Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुशीलको शवसँग सेल्फी

Posted on February 11, 2016February 11, 2016 by mysansar

selfie2

आज अपराह्न पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि भयो। सम्मान राजकीय भए पनि व्यवस्थापन भद्रगोल थियो। आर्यघाट नगई नेपाल टेलिभिजनमा लाइभ हेरिरहेकाहरु धेरैले हेरेरै थाहा पाए भद्रगोलको अवस्था। लाइभ हेरिरहेकाहरुले अर्को एउटा दिक्कलाग्दो दृश्य पनि देखे, चिता नजिकै गएर सुशीलको शवसँग सेल्फी खिच्नेहरुको चालामाला।

यी महान् महानुभावहरु को हुन् र कसरी चिता नजिक पुग्न पाए भन्ने बारे थाहा नभएकोले यिनीहरुले फेसबुकमा पोस्ट गरेको सेल्फी हेर्न भने पाइएन। तपाईँहरुमध्ये कसैले यिनीहरुलाई चिनेको भए तल कमेन्टमा बताइदिनुस् है।

selfie1

सेल्फी नम्बर २

selfie

सेल्फी नम्बर ३।

jaldai

यो चाहिँ सेल्फी होइन तर दागबत्ती दिइसकेपछि चिताको काठ नजिकै मोबाइल तेर्स्याएर फोटो खिच्ने महानुभाव हुन् यी।

चितामा राखिएको सुशीलको शवसँग सेल्फी खिच्नेहरु पछिसम्म भने आर्यघाटमा रहेनन्। राति ८ बजेतिर दाहसंस्कार सकिँदासम्म मुश्किलले ३० जना मात्रै त्यहाँ रहेछन्।

 

9 thoughts on “सुशीलको शवसँग सेल्फी”

  1. sushil says:
    February 12, 2016 at 3:03 pm

    त्यही होला ‘मारा हुवा हाथी सवा लाखका” भनेको.
    सार्वजनिक व्यक्तित्व हुनु पनि घाँडो नै रहेछ.
    बरु ति सेल्फीको फोटो प्रिन्ट गरेर घरमा लगेर नझुनड्याउन्.

    Reply
  2. nawaraj subedi says:
    February 12, 2016 at 7:03 am

    शवको फोटो खिच्न नै नपाउने हो भने बेग्लै कुरा हो नत्र आँफु सहित (सेल्फी) खिचुन् कि आँफु रहित, यसमा किन कसैको टाउको दुखाई ?

    Reply
  3. Rohini says:
    February 11, 2016 at 11:55 pm

    स्मार्ट फोनहरुको विकास उकालो चड्दै छ, मानिसहरुको समबेदना ओरालो लाग्दै छ|

    Reply
  4. Kalu panda says:
    February 11, 2016 at 12:46 pm

    तिनी हरु मनुस्य रुपी जनावर हुन् .

    Reply
  5. रमेश says:
    February 11, 2016 at 12:20 pm

    भिडियोमा देखिएका शवसंग सेल्फि लिने व्यक्ति ने. का. स्याङ्जा ३ का पूर्व सभासद् मोहन पाण्डेय हुन्

    Reply
  6. रमेश says:
    February 11, 2016 at 12:15 pm

    भिडियो देखिएका सेल्फि लिन दिलोज्यान दिएर लागेका व्यक्ति ने.का. स्याङ्जा ३ का पूर्व सभासद मोहन पाण्डेय हुन !

    Reply
  7. sangita says:
    February 11, 2016 at 12:08 pm

    selfie no 3 chanhi syangja 3 bata pahilo sambidhan sabha ma jiteka ra dosro ma hareka samsad mohan pandey ko ho jasto lagyo

    Reply
  8. Man says:
    February 11, 2016 at 9:41 am

    सेल्फि नं २: मोहन पाण्डेय स्याङ्जा -३ का पूर्व सभासद !
    उनको फेसबुक पेजमा अरू पनि सेल्फि देख्न सकिन्छ !

    Reply
  9. prem sharma says:
    February 11, 2016 at 4:12 am

    We all die one day this is a natural truth. taking selfie is not a big deal. God knows if we have lost our track……..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme