सर्वज्ञानी नेता पाउन असम्भव भए पनि देश-विकासको लागि विज्ञान-प्रविधि ब्यवस्थित बनाउनु पर्छ भन्ने दूर-दृष्टि/चेतना भएको नेता पाउन सके मात्र पनि देश सही दिशातर्फ लम्किन्थ्यो। विज्ञान शिक्षाकै कुरा गर्ने हो भने अनुसन्धानमा र ल्याबको अवस्था सुधार्ने र क्षमता बढाउने माग गर्नु भन्दा पनि थाम्नै नसकिने गरी विद्यार्थी थप्न दवाब दिइन्छ। त्यो पनि आशा लाग्दा युवा विद्यार्थी नेतृत्वबाट। विद्यार्थीको पढ्न पाउनु पर्ने हकको माग त्रिविका प्रोफेसरलाई ताला या कालोमोसो लगाएर हैन कि सरकारलाई (या आ-आफ्ना नेतालाई) शिक्षामा लगानी बढाउने दवाव दिएर गर्नु पर्ने हो। विज्ञानमा गुणस्तर भन्दा पनि संख्या थप्नु पिसाबको न्यानो मात्र हुन जान्छ।
चाहिने जति वैज्ञानिक र प्राविधिक पनि तयार गर्ने र गुणस्तर पनि उकास्ने उपाय के हो त? अझ देशमा उत्पादन भएको र देशलाई नभई नहुने दक्ष-शक्तिलाई पलायन हुन नदिने या पलायन भएकालाई उपयोग गर्ने उपाय के हो त?
त्यो हो विज्ञान-प्रविधिमा लगानी !
बिडम्बना त के छ भने देश हाँक्ने नेतृत्वले आजसम्म विज्ञानमा विश्वास नै गर्न सकेको छैन। विज्ञान मन्त्रालय खोले पनि, भाषण पिच्छे विज्ञानको विकास जरुरी छ भने पनि, विश्वास गरेको छैन। यस्तो लाग्छ कि विज्ञान प्रविधि र अनुसन्धानमा लगानी गर्नु पर्छ भन्ने चेत खुलेको छैन, त्यसैले विज्ञान-प्रविधिमा लगानी गर्न डराउँछ।
संसारका कुनै पनि विकसित मुलुक हेरौ, विज्ञान प्रविधिमा भरपुर लगानी गरेका छन्। त्यसैले त ती विकसित छन्। गरीब देशहरुको नियति त के भने उसै पनि थोरै GDP (कुल गार्हस्थ उत्पादन), त्यसैको पनि अत्यन्त न्यून, नगन्य लगानी। विश्व ब्याङ्कको तथ्यांक हेर्दा थाहा हुन्छ, हाम्रो लगानीको हालत। पैसाले त गरीब भइयो नै, चेतनाले पनि गरीब। हाम्रो अनुसन्धान र विकाशमा जम्मा ०.३ % लगानी रहेछ GDP को। हाम्रो भन्दा ६० गुणा GDP हुने कोरियाको लगानी ४.२ % । स्याम्सुङ्ग र LG जस्ता कम्पनिहरु सरकारको बिज्ञानमा लगानी बिना त्यसै संसार भरि प्रख्यात हुने थिएनन्। हाम्रै छिमेकीको तुलना गर्ने हो भने चीनले २ % लगानी गर्दो रहेछ भने भारतले जम्मा ०.८ % । अहिले देखिएकै छ, चीनको विकासले गति लिएको । विज्ञानमा लगानी नगरि कुनै पनि मुलुक माथि उठेको छैन । तथ्यांक अनुसार धेरै जसो विकसित मुलुकले GDP को २ % भन्दा बढी लगानी गर्दा रहेछन ।
हो हाम्रो जस्तो गरीब मुलुकमा झाडा-पखाला लागेकोलाइ सहयोग गर्ने कि विज्ञानका अनुसन्धानमा लगानी गर्ने दुबिधा अवस्य छ, तर यसरि नै अनुसन्धान / आविष्कारलाइ पिठ्यूँ फ़र्काएरै हिडियो भने गरिवीको खाडल बाट कहिलै निस्किन सकिने छैन । जनतालाई खासै असर नपर्ने गरि पनि बिज्ञान-प्रबिधिमा लगानी गर्ने उपाय निकाल्न सकिन्छ । अहिले त कस्तो भएको छ भने लगानी पनि नगर्ने, पैसा पनि चुहिने। सानो उदाहरण दिउँ — अस्पतालमा अत्याधुनिक प्रबिधि भित्र्याएर आफ्नै देशमा उपचार गर्नुको साटो अरबौं रकम बहिरिएकै छ । चुहावट रोकौं, विज्ञान-प्रबिधिमा लगानी गरौँ ।
अहिलेको ०. ३ % बाट लगानी बढाएर कम्तिमा १ % पुर्याउन ढिला भैसकेको छ । ५ बर्षभित्र २% लगानी नपुर्याई देशको मुहार फेर्ने सपना पूरा हुन असम्भव छ । हुन त हाम्रो GDP २% ले पनि धनि देशहरु संग प्रतिष्पर्धा गर्न असम्भव हुन्छ तर यसले कम्तिमा नेपालीको जीवनस्तर उकास्न चाहिने अनुसन्धान र बिकासमा ठूलो भूमिका खेल्नेछ । यसो गर्दा देशका होनहार युवाहरुको पलायन रोकिन गइ देश बिकासले पनि गति लिन्छ ।
महावीरले देखेको सपना शायद यहि हो, तर देशको नेतृत्वले यो नबुझेसम्म, बिज्ञान-प्रविधिमा लगानी गरेर व्यवस्थित नगरे सम्म, हाम्रो प्रगति हुन असम्भव छ।
[विज्ञान बा विदेशको विश्वविद्यालयमा अध्ययन अध्यापन र अनुसन्धानमा कार्यरत एक व्यक्तिको उपनाम हो। उनले नेता र महावीरका सपना विषयमा लेखेको सिरिजको पहिलो भाग यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ भने दोस्रो भाग पढ्न क्लिक गर्नुस् विज्ञान-प्रविधिलाई व्यवस्थित बनाउने कि सर्वज्ञानी नेता खोज्ने ?]
ये बिज्ञान बा …
२२ खर्ब र १३०० खर्ब को पाई चार्ट को सर्कल को साइज बराबरी कसरि हुन्छा ? तिम्लाई राम्रै ज्ञान रैछ STAT को ?
राजनीतिक स्थिरता बिना बिकाश सम्भब छैन |
कारण हेरौ माउबादी ( बिदेसी ट्रोजन हर्स , बिजुक्छे को भासामा ) ले नेपाल धोस्त पार्न कम्निस्ट थ्योरी भन्दै पंचायत कालिन , राना कालिन कैयेउ बिकाश संरचना भत्कायो |
पार्टीका कार्यकर्ता बा लग्बग भनौ गुण्डा हरु कुनै राजनीतिक उठापुथल भयो को आक्रमण को तारो यातायात सेवा , बिकास संरचना लाइ नै बनाउछ |
भरहेको र चीन को सहयोग मा निर्मित भृकुटी कागज कारखाना , कपाडा कारखाना , साझा सब लाइ धरासायी बनाइयो किनकि इन्डियन दलाल नेता हरु यहा इन्डिया को बजार स्थापना गर्न माद्बादी बाट टन्न घुस लिएका हुन्छन | अरु को त् कुरै छोडौ अदुवा , लुसुन जस्तो सामान समेत बिदेसी संग पर निर्भर हुनु परेको छ ल कारण यहा हेरौ
http://www.nagariknews.com/news/4871
हाम्रो देश को बजार भारतीय नियन्त्रण मा छ | देश बिकास हुने कल कारखाना , स्वस्थ अर्थ ब्यबस्था आदिले हो हेर्दा ग्लोबल मार्केट को हिसाब ले हेर्न पर्छ | छोटा मसिना कुरा ले कुनै व्यक्ति केहि हद सम्म धनि होला देश बन्दैन |
सबै व्यक्ति सज्जन भए , सबै अनुसासित भए भन्ने कुरा दुनिया मा कहिँ हुन्न|
म एक युवा र म जहाँ काम गरिरहेको छु त्यो कुनै समय संकटमा नेपालले खानलाई पिठो दिई सहयोग गरेको देश हो। म यो देशको विकास होइन प्रणाली (system) देखेर डाहा लाग्छ। पक्कै प्रणाली बिना विकास गरेको देश संसारमा सायदै होला। हो राजनीति नजोडिने क्षेत्र हुँदैन नै तर ‘अविकसित नेपाल’ को तत्व राजनीति मात्र होईन प्रणाली र हाम्रो संस्कार हो। प्रणाली र संस्कार त हाम्रो रिस उठे भत्काउने हो किनकी यो त हामी नेपालीले जन्मजात पाएको अधिकारै हो बनाउने हाम्रो संस्कारमा पर्दैन। अनि कसरी बनाउने सोच आउँछ र बन्छ नेपाल ? नेपाल कुनै नेता वा राजाले छडी घुमाएर बन्दैन हौ। हामी नागरिकले नै राम्रो प्रणाली बसाउँ – जस्तै (काम, समय, साधन इत्यादि) जोगाउने, फैलाउने, आदर गर्ने, इज्जत गर्ने, माया गर्ने, सदुपयोग गर्ने। जस लिने/दिने, नराम्रो नस्वीकार्ने राम्रो मात्र स्वीकार्ने अरु के के।
अनि पो नेता पनि system मा रहन्छन्। अरु बेला गाली गर्ने भोट दिने बेला चिम्म गरेर उसैलाई दिने। राम्रोलाई छानौँ। नत्र हामी पछिको 7 पुस्ताले पनि अरबको बालुवाबाट तेल निकाल्न बाध्य हुनेछन।
मित्र
हरेक काम का लागि उचित समय हुन्छ | मरेपछि समबेदना दि इ न्छ , बाचुन्जेल बधाई |
अब चिन्ता देश को बजेट मन्त्री ,माननीय , भू पु हरुले सेवा , र सुबिधा बापत व्यापक दुरू पयोग भैरहेको अबस्था मा छ, बंगाला देश बात भुकम्प पिडित को सहयोग मा आएका टन , का टन चमाल बेलामा वितरण गर्न न सकेर कुहियो , र फाल्नु पर्यो , विदेश बात आएको सहयोग को चरम दुरुपयोग गरियो | प्रचण्ड ले म प्रम भए हरेक भुकम्प पिडित लाइ ५ लाख दिन्छु भनेर बोलेको सायद उसैले बिर्सियो |
भैरहेको बिज्ञान मन्त्रालय , रोनास्त ,रिकास्ट , के केको अबस्था के छ | केहि समय अगि रुद्री लगाएको कुरा आएको थ्यो |
देश को अदुवा देसै मा कुहिएको ( भारत ले गर्दा भन्दैथ्यो आजको समाचार हेर्नुस ), लसुन आउछ रसिया बाटत्यो फेज बाट देश्गुज्रिरहेको बेला छ |
हाम्रो देश को अपार जलस्रोत ले बिहार र उत्तर प्रादेश को बिकासमा प्रयोग गर्न नेपाल मा माउबादी आन्दोलन गराइयो , स्थिर सासन दि रहेको राज संस्था को सर्ब्नास गरियो | २००७ साल देखि कहिले स्तिर सासन गर्न दि इ दैन?नेपाल मा सधै उथल पुथल को अबस्था सिर्जना गर्न छिमेकी दिलोज्यान ले लागेको आज को परिवेश मा हाम्रो प्राथमिकता के हुन् पर्छ ?