-लेखनाथ-
सन् १९८५ को जुन संस्करणमा प्रकाशित नेशनल ज्योग्राफिक पत्रिकाको आवरण तस्विरले सनसनी मच्चाएको थियो। सो तस्विर एउटी शरणर्थी नानीको थियो। डर, त्रास, पिडा, गरिबी, अबोधपना, बेचैनी, शोक सबै भाव मिश्रित ती अत्यन्तै सुन्दर नानीको तस्विर हेरेर म कोक्ल्याँटो पर्थे। बढो राजदार तस्विर लाग्थ्यो। सोहि तस्विरलाई करिब ६०/७० घण्टा समय लगाएर मैले पेन्सिल स्केच उतारेको हुँ। यी नानीको तस्विर तत् बखत अफ्गानिस्तानमा सोभियत आक्रमणले पुर्यााएको क्षतिको ताजा प्रतिमूर्ति थियो। त्यस ताका हजारौको संख्यामा घरबारबिहीन एवं टुहुरा भएका बालबालिकाहरुको अवस्थालाई उजागर गर्नका निम्ति प्रेसित थियो। यी नानीका बाआमा पनि बम आक्रमणमा मारिएका थिए।
ढुंगामा रुख उम्रिदैन, सौतेनी आमाको काखमा टुहुरी हुर्किंदैन भनिन्छ, यी नानीको त साहरा कोही पनि रहेन। एक भाइ, तीन दिदीबहिनीसहित अफ्गानिस्ताका डाँडा काटेर पाकिस्तानको नसिर बाग शरणार्थी शिविरमा पुगेकी थिइन्। सोही शिविरमा फेटो पत्रकार स्टिभ म्याककरीले यो फोटो खिचेका थिए।
यिनी त्यतिखेर बाह्र वर्षकी हुँदी हुन्। तर समस्या के रह्यो भने यी नानीको नाम र नालिबेलि लामो समयसम्म कसैलाई थाहा भएन। अमेरिकामा भएको ९/११ को आतंककारी हमलापछि त बुस प्रसाशनले अफ्गानिस्तानमा युद्धको समर्थन जुटाउनका लागि यस तस्विरलाई मुखपत्रका रुपमा अघि सारेको थियो। त्यसपछि पत्रकारको टोली यी नानीको खोजीमा पाकिस्तान र अफ्गानिस्तानका सरकारी ढड्डा पल्टाउन थाले। फोटो बोकेर खोज्दै हिंडे। जोताहा पोताहा कहीँकतै उनको नाम थर ठेगाना भेटिएन। बल्ल सन् २००२ मा उनी फेला परिन्। सर्वत गुला। उही शरणार्थी जीवन, उही गरिबी, उही सकस।
तस्वीरले शरणार्थीको बिजोग त देखायो नै, पाश्चात्य समाजले त यी नानीलाई बिसौ शताब्दीको मोनालिसा उपाधि नै दियो। सञ्चार माध्यममा सनसनी मच्चाएकी सर्वत पश्चिमी जगतमा फेला परेकी भए त उनलाई सानैदेखि ‘‘गु्रमिङ्ग” गरीवरी मोडल हुँदै विश्व सुन्दरी बनाइसक्थे होला। तर सबैलै आआफ्नो बाटो हिंड्नै पर्ने रहेछ, भाग्यले खिपेरै लेखिदिएको हुनेरहेछ। जुन औंलामा विष लाग्छ, त्यही औंलो झर्ने हो केरे। सर्वतको जिवनी केलाउँदा हामीलाई विष लाग्दै गरेको महसुस हुन्छ।
आज भूकम्प, नाकाबन्दी, गरिबी र राजनितिक उदासिनताका कारण हाम्रै देशका हज्जारौं नानीहरुको जीवन सर्वतकै जस्तो बन्दैछ। मेरी त आमा छिन्, यिनकी आमा छैनन्। त्यो फाटेको मजेत्रोले कति जाडो काटिन् होला। मलाई पनि आमाले विदेशिंदा एउटा ओढ्दै गरेको कालो मजेत्रो दिएकी थिइन्। ओढ्दा फाट्ला भनेर जतनसाथ राखेको छु। आमाको गन्ध अझै त्यसमा छ। त्यसैले धुन पनि मन लाग्दैन । सन्तोष गर्ने बाटो खोज्छु – आखिरमा हामी सबै शरणार्थी हौँ, यो दुई दिने जिन्दगीमा सबैले कुम्लो–कुटुरो र दाबिलो पोको पारेर वल्लो गाउँ पल्लो गाउँ चाहार्नैपर्छ, खनिखोस्रि खानैपर्छ । थलाकिलामा एकछिनको वास हो, यो चोला त एक दिन विसाउनै पर्छ । तर त्यसो भन्दा घरबार भनएका, एक सरो लुगा नभएका, एक हल गोरु नार्न नसक्ने, विह्वल हतभागीहरुले गिज्याए जस्तो लाग्छ – हुने खाने सामन्त, गरी खाने गुरुबा र केहि नहुने रांडि विधवा हाम्रो राज्यको पाखण्ड संरचना र सत्तासाझेदाका भुक्तभोगीहरुका नालायकपनको उपज हो । यो नाकाबन्दिले हामीलाई शरणार्थि बनाउने भो । अब हाम्रो केही नलाग्ने भो, चुलो नजल्ने भो । न्याय दिलाइदिनु पर्योा बराजु । यी ससाना नानीहरुको जुनी यस्तो कष्टकर नहोस् । सबैको चित्र उतार्न म सक्दिन तर असिम उराठ जीवनका खण्डबाट चोइटिन आँटेका ती हरेक नानीका पाखुराहरुमा म सहश्रदश पराक्रम एवं आँखामा अविभाज्य मोनालिसा देख्दछु ।
यो चित्र कोरिसकेपछिपनि लामो समयसम्म मलाई एउटा कोक्ल्याँटोले अँठ्याइरह्रयो । कहिलेकाहिँ लाग्थ्यो एउटा ठुलो राम्रो फ्रेम किनेर ल्याउँछु । चित्रकलालाई त्यसमा हाल्छु । बैठक कोठाको भित्तामा सजाउँछु । कोठाको शोभा बढ्छ, पाउनापातलाई एकछिनको रमिता हुन्छ । तर मन मान्दैनथियो । मेरो कोठाको भित्तामा शोभा बनेकी यी पात्र कुन संसारमा गरिबी र अभावको जीवनमा अभ्यस्त होलिन् । तर मन बुझाउने बाटो गर्थे, मेरी मोनालिसा यिनै हुन् । क्षितिजका गहबाट जीन्दगीका निम्ति उज्यालै–उज्यालो खोज्ने तिनका ठुलाठुला हरिया आँखाबाट मेलै पनि विश्वविजयको सदावहार सपना देख्न थालेको छु । अब मैले बाँच्नुपर्छ : देख्न, सुन्न र भोग्न धेरै नै बाँकि छ । आरन र आगोसँग खेल्न जिन्दगीले सिकाउनेछ । नाकाबन्दि मेरो जीवनशैलि बन्नेछ । शरणार्थि बन्नेछन् मेरा सन्तान । मेरो अनुहार कोक्याँटो पर्दै जानेछ, तर म कोक्याटिनुमा मेरो कुनै नियन्त्रण रहने छैन ।
दु:खको कुरा अहिले अमेरिकाले उत्पात मच्चाउँदा फोटो खिचेर छाप्ने कोही भएनन्.
अहँ! एकजना नेपालीले बरु क्यामेराले खिचेको फोटो फेरी पेन्सिलले ७० घण्टा लगाएर बनाए, तर त्यहाँ गएर फोटो खिच्ने कोही भएनन्.
हँ? यो पनि रमाइलै भयो, मुलुकमा कति टुहुरा टुहुरी छन् थाहा छैन, यिनलाई जमानाकी अफगानी टुहुरीको फोटोले मन छोएछ.
I read about this photo some years ago and mentioned that this lady is from Afghanistan. The real photographer of this lady went to Afghanistan and met her. She got married and was mother of 3-4 children. She was unknown about when the photographer asked her about her National Geoghraphic cover photo and its popularity.