Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेहा र भेनिशाको हत्याबाट सिकौँ पाठ, अर्की युवतीको त्यस्तै हालत नहोस्

Posted on March 26, 2016 by mysansar

-गोपाल निरौला-

nehaगएको साता भेनिशाको हत्याको समाचार चर्चामा रह्यो। फेसबुकबाट परिचित केटाको हात रहेछ। घटना निकै क्रुर लाग्यो। लगत्तै फेसबुक खोलेँ। धेरै साथीहरुले त्यही न्युज सेयर गरेका थिए। नाम सर्च गरेर उनको फेसबुक हेरेँ। साथीहरुले उनको तस्बिरमा रिप भेनिशा, मिस यु लेख्या रहेछ्न्। फेसबुकमा रहेका उनका सुन्दर तस्बिर हेर्दै गएँ। सयौ कमेन्टमा धेरै केटा साथी रहेछ्न्।

केही समय पहिले पोखराकी नेहा पुनको मैले यसरी नै फेसबुक हेरेको थिएँ। उनको पनि आफ्नै साथीबाट हत्या भएको थियो। फेसबुकमा राखिएका केही तस्बिरमा उन्को पनि धेरै केटा साथीहरुको कमेन्ट थियो।

नेहा र भेनिशाको हत्या एकै किसिमले भयो। नेहा र भेनिशा करिब एउटै उमेरका देखिन्छन्। दुबै जनाको हत्या आफ्नै पुरुष साथीबाट मध्यरातमा भयो। नेहालाई टाउकोमा हेल्मेटले हानेर मारिएको प्रहरी रिपोर्ट थियो भने भेनिशाको अपार्टमेन्ट माथिबाट फ्यालेर।

केही महिनाको अन्तरालमै नेहा पोखरामा मारिएकी थिइन भने भेनिशा काठमाडौँमा। नेहा हत्या सेलाउन नपाउँदै अर्को घटना पनि आएको थियो- बुटवलको तिनाउ नदी किनारमा मृत अवस्थामा फेला परेकी जिमी टन्डन। उनको पनि आफ्नै प्रेमीबाट हत्या भएको खबर केही पत्रिकामा देखे पनि प्रहरीबाट पुष्टि भएको खबर मैले सुन्न पाइनँ।

आखिर किन यस्ता क्रुर हत्या हाम्रो समाजमा बढी रहेछ? अनि यस्ता घटनाबाट हामीले किन पाठ नसिक्ने? सँधै प्रहरी प्रशासनलाई मात्र दोष दिने या हाम्रो देशको कानुनलाई? हातमा प्लेकार्ड बोकेर मात्रै कति विरोध जनाउने?

अब सबै महिला मित्रहरुले एक पटक हैन, सय पटक सोच्ने बेला आएको छ- म कस्तो साथीको संगत गर्दैछु भनेर। फेसबुक या टुइटरमा मेरा मित्र कस्ता कस्ता छन्? तपाईंले विश्वास गरेका सबै मित्र असल नियतका हुन्छन् भन्ने पनि छैन। केटा साथीबाट फोन कल आउँदा मख्ख नपर्नुस्। पटक-पटक सोच्नुस् किन फोन गर्दैछ ?

कसैले पार्टीमा बोलाएको छ भन्दैमा उडी हाल्ने काम नगर्नुस्। धेरै पटक सोच्नुस् कस्तो मान्छेले पार्टी गर्दैछ। पार्टीको उद्देश्य के हो? कस्ता मान्छे आउँछन् राम्ररी बुझ्नुस्। घर छोड्नु अगाडि आफू कहाँ जाने, कति बजे फर्कने सबै जानकारी आफ्नो परिवारलाई दिनुस्।

यस्ता घटना प्रायः मदिरा सेवनपछि भएको देखिन्छ। तसर्थ मदिरा पिउन छोड्नुस्। यदि पिउनु नै हुन्छ भने परिवारसँगै रहनुस्। तपाईं अफिसमा काम गर्नु हुन्छ भने सँधै समय मै घर फर्कनुस्। यदि घर फर्कन रात पर्छ भने घरबाटै आफन्तको सहयोग लिनुहोस्। सामान्य चिनजानको भरमा साथीसँग नयाँ ठाउँमा घुम्ने काम बन्द गर्नुस्। सार्वजनिक सवारी साधनमा एक्लै लामो यात्रा नगर्नुस्। यदि तपाईं कसैसँग प्रेममा हुनुहुन्छ भने आफ्नो परिवारलाई जानकारी दिनुस्। परिवारबाट लुकीछिपी प्रेम नगर्नुस्। तपाईंको प्रेमीले घुम्ने बहानामा कतै सँगै रात बिताउन चाहन्छ भने यस्ता प्रेमीबाट धेरै सचेत रहनुस्। तपाइँलाई केवल प्रयोग गर्न सक्छ। यसबाट पनि दुर्घटना निम्तिन सक्छ। दिनहुँ सुनिने यस्ता घटनाबाट सचेत रहँदै हामी आफैले आफैलाई सुधार गर्न सकौ ताकि भोलिको दिनमा नेहा र भेनिशाको झैँ अकाल मै कसैको ज्यान नजाओस्। अब हाम्रा आफन्तले हातमा प्ले कार्ड बोकेर मेरी छोरीको हत्यारालाई कारबाही गर भन्दै विरोध गर्न नपरोस्।

7 thoughts on “नेहा र भेनिशाको हत्याबाट सिकौँ पाठ, अर्की युवतीको त्यस्तै हालत नहोस्”

  1. सुनिभा says:
    March 31, 2016 at 10:01 am

    कसरि एस्तो भन्न सक्नुहुन्छ तपाई ? बल्ल बल्ल सोवतंत्रको सास फेर्न सिकेका नेपाली नारी, facebook कै माध्यम बाट भय नि सोतान्त्रता को अनुभूति गर्न पायक नेपाली नारीलाई कसरि घरभित्रै बन्द होउ, समयमै घर आउ, रक्सि नाखाऊ, सोचेर संगत गर भनेर निर्देसन दिन सक्नु हुन्छ तपाई ? यस्ता एकदुई घटनाले केहि बिगार्दैन, महिला हरु झन् बलिया हुन्छन . सबैभन्दा ठुलो कुरा सोतान्त्रता हो, यो कोसिनु हुन्न . तपाई त मलाई एकदम पुरानो सोच भयको मान्छे लागो . सोचाई बदल्नुस, उपदेस नदिनुस् . हामी क-कसलाई साथी बनाउ हाम्रो मर्जी, धोका पाउ नपाउ हाम्रो मर्जी. धोका ले मानिस लाई बलियो बनौछ.

    Reply
  2. मनिक गैरे says:
    March 29, 2016 at 11:50 am

    समाज र मान्छे हरुको मानसिकता नै परिवर्तन हुनु पर्छ/ हामी जावो एऊटा भोट राम्रो मान्छेलाई छानेर हाल्न नसक्नेले यति गहन बिषयमा आकस्मिक परिवर्तन खोज्नु अर्को मुर्खता हो, यस्ता अपराधिक काम संसार भरिनै हुन्छन् , हाम्रोमा भने दोहोरी रहन्छन्! तसर्थ अझै एउटा दशक नारीहरुनै सजग रहनु पर्छ। तर सतर्क हुने वहानामा उनिहरुको स्वतन्त्रता पनि ख्याल गरिनु पर्छ।

    Reply
  3. bishwa says:
    March 27, 2016 at 6:38 pm

    Oh your god…………Madam Gita what’ts wrong with you. Though these criminal will be punished sooner or later, the victim girls won’t be alive again. सडक पार गर्दा आफुले पनि ध्यान दिने कि बेबकुफ ड्राइवरलाई ब्रेक लगाउन सिकाउ भन्ने?

    Reply
  4. pratik says:
    March 27, 2016 at 7:36 am

    until u learn, these things are going to repeat time again. Sabai responsibilities boys haruko matra hora?? Can u guarantee all guys have same mental state and social values?? If u keep on arguing that only boys sud b taught abt women freedom then that’s good. Gharma taala nalagai rakhne panita mancheko personal choice ani right ho ni, sarkarle security provide garnu pardaina?? But u always keep ur doors shut for strangers don’t you?? taipani kailekai chori dakaiti ta huncha. Chor haru sabai ktai ta hudainan. Growup girls, stop blame game u too have responsibilities of saving urselves. It isn’t samajko thekka. not to be mean but just a suggestion.

    Reply
  5. ghana dai says:
    March 27, 2016 at 5:18 am

    नेहा हत्याकाण्ड जसलेजेभनेपनी हेलमेट्ले हानेर भयको होइन सुरुमै प्रकासित समाचार अनुसार टाउको पछडिभागमा गहिरो चोट लागेको भनियको थियो ।अनुसंधान गर्नेहरुको दिमागमा हाम्रो नेपालमा ढुङ्गा र इट्टाको हेलमेट बनाइन्छ्भने के भन्नेर हैनभने सामान्यतया हेलमेटको प्रकार र हान्नकोलागी कस्तो हेलमेटको कुनपार्टमा समायर हानिन्छ र हेलमेटको कुनपार्टले पाँचौ पाँचौ टाउकोको कुनभागमा कसरिहान्दा कस्तोचोट लाग्छ भनेकुरा एङ्गल एङ्गल बाट सोच्नसकिन्छ ।रह्यो कुरा अपराध बढ्नु हामिलाइथाहाछ बाघले बघेनिलाइ मार्दैन स्यालले स्यालनिलाइ मार्दैन कुनैपनिजनावरले स्त्री साथिलाइ मार्दैन त्यसैले अपराधी लाई त्योभन्दातल राखेर हेरिनुपर्छनै ।त्यसर्थ छोरिचेली हरुले पनि आवस्यक भन्दाधेरै सुबिधा स्वतन्त्रता नखोजिकन आफ्नो सुरक्षा आफैगर्न सिकौ ,कालले बाजाबजायर आउदैन यसरिनै मायाजालमा वा फ्यान्टाजालमा फकाइफुलाइ लान्छ पायसम्म उ गर्छ नपाय उपनिगर्छ ।मतिबिग्रेपछी अतिहुन्छ अतिभयपछी खती भैहाल्छ ।जानिजानी गल्ती हामिले गरिरहेकाछौ राज्यको टाउको दुखाइरहेकाछौ हैनभने एेनाहेरौ आफुमा नपाए दायाबाया हेरौ ।

    Reply
  6. Gita says:
    March 26, 2016 at 11:06 pm

    oh my god..only advise for girls how abot boys..Tapailai lagdaina ktaharule ni khi sudhar garnu awosek cha uniharuko lagi ni khi advise dine ho ki hajurle..don’t u think they also need to chnage their thinking their so called “SOOCH”.

    Reply
    1. sushil says:
      March 27, 2016 at 9:44 am

      चोर खोज्दै हिंड्नु भन्दा पहिला आफ्नो थैली कसेर राख्नुपर्छ भन्ने हो.
      इंगलिसमा भन्नु पर्दा first priority should be “stay away from trouble” whether it is a girl or a boy.
      नेहा र भेनिसाको हत्या अपराध नै हो र अपराधीले कडा सजाय पाउनै पर्छ. तर यी दुई कलिला नानीहरुको मृत्युको बीचमा कति युवकहरुको हत्या भयो भन्ने हिसाब किताब कसले राख्ने?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme