Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको अझै ढङ्ग पुगेन, किन झारामात्रै टार्न खोजेको?

Posted on March 28, 2016 by mysansar

– राजु आचार्य –

गत मार्च १५ मा ‘वन्यजन्तु सम्बन्धि निकायले वन्यजन्तु नै चिन्दैनन् नेपालमा’ भन्ने शीर्षकमा माइसंसारमा ब्लग लेखियो। ब्लगलाई सेयर गर्ने मध्ये एक श्याम लोप्चन को फेसबुकमा वन विभागका कर्मचारी रितेश बस्नेतले प्रतिकृया जनाए ‘दुई रूप्पेमा एक दर्जन पाइने ब्लगका दुई पैसे बकम्फुसेले ब्लगलाई चर्चित बनाउन रचेको भद्दा कथा हो।’ उनले यसलाई भद्दा कथा भने पनि, ब्लगमा उल्लेखित प्रसंगहरु असत्य हुन् भन्ने प्रमाण यिनीसँग थिएन।

उनले दुई पैसे भनेको ब्लगको प्रभावको बारेमा यिनलाई थाहै रहेनछ। भर्खरै मात्र राससले बिना इजाजत प्रयोग गरेका फोटोहरुको कुरा होस् वा राष्ट्रिय गानको धूनका सर्जक तथा आधुनिक नेपाली संगीतका खम्बा अम्बर गुरुङको उपचार खर्चको कुरा होस् वा अख्तियारले फेसबुकमा विज्ञप्ति सच्याएको प्रसङ्ग होस्, वा बेलबारी काण्डबारे नेपालका मुख्य सचिवको चासो सबैमा माइसंसारको भूमिका थियो भन्ने कुरा उनले बुझ्नु अघि नै विभागले आफ्नो वेबसाइटलाई बन्द गरिसकेको थियो।

हेर्नुस बन्द हुँदाखेरीको वेबसाइटको स्क्रिनसट-
dnpwc
युवा तथा पुराना संरक्षणकर्मीहरुले फेसबुकमा प्रतिक्रिया जनाए, ‘कम्तिमा वेबसाइटमा गलत जानकारी त मेटिने भो।’ जर्मनीबाट प्रेमराज न्यौपानेले विभागको यो कामलाई धन्यवाद पनि दिए।

केही दिनपछि विभागले वेबसाइटलाई परिमार्जन गर्दै खोल्यो, तर तस्विरहरु हटाएर। अहिले यो लिङ्कमा क्लिक गर्नुभयो भने http://www.dnpwc.gov.np/protected_species/species/mammals यसपाली प्रजातिका नामहरु मात्र छन् तर तिनका सबै फोटोहरु हटाइएको छ।

nopic

यसपालि झन् नेपालमा संरक्षित स्तनधारीमा हुँडार र जंगली चौरीगाई हटाएर अन्य प्रजातिहरुको नाम मात्र उल्लेख छ। एउटा नयाँ प्रजाति समेत थपिएको छ ‘गोरवड्सन’ जुन कुन प्रजाति हो थाहा भएन।

चराको सुचिमा ‘चुनाल’ भन्ने चरा अझैसम्म उल्लेख छ। घस्रने प्रजातिहरुको सुचिमा केही पनि छैन, जबकी तीन वटा प्रजातिहरू हुनुपर्थ्यो। सुधार्नका लागि प्रयास गरिसके पछि अलि राम्रोसँग त गर्नु पर्छ नि ! किन झारा टारेका होलान् ?

7 thoughts on “राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको अझै ढङ्ग पुगेन, किन झारामात्रै टार्न खोजेको?”

  1. Milan Kharel says:
    March 30, 2016 at 7:48 am

    DNPWC को वेव साइटको कभर पेजमा देखाइएको रेड पाण्डाको वैज्ञानिक नाम A. flugens लेखिएको छ तर हुनुपर्ने A. fulgens हो

    Reply
  2. Milan Kharel says:
    March 30, 2016 at 7:31 am

    still there are some spelling error in zoological name of some protected wildlife. For instance in coverpage of this site the scientific name of Red panda is written as Ailurus flugens but actually it should be Ailurus fulgens.

    Reply
  3. mr nepal says:
    March 30, 2016 at 3:45 am

    राजु जी ले त यी घाम तापेर तलब भत्ता खाने बानि परेकालाई … काम नगरी बस्नै नदिने भय है .. अब चै बुद्धि पलाओस…

    Reply
  4. sushil says:
    March 29, 2016 at 6:52 am

    लोकसेवाबाटै गएका होलान त यी?

    Reply
  5. Alikhit says:
    March 28, 2016 at 6:55 pm

    वेबमास्टरले पेमेन्ट नपाएपछि यस्तै हो ।

    Reply
  6. रवीन्द्र राई says:
    March 28, 2016 at 6:51 pm

    राजु आचार्य जी,

    वेबसाइटवाट निकालेर के भयो त वेब आर्काइभमा सुरक्षित छदै छ नि :

    http://web.archive.org/web/20150928050215/http://www.dnpwc.gov.np/protected_species/species/mammals

    Reply
  7. k shankar says:
    March 28, 2016 at 3:47 pm

    हतार नगर्नुहाेस् अाचार्यजी ।
    विभागले स्तनधारी जीवकै लिष्टमा एउटा फाेटाे थप्नेछ । नाम हुनेछ- “कुवाकाे भ्यागुताे” ।
    अब फाेटाे कस्काे हुनेछ भनेर भनिरहनु पर्दैन हाेला ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme