[पारी अर्थात् भारतसँग नेपालको खुला सीमा छ। दुई देशका नागरिकहरु यता-उता गर्न कुनै रोकटोक छैन। सन् १९५० को नेपाल-भारत मैत्रि सन्धिले यस्तै व्यवस्था गरेको छ। तर यसले समस्या पनि निम्त्याएको छ। मधेसीहरुले आफू नेपाली नागरिक भए पनि सँधै आफूहरुलाई भारतीयको रुपमा हेरिने गुनासो गर्छन्। उता भारतमा रहेका भारतमै जन्मिएका भारतीय नागरिकहरुले पनि आफूहरुलाई भारतीय नागरिकको रुपमा नभई नेपालीको रुपमा हेरिने गुनासो गर्छन्। भारतबाट नेपाल आएर यतै कर्मभूमि बनाउनेहरुले पनि आफूलाई विभेद गरिएको गुनासो गर्छन्। संगीतज्ञ अम्बर गुरुङ त्यस्तै विभेदको शिकार भई राज्यले उपचार खर्चसमेत नबेहोरेको समाचार आइरहेका बेला एक त्यस्तै पारीबाट आएका आप्रवासी अभिभावकका जन्मसिद्ध नेपाली नागरिक आइभन सादाले पोखेको दुःख यो ब्लगमा छ। यो बीचमा सरकारले गुरुङको उपचार खर्च बेहोर्ने निर्णय गरिसक्यो। तर पनि पारीबाट आएका आप्रवासीका सन्तानको भावना बुझ्नलाई सहयोगी हुने ठानेर यो ब्लग राखिएको हो।]
– आइभन सादा –
अम्बर गुरुङ्गलाई मैले अस्सी दशकको अन्तिम वर्षतिर भेट्ने मौका पाएको थिएँ। उहाँ कुपण्डोलस्थित साङ्ग स्टुडियोमा “कहिले लहर, कहिले तरङ्ग” रेकर्ड गर्न आउनुभएको थियो। सो साङ्गीतिक अभिलेख उहाँकै जेठो छोरा किशोर गुरुङ्गले प्रबन्ध गर्नुभएको थियो। तर उहाँप्रतिको मेरो आदरता साझे पारिवारिक पृष्ठभूमिबाट शुरु भएको हो, संगीतबाट हो।
मेरा अभिभावकहरु पनि उहाँ जस्तै पारीबाट आफ्नो सुरक्षित भविष्य त्यागेर काठमाडौँ आएका हुन् – १९५४ तिर, जब मेरो जन्मभूमिलाई चिकित्सक र शिक्षा विज्ञहरुको खाँचो थियो। अनि उहाँहरुले आफ्नो कर्मभूमिप्रतिको कर्तब्यमा केही कमि ल्याउनुभएन, दिलोज्यानले समर्पण हुनुभयो। तर उहाँहरुको सेवा निवृत्तिको कथा उदासनीय छ। तर राज्यले नगरेको भनेर मन दुखाउनुको साटो राज्यलाई क्षमा गरेर आफ्नो कर्मपूर्ण जीवनलाई निरन्तरता दिनुभयो। आज आठौ दशक पार गरेका छन् मेरा बुवा र आमाले र मेरो गाउँ सानेपामा उहाँहरुको शिर कहिले निहुरिएन, अझै ठाडो छ।
किशोर, शरद, राजु (दाइहरु) र अल्का दिदी (अम्बर गुरुङका सन्तान)ले जस्तै मेरा तीन दिदीहरु र म एक भाइले यो अनौठो तिरस्कृतपूर्ण भावना अनुभव गर्दै आएका छौँ। हामीले जस्तै राज्यबाट अपहेलित तर समाजबाट सम्मान पाएका हाम्रा अभिभावकहरु जस्ता र हामी यहीँ जन्मेका छोराछोरीहरु जस्ता अरु सयौँ परिवारहरुले भोगेको यथार्थलाई आज ओझेलमा पारेर इतिहासबाट मेटिदिएका छन्, देशलाई माया गर्छु भन्ने पाखण्डीहरुले। र त अम्बर गुरुङ्गज्यूको अवस्था बुझ्दा हामीले बिर्सेका हाम्रा घाउहरु फेरि बल्झेर आएको छ।
हामीले हाम्राहरुलाई छुट्याएनौँ तर हामी, हाम्रा दाजुभाइभन्दा भिन्न भयौँ किनभने अम्बर गुरुङ्गज्यूले जस्तै हाम्रा अभिभावकहरुले हामीलाई देशसँग अंश माग्न कहिले पनि सिकाएनन् बरु उल्टै उसको ढुकुटी जोगार्न सिकायो। आज मेरो देश धनी छ कारण अम्बर गुरुङ्गज्यूले र उहाँ जस्तै अरु अम्बरहरुले निस्वार्थरुपमा नमर्ने कृतिहरुले मेरो जन्म घर सजाइदिएको छ।
त्यसैले मानिसहरुले परिवारको अनुमति बिना अम्बर गुरुङ्गज्यूको निम्ति पैसा संकलन गरेको बिषय लिएर दिदी अल्काले आपत्ति जनाउनु भएको खबर सुन्दा यो लेखकको मन नै गर्वले फुलेर आयो। कस्तो मिठो पारिवारिक आँचरनीति। हो, नेपाल र हामी नेपालीहरुका लागि अम्बर गुरुङ्गज्यू एउटा विशाल सिङ्गो सांगीतिक आर्दश हुनुहुन्छ तर म जस्ता जन्मसिद्ध नागरिकहरु जसका अभिभावकहरु प्रवासी थिए, उहाँ सारा नेपालीहरुले लत्याएको स्वाभिमानको बोझ एक्लै बोकेर हिँड्ने जीवित योद्धा हुनुहुन्छ। उहाँ हाम्रो मौन अवाज हुनुहुन्छ।
अन्तमा, अम्बर गुरुङ्गज्यूलाई सुस्वास्थ्यको कामना गर्दछु साथै उहाँ र ती छाँयामा परेका पारीबाट आएका वीर योद्धाहरुलाई मेरो सदैव नम्रतामा सलाम छ ।
तपाईहरुको मनोरञ्जनको लागि:
नेपाललाई कर्मभूमि बनाएर नेपालको साहित्यिक तथा सांगीतिक फाँट लाई बिशाल बनाउनुहुने सम्पूर्ण स्रस्टाहरुको सम्मानमा यो मेरो सानो शिर सधै झुकिरहने छ |
अधिकांस पारि बात आयर नेपाली बनेकाहरु कागजी नेपाली बने समस्याको जड यहि हो/ नेपालको नागरिक भय पछि भारत विदेश हो र नेपाली र भारतीयको संस्कार धर्म र भाषा उही हुँदैमा नेपाल भारत हुँदैन भारत नेपाल हुँदैन/ भारतीयहरु नेपालमा र नेपालीहरु भारतमा मात्र पाहुनाको हैसियत मात्रै राख्ने हुन्छ/पाहुनाले सम्मान त् पाउन सक्छ तर परिवारकै सदस्यले पायको अधिकार पाउन खोजे सम्मान होइन दुत्कार पाउने हुन्छ/
नेपाल र भारतको कानुन अनुसार भारतमा बसोबास गर्ने नेपालीले भारतमा र नेपालमा बसोबास गर्ने भारतीयले दुवै देसको नागरिकता लिनु गैरकानुनी हो/ तर धेरैले दोहरो नागरिकता लियकोछ/ दोहरो नागरिकतालिनेहरु रास्त्रियतामा इमान्दार हुँदैन र तेस्ताको कारणले देसमा “पहिचानको मुद्दा” उठायर लगायर नागरिक समाज मात्रै होइन रास्ट्रियतामा समस्या उत्पन्न गर्छ / भारत यो कुरामा सतर्क छ तर नेपाल सतर्क भयन/ भारतले अहिले पनि नेपालीलाई भारतको दार्ज्लिंग सिक्किम जाँदा भारतीय दुतावासको परमिसन लिनु पर्ने नियम लागु गरेको छ बा छैन त्यो अहिले मलाई जानकारी भयन तर तेस्तो ब्यबस्था भारतले केहि दसक अघि गरेको थियो/
भारतले नेपालमा आउने हरायक भारतीयलाई ” नेपाल बसोबास गर्ने भारतीय भनेर परिचयपत्र” दिन्छ/ त्यो यक किसिमको ग्रिनकार्ड जस्तै हो र तेस्तो परिचय पत्र दिने परे नेपालको ग्रिह मन्त्रालयले मात्रै दिन पाउने कुरा हो तर दिन्छ भारतीय द्युतावासले; यसमा नेपालले चासो नै राखेन/ तेस्तो परिचय पत्र लिने भारतीयहरु केहि दिन महिना मात्रै नेपाल बसेर भारत फर्के पनि फर्काउन पर्दैन/ यसले गर्दा तेस्तो परिचय पत्र लिने भारतीयहरु नेपालमा बस्दै नबसे पनि नेपालमै रहेको देखाउंछ र तिनीहरु नेपालमा नबसेको भय पनि नेपालमा लामो समय सम्म बसेको भनेर नेपालको नागरिकता दावी गर्न सक्ने हुन्छ/ यो कुरामा नेपालले धेरै बिचार गर्नु पर्ने थियो तर गरेन/ सायद यसै ले होला भारतले नेपालमा दुई करोड भारतीयहरु बस्छन भन्न सक्यो/ भारतमा नेपालको दुतावासले भारतमा बस्ने नेपालीलाई तेस्तो परिचय पत्र दिंदैन भन्नु भन्दा दिने आँट नै गर्न सकेन भन्नु उपयुक्त हुन्छ/ यो नेपालको कुटनैतिक कमजोरी हो/ भारत सिटको कुटनैतिक सम्भंदमा नेपाल कम्जोर भयकै कारणले पनि भारतीयले नेपालमा पाय जत्तिको सम्मान नेपालीहरुले भारतमा पाउन सकेन/
ब्रिटिश सिट भयको सुगौली सन्धिको कारणले नेपालीहरु बसोबास गर्दै गरेको नेपालको धेरै भुमि भारतको हुन् गयो/ यसै कारणले मात्रै भारतले सन् १९५०को सन्धिमा नेपालीहरु भारतमा भारतीय नागरिकले पाउने अधिकार पाउने; घर जग्गा किन्न पाउने सरकारी जागिर पाउन सक्ने प्रावधान राखेको हो/ सुगौली सन्धिमा भारतको कुनै भुमि नेपालको भयको थियन तेसैले सन१९५०को सन्धिमा भारतीयहरु नेपालमा बिना अध्यागमन प्रक्रिया बसोबास मात्रै गर्न पाउने; घर जग्गाको मालिक बन्न नपाउने र स्थाई सरकारी खान नपाउने प्रावधान राखियो र त्यो सन्धिमा नेपालमा बसोबास गर्ने भारतीयले नेपालको नागरिकता पाउन सक्ने ब्यबस्था नै गरेको छैन/ यहि कुरा उल्टाउन नेपाललाई भारतले घोसित अघोसित र प्रत्यछ्य बा मधेसीको मुख बात दवाव दिंदै आयकोहो/ यदि नेपालको जनसंख्या भन्दा ५० गुणा बढी जनसंख्या भयको भारतको नागरिकहरु नेपालमा लामो समय सम्म बसेको भन्दैमा नेपाली नागरिकता पाउने भयो भने नेपाल हामि नेपाली भन्नेको नेपाल रहँदैन/ जसको कारणले सिंगो नेपाल नभय पनि तराई त् पक्कै अर्को सिक्किम बन्ने हुन्छ/
यो संसार को समस्या हो …. जातिय विभेद को समस्या हो … बसाई सराइ को समस्या हो |
बिकसित देशमा त कतिपय बहुसंकेक जाति ले अल्पसकेक वा बसाइ सरेकाहरु लै भाग खोस्न आएका गैर नागरिक सम्झिने र अल्पसंकेक ले आफुलाई जातिय आधार मा विभेद भएको सम्जिने !
नेपालको संधर्ब मा जन्मसिद्धले पनि के न पाएका छन् र ? राज्जे बाट पौने भने को सत्ता मा गएका पार्टीका आसे पास्से ले हो | विभेद छ अन्नेक प्रकार को – जातिय, पार्टीगत, पारिबारिक, …..
देशको लागि सेबा गर्नेहरु लै आफनै कमाई र बिमा बाट सोभिमानी भएर बाच्ने र औसधि खर्छ गर्न पाउने बाताबरण नै उत्तम निदान हो !
गाउमा एउटा गाउको भुश्या कुकुर आर्को गाउ जाँदा सुरु मा भुक्छ , लेखेत्छ पछि तेही गाउमा मिलेर बस्छ | तेस्तै नेपालि नै भएपनि एउटा गाउ बात आर्को गाउ बसाइ सराइ गर्दा सुरुमा नया गाउका ठालु ले फुर्ति फार्ती देखाउछ ( मान्छे मा पनि भर पर्छ , नेपालि धेरै शिक्षित समाज त् थिएँ न )| म लाइ लाग्छ तपाइँ ले हामि हेपियो भन्ने तेही तह सम्म मात्र होला |
तेत्रो प्रतिभा को भण्डार लिएर नेपाल छिर्नु भएछ , बलिवुड , हलिवुड छिरेको भए खोज्या जस्तो सम्मान पाउनु हुन्थ्यो कि ? के गर्नु जोगी को घरमा सन्यासी पाउना हुन् गयो |