Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेता र महावीरका सपनाहरु – २ : विज्ञान-प्रविधिलाई व्यवस्थित बनाउने कि सर्वज्ञानी नेता खोज्ने ?

Posted on August 24, 2016August 24, 2016 by विज्ञान बा

robot-507811_640
देश विकास गर्ने रहर शायद सबै (या धेरै) नेताहरुलाई पनि होला। कम्तिमा सबै प्रधानमन्त्रीहरुले यो सोच्छन् होला। हो, राजनीतिक स्थिरता नभएसम्म विकासका कुरा अगाडि बढाउन सजिलो छैन, तर एउटा सोच त पक्कै हुन्छ होला। तर कुन कुन नेतृत्वले देश विकासका प्रस्ट योजना शुरु गरे जसलाई नयाँ आउने नेतृत्वले समेत चालू राख्न बाध्य पारुन्? एउटा आउँछ एकथोक बोल्छ, ६ महिना – वर्ष दिनमा अर्को आउँछ, अर्कै बोलेर जान्छ मात्र भैरहेको छ यहाँ। जस्तो कि १ वर्षभित्र यस्तो गर्छु उस्तो गर्छु भन्नेलाई १ वर्ष पनि छैन । १ वर्षभित्र लोड-शेडिङ्ग मुक्त गर्छु भन्ने घोषणालाई गम्भीर रुपमा लिएकै भए पनि १ वर्ष पनि नपुग्दै छोड्नुपर्दा घोषणा पुरा गर्न नसक्नुको एउटा बहाना भयो। तर, आफू छोडे पनि लोड-शेडिङ्गमुक्त गर्न कसिएको जुन प्राविधिकहरुको टिम छ, त्यसले त सुचारु काम गरिरहेकै हुनुपर्ने हो नि हैन ? कि हरेक कुरा प्रधानमन्त्रीले नै गर्ने हो?

दक्ष टिम निर्माण गरेर गम्भीरता साथ अगाडि बढ्ने भन्दा पनि जे पनि आफै घोषणा गरिदिने चलन नै समस्याको जड हो। यो राजाकै पालादेखिको समस्या हो। जहिले पनि प्रधानमन्त्रीलाइ नै बिन्ति चढाएर योजना पार्ने, प्रमले नै तोक लगाएर पुरस्कार दिने हो भने अरु निकायहरु किन चाहियो?

यस्तै कारणले गर्दा राष्ट्रिय ढुकुटीबाट अन्धविश्वासमा समेत लगानी हुन जान्छ। जस्तो कि एउटा बालकले कहीं नसिकी रसियन र चाइनिजमा केहि सब्दहरु लेखेको हल्लाकै आधारमा देशले करोडौं लगानी गर्छ। यस्तो क्षमताले त अब देशलाई गरिबीबाट माथि उठाउन सहयोग हुन्छ भनेरै होला। तर अद्भुत क्षमता कसैको रहेछ नै भने पनि यसको निर्णय प्रमले या नेताले गर्ने हो? कि विज्ञानमा बिश्वास नै नगर्ने?

अद्भुत र विज्ञानलाई चुनौति दिने क्षमताकै लागि जेम्स र्यान्डी फाउन्डेसन् ले १० करोड पुरस्कार दिन्छ, त्यो लिएर पुष्टि नगरी जनताको पैसा किन खन्याउने? धन्न हाम्रोमा लोकतन्त्रसम्म हुनाले कुरा उठाउन पाइन्छ, नत्र अन्धविश्वासी जनता भएको ठाउँमा शक्तिशाली नेताले त जसो गरे पनि हुने रहेछ।

यहाँ प्रसंग जोड्न खोजेको अफ्रिकी देश गाम्बियाका राष्ट्रपतिको। उनले घोषणा गरेछन् कि उनी एउटा दिमागी चोटबाट ठिक भएर ब्युँतदा केराले एड्स निको पर्ने दिव्य ज्ञान पाएछन। ठूला नेताले भनेको विश्वास गर्नै पर्‍यो जनताले। हुँदा-हुँदा उनले यस्तै कपोकल्पित हर्बलले एड्स उपचार गर्ने ठूलो अस्पताल खोल्ने निर्देशन दिएका रहेछन्।

हेर्नुस भिडिओ:

अस्पताल खोलियो कि खोलिएन थाहा भएन, तर अरु भिडियो हेर्दा उनका कार्यक्रमका ताम-झाम कुनै बाबा/योगीको भन्दा कम नहुने रहेनछ। यो त उदाहरण मात्र हो। समस्या यही हो कि हाम्रोमा पनि एउटा सहि पद्दति, सिस्टमले काम गर्ने भन्दा पनि आ-आफ्नो विवेकले काम गरिन्छ। त्यसो हुँदा विभिन्न क्षेत्रका विज्ञ या सम्बन्धित निकायहरुले काम गर्ने भन्दा पनि नेता नै सर्वज्ञानी हुनु जरुरी रहन्छ, जुन असम्भव हो। जबसम्म नेतृत्वबर्गमा चेतनाको खडेरी रहन्छ, तबसम्म देशले निकास पाउंदैन। त्यसैले सबै कुरा सिस्टमेटिक हुनु जरुरी छ। क्रमशः

3 thoughts on “नेता र महावीरका सपनाहरु – २ : विज्ञान-प्रविधिलाई व्यवस्थित बनाउने कि सर्वज्ञानी नेता खोज्ने ?”

  1. bibek Dhakal says:
    August 24, 2016 at 3:55 pm

    राम्रो लेख
    अर्को स्रिङ्खलामा मिल्ने भए यो र पहिलो भागमा उल्लेखित समस्याहरुको practical solutions हरु र त्यसमा युवाहरुले कस्तो र कसरि आफ्नो तर्फ़ बाट योगदान दिन सक्छन समावेश गर्नुहोला

    keep it up

    Reply
    1. DRONA says:
      August 25, 2016 at 11:27 am

      सपना देखाउने ओली छदै छ , बाँकी जनाता झोली लिने !!!!???? ओलीको सपना सगै केहि काम कार्यन्वयन भै सुरु भए ! गर्ने बेला मा भिर बाट झारी दिए तिमी जस्तो जनता नेता भएर ! सपना न देखेको भए आज तिमीले नि मोबाइल कम्प्युटर चलाउन पाउने थिएनौ ! बर्षौ लाग्ने यात्रा केही समयमा नै पुग्ने थिएनौ होला ! तिम्रो नि दिमाख छ भने सोचेर बोल्ने थियौ !!! सत्तामा हुदा केहि अनियमितता गरेका छन् तर ऐले सम्मको नेतामा अलिक काम र सबैले मानेका आसा देखाएका र काम पनि गरेका ओली थिए ! हो अलि धेरै गफ दिए तर योजना नि अघि बढ्दै थिए ! भन्न साथ ऐले को ऐले त काम हुन्न नि हैन र !!!? म कुनै पाटीको मान्छे हैन र ऐले सम्म कसैको अघि पछी कुदेको नि छैन ! स्वतन्त्र भएर बाच्न पाउ सुरक्षित महसुस होस् कहिँ कतै जादा म मात्र हैन सबैले यस्तो इच्छा भाको मान्छे हु र देश बिकास द्रुत गतिमा अघि बढोस् !अर्को पाटो देशका युवा युवती बिदेसिने कस्ता छन् ! बोलि रहन जरुरि छैन !
      देउबा र प्रचंडे जस्ता धोतिका भरौटे हुने र देश क्रमस मास्ने को पक्ष अनन्त सम्म नि लिन्न ! हेर्दै जाउ अब कता कता देश को सिमा हराउन सिमा मिचिन बेर छैन ! फास्ट ट्रयाक मा सेरे ले कति घुस खान पाउथ्यो र त्यो काम धोतीलाई दिन भनेर लागी परेको थियो ! त्यो सबैलाई थाहा भएकै कुरा हो र ! अन्तत् त्यो धोतीलाई नै दिने टुंगो मा पुगेको कुरा सुनिन्छ ! सेरे र प्रचंडे ले अब बाड्ने होलान त्यो नि !!! यत्रो हुदा हुदै अब नि बुझ्दा बुझ्दै अब नि हामि जनता यस्ता नेताको भरौटे भएर झिली बोक्ने हैन ! हामि नै आफ्नो आफ्नो झोली बोक्ने अबस्था मा छौ त्यसैले यस्ताको पछी न लागि हामि हैन म बाट आफ्नो ठाउ गाउको बिकासमा अघि बढ्न जरुरि देख्छु ! महाबिर र धुर्मुस सुन्तली को कुरै नगरौ ! सेल्युट छ यस्ता देशका नागरिकलाई………..

      Reply
  2. Shankar says:
    August 24, 2016 at 9:51 am

    तपाइको पुरा चेन यो हो ”जबसम्म नेतृत्वबर्गमा चेतनाको खडेरी रहन्छ”
    —–जब सम्म २ पास,चार पास , गुण्डा , हत्यारा हरु बिभिन्न तिकडम बाट नेत्त्रित्त्व तह मा पुग्छन नेत्त्रित्त्व बर्ग मा चेतना आउने प्रश्न नै उठ्दैन

    —-जबसम्म गुण्डागर्दी बाट , बुथ क्याप्चर गरेर , ब्ल्याक मनि खर्चेर चुनाब जित्ने परिपाटी रहन्छ तब सम्म ( इन्डिया मा जस्तो, यहि कारण होला बिकास मा इन्डिया चीन भन्दा निकै पछि छ ) इमान्दार , भलाद्मी , बिद्द्वान हरु चुनाब जितेर नेत्त्रित्त्व तह मा पुग्ने प्रश्न नै उठ्दैन

    —–जब सम्म नेपाल मा अन्य प्रजातान्त्रिक देश मा जस्तो पतिनिधि चयन हुन्छ तब सम्म इन्डियन लाइ नेपालि बनाएर सदन मा घुसाउन पाइन्न , तेसैले समानुपातिक को संख्या बढाइएको छ , पैसा खर्चेर माद्बादी कालो बजारिया हरु पनि सभासद भएका छन

    —-जब सम्म इन्डियन लाइ सांसद मा घुसाइन्न तब सम्म नेपाल को संबिधान आफ्नो अनुकुल संसोधन गर्न दबाब दिन पाइन्न ,उस्तै परे बहुमत ले पारित गराउन सके नेपाल को ‘ने ‘ पनि हटाउन सकिने

    —जब सम्म नेपाल को राजनीति कब्जा गरिन्न तब सम्म नेपाल को नदीनाला हरु, प्राकृतिक स्रोत कब्जा गरेर बिहा र र उत्तर प्रदेश को बिकाश गर्न सकिन्न |

    यहा अस्थिरता कायम गर्न सके रोजगार हुन् ,जान्ने बुझ्ने , युवा बर्ग देश बाट पलायन हुन्छन र आफ्ना खाते जनसंख्या लाइ नया नेपालि बनाएर नेपाल हुल्न पाइयो | देश मै रहेका मध्यम बर्ग , सुबिधा भोगी धनि बर्ग लाइ आफ्नो तलब बढे , टाइम मा मोटरसाइकल र गाडी मा तेल हाल्न पाए देश ओली ले चलावोस बा मोदी ले एक डल्लो म म मुख मा हाल्यो आफ्नो नाम सम्झेर म म भन्यो बस्यो |

    महाबिर पुन , धुर्मुस , सुन्तली नया नेपाल बनाउने छदैछन |विकास र बजेट को गफ दिने बाबुराम छदै छ , सपना देखाउने ओली छदै छ , बाँकी जनाता झोली लिने , सधै मागेर बस्ने |
    देउबा र प्रचण्ड ९- ९ पालैपालो देश लुट्ने |
    मध्यम

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme