Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुशील कोइरालाका चिकित्सक भन्छन् : निधारमा चोट होइन, सिरकमा रगतको थोपा हो

Posted on February 11, 2016 by mysansar

DSC_0497 सुशील कोइरालाको शवको फोटो हेर्दै हल्लाबाजहरुले लगाएको अनुमान सामाजिक सञ्जाल हुँदै आज कान्तिपुरमा समेत समाचारका रुपमा छापिएपछि उनका निजी चिकित्सक डा. कविरनाथ योगीले आज पत्रकार सम्मेलनै गर्दै स्पष्टिकरण दिएका छन्। उनका अनुसार निधारमा चोट लागेको छैन। फोटोमा देखिएको रातो फूलको टुक्रा हुनसक्ने भनिएकोमा त्यो चाहिँ रगतै भएको उनले बताएका छन्।

यस्तो छ उनको भनाई-
निधारमा कुनै पनि चोट छैन। उहाँ राति सौचालय जाने बेलामा अलि लर्बरिएर बेसिनको सहारामा उहाँले आफूलाई थिग्राएको र सो क्रममा टाउकोको पछाडि अलि छोएको भए पनि कुनै चोट भने मैले पाइनँ। बाहिर आशंका गरिएजस्तो टाउकोमा चोट थिएन। त्यो दाहसंस्कार गर्ने बेलामा नुहाउँदा पुष्टि भइसकेको छ।
sushil111
निधारमा अबिर लगाएर त्यसमाथि चन्दन राखेको फोटो देखेर निधारमै चोट लागेको हल्ला फैलिएको थियो।

उनले आफ्नो मोवाइल देखाउँदै भने- मैले टिचिङ्गको एक्सचेन्जमा एम्बुलेन्सकोलागि १३ पटक फोन गरेँ तर फोन उठेन। पूर्व राष्ट्रपति डा. रामबरण यादवलाई पनि टेलिफोन गरेँ। मैले ईन्जेक्सन लगाउँदै एम्बुलेन्स ल्याऔ भनी सल्लाह गर्दै फोन गरिरहेको थिए। कोइराला निवासमा सवारी साधन भए पनि अक्सिजन बिनाको सवारी साधनमा लिएर जान झनै जोखिम हुने थियो। ’

कोइरालालाई अस्पताल भर्ना गर्न सोमबारको लागि टिचिङ्गकोको ६०१ नम्बर बेड बुक गरिएको भए पनि स्वास्थ्य अवस्थामा सुधार आई सामान्य अवस्था बनेकोले पहिला नै अस्पताल नलगिएको हो।

सुशील दाले शुक्रबार ज्वरो आए जस्तो भयो भन्नुभयो, त्यसको उपचार गरियो। शनिबार अलि गाह्रो भयो भन्नु भयो एण्टिबायोटिक सुरु गरियो। आइतबार बिहान ६ बजे बोलाउनुभयो। म साढे ६ बजे पुगेँ। त्यसबेला पनि उहाँको स्वास्थ्य स्थिर थियो। उहाँले कमजोर महसुस भयो भन्नुभयो। मैले टिचिङ्गको ६०१ नम्बर बेड बुक गरेँ। दिउँसो छलफल गर्‍यौँ। उहाँले जाउलो खानुभयो। ज्वरो पनि थिएन। राति साढे नौ बजे म घर गएँ। त्यसपछि अतुलजीले फोन गरेर स्वास लिन गाह्रो भयो आउनुस् भन्नुभयो। म केही इन्जेक्सन लिएर गएँ। उहाँको स्वास्थ्य अवस्था बिग्रिएको थियो। तीनवटा इन्जेक्सन लगाए। गर्दागर्दै लान भ्याइएन।

इन्जेक्सन लगाउने बेलामा हात थिचेर सुतेकोले आफूले इन्जेक्सन लगाउन हात निकाल्नु पर्‍यो भन्दा उहाँले ए बुझेँ भनेर भनेको विषयलाई मैले बुझिसकेँ भनेको भन्दै अपब्याख्या गरियो। इन्जेक्सन लगाउँदा निस्किएको रगत लुगा र सिरकमा लागेको हो। त्यस अवस्थासम्म कोइराला बोली नै रहेका थिए। कोइरालामा फोक्सोमा हुनु पर्ने रोग रहेको थियो। केही समय अघि सुन्निएको खुट्टा पनि सोही कारण भएको रिपोर्ट आएको थियो।

6 thoughts on “सुशील कोइरालाका चिकित्सक भन्छन् : निधारमा चोट होइन, सिरकमा रगतको थोपा हो”

  1. Michael says:
    February 12, 2016 at 1:12 am

    बंगाला देश मा मुजिबर को परिवार मार्ने र ले , बिरेन्द्रको बम्स नास गर्ने र ले भारत बिरोधि भएर सब्बिधान जारि गरेको , भारतीय राजदुत र प्रबक्ता आदिलाई ठाडो चुनौती दिएको कारण गडबड गर्न सक्ने संका तेत्ति नाजायज हैन | तर राम्रै अनुसन्धान गरे हुने थ्यो |

    Reply
  2. madan bajracharya says:
    February 11, 2016 at 10:04 pm

    भूतपूर्व प्रधान मन्त्रि सुसिलको उपचारमा लापरवाही भयकै हो/ सम्भंदित व्यक्तिले चाहेको भय हेलिकप्टर बात ५ मिनेटमा उपॉत्यकाको कुनै पनि अस्पतालको आकस्मित उपचार शाखामा पुर्याउन सक्थ्यो/ उमेर पुगेको र अरु पनि रोग लागेको व्यक्तिलाई जाडो महिनामा निमोनिया लागे कुनै पनि बेला स्वास लिन गाह्रो पर्ने कुरा सबैलाई थाह छ त् किन तेतिबेलानै अक्सिजनको ब्यबस्था गरेन किन अस्पताल लगियन/ अहिले तिचिन अस्पतालले फोन नउठायकोले अस्पताल लाग्न नसकेको भन्ने कुरा अत्यन्त गैर जिम्मेवारी पूर्ण कुरा हो/ तिचिंग फोन गर्नु बाटै बुझिन्छ कि सुसिला अस्पताल लग्नु पर्ने अबस्थामा पुगी सकेको रहेछ र त्यहा फोन नउठेमा अर्को अस्पताल बा सैनिक अस्पतालमै किन फोन गरियन? केहि त् गदवाद छ/

    Reply
    1. Ramesh Limbu says:
      February 12, 2016 at 7:56 am

      @ मदन बज्राचार्य जिउ, हेलिकप्टर चाही कहाँ घरको छतमा ओराल्ने? कि सुशील कोइराला लाई डोरी मा झुन्डाएर लाने?

      Reply
      1. madan bajracharya says:
        February 12, 2016 at 2:02 pm

        घर नजिकै कतै/

        Reply
  3. डा. सुरज श्रेष्ठ says:
    February 11, 2016 at 8:36 pm

    मेरो विचारमा आदरणीय सुशील कोईराला परलोक हुनु भएको कुरालाई लिएर शंका उपशंका गर्नु कुनै फलदायी छ जस्तो लाग्दैन । डा. योगीको अभिब्यक्ती एकदमै सत्य देखिन्छ ।

    कुरा गर्दै गयो भने १३ पटक डा. योगीले फ़ोन गर्दा गर्दै कोही ब्यक्ती नजिकको महाराजगंजको टीचीन्ग अस्पतालमा गएर एमाबुलेन्स लिएर आउन सकने भन्नेपनि कुरा उठन सक्छ । यसो गरेको भए यसो हुन्थ्यो वा अन्य ईत्यादि ईत्यादि !

    सुशील कोईरालाको केही साता देखि पटक पटक स्वास्थ्य बिग्रीएको कुरा वहॉ कार्यक्रममा समय दिएरपनि जान न सक्नुबाट पुष्टी हुन्छ । निवास मै उपचार गराउनुको सट्टा अस्पतालमा भर्ना भै उपचार गराउनु बुद्धीमानी हुने थियो भन्नै मलाई लागेको छ । तर अब धेरै ढीलो भै सक्यो ।

    वहॉको दिवन्गत आत्माको चीर शान्तिको कामना र दुखित परिवारमा हार्दिक संबेदना छ।

    डा. सुरज श्रेष्ठ
    नेपालगंज

    Reply
  4. Sushil says:
    February 11, 2016 at 8:21 pm

    कबिर नाथ योगी मेडिकल डाक्टर हुन् भन्ने कुरा नै पहिले देखि संकाको घेरामा छ ! यिनले कहाँ बाट एमबिबिएस गरे ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme