Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाबुरामकी छोरीको बिहे : भोज नहुने, चिया बिस्कुटमात्रै खुवाउने रे? बिस्कुट चैँ कुन होला?

Posted on February 13, 2016February 13, 2016 by mysansar

Super-Shakti-Glucose-Biscuits पूर्व प्रधानमन्त्री तथा हालका नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराईकी एक मात्र छोरी मानुषी यमी भट्टराईको बिहे शनिबार हुने भएको छ- जेकेन्द्र श्रेष्ठसँग। छोरीसँगै पढेका र अहिले नयाँ शक्तिमै लागेका ज्वाइँ भित्र्याउँदै छन् बाबुराम।

उमेर पुगेकी छोरीको बिहे हुनु नयाँ कुरा होइन। नयाँ त नयाँ शक्ति बनाउने भन्ने अनि पुरानै तडकभडक किसिमले भोजभतेर गर्लान् कि भन्ने चासो हो। तपाईँको त्यस्तो चासोबारे चलाख भट्टराईलाई थाहा नहुने होइन। सबको आँखा आफूतिर छ भन्ने थाहा पाएर आफ्नै पत्नी हिसिला यमिलाई त तेस्रो पटकको विस्तारमा बल्ल आफ्नो नयाँ शक्तिमा भित्र्याएका थिए उनले। त्यसैले त उनले बिहेमा ठूलो कुनै समारोह नगर्ने, कार्ड नछाप्ने र चिया बिस्कुट मात्रै खुवाउने तयारी गर्ने प्रचार गरियो। बिस्कुट भन्ने बित्तिकै फेरि प्रश्न आउला- इन्डियन बिस्कुट कि नेपाली बिस्कुट? खासमा नयाँ शक्ति ब्रान्डलाई स्थापित गर्न यस्तो बिस्कुट खुवाए हुने हो।

parle_milk_sakti

Prod_1598_IMGP3_B26_39_large
रमाइलो त के हुन्छ भने यो शक्ति बिस्कुट चैँ भारतमा बनेको हो।

कुन बिस्कुट खुवाइयो त्यो त थाहा भएन तर आफूहरुको बिहेमा लाग्ने भनिएको ५० हजार रुपैयाँ टियुको केन्द्रीय पुस्तकालयलाई दिन्छौँ भनेर मानुषीले घोषणा गरिन्।

फोटो साभार : रातोपाटी
फोटो साभार : रातोपाटी

चिया बिस्कुटमात्र खुवाउने प्रचार गरिए पनि रातोपाटीमा छापिएको यो फोटो अनुसार भोज भने खुवाइएकै रहेछ। बाबुराम आफैले फेसबुकमा अपलोड गरेको फोटोहरुमा भने भोजको फोटो छैन।
12669613_746619398808906_5064435768078282581_n
फोटो साभार : बाबुरामको फेसबुक
12717837_746619585475554_272831845566481615_n
फोटो साभार : बाबुरामको फेसबुक
फोटो साभार : अर्जुन अधिकारी/फेसबुक
फोटो साभार : अर्जुन अधिकारी/फेसबुक

तनहुँ स्थायी घर भएका जेकेन्द्र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा क्रान्तिकारीका अध्यक्ष पनि थिए। त्यसैताका मानुषी त्रिविमा पढ्थिन्। उनी त्रिविबाटै स्वतन्त्र विद्याथी युनियन चुनाव जितेर सचिव भएकी थिइन्।

14 thoughts on “बाबुरामकी छोरीको बिहे : भोज नहुने, चिया बिस्कुटमात्रै खुवाउने रे? बिस्कुट चैँ कुन होला?”

  1. bman says:
    February 16, 2016 at 10:00 am

    this man is a criminal and a murderer. Period.

    why don’t the Nepalese diaspora in Europe and America file a lawsuit against Mr Yami under the universal human rights
    I hope his biscuit eating days are numbered

    He and his entourage should be brought to justice for ten years of their crimes which still continues to date

    There is a special place in hell for people who get other people to murder innocent people

    Reply
  2. madan bajracharya says:
    February 15, 2016 at 7:52 am

    भारत सिट सुरुङ्ग युद्ध गर्ने भन्ने क्रान्तिकारी देखि राउटेलाई पनि आफ्नै जातको राज्य माग्न सिकाउने मधेशबादीलाई रुवायर संबिधान बनायो भनेर सिधै भारत खुसि बनाउने प्रयास नगरे पनि मधेसी हारे भारत हार्छ भन्नेलाई दंग बनाउन सक्ने, मस्तांग गाडी बनाउने नेपालि उद्द्योग लाइ सुको सहुलियत नदियर मात्र यौटा मस्तांग गाडी चढेर गजव सिट चर्चामा आउन सफल बाबुराम महान अभिनेता हुन् ( कलिवुदको हुन् कि बलिवुदको त्यो चाहि मित्रहरुले नै अनुमान लगाउनुस/)

    Reply
  3. Ekraj says:
    February 14, 2016 at 5:07 pm

    Why people in Nepal waste their life around people’s personal life. If it is related to corruption or any mismanagement of national issue I can see the point. Otherwise people have too much time to waste around this sor of garbage.

    Reply
  4. Durga Adhikari says:
    February 14, 2016 at 8:47 am

    देशको प्रधान मन्त्रि भै सकेका व्यक्तिले यति हलुको भयर यक मात्र छोरीको बिबाह गर्नु यौटी छोरीको अपहेलना हो/ आजकल हामीजस्ता सर्बसधरंले पनि पाच दस लाख खर्च गर्छौ/ यदि उदाहरण मात्र दिन खोजनु भयको हो भने धन्न्यबाद/

    Reply
    1. गोथाने says:
      February 14, 2016 at 6:04 pm

      कुकुर नियत बोकेका थुप्रै नारभेशी पशु हरु बाबुरामलाई भुक्छन हो!
      जे गएपनि शुख छैन बिचारोलाई यो बहुलाहा र भुस्याहा कुकुर को नियत बोकेका जन्तुहरुको बस्तीमा!

      Reply
    2. गोथाने says:
      February 14, 2016 at 6:09 pm

      एउटा शुल्झिएको मान्छेलाई उल्झाउने दुष्प्रयाश नगर साथी!

      Reply
    3. जीवन नेपाली says:
      February 16, 2016 at 11:59 am

      जब तिमी जस्तै सोच भएको मान्छे घर समाजमा जन्मन्छन, तब अरुलाई समेत भ्रस्टाचार गर्न बाध्य बनाउछन . सोचौ त हरेक दिन यौटा सरकारी कर्मचारी लाई स्वास्नीले यस्तै कुरा सुनाउने हो भने बिचरा बाध्य हुन्छ घुस खान लाई

      Reply
  5. Surya says:
    February 14, 2016 at 2:08 am

    यो नयाँ शक्ति स्यालको भेष बदलाई जस्तो लाग्छ मलाई. हेर्दै जाम नाटकले कस्तो मोड लिन्छ.

    Reply
  6. Dhruba says:
    February 13, 2016 at 5:57 pm

    यो सबै नाटक हो बाबुराम को ! बिहे खर्च चाही ५०००० रे ! कुन जमानाको बिहे खर्च हो यो ? हात्तिको देखाउने दांत मात्रै हो! तर शुशील कोइराला बालुवाटार बाट निस्केपछि भातिकोमा बस्न गए तर बाबुराम महिनाको ८०,००० भाडा तिरेर सानेपाको आलिशान महलमा बस्छन
    कहावाट आउछ त्यो भाडा ?

    Reply
    1. madan bajracharya says:
      February 15, 2016 at 7:36 am

      पुर्व प्राधनामंत्रिको घर भाडा र घर मा चाहिने ग्यास पानि बिजुली सजावटको सामान पलंग सिरक मर्मत खर्च सहित गाडी र पेट्रोल पनि सरकारले तिर्छ र यस्तो खर्च गर्न त् उनीहरुले पाउने पेट्रोल बचेको बेच्दा पनि चाहेको भन्दा बढी नै जोहो गर्न पुग्छ/ ई भूपू….हरु र उहिलेको राजपरिवार भन्दा महंगा भैसके/

      Reply
  7. Michael says:
    February 13, 2016 at 2:40 pm

    आम नागरिक को बिहे मा भोज भतेर हुन्छ , उसले न गर्ने बिचार गर्यो | छोरी पनि उसको , खर्च पनि उसैको खल्ती बाट हुने , एता हेर्दा प्रगति सिल भ इ ने , उता आफ्नो खर्च जोगिने |
    यो पनि राम्रै बिचार हो | कुनै बेला भारतीय बिस्तारबाद को बिरोध , फेसन सो र रेडियो हिन्दि गीत को बिरोध गर्नेले इन्डियन बिस्कुट ख्वायो भन्दा , जात त् उसले उहिलेइ फालिसकेको सन्दर्भ मा अहिले के बिटुलो भन्ने |
    तर आम जनता के खास खुस मा छ भने कतै यो पनि घर अगाडी मुस्ताङ्ग , घर पछाडी प्राडो जस्तै नाटक हुने त् हैन ? हेर्दै जाम पर्दा अझै खस्न बाँकी छ |

    Reply
  8. ankit sharma says:
    February 13, 2016 at 2:21 pm

    यो सबै नाटक हो बाबुराम को ! बिहे खर्च चाही ५०००० रे ! कुन जमानाको बिहे खर्च हो यो ? हात्तिको देखाउने दांत मात्रै हो! डाँकाका सन्तान !

    Reply
    1. jeevan verma says:
      February 15, 2016 at 9:14 pm

      देश लुट्ने अनि नाटक. सक्छ भने भू पु को सुबिधा लिन छादोसना साला नाटक गर्छ.

      Reply
    2. madan bajracharya says:
      February 15, 2016 at 9:57 pm

      मित्र अंकित
      पुर्व प्रधानमन्त्रिको अरु खर्च सबै सरकारले बेहोर्छ तर उसको छोरीको बिबाह खर्च सरकारले बेहोर्दैन/ सरकारले खर्च बेहोर्ने भयकोले ८०००० महिना भाडा पर्ने घरमा बस्ने, महिनाको २०० /३०० लिटर पेट्रोल सितैमा लिने (कसलाई चाहिन्छ महिनाको २००/ ३०० लिटर पेट्रोल; आफ्नै खर्चले किन्नु पर्ने भय कसले प्रयोग गर्छ तेत्रो पेट्रोल अनि के सरकार बात सितैमा तेत्रो पेट्रोल लिनेले के त्यो सबै गाडी गुदायारै सकाउञ्छ बा बचाउछ; बचेमा त्यो पेट्रोल सरकारलाई फिर्ता दिन्छ बा बाहिर बेच्छ? )/ सरकार बात सबै खर्च तिराउने भुत् पुर्व महोदयहरु तेस्तै खर्च कम गर्ने संस्कार लाई प्रोत्साहन दिने भय आफ्नै गोजिले व्यहोर्नु पर्ने छोरी को बिबाह खर्च मात्रै कम गर्दैनथ्यो सरकार बात भराउने खर्च पनि कम गराउन्थ्यो/

      छोरीको बिबाह खर्च कम गर्नेको वाह वाह तव गर्न सकिन्थ्यो जव उसले सरकार बात तिराउने खर्च पनि कम गर्थ्यो/

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme