Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : जीवनको एक हरियो पक्ष (२)

Posted on January 2, 2016January 1, 2016 by mysansar

-विवेक ढकाल-

saturday-fiction जटा टाविग लज्जाल , प्रवाह पवितश्थले
गलेवलम्ब्य लम्बिकाम, भुजंग तुंग मालिका’

तबला र गितार संगै ओस्ताद रमणहरि हाम्रोनियम र आफ्नो स्वरको तारतम्य मिलाएर शिवभक्तजन हरुलाई तताइरहेका छन्। स्तोत्र कण्ठ भएकाहरु संग संगै गुनगुनाउदै हात जोड्दै अर्ध तालि पिट्दैछन, कोहि भक्तालु हरु गर्दन झुलाउदैछन, दुइ हक्की महिलाहरु ताण्डवकै झल्को आउनेगरी नाच्न अघि सरिसके भलै रक कन्सर्टमा उफ्रेको हो कि भजनमा नाचेको अन्तर छुट्याउन गारो होस्, सबको आ आफ्नै ताल छ। तर माघ को यो चिसो पुर्णिमा रातमा पनि उस्ताद रमणहरि सबलाई तताइरहेका छन्।

हामी पनि आफ़ुलाइ तताइरहेका छम। भजनस्थल भएको पाटिको पछाडी पट्टि, ब्याक्स्टेज मा, ओस्ताद्को संगीत र ‘ हाइलि स्विट स्टफ’ संगै। हामी पनि त शिवकै भक्तजन हौँ नि ,हल्का ‘धुवाधार’ टाइप्को।

‘ यो बजिरहेको गीतको लिरिक्स कसले लेखेको था छ केटा हो ?’ – मैले प्रश्न राखे।

‘ केटालाई मात्र सोधेको कि दाइ ?’ – स्वेताको फेमिनिजम निस्किहाल्यो। स्वेता हाम्रो ग्रुपको नया सदस्य। कसैको गर्लफ्रेन्ड त हैन ऐलेसम्मलाइ, ब्रेक अप भाको भोलिपल्ट हाम्रो ग्रुपमा समिल भएकी। हरिशयनी एकादशीको भोलिपल्ट। मलाइ डेट पनि याद छ। तर राकेशले मन पराउछ जस्तो लाग्छ मलाइ। म नि मन्पराउथे, के गर्नु , बिहे गर्न हातार गरिएछ!!

‘ हैन केटा, केटि, दोश्रो, तेस्रो, चौथो लिंगी सबैलाई ‘ – हसाउन खोजे तर म बाहेक कोइ हासेनन। खैर, ठिकै छ। चिप जोक सहि।

उत्तर आयो – नाति काजि ( या सम्म त् ठिकै थियो) , भक्तराज आचार्य, नारायण गोपाल, तारादेवी, गोपाल योञ्जन देखि अरुण थापा, अमृत गुरुङ सम्म। अहिलेको जेनेरेशनलाई केहि थाहा छैन। को संगीतकार, को गायक, को गीतकार, को कुन एराको।।

‘अमृत गुरुङ’ भनेपछि सवेताले मलाइ जोइंट पास गरि। फिल्टर भिजेको जोइण्टलाइ चुमेपछि लाग्यो म उसलाई चुम्दैछु। चुरोट तान्न सिकेको भर्खरै भएकोले सर्को लिएपछि पुरै फिल्टर भिजाउछे। केटा भएको भए हपार्थे होला तर उसलाई केहि भन्दिन।

‘हैन, सहि आनसर हो रावण! लंकापति रावण ‘

मैले यति मात्र के भनेको थिएँ राकेश, सन्दिप र स्वेता मात्र हैन वरिपरि हाँगामा बाँदर हरु पनि यसरि हासे कि मानम मैले कुनै हम्जाएगाको डेन्जर जोक भनेको हुँ। अनि जोक भन्दा चाही हाँसदैनन्, बाँदरहरु ! एकछिन त लाग्यो कि कतै झ्याप्को सुरमा मैले रावण बिचको ‘व’ भन्न त छुटाइन? तर होइन रहेछ। स्वेताले हास्दै प्रष्ट्याईदिहाली ‘ रावण रे, ओ माइ गड ‘।

‘हो हो, रावण नै हो तेरो गड, पुतनाको सन्तान !’ मैले मनमनै उसलाई हपारें। महाभारतको प्रसङ्ग कसरि यहाँ आइपुग्यो थाहा छैन तर मुटु छेड्ने गरि मिठो हास्ने तेस्ती राम्री केटीलाई मैले कसरि पुतना संग तुलना गरें होला, एकछिन ग्लानि महसुस भयो। ओरिजिनल जस्तो लाग्ने पश्मिना शल मुनि सेतो ज्याकेट, तल चेक स्कर्ट र स्टकिङ्ग (उफ यो जाडो महिना), कपाल सर्लक्क छोडेकी, लामो सलक्क परेको नाक, हल्का छ्याका परेको भएपनि कोमल गाला, अनि गाँजाले नशा बढाईदिएको उसै पनि नशालु आँखा र त्यो आखालाई अलिकति चिम्स्याएर खुलेर हास्दा यस्तो लाग्यो सायद परि भनेको यस्तै हुन्छ होला।

कम बोल्ने सन्दिपले पनि थप्यो ‘ तेइ त दाइ, लिरिक्स रावणले अनि म्युजिक चाही बिभिषणको होला’ फेरी मरी मरी हाँस्न थाले तिनै जना। ‘ धन्न बिभिषण भनेको थाहा रहेछ मोरा तलाई’ फेरी मन मनै भने। यसपाली राकेशले थप्यो ‘ ए केटा हो सोच न, रावणको लिरिक्स, बिभिशनको म्युसिक, भोकल्मा सिता अनि ब्यक्भोकल्स्मा हनुमान ।।।।’ लाफ़्टर रायट्को तेस्रो सिक्वेल।

मन उदास भयो। मेरो खिल्ली उडेकोले हैन राकेशले ‘केटाहो ‘ भन्दा यसपाली स्वेताले बिरोध नजनाएकोले। आखिर किन? इर्श्या जाग्यो। इर्श्याको कुनै सिमा हुदैन।

‘ अखर्वसंगमंगला कलाकदम्बमंजरी।।’ ओस्ताद स्तोत्रको बीच सम्म पुगिसकेछन्।

मैले ति तीनजनालाई रावणले कैलाश पर्वत उठाउने क्रममा हात च्यापेको, महादेव ले अनि रावणलाई पाठ पढाउन माथिबाट अझ थिचेको, र त्यस्तो घोर पिंडामा पनि रावणले कालजयी स्तोत्र सिर्जना गरेर च्यापेको हात सहित बरदान समेत पाएको कुरा बुझाएँ।

‘ रावण जस्तो राक्षसले पनि तेस्तो मन्त्र लेख्ने। जतिसुकै नराम्रो चिज बाट पनि राम्रो कुरा निस्किन्छ। वाओ, अमेजिंग’

‘ हो ठिक भन्यौ स्वेता जति सुकै नराम्रो चिजबाट नि राम्रो कुरा निस्किन्छ। अहिले फोहोर बाट बिजुली निकाल्ने कुरा यसै भैरहेको हैन होला। भन्नाले हाम्रो देशबाट त धेरै आस गर्न सकिन्छ। जतातै, हरेक क्षेत्रमा हेर फोहोर नै फोहोर छ। तप्का तप्कामा राजनीति पसेर सबलाई फोहोर बनाइसक्यो। कसैलाई एमाले, कसैलाई कांग्रेस, कसैलाई माओवादी, कसैलाई मधेसवादी। मान्छे मान्छे बीच चिरा लेराइसक्यो। हिजो सम्म संगै हिडेको साथीलाई पनि आज सत्रु बनाइसक्यो। हिजो जे जसो पर्दा पनि सहयोग गर्न तयार हुने छिमेकी आज भाला लिएर भित्ता फोड्न आउछ। बिजुली निकाल्न हाइड्रोपावर नै नचाहिने भो।

‘’ तर पनि हेर, यो फोहोरका पात्र भएपनि हामी कति सफा छौं। यो राकेशलाई हेर, यसको दाइ मधेशमा पाहाडिलाइ लखेट्नु पर्छ भन्नेको पछि लाग्छ। हो, यसलाई पनि बेला बेला त्यस्तो हुँदो होला तर खै यसको सबै साथि पाहाडी छन। मदेश आन्दोलनको कुरा गरेकी रिसाउछ। त्यस्तै संदिप्लाई हेर, यो पनि लिम्बु हो तर लिम्बुवान आन्दोलन संग यसको कुनै सरोकार छैन। तिमि र म खस, तिमि छेत्री म बाहुन। तिम्रो घरमा पनि मेरो जस्तै ‘ यो मदिशे हरुले अब देश खान लागे, हिजो सम्म लुरुक्क पर्ने हरु भोलि आखाँ उठाएर हिड्छन, यी ‘ जनजातिहरुलाइ भएभरको कुरा दिएर नि नपुग्ने’ जस्ता कुरा हरु उठ्छन होला। तर तिमि र अनि हामी जस्ता असंख्यलाई मतलब छैन। याहाँ हामी चार जना न बाहुन, न छेत्री, न लिम्बु न मदेशी छम। हामी याहाँ सिर्फ गजेडी छम। हामी यो संसारको फोहोरबाट आफुलाइ अलग्याएर फोक्सोमा अलिकति फोहोर भरेर एकछिन रमाउन खोज्छ्म। तर हाम्लाई संसारले फोहोरी देख्छ।

‘ हामि ३ जना त केटा भयौं र वेवास्ता गरेर हिड्न सक्छौं। तर तिमि, स्वेता? तिमि एउटा सम्भ्रान्त घरको केटि, यसरि हामीहरुसँग गाँजा खान आउँछौ। तिम्ले पढाइ पनि ग्याप गरिसक्यौ। केटि भएर यसरि बरालिंदा तिम्रो परिवार, टोल, छिमेक, साथीहरुले पक्कै राम्रो भन्दैनन। तिम्रो घरमा तिम्रो बुवाले अब बिहे गर कि विदेश जा भनेको महिनौ भैसक्यो तर तिमि टेर्पुच्चर लाउदैनौ। तर तिमि धेरै राम्री छौ, मैले रुपको कुरा गरेको हैन। यो कुरा उनीहरुले बुझ्दैनन्। म पनि पुरुषप्रधान समाजमा हुर्केको पुरुष मेरो छोरी पछि यसरि स्वछन्द भएको हिंडेको थाहा पाए म तेस्लाई घरमा थुनेर राख्छु होला। तर तिमि भित्र को गुण मलाइ थाहा छ स्वेता। जुन गुणले गर्दा मैले तिम्लाई मन पराउन थालिसके। मैले त्यो श्लोक रावणले लेखेको भन्ने एउटा सामान्य प्रसङ्ग राख्दा तिम्ले तेस्मा एउटा दर्शन देख्यौ। तिमी साचै नै माहान छौ स्वेता। तिमी जस्तो ।।।’’

स्वेतातिर लक्षित मेरो मनोवाद बिचैमा डिस्कनेक्ट भयो जब पुर्णिमाको उज्यालोमा उसको छेउमा बसेको राकेशको कालो हातले उसको गोरो हात मुसार्दै गरेको देखें। उसले आफ्नो टाउको राजेशको काँध तिर ढल्काइ।

एक्कासि पेटमा कसैले छुरा रोपेर फनक्क देब्रेतिर घुमाएर निकालेर तेही ठाउमा फेरी रोपेको जस्तो लाग्यो।

तर हत्त न पत्त आफु बिबाहित भैसकेको कुरा आफुलाई सम्झाएँ। अनि अझ अहिले आपसी द्वन्दमा फसेको दुइ सम्प्रदायको पात्रहरु बीच पलाएको यो प्रेमको पालुवामा रमाएर केहि राहत पाउने कोसिश गरें। ‘ हरियो भनेको इर्ष्याको रंग हो बिबेक’ भन्ने बाबु दाइ*( कथा :जीवन को एक हरियो पक्ष*) को कुरा सम्झे र त्यो मन कब्जा गरेको हरियोपनलाइ छोप्न भित्र अर्को कुनै रंग कल्पना गरें। गुलाबी रंग, मिलनको रंग। अनि ति दुइतिर हेर्दै मुस्कुराएं।
सन्दीप अर्को गाँजा भर्दै छ। ओस्ताद रमणहरिको श्लोक संगै गितार र तबलाको बिटले भर्खर बिट मारे।

‘ इति श्रीरावणकृतम्शिवताण्डवस्तोत्रम सम्पूर्णम ‘

2 thoughts on “कथा : जीवनको एक हरियो पक्ष (२)”

  1. Michael says:
    January 6, 2016 at 12:03 am

    झुर कथा | समय बर्बादी |

    Reply
  2. Limbu HarataraH says:
    January 2, 2016 at 4:14 pm

    “हसाउन खोजे तर म बाहेक कोइ हासेनन। खैर, ठिकै छ। चिप जोक सहि।” कथा टाइटल मन परयो. टाईपिङ्ग, कथाले केहि नापेन यार!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme