा छैन र नेपालले ५ महिने लामो नाकाबन्दीबाट भोगेको, देखेको भारतीय र मोदीको ऋषीमन । हैन र ?

उत्तरी छिमेक चीनमा पनि मोदीको महान ऋषीमन प्रकट हुने सुवर्ण अवसर शायद यही हो । चिनियाँ ड्रागनलाई चीनकै सीमानामा ठिंग्राईदिने र बलुचिस्तान हुँदै अरब सागरको बाटोमा प्रवेश नदिने भारतीय तथा अमेरिकी रणनीतिलाई उजागर गर्नेगरी प्रकट हुन लागेको मोदी ऋषीमन अब विशाल साम्यवादी चिनले पनि चिन्दै जाने मौका पो हो की यो ?

अमेरिकी तथा बेलायती नेतृत्वको बहुदेशीय सेनाले इराकमाथि गरेको हमला गलत थियो भनेर सद्धाम हुसेन मारिएको दशकबढी पछि बल्ल दुनियांले जान्यो । अब भारतले आतंकवादको जामामा अर्को छिमेकीलाई ताक्छ भने के भारत मात्रै सुरक्षित रहन्छ त ? दक्षिण एशियामा शान्ति होइन, आतंकवादलाई निम्तो दिने मोदीमन्त्रलाई रोक्न कस्ले सक्ने ? आखिर मोदी नै महान हुन भने ?

छिमेकी देशमा हुने अशान्ति र अस्थिरताले भारतीय सुरक्षा सुदृढ गर्ने यो मोदीसूत्रलाई साकार पार्न जाबो एउटा सार्क सम्मेलन स्थगित हुनुले के नै पो फरक पार्छ र ? बलुचिस्तान नै आइएस को नयां कारखाना बनाउनु नै मोदीध्यये हो भने अरुले किन टाउको दुखाई मान्नु र ? बलुचिस्तानमा आगो बल्छ, भारत खरानीको न्यानो ताप्छ, त्यही हैन र ?

झण्डै ६० वर्षदेखिको काश्मिर विवाद पाकिस्तानले भनेजस्तै त्यहांका जनताको जनमतबाट निर्णय नगराउन भारतीय अडान रहेपछि, हुने यस्तै हो, भैरहन्छ । नपत्याए कारगिल र त्यसअघिका संस्करण संझे भैहाल्यो । काश्मिरमा जनमत संग्रह हुनुपर्ने र त्यहाँका जनताले नै उनीहरुको भाग्यको फैसला गर्न पाउनुपर्ने पाकिस्तानी अडान भारतले किन मान्ने ? आखिर भारतीय लोकतन्त्रमा कश्मिरमा चुनाव गर्नु भनेर लेखिएकै छैन, त्यो प्रवन्ध भारतीय संविधानमा पनि त छैन । छ र ? जहांसम्म संयुक्त राष्ट्र संघको रेजुलेसनले पनि काश्मिरमा जनमत संग्रहलाई मान्यता दिएको पाकिस्तानी दावी छ, त्यो जाबो दावी मोदीसत्ता, शक्ति र दम्भका अगाडि के बलशाली हो र ? हैन हो हैन ।

छिमेकी फुटाऊ र राज गर भन्ने नै मोदी मिसन हो । उसले आफ्नो मिसन पुरा गर्न ‘रअ’को डिजाइनमा पाकिस्तानलाई कमजोर बनाउन र बंगलादेशजस्तै गरी फुटाउन बलुचिस्तानको कार्ड खेल्न किन नपाउनु ? त्यसैले पाकिस्तान फुटाऊ मोदीमिसनका लागि जाबो सार्क रोकिन्छ भने, त्यो कुनै माने राख्ने कुरो हैन है हैन ।

एनी हाऊ काश्मिरमा राष्ट्र संघ न आऊ, पाकिस्तानले युएन नबोलाऊ । यही हो मोदी ख्वाब । विचरा न त बल प्रयोग गरेर काश्मिरमाथि पूरै नियन्त्रण गर्न, न त विगतको स्वतन्त्र काश्मिरमा आफ्नो दाबी नै छाड्न नसकेर घांटीमा अडकेको हड्डी काश्मिर भेपछि के यति जाबो युद्ध स्टन्ट गर्न पनि नपाओस त त्यो विशाल दिल्लीले । युद्ध स्टन्टका सिल्ली झेल्ली जो हिन्दुस्तानका पुराना नानीदेखिका बानी ने हुन । त्यो पनि मोदी जस्ता उत्तरआधुनिक लोकतान्त्रिक उदार सत्तानायक भाका बेलामा ? मोदीले सार्वजनिक रुपमै बलुचिस्तानका जनताको आन्दोलनलाई समर्थन जनाउदा पनि दाल नगलेपछि सार्कको कार्ड फयांकेर नांग्लो ठटाउदै हात्ति तर्साउन किन नपाउनु त ? पाउनै पर्छ, एकथान सार्क रोकिएर केही आकाश झरीहाल्ने पनि त हैन ।

मोदीलाई १९ औं सार्क सम्मेलन भन्दा ठूलो र महत्वपूर्ण कश्मिर छ । त्यो भन्दा पर पाकिस्तानलाई सक्नु छ अनि बलुचिस्तानको खनिज, तेल र सुनखानी प्राकृत्तिक सम्पदा छ । त्यो कुरा बांकी सार्क देशले नबुझ्नु मोदीको हैन, अरु सार्क सदस्यको आंखामा फुलो परे जस्तो हो । बलुचिस्तानको गदर बन्दरगाहले चीनलाई अरब मुलुकसँग जोड्दा त्यसले भारतीय अर्थतन्त्रमा पार्ने प्रभावको हिसाव कितावको तुलनामा सार्क सम्मेलनमा ३ दिने कार्यसूचि महान मोदीका लागि बेकारै हुन । चीनले समुद्रको बाटोबाट अरब छिर्दा बलुचिस्तान नै घांटी हो भने घाटा सहनु पनि त भएन मोदीले भयो त ? जहांसम्म आतंकवादको सवाल छ, यो त आफ्नो सुविधामा प्रयोग गर्न पाउनुपर्ने हिन्दुस्तानी जिनिस न हो । यो जस्तो खल्तीमा राख्यो उस्तै हुन्छ । भारतका महान मोदीले कथित आतंकवादको विश्वशत्रुसंग लड्न सार्क सम्मेलन रोक्ने विशेषाधिकार पनि पाएन्न भने के अर्थ महान मोदीको ?

यी र यस्तै कारणहरुले मोदीले पाकिस्तानमा हुन गैरहेको सार्क सम्मेलन रोक्ने पुरुषार्थ देखाएकोमा सबैले गौरव गरौं । आखिर भगवान रामको जन्मभूमिका पुत्र जो हुन मोदी । त्यसैले सलाम मोदीमन्त्र, मोदी हर्कत, मोदी मिसन र मोदी दम्भलाई । हैन र कि कसो ? तर सार्कलाई मोदीअस्त्रबाट रोक्दै युद्ध स्टन्टको पारा चढाउदै बहादुरीपूर्वक घैमल मोदीले पछाडि हट्ने चान्स पनि उत्तिकै छ है । मोदी बहादुरीपूर्वक पिछा हटे नै भनेनी हार्ने चांिह छैन्न । हैन त ?

1 thought on “घैमल मोदी चिनम, दशैंका लागि खसी किनम”

  1. अमिरमान शाक्य says:
    October 2, 2016 at 4:06 pm

    छिमेकी देश र त्यहाँका जनताहरुको लागि मोदी महिसासुर दानव भएपनि भारतीयहरुको लागि त भलो गर्ने मान्छे हुन् मोदी । हाम्रा देशका नेताहरुले पनि मोदीको जुठो खाएका जस्तो देखिन्छ । देश र जनतालाई कसरी हित पुर्‍याउन सकिन्छ भनेर सिक्नलाई हाम्रा नेताहरुले पनि मोदीबाट केही शिक्षा लिने कि !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme