Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पूर्व राजा ज्ञानेन्द्रका भिनाजुको शालिक अनावरण राष्ट्रपति भण्डारीबाट

Posted on February 4, 2016 by Salokya

1454505784207_BP-Pokhara-President-1
पोखरामा हिजो रोचक कार्यक्रम भएको रहेछ। पूर्व राजा ज्ञानेन्द्रका भिनाजु कुमार खड्गविक्रम शाहको शालिक राष्ट्रपति विद्या भण्डारीले अनावरण गरिन्। १४ वर्षअघि नारायणहिटी राजदरबार हत्याकान्डमा मारिएका शाहको शालिक अनावरण गर्दै राष्ट्रपतिले मालासमेत लगाइदिइन्। पूर्व राष्ट्रप्रमुखको परिवारका सदस्यको शालिक अनावरणमा वर्तमान राष्ट्रप्रमुख उपस्थित। पहिलो कार्यक्रम हुनुपर्छ यस्तो।

download (1) आयोजकहरु पनि क्या चलाख। राजपरिवारका सदस्यहरु सामाजिक र धार्मिक कार्यक्रमहरुमा सक्रिय भइरहेकै थिए। राजावादी कमल थापासमेत मिलेर बनेको सरकार कायमै थियो। तर पनि आयोजकले शालिक अनावरण चाहिँ राष्ट्रपतिबाट पो गराइदिए।

राष्ट्रपतिले पनि आफू राष्ट्रपति निर्वाचित भइसकेपछि पहिलो पोखरा भ्रमणका लागि साइत नै पूर्व राजा ज्ञानेन्द्रका भिनाजुको शालिक अनावरण गर्ने कार्यक्रममा जुराइन्।

खासमा मृत्युको १४ वर्षपछि शालिक बनाएर अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राख्न पर्नुको कारण चैँ राससको समाचार अनुसार उनले ‘नेपालको पर्वतीय पर्यटनमा विशिष्ट योगदान गरेको’ले रे। कस्तो १४ वर्षपछि बल्ल योगदान देखेको त नि।

कुमार खड्गविक्रम शाह राजा महेन्द्रकी छोरी शारदाका पति थिए। शारदा पूर्व राजा ज्ञानेन्द्रकी दिदी हुन्।

कुमार खड्ग र शारदा दुवैको मृत्यु दरबार हत्याकान्डमा भएको थियो। हत्याकान्डबारे छानबिन गर्न ज्ञानेन्द्रले बनाएको उच्चस्तरीय समितिलाई बयान दिँदै पारसले राजा वीरेन्द्रपछि पहिलो गोली खड्गलाई हानेको बताएका थिए।

यस्तो थियो पारसको बयान-

समितिः समयको त्यस्तो कुनै ग्याप लामो ग्याप त हैन ?
जवाफः छैन, एक मिनेट पनि छैन, ३० सेकेण्ड होला म्याक्सिमम्, म्याक्सिमम् भए ३० सेकेण्ड, भित्र बाहिर भित्र वाहिर गरिबक्स्यो । सवारी भयो ठूलो चाही बन्दुक एम १६ एम १६ ले पहिले नै ठूलो बुबा (राजा वीरेन्द्र) को माथमा हानिबक्स्यो, सट त्यस पछि यता सवारी भयो, खड्ग फुपाजु ढलिबक्स्यो, कुमार खड्ग त्यो वारको ठ्याक्कै तल ढलिबक्स्यो ।

…………. हजुर, उतापट्टी गोरख, ठूलो बुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो, …… श्रुति, त्यसपछि श्रुति मैले आएको देखिन, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको बेलामा उताबाट फर्कि बस्क्यो, युवराजाधिराज सवारी भयो, यतापट्टी ढली राखेको थियो हजुर, पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमिलाई के भयो तिमीलाई के भयो भनेर सवारी भई माथि पट्टी सुतिबक्स्यो, खड्ग फुपाज्यूको माथि ढलेर कवर गरिबक्स्यो । युवराजधिराज सवारी भयो ड्याङ्ग ड्याङ्ग point blank ड्याङ्ग ड्याङ्ग ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो भएको म यताको कुनाको मेचमा त्यो वारको मूनिबाट त्यो चाही राम्रो सँग देखेको हो मैले । ड्याङ्ग हानी बक्स्यो । त्यो गोली आएर यतापट्टी कार्पेटमा लागेछ । पारसको पूरा बयान यहाँ पढ्नुस्

प्रतिवेदन अनुसार उनको मृत्यु यस्तो थियो-
khadga

5 thoughts on “पूर्व राजा ज्ञानेन्द्रका भिनाजुको शालिक अनावरण राष्ट्रपति भण्डारीबाट”

  1. Ekraj says:
    February 5, 2016 at 3:23 am

    It all shows that Bidya Bhandari in the name of President has exposed her as a very cheap commidity, no brainer, lazy, and miserable laughing stuff.

    Reply
  2. Binod Paudel, Sudbury says:
    February 4, 2016 at 11:49 pm

    यस्तै हुन्छ, स्वबिबेक प्रयोग गर्न नजान्ने, अझै भनौ स्वबिबेक नभएको मान्छे लाइ देशको रास्ट्रपति बनाएपछि / यतिका धेरै बिज्ञ र सल्लाहकार नियुक्त गरे पनि कुकुर को पुच्छर बाङ्गो को बाङ्गो नै /

    Reply
  3. dor Prasad says:
    February 4, 2016 at 8:55 pm

    रास्ट्रपति ले कुन्दीन बिहा भोज को पनि उद्घाटन गर्छिन !!!

    Reply
  4. Mk says:
    February 4, 2016 at 7:03 pm

    बाचनु मात्र पर्छ , अनेक देख्न पाइन्छ /

    Reply
  5. Shankar banjara says:
    February 4, 2016 at 12:00 pm

    याहा जे पनि हुन्छ

    Reply

Leave a Reply to Binod Paudel, Sudbury Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme