-निल खड्का-
‘म फोटो झुन्ड्याउन मात्रै प्रधानमन्त्री बन्न लागेको होइन । जसजसले मलाई भोट हाल्दै हुनुहुन्छ, उहाँहरूले ब्यर्थै भोट हालेछु भनेर भविष्यमा पछुताउनु पर्नेछैन । जसजसले विभिन्न कारणले मलाई भोट हाल्न सक्नुभएन, उहाँहरूलाई ब्यर्थै भोट हालिएनछ भन्दै सम्झी सम्झी बाडुली लाग्नेछ ।’
गत असोज २५ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि संसद्को रोष्ट्रममा उभिएर केपी शर्मा ओलीले ब्यक्त गरेको अभिब्यक्ति हो यो । ओलीले त्यस दिन जुन जोश, जाँगर र उत्साहका साथ यस्तो अभिब्यक्ति दिएका थिए, आफ्ना ती अभिब्यक्ति शायद अहिले उनीस्वयं सझिन चाहन्नन् । सम्झिहाले पनि लाज महसुस हुँदो हो । वा मनमनै भन्दा हुन्–‘ती त सब भन्ने कुरा न हुन् ।’
सात समुद्रपारि रहेर प्रधानमन्त्री ओलीको आलोचना गर्दै मैले यसरी लेख्न जरुरी थिएन । तर, चित्त नबुझेको कुरा नलेखिरहन पनि मन मानेन । प्रधानमन्त्री चुनावताका अधिकांश नेपालीझैं म पनि ओली प्रधानमन्त्री हुनुपर्छ भन्नेमध्येकै एक थिएँ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ओलीलाई प्रधानमन्त्री बनाउने सहमति तोड्दै पुनःउम्मेद्वारी दिएकोमा कोइरालाको तीब्र आलोचना गर्नेमध्यकै हुँ म पनि । किनकि, नेपालका लागि ओली विगतमा सच्चा नायक हुन नसके पनि अब भने हुन सक्छन् भन्ने अलिअलि विश्वास थियो, मनको कुनै अन्तर कुन्तरमा । त्यहि आशा र विश्वासका आधारमा कुनै हालतमा ओली प्रधानमन्त्री हुनुपर्छ भन्ने पक्षमा उभिएको थिएँ । तर, यो तीन महिनामै ती सबै आशा र विश्वास टुट्न थालेपछि चित्त नबुझेर लेख्न बाध्य भएको छु ।
मलाई राम्रोसँग थाहा छ, यो लेख पढेपछि धेरै मित्रहरू मसँग रिसाउनेछन्, टाढिनेछन् । शायद बोल्नै छाड्लान् । बाटोघाटोमा देख्दा नदेखेझैं मुन्टो बटार्लान् । यो पनि राम्रोसँग थाहा छ, लेखमा उठाइएका विषयवस्तुभन्दा बढी मेरो आलोचना हुनेछ । ब्यक्तिगत रूपमा कुनै स्वार्थ थियो होला, पूरा भएन अनि लेखेछ भन्न बेर नलगाउलान् । नजिकबाट नचिनेकाहरूले ‘एमालेकै अर्को गुटको रहेछ अनि ओलीको विरोध गरेर लेखेछ’ भन्लान् । अनि भनिन सक्छ–‘विदेशमा बसेर नेपालको बारेमा यसो र उसो भनेर लेख्ने कुनै अधिकार छैन ।’ राम्रो कामको प्रसंसा र गलतलाई गलत अनि चित्त नबुझेको कुरा लेख्दा आलोचना भए हुँदै गरोस् । त्यसमा भन्नु केही छैन, कसैसँग लेना न देना ।
मैले देखे बुझेसम्म केपी ओलीलाई कहिल्यै सिंगो एमालेको नेताका रूपमा बुझ्न सकिन । सधैं केवल गुटको नेताका रूपमा मात्र । पार्टीभित्रै पनि आफ्ना गटकालाई अत्यन्तै माया गर्ने, साह्रै काखी च्याप्ने । तर, अर्को गुटकालाई सकेसम्म भित्तैमा पुर्याउने । तर, अहिले उनले आफ्नै गटकालाई पनि शायद चाहेर पनि काखी च्याप्न सकिरहेका छैनन् । अहिले उनकै गुटभित्रको एउटा गुटमात्र हावी भइरहेको छ र अन्य उनीप्रति क्रुद्ध बनिरहेका छन् । एकाधबाहेक सधैं नाप्पिएको, बाउँठिएको अनि ठूला कुरा गर्ने, आफूलाई ‘मैं ठूलो हुँ, सबैले मान गर्नुपर्छु’ भन्ठान्ने । पार्टी कामभन्दा एनजीओ आईएनजीओमा संलग्न हुने । जहाँ पनि ‘भाग’ चाहिने, काम गर्न खासै रुचि नदेखाउने तर जस लिन पछि नपर्ने । अर्को गुटप्रति साह्रै असहिष्णु, असहयोगी अनि छुद्र । आफ्नै साथीभाइ पनि अर्को गुटको भए उसको आत्मस्वाभिमानको ख्याल नगरी प्याच्च प्याच्च कडा टिप्पणी गर्नेआदि इत्यादि । यो मैले भनिरहनै पर्दैन, आम सर्वसाधारणमा ओली गुटको पहचिान यहि नै बनेको छ । हो, आफैंले रचेको उहि गुटरूपी चक्रब्यूहको घेरामा परेका छन्, ओली । जसले उनलाई सफल होइन, असफलतातर्फ उन्मूख गराइरहेको छ । गुटकै प्रधानमन्त्री भए पनि उनलाई अहिले पार्टीभित्रकै अन्य गुटबाट पनि त्यति धेरै असहयोग भएजस्तो लाग्दैन । यो पनि उनका लागि अवसर थियो । तर, यो अवसर पनि उनले चुकाए, चुकाउँदैछन् ।
मान्छेले आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्न अवसर पाउनुपर्छ । ओलीले अवसर त पाए, तर योग्यता र क्षमता प्रदर्शन गर्न सकेनन् । यसले के पुष्टि गरेको छ भने उनी तीखो ब्यङ्ग्य, कटु वचनले विरोधीलाई तह लगाउन माहिर छन् । तर, अवसर पाउँदाचाहिँ आफैंले पनि केही गर्न सक्तैनन् । अर्थात् कुरा गर्न माहिर, काम गर्न असक्षम ।
त्यसो त केपी ओली संयोगवश् प्रधानमन्त्री भए, त्यो बेग्लै कुरा हो । तर, उनबाट मुलुकको प्रगतिको आश गर्नु बेकार थियो । उनले विगतमा पनि उल्लखेनीय त्यस्तो के नै पो गरेका थिए र, जुन सदा स्मरणीय होस् । केवल सधैं आलोचनाको पात्र मात्र बन्दै आए, छुद्र बोली र अलोकप्रिय ब्यवहारका कारण । आफ्ना गुटका लागि प्रिय बने होलान् । तर, प्रधानमन्त्री हुनु भनेको गुटका लागि मात्र प्रिय हुनु होइन । तर, अहिले त उनी आफ्नै गुटको पनि चित्त बुझाउ नसकेर प्रिय बन्न सकिरहेका छैनन् र आलोचना खेपिरहेका छन् । दोश्रो जनआन्दोलनमा त उनी निस्क्रियमात्र बसेनन् । आन्दोलनको उपेक्षासमेत गरे । ‘नेपालमा गणतन्त्र स्थापना हुनु भनेको गोरु गाडा चढेर अमेरिका पुग्छु भनेजस्तै हो’ भन्ने अभिब्यक्ति दिएकै हो । तर, जनआन्दोलनमा निस्क्रिय उनै ओलीलाई गणतन्त्र स्थापनापछिको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नभइ भएन । अर्थात् परिआउँदा पछि हट्ने, अवसर आउँदा भाग नभई नहुने ।
केपी ओली सामाजिक सञ्जालहरूमा पनि सबैभन्दा बढी गाली खाने नेतामा पर्छन् भन्दा अन्यथा नहोला । विगतमा एक पटक गम्भीर विरामी भई उपचारका लागि अमेरिका लैजाँदा सामाजिक सञ्जालमा त कैंयौंले मृत्युको कामनासमेत गरेका थिए । तर, समय, परिस्थिति यस्तो बनिदियो कि जिन्दगीभर धारेहात लाएर सराप्नेहरूले पनि उनलाई प्रधानमन्त्रीका रूपमा निर्विकल्प देखे । उनमा कुनै सम्भावना नदेख्नेहले पनि आशाको नजरले हेरे । सिंगो मुलुक उनको पक्षमा देखियो । यहाँसम्म कि राजनीतिमा इमानदारिता पनि हुनुपर्छ भन्ने ठान्ने कांग्रेसीहरूसमेत उनको पक्षमा थिए । अर्थात् भनौ, उनका लागि ईश्वर दाहिना भइदिएका थिए । तर, यस्तो सुनौलो अवसरलाई देश र जनताको हीतमा प्रयोग गर्न सकेनन् । त्यो अवसरबाट उनी चुके, दिनप्रतिदिन चुक्दैछन् । र, कठोर आलोचनाको पात्र बन्दैछन् ।
भारतले अघोषित नाकावन्दी लगाउनु र उनी त्यसबेला नाकावन्दी र भारतीय हठको विरोधमा देखिएकाले मात्रै थियो, उनको पक्षमा जबरजस्त जनसमर्थन बढेको । तर, त्यो जनसमर्थनलाई उनले कायम राख्न सकेनन् । त्यसो त सधैं भारतपरस्तको आरोप खेप्दै आएका उनी प्रधानमन्त्री चुनावताका भारतविरोधी देखिनु आफैंमा एउटा आश्चर्य थियो । प्रधानमन्त्री भइसकेपछि पनि भारतको उस्तै विरोध र आलोचना नगरे पनि भारतीय नाकावन्दीका कारण उत्पन्न अभावबाट आक्रान्त जनतालाई सकेसम्म राहत दिलाउन पहल गरेको भएमात्रै पनि यति छिट्टै उनीविरुद्ध जन आक्रोष बढ्ने थिएन होला । तर, उनी त रोम जलिरहँदा बाँसुरी बजाएर बस्ने ‘नीरो’को अर्को रूप झैं देखिए, देखिइरहेका छन् ।
जनताले पञ्चायती ब्यवस्था रुचाएनन्, बहुदलीय ब्यवस्था पुनस्र्थापना भयो । तर, पञ्चायती ब्यवस्थाको उत्तराद्र्धका प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई जनताले बारम्बार सम्झिरहन्छन्, किन ? किनकि, त्यसबेला भारतले नाकावन्दी लगाए पनि नेपाली जनतालाई नाकावन्दीको मारबाट मुक्त गराउन कुनै कसर बाँकी राखेनन् । कानमा तेल हालेझैं बसेनन् । आफ्नो तर्फबाट भरमग्दुर प्रयास गरे । यो अर्थमा उनी जनताको नजरमा अविष्मरणीय छन् । धेरैलाई नमीठो लाग्न सक्छ, अनि नपच्न पनि सक्छ । तर, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली जनताका नजरमा मरिचमानजत्ति पनि ठहरिन सकेनन् । बरु, दिनप्रतिदिन जनताको नजरबाट गिर्दो छन् ।
केपी ओली चुनौतीकै बीच प्रधानमन्त्री भएका थिए । चुनौतीहरू प्रसस्तै थिए, छन् । उनका सामु ती सबै चुनौती परास्त गर्न नसके पनि चुनौती कम गर्न भरमग्दुर प्रयास गर्न सक्थे । जनताको मन जितेर प्रधानमन्त्री भएका थिए, उसैगरि जनताको मन जितेरै नेपालको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउने स्वर्ण अवसर पनि थियो । तर, ती सबै अवसर गुमाउँदै उनी पनि ‘उहि ड्याङको मुला’ भन्दा पनि गए गुज्रिएर ‘उहि ड्याङभित्रै कुहिएको मुला’ बनिरहेका छन् । अरू कुनै कारणले होइन, उनीस्वयंकै कार्यशैली र अकर्मण्यताले ।
उनीमाथि जनताको धेरै ठूलो आशा र अपेक्षा थिएन । उखान टुक्का भनेझैं रातारात चुट्कीको भरमा मुलुकको कायापलट हुनुपर्छ भन्ने पनि जनताले चाहेका थिएन । त्यो सम्भव छैन भन्ने जनताले बुझेका छन् । जनता पनि अबुझ छैनन्, अहिले । तर पनि भारतको अघोषित नाकावन्दीबाट आक्रान्त अनि भूकम्पपीडित जनतालाई राहत र पुनस्र्थापनाका लागि सक्रियता देखाएर भएका श्रोत साधनबाटै जे जति गर्न सक्थे । गरेको केही देखिएन । जनता जे चाहन्छन्, त्यो गर्दै नगर्ने । जनता जे चाहँदैनन्, त्यहि गर्दै जाने प्रवृत्ति देखियो । भूकम्पपीडितहरू चीसोले मर्ने, उनीहरूका लागि केही नगर्ने ।उपप्रधानमन्त्रीहरूको लस्कर लगाउने, मन्त्रालय टुक्र्याएर भाग पुर्याउने । यी जनताको इच्छा र चाहनाविपरित भएका हर्कतका नमुनामात्रै हुन् । प्रधानमन्त्री भएको यस अवधिसम्म ओली सरकारले देश र जनताको हीतमा के गर्यो भनेर खोज्ने हो भने ‘योचाहिँ गर्यो है’ भनेर देखाउने ठोस काम शायदै भेटिएला । सरकारबाहिर छँदा सत्तापक्षको उछितो काट्दा ‘वाहवाही’ पाउनु स्वभाविक हो । तर, सरकारमा हुँदा गरेर देखाउने हो, बकम्फुस्रे कुराको कुनै अर्थ छैन । प्रधानमन्त्रीजस्तो ब्यक्ति आफ्ना घोषणालाई आफूस्वयंले बकम्फुस्रे बनाइरहेका छन् । तुइन विस्थापन, लोडसेडिङ अन्त्य, हावाबाट बिजुली त्यसका उदाहरण हुन् । उनले गरेका ती घोषणा र भाषण पूरा गर्न अहिलेसम्म केके भए त ? खोज्ने हो भने घोषणा र भाषणसिवाय शायदै केही भएको होला ।
अन्ततः ओली ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखानलाई पनि माथ गर्ने गरी ‘जो प्रधानमन्त्री भए पनि खानै छिरेका’ भनेझैं बनिरहेका छन् ।
अन्ततः प्रधामन्त्री बन्ने दिन ओलीले ब्यक्त गरेको वाक्यलाई तीन महिनाको यस अवधिमा यसरी उल्टाइदिए पनि फरक नपर्ने देखिएको छः–
‘म पनि फोटो झुन्ड्याउन मात्रै प्रधानमन्त्री बन्न लागेको हुँ । जसजसले मलाई भोट हाल्दै हुनुहुन्छ, उहाँहरूले ब्यर्थै भोट हालेछु भनेर भविष्यमा पछुताउनु पर्नेछ । जसजसले विभिन्न कारणले मलाई भोट हाल्न सक्नुभएन, उहाँहरूले धन्न भोट हालिएनछ भन्दै गर्व महसुस गर्नु हुनेछ ।’
बाहुन न परे. Yes tai हो badar . देश पनि खाए बदनाम पनि बनायो
हाम्रो समाजमा ओली जस्तालाई चोसे भनिन्छ| काम लिन पर्दा शोर र भाका मिलाई मिलाई बोल्ने अनि नमिल्दा उखान तुक्का हालेर तथानाम गालि गर्ने| वास्तवमा गम्भीर भएर हेर्नु हो भने विगतमा उनी पर राष्ट्र र गृह मन्त्रि हुँदा न वरको सिन्को पर सारे न एउटा सिन्को भाँचे| कांग्रेस संग सत्ता शेयर गर्दा जुन दिन ओलीले महेस बस्नेत जस्तो नामुद हुलियालाई मन्त्रि बनाए त्यसै दिन देखि ओलीलाई कलंकित ठानेको छु|
तीन तीन महिना हुँदा पनि ओलीले प्रधान मन्त्रि काल कैले गावन लाएर, कैले अरुले पछि र साइडबाट समातेको साइकल चढेको फोटो खिचाएर, कैले टिको लाएको फोटो देखाएर बेफ्वाँकमा बिताएका छन्|
ओलीबाट मुलुकले नेतृत्व पाउने कुरै छाडम, राहत सम्म पाउने छैन| अहिले तामझाम का साथ् ढुकुटीको पैसा खर्च गरेर विदेश यात्राको सपना देख्दैछन| जनतालाई राहत दिने कुनै योजना छैन| हावा उर्जाको कुरा गरेर लठ्यांग मठ्यंग गर्दै कान चिरेका जोगी भएर बालुवाटारमा टिक्ने योजनाको जाल बुनिरहेका छन्|
ओलीले मुलुकलाई नेतृत्व दिन नसक्ने पक्का देखियो|
कान उखेलेर दायाँ कान बायाँ तिर र बायाँ कान दायाँ तिर हुर्याउने बेला आयो / कांग्रेस, कम्युनिस्ट सबै देखियो / यो मोर्चा सोर्चा, सोरम फोरमले केही ख्यास्ने वाला छैन, सबैलाई थाहा नै छ / अब चाहिं कुनै पार्टीमा नलागेको, देशको भलो चाहने स्वतन्त्र बिचारबादिहरु सत्तामा आउने खाँचो टड्कारो रूपमा छरलंगीएको छ /
यो लेख विश्लेषण राम्रो छ| सके ओलीले र उनका गुटले समयमै सचेत हुने संदेश लिनसक्नेछन|
तर ओलीले समय गुमाईसकेका छन्, मौका चुकाईसकेका छन्| बिहानीले दिउँसोको संकेत दिन्छ भने झैँ ओलीको काम गराईमा जताततै बिहानीको अशुभ संकेत पाइन्छ| अर्कालाई उखान तुक्क्का र भाषा मिलाएर भन्नु र मुलुकको प्रधान मन्त्रि भएपछी पनि गुट बन्दि सोचाई नै कायम राख्नु उनको ठुलो कमजोरी हो| ओलीले प्रधान मन्त्रि भएपछी “ड्याङ्ग कि ड्याङ्ग काम गरु भनेको सकिन” भनेर उद्गार व्यक्त गरिसके, जसबाट थाहा लाग्छ उनी हावामहलमा बाँचेका रहेछन र पहिले मन्त्रि पदमा रहेर उनी यथार्थ देखि टाडा रहेको प्रष्टै देखियो| नंया संबिधान नमान्ने कमल थापा अहिले प्रधान मन्त्रि जस्तो घुमी हिंड्छन| कांग्रेस संग सत्ता बाँडेर नंया संबिधान पारित गर्न अघि जनतालाई सुसुचित गराएनन| ओलीलाई प्रधान मन्त्रि हुन् हतारो थियो, मुलुक जतासुकै जाओस त्यसको चिन्ता उनलाई थिएन| लाम लस्कर लगाएर उपप्रधान मन्त्रि बनाउनको कारण के हो? अब आफ्नै पार्टीकालाई राष्ट्रपति बनाए पछि धर्म निरपेक्ष संबिधान अन्तर्गत के को जानकी मन्दिर र पशुपति धाउन दिने? गर्ने परे पनि अलि पछि नाकाबन्दी फुकुवा गरेपछि गरे हुँदैनथ्यो/ किन बबाल मचाउने? जस्तो मुलुकमा अरु ध्यान दिन पर्ने कामै छैन|
ओलीले हतार हतार आफ्ना पत्नीका दुई दाईभाईलाई नियुक्ति दिनपर्ने के कारण हो? चिसोले भुकम्प पीडित मरेका बारे उनको ध्याउन्न गएको खोइ?
जे गरेर पनि ओलीले आफ्नो पद अडाउन मात्र काम गरेको छ चाहे मुलुकले जस्तो सुकै कष्ट व्यहोर्न परोस|
यी एउटा पछि अर्को निश्कर्मण्यताको बावजुद पनि ओली टिकेको कारण सुशील र कांग्रेसको सुस्त र निदौरे शासनले गर्दा हो, सुशील फेरी आओस भन्ने चाहना कसैको नहोला उनकै दुईचार आसेपासे बाहेक| अर्कातिर प्रचण्ड फेरी बौरिने हुन् भन्ने डर पनि छ आइएनजीओ हरुलाई| अहिले सम्म ओली असफल भैसकेको छ| ओलीको यस्तै चाला हो भने भोलि प्रचन्डले सरकारको नेतृत्व गर्नु पनि बेर छैन| तर प्रचण्ड पनि धेरै टिक्न सक्ने होइन|
ओलीको लगातार असफल कार्यले उनी नै प्रधान मन्त्रि रहे भोलि मधेसमा हिज हारेका नेताहरु जो दिल्ली धाईरहेका छन् र मुलुकलाई नाकाबन्दीको रुपमा शास्ती दिईरहेका छन् उनीहरुको हालीमुहाली हुन् सक्ने सम्भावना बलियो देखिन्छ| त्यसको भार र जिम्मेवार पनि ओलीले लिनपर्छ|
अब संसदमा कानुन बनाएर वा सर्बोच्चबाट हुन्छ, पुर्ब प्रधान मन्त्रिहरुलाई राज्यले सुबिधा दिन हुँदैन| अथवा दिए पनि ७५ बर्ष नाघे पछि र आफ्नो सम्पति वा हकदार छैन भने मात्र जसो किसुनजीको अवस्थामा भयो| आफ्नो सम्पति सन्तानलाई दिने अनि उनीहरुले चै राज्यको ढुकुटीबाट लुरुलुरु सुबिधा लिने?
Some catch phrases going around in Kathmandu:
“Oli baba and 40 chor”
“Oli copying Dhurmus, instead of Dhurmus copying Oli”
“Olitics-politics”
“Do you need Oil or Oli?”
“Kaazu Kanchha”
“Tukke neta”
“Ke Buddha le padheko thiyo?”
“Kidney hoina dimag lagau, dimag passa”
“Oli and Maka fui”
काग कराउदै पीना सुक्दै …..
Nalayak Gunda राज Nakap धारी कम्युनिष्ट ओली , माफिया लाई बाट commission देश लाई बर्बाद गर्ने देश को दुकुती लुट्ने ,संबिधान अनुसार नचल्ने लाई अख्तियार लागायर जेल मा कोच्नु पर्ने देश द्रोही हो |
ओली लाइ लागेको हुनु पर्दछ:
रास्ट्रपति मेरै मुठी मा छ
पार्टीका बरिस्ठ नेता हरुलाई ठेगाना लगाए
नेपाली काँग्रेस अने सुशील कोइराला लाइ धुलो चट्य
मधेसी नेता हरुको धोति न टोपी गर्य
नाकाबन्दी को कारण काठमाडौँ का जनतालाई सकस परेर राखेको छु
कोइ छ मै का बाप?