Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुरोट कम्पनीको बदमाशी यस्तो, कानुन बमोजिम कारबाहीको साटो सरकार भन्छ- अनुमान गरौँ

Posted on April 20, 2016April 20, 2016 by mysansar

-संकल्प पोखरेल-

badmashi
सरकारले धूमपानलाई निरुत्साहित गर्न चुरोटको बट्टामा चेतावनीमूलक फोटो र शब्द राख्नुपर्ने बाध्यकारी नियम बनाउँदा कतिपयले भनेका थिए- खानेले खाइहाल्छ, बेकारमा नचाहिने नियम। हो, खानेले खाइरहेका छन्। तर असर त पर्दो रहेछ नि। हेर्दै घिनलाग्ने फोटो देखिएपछि एकचोटी त मान्छे झस्किन्छ नि। हरेक पटक चुरोटको खोल हेर्दा आफूले खान नहुने चिज खाइरहेको छु भनेर एकचोटी त मनन् गर्छ नि। त्यसैले त चुरोट कम्पनीहरु सरकारले चुरोटको बट्टामा ९० प्रतिशत यस्तो चेतावनीमूलक सन्देश राख्नुपर्छ भन्दा मान्दैनौँ बरु कम्पनी बन्द गर्छौँ भनेर धम्क्याइरहेका छन्। चुरोट कम्पनीलाई कस्तो असर परेको छ भनेर त यो फोटोले पनि देखाउँछ।

यो फोटो मैले पोखराको चमेरे गुफा नजिकैको पसलमा खिचेको हुँ। यो देखेर मलाई अचम्म लाग्यो र पसलकी दिदीलाई सोधेँ- तपाईँले बनाउनु भएको कि कम्पनीले दिएको?

उनले कम्पनीले नै यो भाँडो दिएको बताइन्।

हेर्नुस् त चुरोट कम्पनीको बदमाशी। चुरोट बट्टाको घिनलाग्ने भाग छोप्नलाई रातो थोपो राखेर भाँडा बनाएछन्। सरकारको नियमलाई आँखामा छारो हाल्न यस्तो उपाय अपनाएको देखेपछि आजभोलि ट्विटरमा एकदमै सक्रिय हेलो सरकारमा उजुरी गरेँ। जवाफ त यस्तो पो आयो-

hello

हेलो सरकारलाई कानुनै थाहा रहेनछ। कानुनमा के छ त?

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ११ को ७ मा यस्तो व्यवस्था छ-



अनि यस्तो गर्नेलाई के सजायको व्यवस्था छ त? १० हजार जरिवाना



तर यहाँ हेलो सरकार चाहिँ अनुमान गरेर बसेको छ। गजब छ !

9 thoughts on “चुरोट कम्पनीको बदमाशी यस्तो, कानुन बमोजिम कारबाहीको साटो सरकार भन्छ- अनुमान गरौँ”

  1. deepak says:
    April 21, 2016 at 11:54 am

    हैन सरकार ले बिरामी भएपछि उपचार गर्नु पर्दैन क्यारे , tax तिर्ने हरुको पनि पैसा जादैन होला उपचार नगरेपछि अनि यो दुनीया नाटक किन नि
    बिकसित मुलुक हरुले पो आफ्नो नागरिक हरुको उपचार को जिम्मा लिन्छन , जसमा tax तिर्ने नागरिक हरुको लगानी हुन्छ र पो दुनिया नाटक गरीन्छा
    आफ्नो पैसाले किनेर खानी हो , आफ्नै पैसाले उपचार गर्ने हो , उपचार गर्न नसके कुकुर को मराई हुने हो कोसैलाई के को बाल
    पैला न्यूनतम जीवन यापन गर्न क लागी आवसयेक पर्ने कुरा हरुको जोहो गरेर सम्रिद्दी को बाटो तिर लम्के पछि बल्ल येस्ता योजना हरुले चर्चा पाउन पर्छ
    पत्रकार मित्र हरुले पनि दण्डहीनता यो अवस्था मा अरु थुप्रै राम्रा कुराहरु को समाचार छापेको राम्रो भन्ने मेरो बुझाई हो !!!!!!

    Reply
  2. Ramesh says:
    April 21, 2016 at 6:31 am

    सुर्ती र मदिराजन्य पदार्थमा नियम कडा बनाउन पर्‍यो सरकार। सक्दो कर असुल्न पर्‍यो। आँफैलाई सिध्याएर रमाउनेहरुले धेरै सोच्न परोस एस्ता कुर सेवन गर्न भन्दा पहिले। अझै खुल्ला रुपमा विक्री गर्न नपाईने पुरै प्याकेटै किन्न पर्ने नियम ल्यायो भने पनि अली कम हुन्थे होलान सेवन गर्ने मान्छेहरु। सुर्ती,मदिराजन्य पदार्थ छोड्ने हरुलाई प्रोत्साहित गर्ने केही कार्यक्रम भये अझै राम्रो हुन्थ्यो।

    Reply
  3. सपना कार्की says:
    April 20, 2016 at 10:23 pm

    कि कानुन बनाउँदै नबनाउनु, बनाएपछि कार्यान्वयन गर्नु
    के पारा हो यो धत्

    Reply
  4. Smriti says:
    April 20, 2016 at 10:22 pm

    यो नालायक हेलो सरकारविरुद्ध नै उजुरी दिनु परो अब ।
    साँच्ची हेलो सरकारकै विरुद्ध उजुरी दियो भने उजुरी हेर्ने कसले होला हगि

    Reply
  5. Krishna says:
    April 20, 2016 at 10:21 pm

    केपी ओलीले कुन चाहीँ टुइटेलाई जागिर लगाको होलाा । बिचराले कानुन पढेको भए न्यायाधीश सिफारिश नै हुन्थ्यो होला नि नपढेको भएर त हेलो सरकारको टुइटर चलाउने जागिर पा’को

    Reply
  6. Rabin says:
    April 20, 2016 at 10:20 pm

    खोई त हेलो सरकारका तोरीलाउरेहरुले अझै जवाफ दिएका छैनन् ?

    Reply
  7. Jeeban says:
    April 20, 2016 at 10:20 pm

    कानुन छ तर कार्यान्वयन छैन ।
    हेलो सरकारलाई पनि थाहा नभएको कानुन हाहाहा

    Reply
  8. Michael says:
    April 20, 2016 at 4:11 pm

    बाबु हराम ले कुन चै इन्डियन नेताको नक्कल गर्न खोलेको हेलो सरकार अझै चल्दो रे छ ?कसैको जागिर होला सायद | चुरोट कम्पनि चलाउने पनि कतै माड्बादी त् हैन |

    Reply
  9. Gyan Narayan Singh says:
    April 20, 2016 at 4:01 pm

    पाखेलाई पाउरोटी

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme