भूकम्पपछिको पुर्ननिर्माणको नेतृत्व लिन झोली थापेरै याचना गरेका थिए, डा. बाबुराम भट्टराईले। तर झिंगे मन मुटु भाका तत्कालिन सत्ताधारी कांग्रेस एमालेहरुले उनलाई त्यो अवसर, चुनौति र गौरवको भारी बोक्न दिएनन्। फलतः जीवनभरका कट्टर मार्स्े तथा माओवादी विचारका व्याख्याता बाबुराम घुमीफिरी राजनीतिक खेतिमै फर्किए। कहिल्यै दलीय राजनीति नगरेका पूर्व राजा ज्ञानेन्द्र वा उनका गैरराजनीतिक पुत्र पारस वा बुहारी हिमानी शाहले पार्टी खोलेका भए, स्वभाविक रुपमा एक खालको ह्वीम ल्याउन सक्थे। तर जन्मँदै राजनीति गर्छु भनेर आधा उमेर बिताएका देशका एक पूर्व प्रधानमन्त्रीले पार्टी खोल्नु आफैमा नयाँ खबर हैन। तर पनि प्रचारको तरिका र शैलीले नेपालले जेठ ३० को मध्यान्हमा फुटबलको मैदान रंगशालामा राजनीतिक दलको घोषणा सभा हेर्नु, देख्नु, भोग्नु परेको छ। सहभागीहरुले एउटा नयाँ यात्राको विधिवत थालनी गरेका छन। रमितेहरुले एक स्तरको राजनीतिक लाइन र नेतृत्व पाएका छन। तर के नयाँ शक्तिको उदय आफैमा उसको नारा जस्तै आर्थिक सम्वृद्धिका लागि पहिलो कदम र निर्णायक कोसेढुंगा नै हो त? यो स्थायी प्रश्नहो कम्तिमा बाबुराम देशको बागडोरका भान्से हुन नपाउदा सममका लागि।
व्रोडसिट दैनिकहरुमा ज्याकेट पेज विज्ञापन, मुख्य टेलिभिजन तथा एफएमहरुमा निरन्तर विज्ञापन र लाईभ,सामाजिक सञ्जालमा प्रचुर प्रमोशन, फुटबलरको पवित्र मन्दिर रंगशालामा हजारौं दलीय कार्यकताको माडीमैदान, एक खालको राजनीतिक मनोरंजनको खुल्ला संस्करण प्रदर्शन सहित जेठ ३० देखि डा. बाबुरामले ओडेका छन् नयाँ छाता, नयाँ शक्तिको। नयाँ शक्ति अर्थात नेपाली राजनीतिक मैदानको एक नयाँ दल, यसलाई प्रजा परिषद वा प्रजातन्त्र कांग्रेस वा पुष्पलालकालिन कम्युनिष्ट पार्टीको ७३ साले सन्तान भन्दिदा नी हुन्छ। भलै यो ति दलका ऐतिहासिक पृष्ठुमिहरु भन्दा भिन्न परिवेशमा जन्मेको छ।
खासमा नयाँ के हो ? नयाँ भइन्छ कसरी ? नयाँ हुन नयाँ नामै काफी हो की ? नयाँ शक्तिको नयाँ ढाचा एक करोड बढीको खर्चिलो तामझामका साथ जनता सामु आएको छ। विचारका हिसावले नयाँ शक्ति जननायक विपी कोईराला र जननेता मदनभण्डारीको जनताको बहुदलीय जनवादको कडी हो। राजनीतिक मिसनका हिसावले कुनै एक मानक संस्था वा प्रवृत्ति विरुद्ध यसले लडनुपर्ने अवस्था छैन। सामाजिक तथा आर्थिक क्रान्तिका लागि यसले भनेको छ, सम्वृद्धि आफ्नै जीवनकालमा। अबको निकास आर्थिक विकास भन्ने यसको मूल नाराको कार्यान्वयनमा नै यसको अग्नीपरीक्षा हो। नयाँ शक्ति नामक दल न कांग्रेस, न कम्युनिष्ट, न पंच वा न राजावादी वा न कुनै सिद्धान्तवादी। एक हिसाबले भद्रगोलवादी प्रताडित राजनीतिक आत्माहरुको पुर्नमिलनको केन्द्र हो नयाँ शक्ति। रामचन्द्र झाहरु, संघीय जनमुक्ति पार्टीका एकहुलको प्रवेश वा अन्य पात्रहरु छन त्यहां जो आफैमा राम्रा मजाक हुन नयाँ शक्तिलाई गिज्याउने।
महंगो विज्ञापन ? हसिमजाक र व्यंग्य
दैनिक पत्रिकाको महंगो विज्ञापनको गुदी खोतल्दै पत्रकार गजेन्द्र बुडाथोकी आफ्नो वालमा लेखेका छन, ल लागत थाह भयो कान्तिपुर फ्रन्ट पेज, प्रति कोलम, प्रति सेमि ३२००। ज्याकेटमा शतप्रतिशत। २५ लाख रहेछ। मैले थाह पाएअनुसार सबैभन्दा सस्तोमा छापिने नेपाल समाचारपत्र, राजधानीजस्ता पत्रिकाका पनि पूरा दरमा १० लाख पर्ने रहेछ। आजको विज्ञापन कम्तिमा १.५ लाखदेखि ८ लाखसम्म तिर्नेगरी छापिएको रहेछ। अब यही हिसाबले गणना गर्नुस्। तर भ्याटमात्र पार्टीले तिरेर मिडियाले सहयोग गरेको भन्नेहरु पनि छन्। हुन पनि सक्छ बाबुरामले प्रधानमन्त्री हुँदा ती मिडिया मालिकहरुलाई लगाएको अनेकखाले गुन आखिर तिर्ने बेला आउँछ नै।
यस खालको खर्च ठूलो हैन र नकारात्मक हैन भन्ने अर्को मत छ पत्रकार लवेश प्याकुरेलको पनि। उनले आफ्नो वालमा लेखेका छन, राजनैतिक दलले गर्ने खर्च समस्या होइन …. हिसाब किताब लुकाउनु मात्र समस्या हो ….खर्च त स्वागत योग्य हुन्छ ! यसले रोटन मनीलाई अर्थतन्त्रमा चलायमान गर्दछ।
अर्का पत्रकार सुरेश पौडेलले यो तामझामलाई रसिलो व्यंग्यमा उतार्दै आफ्नो वालमा लेखेका छन, गीतसंगीत, सांस्कृतिक नाच, जुरोकराते प्रदर्शनी…. ब्याकग्राउण्डमा डा. साबको फोटो नहुने हो भने विद्यालयको प्यारेन्ट्स डे जस्तो छ त हौ। पत्रकार पौडेलले थपे, …… मोबाइल हराएको, बच्चा हराएको सूचना दिन थालेपछि त भैरहवाको बसडिलवामा महाशिवरात्रीका दिन लाग्ने मेला जस्तो पो लाग्न थाल्यो पार्टी घोषणा समारोह। कुनै बेलाकी पत्रकार तथा अहिलेकी राष्ट्रवादी आन्दोलनमा लागेकी महिला नेतृ अञ्जना शाहले व्यंग्यात्मक शैलीमा यसलाई उतार्दै वाल भरीन, पुराना अनुहारहरुको नया शक्ति .. तामझाम देखेरै बेहोस भए म। यी केही प्रतिनिधि टिप्पणीहरु ह्ुन जस्ले बाबुरामको नयाँ शक्ति धेरैका लागि राजनीतिक मनोरंजनको खुल्ला मेला भएको प्रमाण दिन्छ।
यस्ता कैयन टिप्पणीहरुको बाढी छ, जस्ले नयाँ शक्तिको पुरानो किस्सालाई गिजयाएको छ। खासमा यो रंगशालाको नयाँ राजनीतिक रमिताभन्दा माथि उठेन। यसका धेरै प्रमाणहरु छन। केही शैली भिन्न भए, त्यो कुुनै ऐतिहासिक हैन शायद।
मिडियालाई नैतिक प्रश्न ?
जब धन बोल्दछ, तब सत्य चुप लाग्छ भन्ने शैली र संस्कार एकैपटक पछयाएका छन नेपाली मीडियाले नयाँ शक्तिको विज्ञापन प्रमोशन गर्दा। बाबुराम उसै पनि मीडिया मैत्रीमान्छे। जनयुद्ध अघिदेखि पछिसम्म र अहिले पनि उनको मीडिया क्रेज निकै छ। उनको नयाँ शक्तिलाई सबै मीडियाले राष्ट्रिय कार्यभार झै मानेर विज्ञापन गरे। सामान्यतः पैसा तिरेर विज्ञापन गर्न पाउने सुविधाबाट नयाँ शक्ति मात्रै अछुतो रहने कुरो भएन। यो सुविधा मात्रै उपभोग गरेका हैन्न उनले। उनले गरेको मीडिया खर्च मीडिया संचालकहरुका लागि कमाउने मौका अवश्य हो। तर यो संगसंगै अब प्रश्न उठेको छ, के भोलि यस्तै अर्को दलले नयाँ शक्तिकै बराबर वा डबल पैसो विज्ञापनका लागि दियो भने मीडियाहरुले यही स्तरको स्थान र महत्व दिने की नदिने ?
वजार र विज्ञापनले पत्रपत्रिका, एफएम वा टेलिभिजनका सम्पादक तथा न्यूजचिफहरुलाई एक बबुरो बनाउदै आएको तीतो यथार्थका वीच यसप्रकारका राजनीतिक विज्ञापनहरुको प्रकाशन, प्रशारणमा सबै मीडिया मालिकहरु चुपचाप एकगठ हुनुले नेपाली मीडिया पैसाका लागि अनईथिकल वा त्यस्तै प्रकारका हर्कत गर्न पछि पर्दैन की भन्ने गंभिर प्रश्न उठाएको छ। एउटा पार्टीको घोषणा सभालाई यो स्तरमा महत्व दिने मीडियाहरुको कभरेजले यस्ता पार्टीहरु मन नपराउने वा विमति राख्ने दर्शक, श्रोता वा पाठकको न्यूनतम अधिकारलाई कति कुण्ठित गरयो ? के यो बहस हुनुपर्ने मीडिया मुद्धा हैन ? शायद स्वतन्त्र पत्रकारिता र समाजप्रति पूर्ण उत्तरदायी पत्रकारिताको वकालत गर्नेहरुले यो प्रकरणमा मुख खोल्न ढिला गर्नु हुदैन। किन की सवाल बाबुरामको पार्टीको समर्थन वा विरोध गरे भनेर हैन, यो प्रवृत्ति हावी हुदै गए साना ठूला सबै मीडिया पैसामा बिक्ने वेथिति बढ्ने खतरनाक संकेत अवश्य देखिएको छ। यो बेठिक हो। फेरि यो चुनाव पनि थिएन।
के हिजो क्रिश्चियनहरुका पैसामा, आज बाबुरामहरुका पैसामा अनि भोलि नेपाली संस्करणका लेण्डुप दोर्जेहरुले करोडका बदला अरबका अरब विज्ञापन दिए भने हाम्रा सबै मीडियाले यही स्तरको शैली नअपलाउन त ? अनि कहां पुग्ला हाम्रो स्वतन्त्र प्रेसको मूल्यावोध ? के नेत्रविक्रम चन्दले पैसो खर्च नसक्दा नै मीडियाबाट ओझेलमा परेका हुन ? के भोलि खरबौं पैसा दिएमा डा. सिके राउतको पार्टीका लाईभ यसैगरी गर्ने हो त नेपाली मीडियाले ? उत्तर खोजिनुपर्छ सरोकारवालाहरुबाट।
बुढो सही गौरवपूर्ण गोरखापत्र
सामान्यतः राज्यले संचार नचलाओस वा चलाए नी हस्तक्षेप नगरोस भन्ने चाहना राख्नेहरुका लागि जेठ ३० को गोरखापत्र एउटा मानक उदाहरण हो। यसले अरु ठूला पत्रिकाहरुका भीडमा आफूलाई एक्लो उभ्यायो, नयाँ शक्तिको विज्ञापन नछापेर। यही शैली सरकारी टिभी, रेडियोमा पनि देखियो। बस, नीजि स्तरका मीडियाहरु बिक्दा पनि राज्य मातहतका संचार संस्था बिक्दैन्न भन्ने यो काफी उदाहरण हो। भूकम्पका बेला जनजनलाई काम लागेको एउटै रेडियो नेपाल र नयाँशक्तिको आक्रामक मिडिया आक्रमणमा बालबाल बचेको त्यो सय बर्षे बढी उमेरको बुढो गोरखापत्रलाई यसै मानेमा सलाम भन्नुपर्नेछ।
पुरानै शक्ति प्रदर्शन ?
डा. बाबुरामले पार्टीको शपथ खुवाएपछि जाग लम्क, चम्क भन्ने गीतको धुनसंगै सुरु पार्टी घोषणासभामा बजेका अधिकांस गीत संगीत र नृत्यले उनै राष्टिय गीतहरुको झल्को दियो, जुन गीत संगित पंचायत, प्रजातन्त्र वा गणतन्त्रकालमा बजे। नयाँ पार्टीको नयाँ सृजना कपीपेस्ट भन्न मिल्ला यस प्रसंगमा। समारोहमा कांग्रेस, एमाले माओवादी लगायत सबै दलका सबै नेताहरुले दिएको शुभकामना एउटा फगत औपचारिकता हो। प्रधानमन्त्री केपी ओलीको शुभकामना सन्देश संतुलित थियो। अन्तिम वत्ता नेता भटटराईले पढेजति सबै ऐतिहासिक लडाईका वीर वीरंगनालाई संझे। सबै भाषामा अभिवादन गर्ने उनको प्रयाश सबैको हुन खोज्ने नयाँ जोगीको धेरै खरानी जस्तै हो। नाम मात्रै नयाँ शक्ति ? उनले बोले निर्धारित भन्दा बढी समय। आचारसंहिता उनैले तोडे आखिर सुरुवातमै। अर्थात यो नयाँ शक्ति उधारो हो, अपुरो छ यस्तै यस्तै पृष्ठभुमिमा।
संविधान जारीसंगै माओवादी पार्टी छोडेर नयाँ दल बनाउन लागेका बाबुरामले अहिले सपना साकार त पारेका छन तर त्यो जनताको विवेकको कसीमा जांचिन बांकी नै। त्यसैले उनलाई देशभित्र र बाहिरबाट आएका सबै बधाई तथा शुभकामनाहरु पेश्की हुन। शासकीय भुमिकामा माओवादीका दोस्रो प्रधानमन्त्रीका रुपमा जांचीईसकेका बाबुरामले देशको बिकास गर्ने कुरो मीठो गैरसाम्यवादी सपना हो किन की उनले त्यो सपना साकार पार्न रंगशालामा भाषण हैन, सिंहदरवारमा सत्ता कब्जा गर्नुपर्छ। त्यो सत्ताकब्जा पनि जनताको मतादेशबाट स्थापित हुनुपर्छ। उनका वरपर वा अघिपछि रहेका केही सुकिला , केही अन्य पार्टीबाट गएका तडपिएका आत्माहरु र केही अवसरवादीहरुको झुण्डले र केही सधै जता पनि ढल्किने भीडले आजै सिंहदरवारको प्रवेश पाउला भन्नु हतारो हुनेछ। यस अर्थमा बाबुराम भोलिका दिनमा या नारायणमान विजुक्छे, चित्र बहादुर केसी वा सीपि मैनालीका राजनीतिक हैसियतमा नटाक्सिएलान भन्न सकिन्न। नयाँ पार्टी जनताको बस्ती बस्ती र टोलटोलबाट हैन्, र.गशालाबाट जन्मेकोले अझै यो पाटीउलाई जनताको हैन, बाबुराम र करिष्माहरुकै, रामेश्वर खनालहरुकै भनिएको। त्यो जनतासम्म पुग्ने कल्पना सजिलो छ तर काम उत्तिकै उकालो,घनघस्याको उकालो जस्तै।
मुला …राजा ज्ञानेन्द्र वा उनका गैरराजनीतिक पुत्र पारस वा बुहारी हिमानी शाहले पार्टी खोलेका भए, अहिले ना ना थरिका चाकडी बजाउदै लागु औषधि का दुर्ब्यवासनी अनि नेपाली जनताका ले नरुचाएर फालेका हारुको भए नभएका गफ लाउदै यहि ब्लगमा लेखि सक्थ्यो होला l तर जे जस्तो भएपनि एउटा साधारण नेपालीको छोराले नेपालको इतिहासमा पहिलो पटक यसरि हज्जारौ सर्वासधारन हरुको बीच कुनै राज अनैतिक पार्टी lunch गर्दा त मण्डले लाइ सहि भएन है ???? सक्छ भने देखा भन्नु नि तेरा ति पन्चेहरुलाई पनि …..मुला….
बाबुरामले नयाशक्ति पार्टी खोल्नु को सट्टा जलशक्ति कम्पनि खोलेको भए सबैले विश्वास पनि गर्थे र share हाल्थे होलान तर नया शक्ति लाई भोट कसैले हाल्ने छैन, समय ले बताउने नै छ l
हिजो सोझा रोल्पाली मगर को देशभक्ति र ज्यान लाइ क्यास गरेर आज यो उचाइमा पुगेको बाबुराम र प्रचण्ड हरु , अब जिन्दगीमा घुस खाएर थन्केका र थाकेका , छिटो कमाउ को लागि राजनीति मा छिरेका , अन्त तिर टिक्न न सकेर बा बहिर्गमन भएर सिर्फ अवसरको लागि पछि लागेका, मनोरन्जन को दुनिया बाट बलिवुड को झैँ नक्कल गर्दै छिरेका हरुको जमात लिएर कति पर पुग्ने हुन् आगामी दिन मा हेर्न रोचक हुनेछ |
बाबुराम को पी यच डी भर्सस न पढेको बा अल्प पढेको ओली , प्रचण्ड हरु को गेम , बा उता
जातीय कुरा उछल्दै आएका उपेन्द्र , अशोक राइ हरुको र हामि लाइ सधै मदिसे भनेर हेप्यो भन्ने ठाकुर दल को गेम बा ग्यानेद्र को राजनीतिक मनोबिनोद कुन चै ले छक्का मार्ने हो त्यो पनि रोचक नै हुनेछ |
मेरो भनाइ गेम खेल्ने काम जारि रहोस तर जसको सरकार बनेपनि कमसेकम ५ बर्स काम गर्न देउ र भ्रस्ट लाइ कारबाही गर बस | नत्र तिमीहरुलाई रेल चीन ले ल्याइदिने ,
तेल भारतले ले | तिमीहरुले जानेको खालि हल्ला गर्न हो |