Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

व्यङ्ग्य : श्री ओलेश्वर देवको अद्‍भूत चमत्कार

Posted on January 31, 2016January 31, 2016 by mysansar

-दोर्जे-

xavier १) शनिबार बिहान कलंकीमा एक गृहिणीले धारा खोल्दा हावा आयो। एकछिनपछि हावाबाट बिजुली आयो। तुरून्तै उनले इन्डकसनमा खाना पकाइन्, आइरन लगाइन्,पम्पबाट पानी तानिन् र श्रीमानलाई खाना खुवाइन्। श्रीमान् पनि ओलेश्वर देवप्रति धन्य हुँदै अफिसतिर लागे। सबै काम सकेपछि गृहिणीले धारा बन्द गरिन्, ताकि कतै ग्यास आएर आगलागीबाट क्षति नहोस्।

२) ठमेलको क्रेजी गर्ल डान्सबारकी एक नर्तकी महिलाले यही समाचार १० जना साथीलाई फेसबुकको मेसेजमा पठाइन्। लोडसेडिङको टाइममा पनि उनको घरमा रातभर बत्ती आयो।

३) त्यस्तै गरी ह्वाइट हाउस कलेजका +२ एक छात्रले २० जना साथीलाई भाइबरमा सन्देश पठाउँदा बाइकमा १ ट्यांकी तेल आफ से आफ भरियो।

४) यही समाचार न्यूरोडका परफ़्यूम व्यापारीले झुटो सम्झी डिलिट गरे। उनको छिमेकको ट्रान्सफर्मर पड्किएर एक सातासम्म बत्ती आएन। ग्यास लिन लाइनमा राखेको सिलिन्डर चोरी भयो। पेट्रोलको लाइनमा राखेको मोटरसाइकल नै चोरी भयो।

त्यसैले ओलेश्वर महादेवको महिमा अपम्पार छ। यो सन्देश आफ्ना साथी तथा आफन्तलाई जति धेरै पठाउनु, सेयर गर्नुहोला, यसको मंगल समाचार दुई दिन या तुरून्तै पाइने छ।

ओलेश्वर महादेवकी जय!!!

6 thoughts on “व्यङ्ग्य : श्री ओलेश्वर देवको अद्‍भूत चमत्कार”

  1. Amrita Rai says:
    February 4, 2016 at 3:42 pm

    मधेशी नेता बाटाे छेकिरहेकाछन्। प्रचन्ड जे मा पनि अाँफु अाेभानाे हुन खाेजी रहेका छन् । काेइराला लाेभी मन पालेर बसेकाछन्। बाँकी जनता जतिले चैं अाेलीलाइ मात्र दाेषी देखेर बसेका छन् ।

    Reply
  2. chandra says:
    February 2, 2016 at 8:59 am

    Daami laagyo Oleshor Baba ko jaadu/karisma!!!

    Reply
  3. Durga Adhikari says:
    February 1, 2016 at 9:01 am

    हामी नेपाली पनि हौ के/ यति ठुलो समस्या लाई यति सजिलै हासोमा उडाई दिने/ जय होस् नेपाल र नेपालीहरुको/

    Reply
  4. Sallah says:
    February 1, 2016 at 5:57 am

    सेयर नगरेमा तपाईंको देब्रे कानमा कुत्कुती लाग्नेछ, होस् गर्नु होला यो कुत्कुती चाहिं दाहिने कान सफा गरे पछि मात्र ठिक हुनेछ…हा…. हा…..हा…..!!!

    Reply
  5. eklavya says:
    February 1, 2016 at 4:07 am

    Not oleshwor dev it should be oleshwor baba who taught about tukkas and jokes for very anonymous situation so that we can solve our problem in no time. For such a miraculous things we should applause him so bhaktajan follow this rhythm …..”CHHI CHHI CHHI 2016 OLESHWOR BABA KI MAA KI”…….u can add further

    Reply
  6. Michael says:
    February 1, 2016 at 3:34 am

    दोर्जेजी कतै स्वस्थानी को अग्नि त् पर्नु भएँन | भोलेस्वर का बाट अग्नि ले के के ल्यायेथे,
    याहा ओलेस्वर काँ बाट दोर्जेजिले यो ल्याउनु भएछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme