Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वास्नी कुटेका रहेछन् जमानामा प्रचण्डले, पुस्तकमा भयो खुलासा

Posted on August 31, 2016August 31, 2016 by mysansar

prachandaप्रचण्ड अहिले प्रधानमन्त्री छन्। सीता प्रधानमन्त्री पत्नीका रुपमा बालुवाटार सम्हालिरहेकी छिन्। जनयुद्धमा पनि उनी साथै रहिन्। टाउकोको मोल तोकिएको बेलादेखि देशका प्रधानमन्त्री हुँदासम्म प्रचण्डलाई सीताले साथ दिइरहेकी छिन्। उनै सीतालाई प्रचण्डले पैसा दिएन भनेर ड्याम कि ड्याम कुटेको कुरा अनौठो लाग्ने रहेछ।

२०५१ सालतिरको कुरा रहेछ। प्रचण्ड त्यतिबेला नेकपा मोटो मशालका हर्ताकर्ता। जनयुद्धको नीति पार्टीले पारित गरिसकेको। जनयुद्ध भनेर कागजमा लेखेर मात्र त भएन। हतियारदेखि अरु सामान किन्नै‍ पर्‌यो। त्यसका लागि पार्टीले केन्द्रीय समितिमा रहेका सदस्यहरुबाट आर्थिक सहयोग लिने निर्णय गर्‌यो। पार्टीका महामन्त्री रहेका प्रचण्डको भागमा परेछ ८ हजार रुपैयाँ।

८ हजार रुपैयाँ अहिले सुन्दा धेरै पैसा जस्तो लाग्दैन। तर त्यतिबेला धेरै नै थियो। पार्टीको निर्णयपछि अरु नेताहरुले धमाधम आफ्नो भागमा परेको पैसा बुझाउन थाले।

प्रचण्डले पनि बुझाउनु पर्ने भयो। अनि उनले घर सल्लाह गरेछन्। ८ हजार रुपै‍याँ कहाँ पाउनु! घरमा थिएन। तत्काल जुटाउन पनि सक्ने स्थिति छैन।

हेर बूढी हाम्रो त्यो १ कट्ठा जग्गा बेचेर भए पनि पैसा त बुझाउनै पर्छ भनेर प्रचण्डले सीतालाई भने। तर सीताले मानिनन्। कुनै पनि हालतमा जग्गा बेच्न नदिने अडान लिइन्। प्रचण्ड चुप बसे त्यतिबेला।

त्यतिबेला प्रचण्ड बस्थे चितवनको भीमसेन नगरमा। पार्टीका अरु सदस्यहरु पनि प्रचण्ड बसेको ठाउँ वरपर नै डेरा लिएर बस्थे। अरु नेताहरुले पैसा बुझाइसक्दा पनि पार्टी प्रमुख प्रचण्डले बुझाएका थिएनन्।

एक दिन प्रचण्ड पत्नी सीता ग्वाँ ग्वाँ रुँदै नजिकै रहेको कमरेडहरुको डेरामा पुगिछिन्। त्यतिबेला कोठामा खम्बसि‍ह कुँवर ‘काजिसाब’, दीपेन्द्र शर्मा र ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ थिए। पछि प्रचण्डका भाइ नारायण दाहाल र इन्द्रविलास पौडेल पनि आइपुगेछन्।

यो प्रसंग उनै असारे काकाले लेखेको संघर्षका पाइला नाम पुस्तकमा प्रचण्ड र सीताबीच विवाद शीर्षकमा उल्लेख भएको खुलासा जनआस्थाले आज गरेको छ।

पैसाका लागि जग्गा बेच्न नदिने अडान राखेकी सीतालाई प्रचण्डले अरु केही नपाएपछि घरमै राखेको ठूलो खाले छाताको डाँटले ढु्ट्याएकापछि उनी रुँदै गुहार माग्न आएको प्रस‍ंग उल्लेख गर्दै असारे काकाले लेखेका छन्, ‘हामीलाई समस्या परिहाल्यो। आफ्नो नेताको घरपरिवारको झगडा समाधान गर्नु थियो। आन्तरिक रुपमा समाधान गर्न हामी लाग्यौँ। तर यस घटनाले पार्टीपङ्क्तिमा निकै ठूलो तरङ्ग आयो।’
prachanda1
सबै कमरेडले पैसा बुझाइसक्दा पनि आफूले दिन नसकेको र यसको कारण स्वास्नी सीता नै रहेको ठहर गर्दै यही झोँकमा प्रचण्डले सीतालाई छातैछाताले भकुरेका रहेछन्। लगातार लोग्नेको आक्रमणबाट बच्नकै लागि उम्किएर गुहार माग्न पुगेकी रहिछिन्।

किताबमा लेखिएको छ- ‘प्रचण्ड र सीतालाई राखेर समस्या समाधान गर्ने काम भयो। त्यतिबेला मध्यस्थता गर्ने कमरेडहरुले यस कान्डमा प्रचण्डले नै अति गरेको महसुस गरे। उनीहरुको निश्कर्ष थियो आखिर पार्टीको निर्णय लागू गर्न भन्दै प्रचण्ड यो स्तरमा नउत्रिन पर्थ्यो। उता सीताको जिद्दी स्वभावलाई पनि कमरेडहरुले इङ्गित गरेका थिए। सीताले पनि आफ्ना कमजोरी स्वीकार्नुपर्छ। सो जग्गामा प्रचण्डको पनि हक छ भनेर सीताले नबुझेर जिद्दी गरेकी थिइन्। त्यतिबेला अरु कमरेडले महामन्त्री रहेका प्रचण्डलाई भने कि नेतृत्व भएर त्यस्तो उत्तेजित हुनु हुँदैनथ्यो। अन्त्यमा यसको समाधान नेता कमरेडहरुको रोहवरमा प्रचण्ड र सीता दुवैले गल्ती स्वीकार गरी आत्मालोचना गरी टुङ्ग्याइएको थियो।’

सीताले पिटे पनि जग्गा बेच्न नदिएको भए पार्टीको निर्णय कार्यान्वयन नगरेको भनेर प्रचण्डलाई कारबाही पो हुन्थ्यो कि र यही कारण जनयुद्ध नै पो नहुन्थ्यो कि भनेर अब सोच्नु बेकार छ।

3 thoughts on “स्वास्नी कुटेका रहेछन् जमानामा प्रचण्डले, पुस्तकमा भयो खुलासा”

  1. Dev Gurung says:
    September 2, 2016 at 8:53 am

    मान्छे मार्ने र अंग भंग गर्ने ले स्वास्नी पिट्ने कत्रो कुरो हो र हजुर ?

    Reply
  2. ramla says:
    September 1, 2016 at 5:07 am

    पैसा नदिन आनेक नाटक जानेका रहीछन् दाहाल दम्पतीले, तेसै तेत्रो पैसा कुम्ल्याएर बसेछ यो डाँका,

    Reply
  3. Shankar says:
    September 1, 2016 at 2:48 am

    यो त् बाघ मारिसकेको मान्छेले ये जुम्रा मर्यो भनेर हल्ला गरेजस्तो भयो | प्रचण्डको उमेरको मान्छे मध्ये म लाइलाग्छ धेरै ले स्वास्नी कुनै न कुनै बेला कुटेको हुन्छन र स्वास्नी हरु मध्ये कमैले लोग्ने लाइ बदला लिए होलान | किनकि प्रचण्ड ६० -७० को बीच का उमेरका हुन् |
    ६० बर्स अगाडी को नेपाल त् न भनौ लग बाग ४० बर्स अगिको नेपाल को कुरा हुन्छ |
    अनि बाबुराम ले स्वास्नीलाई तपाइँ भन्यो भन्दैमा सबै कामरेड ले स्वास्नी लाइ तपाइनै भन्छ र उत्तिकै इज्जत दिन्छ भन्ने पनि त् छैन | तन्नेरी कामरेड हरु बन्द सत्र भन्दै ढोका बन्द गरेर इलु इलु गरेकैले त् हो बाहुन कमरेड हरु ले कसैले लिम्बुनी , मगर्नी , नेवार श्रीमती ल्याएका छन् |
    कोइ कोइ कामरेड ले आफ्नो स्वास्नी हुदा , हुदै आर्काको स्वास्नी सग रस रंग मा सरिक भएको कुरा ले पनि नेपालि राजनीतिक जगत तातेकै हो |
    इन्डिया मा नेहरु आइमाइको सन्दर्भ मा जत्ति बद्नाम थिए , नेपाल का नेहरु भक्तहरु पनि कम चै भन्न मिल्दैन | बि पी भन्नुस बा जीपी , पान बुढा भन्नुस बा पर्खाल मन्त्रि सबै को सोख पम्प बात हावा निकाल्ने नै थ्यो | अस्ति भर्खर कमरेड प्रचण्ड ले रेखा थापा सग चाक् जुधाई जुधाई नाचेको माइ संसार ले नै लेखेको , देखाएको हैन ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme