Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रिय वाणिज्य बैंकमा एक दिन : नगरेको गल्तीको जरिवाना !

Posted on January 31, 2016 by mysansar

-श्रवण-

rbb मैले राष्ट्रिय वाणिज्य बैंक कोटिहवा शाखामा मेरो नबिल बैंकको खाताबाट रकम सार्न नबिलको चेकबाट जम्मा गराएको थिएँ। दुई दिनपछि चेक क्लियर नभई फिर्ता आएको जानकारी आयो। किन फिर्ता आयो भनी सोध्दा एमआरएफ चेक चाहिन्छ भनी टेलरले जानकारी दिए। मैले उनलाई त्यो चेक नयाँ एमआरएफ चेक नै भएको बताएपछि उनले मेनेजर कहाँ लगे। सायद उनी एमआरएफ चेक र साधारण चेक छुट्याउन सक्दैन थिए।

अचम्म मेनेजर पनि त्यस्तै कुरा गर्दै थिए। ती कर्मचारीले भने “उहाँको यो चेक नयाँ नै हो रे! किन फिर्ता आयो सर?”

मेनेजरले भने ” ए ! (नयाँ चेक रहेछ !) खै मेशिनले तानेन भनेर फिर्ता गर्यो। हामीलाई थाहा छैन। हामीले भैरहवा शाखामा दिने हो, उसैले फिर्ता दियो।”

तुरुन्तै मलाई मेरो खाताबाट रु १०० कट्टा गरी बैंकको आम्दानी बाँधेको भौचर थमाइयो। चेक फिर्ता हुनुको लिखित कारण नदिइकनै १०० रुपैयाँ काटियो! मेरो चेक सही थियो। खातामा पैसा पनि थियो। मेरो काबु बाहिरको कारण देखाई मेरो खाताबाट पैसा काट्न मिल्छ?

अनि अर्को कुरा, मैले त्यो चेक जम्मा गर्न जाँदा नै ती कर्मचारीले “यो भैरहवा नै जम्मा गर्न जानू” भनेका थिए।

मैले भनेँ “यति कामको लागि भैरहवा जानपर्ने भए यहाँ खाता किन खोल्ने?”

मैले सोही दिन भैरहवा शाखा को खाता बन्द गर्न त्यहीँ निवेदन दिई त्यो शाखामा नयाँ खाता खोलेको थिएँ। उनले भने “अब यो लिएर को जान्छ? म भ्याउँदिन!”

मलाई कुरा सुनेर अचम्म लाग्यो तर केही बोलिनँ। मैले सोधेँ “कहिलेसम्म जम्मा हुन्छ?”

“खै तीन चार पाँच दिन कति लाग्छ !”

मैले भौचर भरेर बुझाएको चेक बुझेको भर्पाई लिन करिब डेढ घन्टा पर्खंदा पनि कुनै जवाफ नपाए पछि भौचरको अर्धकट्टी खै भनेर सोधें।

टेलरले मेनेजरको कोठातिर इसारा गर्दै भने ” खै मैले उता दिएँ, उतै सोध्नुस्”

उता जाँदा त्यो चेक दर्ता मा आइसकेको थियो। दर्तावालाले भने ” त्यो अर्धकट्टी पाउनु हुन्न। पैसा जम्मा भएपछि मात्र पाउनु हुन्छ।”

उनी जिम्मेवार देखिए र भने ” बरु यो चेक को फोटोकपी गराएर राख्नुस् पछि केही भए दाबी गर्न मिल्छ।” ✊

4 thoughts on “राष्ट्रिय वाणिज्य बैंकमा एक दिन : नगरेको गल्तीको जरिवाना !”

  1. Ramesh Thokar says:
    February 8, 2016 at 11:35 am

    रस्तिया बाणिज्य बैंक बिस्वसिलो छैन किनकि भौचर जम्मा गर्ने बेक्ती जाने बितिकै नाम मिलेन भनि तुरुन्तै जुन बेक्तिले बुजे को हो तेसैले तुरून्त उइथ्द्रव गरेछ भोलि पल्ट चेक लियर पैसा निकाल्न जादा बैंकमा पैसा नै छैन भनि चेक फिर्ता गर्यो कसरि मेरो खातामा जम्मा भयको रुपिया कसले निकलिंछा योत हुने सक्दैन भनि ब्रांचा मनाजेर लै बुजे तर उनीहरुले बिसाल मार्केट मा जानु सबै त्यहाँ पत्त लग्छ भन्यो तुरुन्तै हामि त्यहाँ पुगेर बुज्दा जसले रुपिया खातामा जम्मा गरि स्ट्याम लगाई जम्मा गर्नेलाई दियाछा अनि जम्मा गर्ने जाने बितिकै थर नमिले को भनि खाता बाट झिकेर तेतिकै दराजमा रखेछा तर मेरो आफन्त अमेरिका पद्नको लागि जना ऐरलांसको टिकेट काट्नु र डलर साट्नु थियो र छिटै खोज तलास भयर पायो तर मेरो हतार नभयको धेरै दिन पछि या मेरो पैसा जम्मा गरेको बैंक भौचर फालिसकेको भय मेरो आफ्नो रुपियाको कुनै प्रमाण दिन सकिन्नथ्यो केचाई गर्ने हुन्थ्यो तेसैले सरकारे बैंक कहिले माथि औन नसकेको मेरो बुजई र बिस्वाश छैन /.

    Reply
  2. shrawan says:
    February 4, 2016 at 9:38 am

    प्राइभेट बैंकमा तपाईं त्यस बैंकले बनाएका सामान्य नियमहरू आफ्नो बाध्यता अफ्ठ्यारो आदि देखाएर अनुरोध गर्दा नै सजिलै तोडाउन समेत सक्नुहुन्छ । त्यहाँ मनेजर सम्म कुरा पुग्दा धेरै कुरा समाधान सहजै हुन्छ । सरकारी बैंक को कुरा बेग्लै छ । प्राइवेट बैंक मा सबै ठिक छ भनेको चाहिँ होइन ।

    Reply
  3. Nibedan Baidya says:
    February 1, 2016 at 10:45 pm

    I have a bank account in my son’s name in Nepal Investment Bank Limited Pulchok branch, I had never taken out the account statement in last 2 years. I requested to give me the bank statement of that account from the beginning but the lady sitting in the counter said the bank can give only current years statement and she printed it and gave it to me. I was so angry that i could hardly control my anger though I said I have not taken the statement from the beginning and I need it. She shouted at me and said why don’t I understand, my anger broke out. Now it was my turn to shout, I said “I opened this bank account 2 years back and have never taken any statement and you say bank can not provide it to me? Please give me the form to close this bank account immediately. I will close this account at your branch right now.” People were looking at me as I was shouting loud. Another lady 9I guess the Supervisor) asked her staff about the issue and asked her to provide the statement to me.
    I am not sharing to show my bravery but sometimes we need to be tough, people normally avoid requests of common people like us and we have to suffer in many counts.

    Reply
  4. eklavya says:
    February 1, 2016 at 3:55 am

    Shrawan you are looking very gentle and generous when all these nonsense stuff are happening with yourself not others ….i think you must be waiting to analyse and write down to this blog don’t you? Be mature and take little bit action
    at the meantime at your level i don’t say to close down the so called bank or to punch somebody but what is your action if you are facing such bull shit so somebody can follow you…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme