-मनोज बाबु पनेरु-
“हन यी पुष्कर होइनन् ?” खरेटो लगाउँदा लगाउँदै टक्क रोकिएर बाटोतिर हेर्दै सोधी गीताले । बाटोसँग जोडिएको घर थियो गीताको । आँगन र बाटोको स्पष्ट साँध थिएन । आँगनमा खरेटो लगाउँदै गीता बाटो सम्मनै पुगेकी थिई ।
हो नि हौ, भन्दै पुष्कर बाटो छाडेर आँगनतिर मोडियो ।
“अनि कहिले आयौ ? हिजो बेलुका बाटोमा बोल्दै गरेको जस्तो त लागेको थियो ।” ल बस, एउटा हातले मुढा दिदै गीताले भनी ।
“दुई चार दिन भयो । दशैं मान्ने गरि आएको ।” पुष्करले बस्दै भन्यो ।
“धन्न चाडबाड आउँछ र तिमीहरु गाउँको बाटो बिराउँछौ । नत्र त के आउँदो हो हाम्रो सम्झना ।” गीताले खरेटोको फेद ढु्ङ्गामा ठोक्दै गुनासो सुनाई ।
“सम्झेरै त आइयो नि हौ । आउदा सके सम्म सबैसँग भेट होस् भनेर दशैं पारेको यस पालि । परार माघमा आएको थिए, गाउँका कोही दौतरीसँग भेट भएन । तिमीसँग त पोहोर पनि त भाको थियो भेट होइन र, खरेल दाईकोमा संग्रातिको खसिको भाग लिदा । यि यसपालि घरमै आए भेट्न ।” पुष्करले प्रमाण पेश गर्यो ।
“म गाउँ रुगेर बसेको छु, मसँग त जहिले आए पनि भेट हुन्छ ।” गीताले सुपाडीको पट्यासमा कसिङ्गर उठाउँदै सुस्केरा हाली । पख है म यति कसिंङ्गर मिल्क्याएर आउँछु । अगाडिको घिरौलाको झङ्गको फेदमा कसिङ्गर मिल्काएर खरेटो थन्क्याउँदै गीताले सोधी, “अनि यस पाला त बाजा बजाउने होला नि होइन । तिम्रा सबै दौतरिका छोरा छोरी स्कुल जाने भइ सके । के कुरेका हौ कुन्नी सिङ्ग–जुरो पलाउँदैन क्यारे, उमेरमै गरेको पो राम्रो ।”
सबैले सोध्ने साझा प्र्रश्न भएको थियो यो । तर आप्mनो आप्mनो शैलिमा । साथी–संघीहरु जन्ते बाख्रो ख्वाउने होइन भन्थे, काका–बुवाहरु ल नाकी लगाउन परो भन्थे, काकी–आमाहरु ल बुहरी ल्याउन पर्यो भन्थे । पुष्कर प्रत्येकलाई भिन्ना भिन्नै उत्तर दिएर पन्छिन्थ्यो ।
“अनि तिम्रो चाही कहिले हो नी ?” पुष्करले प्रश्नमै उत्तर टार्यो । गीता पुष्कर भन्दा केही जेठी थिई पुष्करकै दिदीको उमेरकी । पुष्करको दिदीको बिवाह मात्र होइन, छोरा छोरी पनि भै सकेका थियो । ल बस्दै गर है म चिया बनाउँछु भन्दै गीता भान्सामा छिरी । प्रसंङ्गनै पन्छियो ।
पुष्कर मन मनै गन्थनिन थाल्यो । “गीता मेरो बारेमा के सोच्दी हो ?” गन्थनिदा गन्थनिदै पुष्कर आप्mनो बाल्यकालको सम्झनामा हरायो ।
पुष्करको बाल्यकालमा म्याउँचिको दह्रो उपस्थिती थियो । स्कुल र सुत्ने बाहेको समय पुष्कर म्याउँचीसँगै हुन्थ्यो । म्याउँचीको घर पुष्करको घर पुर्व बाटो पारी थियो । पुष्करलाई थप के थाहा थियो भने म्याउँचीको घर भएको जमिन पुष्करहरुकै हो रे । पुष्करको हजुर बुवाले म्याउँचीका हजुर बुवालाई मधेश झारेका रे । म्याउँचीका बुवा र पुष्करको बुवा दौतरी, दुबैले सँगै साइकल सिकेकारे । एउटा कुरो चाही पुष्करको मनमा किन कहिल्यै आएन कुन्नी ? पुष्करका हजुर बुवा र म्याउँचीका हजुर बुवाले मधेश झरेर सँगै जङ्गल फाडेकारे । तर पुष्करका हजुर बुवाले मात्रै जग्गा जोडे । किन थियो कुन्नी म्याउँचीहरु अभैm अर्कैको जमिनमा बस्थे । जमिन नभए पनि म्याउँचीको हजुर बुवाको आरन थियो, त्यही आरन जहाँ जङ्गल फाड्ने बञ्चरो–खुर्पा बनेका थिए । पुष्करका हजुरबुवा जग्गा धनि भएका थिए त्यही बनेको कुटो–कोदालोले रुखका जरा पल्टाएर । म्याउँचीका हजुरबुवा थिएनन् धेरै रक्सी खाएर बितेका रे म्याँउची जन्मेकै साल । आरना बसेर म्याउँचीका बुवा अझै बन्चरो, खुर्पा र कुटो कोदालो बनाउँथे । सट्टामा धान, मकै र कोदो लिन्थे, पछि पछि पैसा लिन थालेका थिए ।
अनि म्याउँची थिई, पुष्करलाई बल्छिमा गड्यौला उन्न सिकाउने, हिले माछो र चेपागाँडा छुट्याउन सिकाउने, पौडिन सिकाउने, रुख चढ्न सिकाउने, गुलेली हान्न सिकाउने । म्याउँची पुष्कर भन्दा एकाद बर्ष जेठी थिई, पुष्करको दिदी कै उमेरकी । तर दिदीलाई भन्दा म्याउँचीलाई धेरै कुरा आउथ्यो । त्यसैले पुष्कर सधैं म्याउँचीकै पछि हुन्थ्यो । कहिले काही निकै अबेर सम्म म्याउँचीको घरमै खेलेर बस्थ्यो । घरबाट हजुर बुवाले धेरै पटक कराएर बोलाए पछि मात्र घर जान्थ्यो । कहिले भने दिदी लिनै आइ पुग्थी र कन्सेरीमा समातेर लिएर जान्थी । तर पुष्कर म्याउँचीकोमा जान छाड्दैन थियो ।
उनीहरु पुष्करको घर पछाडि बसेर पनि खेल्थे तर त्यहाँ धेरै बन्देज थियो । म्याउँचीलाई घरको पिँढी भन्दा माथि उक्लिन बन्देज थियो । पुष्करकी आमाले म्याउँचीलाई भान्सा बाहिर राखेर खानुकुरा दिन्थिन् । पुष्कर भने भान्सा भित्र बसेर खान्थ्यो । पुष्करलाई पिँढीमा बसेर म्याउँचीसँगै खाने अनुमती थिएन । तर पुष्करका लागि म्याउँचीको घरमा त्यस्तो बन्देज थिएन, कोठा–भान्सा सबै तिर बेरोकटोक छिर्न पाउँथ्यो । जब म्याँउचीकोमा खाने बेला हुन्थ्यो, म्याउँचीकी आमा कराउँथिन् “ल खेल्न छोड तिमीहरु अध्याँरो भइ सक्यो । घर जाउँ बाबु मुुुसुरीको भात खान ।” म्याउँचीकी आमा पुष्करलाई धपाउँथिन् । म्याउँचीहरु बेलुका कोदाको रोटी खान्थे । हजुबुवा खसे पछि घरमा जाँड–रक्सी बनाउन छाडेका थिए त्यसैले गाउँबाट उठेको कोदो टन्न हुन्थ्यो ।
म्याउँचीकी आमाले ल तिमीहरु दुबै खान आओ भनेर कहिल्यै भनिन्न, न त भान्सा बाहिर राखेर नै खान दिइन् । सायद नपुग्ने भएर होकी किन हो ? कहिल्यै आप्mनो भान्सामा पाकेको दिन मन गरिनन् । तर म्याउँची आप्mनो भागको रोटी पोको पारेर आमाले नदेख्ने गरि बाहिर निस्कन्थी । उति मिठो हुन्थेन तर चोरेर–लुकेर खानुको अर्कै मिठास थियो । कोदाको रोटी सँगै, कहिले काही सक्खर पनि लुकाएकी हुन्थी जुन पुष्करलाई औधी मिठो लाग्थ्यो । उनिहरुको चोरी कहिले काही रङ्गेहात पक्राउ पथ्र्यो । यो प्युसीले अबगाल लगाउने भै, बल्ल बल्ल बस्न देखा थिए अब मेरो नाती विगार्ने भई भनेर बाजेले निकाल्ने भए भन्दै कराउँथिन् । कहिले काही त म्याउँचीलाई थप जगल्ट्याथिन् र मलाई खाएको कुरो घरमा कसैलाई नभन्न कडा निदेर्शन दिन्थिन् । घरमा कसैलाई पनि भन्दिन थिए म किनकी म्याउँचीहरुले पकाएको खानु हुन्न भन्ने परेको थियो । प्रष्ट कसैले सिकाएको याद भएन तर देखेर सिकेको । सानोमा नगर्नु भनेका धेरै कुरा थिए र त्यसका पछाडि मुख्यतय सुरक्षा कारण थिए जस्तै रुख नचड्नु, पाटा खाडीमा पौडी नखेल्नु, कुकुर नजिस्क्यानु यस्तै यस्तै, लामो थियो यो लिस्ट, तर म्याउँचीकोमा नखानु पछाडि कुन सुरक्षा कारण थियो न कसैले भन्यो न पुष्करले नै सोध्यो ।
पुष्करलाई उसकी दिदी बेला बेला “म्याउँचीको पोई” भन्दै जिस्क्याउँथी । कहिले कही त अति नै हुन्थ्यो । मुर्मुरिन्थ्यो रिसले तर दिदी छाड्दिन थिई । घरको पुर्व वरन्डामा बसेर बाटो तिर हेर्दै हुन्थ्यो, दिदी थालिहाल्थी, ल हेर हेर म्याउँचीलाई हेरेको । पुष्करलाई के गरौै कसो गरौै हुन्थ्यो । एउटा डर र लाज मिश्रित अनुभुती । ऊ फन्फनिदै आधा भर्याङ्ग ओर्लेर खुड्किलोमा बस्थ्यो । यसो गर्दा उसले पश्चिम फर्कन पथ्र्यो । तर दिदी छाड्दिन थिई । “ल हेर हेर बुनीलाई हेर्न थाल्यो है अब ।” बुनी उसैको बोडिङ्ग पढ्थी, खरेल दाईकी छोरी । पढ्नलाई त म्याउँची पनि पढ्थी तर खै के पढाउथे कोनी उसको स्कुलमा ए, बी, सी, डी नै जान्दिन थिइ । तर दैनिक धेरै कुराकी गुरुमा थिई पुष्करकोलागी । बुनी विना स्वाद बिलाएकी थिई पुष्करको बाल्यकालबाट तर म्याउँचीले अझै पनि सम्झनाका धेरै स्वाद ओगटेर बसेकी थिई ।
पुष्करले म्याउँचीकोमा खान्छ भन्ने ऊ आफै बाहेक, म्याउँची, म्याउँचीकी आमा र पुष्करकी दिदीलाई थाह थियो । घरमा पोल नखुलोस् भनेर उसले दिदीलाई बेला बेला आप्mनो भागको मिसिरी दिएर फकाउँथ्यो ।
पुष्करले त्यो दिन म्याउँचीले दिएको रोटी र सख्खर खाएर आएको थियो । घरमा पेट दुखेको छ भनेर टार्यो । हजुरबुवाले ल यसलाई नास लागेछ, खाना मन गर्न छाड्यो भनेर खै कुन् बुटोको टर्रो झोल खान लगाए । यस्तो बेला कहिले काही, ल भात खाएन नातिले भनेर दुधमा मह मिसाएर खान दिनु हुुन्थ्यो हजुरआमाले । पुष्करले आधा जति दिदीलाई दिन्थ्यो नखानुको चुरो कारण दिदीले गोप्य राखिदिएकाले । टार्रो झोलमा भने पुष्कर एक्लै पर्यो, दिदीले खुच्ङ्गिमात्र सहयोग गरी आज ।
बिहानै, पुष्कर बोडिङ्ग जाने हतारमा थियो हजुरबुवा पाइखाना भित्र थिए । पुष्करले बारीमा जानु पर्ने भयो । खेतको आलिमा बसेर उसले आप्mनो नित्य कर्म सिध्यायो । पुछेर तल हेर्दा उसलाई थोरै अनौठो लाग्यो । उसको दिसाको रङ्ग कालो–कालो थियो । पुष्करलाई आप्mनो दिसाको रङ्ग पहिले त्यस्तो हुन्थेन जस्तो लाग्यो । पुष्करको मनमा फोकटको डर छिर्यो । तर कोसँग सल्लाह लिने । पुष्करले भन्न मिल्ने कि दिदी थिई कि म्याउँची । म्याउँचीकोसम्म जाने उसलाई समय थिएन । कुद्दै दिदी छेउ पुग्यो र सोध्यो दिदी तेरो दिसा कस्तो रङ्गको हुन्छ । दिदी स्कुल जाने तयारीमा कपाल बाट्दै थिइ, प्रश्न सुनेर मुख बिगादै भनि, “छिँ काम बेकामको कुरो सोद्छस् , पख न म बुवालाई पोल लगाइदिन्छु ।” उसले दिदीलाई सानो स्वरमा सबै बेली बिस्तार लगायो ।
हिजो उसले म्याउँचीकोमा खाएको कुरो, उसको दिसाको रङ्ग र उसको खुल्दुली । दिदीले पुष्करलाई माथी देखी तल सम्म हेरी र हल्का हाँस्दै उत्तर दिई, “हेर केटा त फसिस् अब । म्याउँचीकोमा नखा भन्दा मानिनस्, तिनीहरुकोमा खायो भने सुरुमा दिसाको रङ्ग विग्रन्छ र विस्तारै त उनिहरु जस्तै हुन्छस् । हेर म त लुकाइ दिउला तेरो कुरो तर तेरो दिसाको रङ्गले गर्दा तँ अब फसिस् । अब सबैले थाह पाउने भए ।” दिदीको कुराले पुष्करको डर झन् अग्लियो । अब घरका सबैले थाहा पाउने भए । पुष्करको डरको मुख्य श्रोत त्यही थियो । उसलाई घरको ढाडे बिरालोको सम्झना आयो । कोदालो लिएर फेरी बारी तिर गयो । फकिर्दा उसको डर केही बिसेक थियो किनकी उसले प्रमाण पुरेर आएको थियो । तत्कालकोलागि समस्या टरेको थियो ।
साँझ स्कुलबाट आएर झोला राखेर ऊ सिधै म्याउँचीकोमा गयो र आप्mनो निर्णय सुनायो । “तैले दिएको खाएर मेरो दिसाको रङ्ग बिग्रिन सुरु भयो, म अब देखी तेरोमा कहिले पनि खान्न बुझिस् ।” म्याउँची छक्क परी । पुष्करले आप्mनो बुझाइको सप्रसङ्ग व्याख्या गर्यो । कुरो बुझे पछि म्याउँचीले च्याठ्दिै भनी, “न खाने भए नखान, किन कुदेर सुनाउन आएको ।”
बेलुका पुष्करले घरैमा मुसुरीको चामल, फर्सी र मोइ सँग भात खायो । झगडा परेकाले म्याउँचीकोमा खेल्न आज हड्ताल थियो । उसको मन केही खिन्न थियो । साँझ परे पछि म्याउँचिको बुवा हल्ला गर्न थाले । उसले मन मनै गम्यो बुढाले आज खोया बिर्के खाएछन् जस्तो छ । आज मङ्गलबार हाट लाग्ने दिन थियो । पुष्करका हजुरबुवा गन्गनाउदै थिए, “मैले घरै अगाडि नराख भन्दा मानेन, जहिले रात विरात हल्ला गर्छ, मन परि बोल्छ, नाता–कुटुब्ब आउँदा लाज मर्नु हुन्छ । बावु त्यही झोलले गयो अब यसले पनि त्यही बिढो थाम्ने भो ।” यस्तो बेला पुष्करका बुवा भने सुनेको नसुनै गरेर बस्थे । अलि धेरै भयो भने रेडियोको भोल्युम बढाउँथे, दुबैको आवाज छोप्न । न हजुरबुवालाई कुनै जबाफ दिन्थे न त म्याउँचीका बुवाको कुनै टिप्पणी गर्थे ।
पुष्कर बरेन्डाबाट घाँटी तन्काएर म्याउँचीको आँगनको दृष्य चिहाउँन थाल्यो । उसका आरने काका आँगनमा यता उता गर्दै के के फलाक्दै थिए । घर अगाडिको, घिरौलाको झयाङ्गले गरेर पुरै प्रष्ट देखिन्न थियो । एक छिनमा त पुष्करको घरै तिर फर्केर पो कराउन थाले । पुष्करको मनमा भने डरको चिसो पस्यो । “बुढाले वित्यास पार्ने भए अब म्याँउचीले झगडा परेको झोकमा कुरा लगाई दिइ जस्तो छ । अब मेरो पोल खोलिदिने भए सबैलाई ।” पुष्करलाई थाह थियो म्याउँचीलाई साह्रै माया गर्थे उसका बुवाले । तिमी भनेर सम्बोधन गर्थे । “मेरो कुराले चित्त दुखाएर म्याउँचीले रुदै बुवालाई सुनाए जस्तो छ ।” पुष्कर आपैm सँग रिसायो, “मैले नि आजैको दिन भन्नु परेको ।” उसका बुवाले रेडियोको भाल्युम अभैm ठुलो पारे हुने । आज उसलाई पनि बुवाको काइदा काम लाग्ने थियो । म्याउँचीका बुवा कराइन्जेल ऊ बरेन्डा तल माथी गरेर बसि रह्यो । एक छिनमा म्याउँचीका बुवा सेलाए सायद सुते क्यारे ।
शनिबरको दिन के गर्ने कसो गर्ने भइ राखेको थिया पुष्करलाई खेल्ने साथी कोही नपाएर । म्याउँचीसँगको झगडा परेको चार दिन भइसकेको थियो ।
शुक्रबारको साँझ पुष्कर गोजीमा मिसिरी बोकेर म्याउँचीका छेउ–छाउ देखिन पुगेको थियो । तर म्याउँचीले कुनै भाउ नै दिइन । “आपैm जस्तो गुलियोमा भुल्छ भनेर मिसिरी बोकेर आएको होलास् जा भो त सँग कट्टी छ मेरो ।” पुष्कर गालि खाएर फर्किएको थियो हिजो त्यसैले आज जाने आँट गरेन । घर पछाडि एक्लै पानकिरा समात्न कुद्दै थियो, अचानक म्याउँची उसका अगाडि ठिङ्ग उभिएकी पायो । उसले म्याउँचीलाई लुतेकुकुर भैm मायालाग्दो भएर हेर्यो ।
म्याउँचीको अनुहार अठोट पुर्ण देखिन्थ्यो । “ल हिड् मसँग” । म्याँउची अघि लागि । ऊ चुपचाम पछ्याउन थाल्यो । पुष्करको घरको दक्षिण पट्टीको कुनामा बाँस झाङ्ग थियो । बास झङ्गको चेप बाट छिरे पछि खोला आउँथ्यो । बास झाङ्ग बिचमा सितलो सानो ठाउँ थियो बरिपरि बाँसले छेकेको । अगाडी बाट सानो बाटो झाङ्ग भित्र जान्थ्यो । “ल एक छिन यही बस” । कट्टुको इजार फुकाउदै म्याउँची भित्र छिरी । पुष्करलाई जङ्ग चलेर आयो, “कस्तो सोमत नभएकी केटी ।” म्याउँची झाङ्ग भित्र छेकिएर टुक्रुक्क बसेकी थिई । पुष्करले रिसाउदै भन्यो, “के के न होला भनेको त रुग्ने साथी पो बनाउन ल्याएकीरछे ।” म्याउँची भित्रबाट कन्दै कराई, “एक छिन चुपलागेर बस् ।” सकेर म्याउँची तल खोलामा झरी पखाल–पुखुल पारेर बास झाङ्गको फन्को मारेर पुष्कर छेउ आइ र आदेश दिई, “जा भित्र गएर हेर ।” पुष्कर छक्क पर्यो, “बौलाइस् कि के हो, तेरो दिसा हेर्ने हो म ।” “आप्mनै दिसा हेरेर बौलाएको होइन त अस्ती”, म्याउँचीले च्याँठिदै भनि र तान्दै भित्र लगि । “तेरै हजुरबुवा र दिदीको जस्तो छ मेरो दिसा पनि घोरिएर हेर”, म्याउँचीले थपी “जस्तो खायो तेस्तै त आउने हो । पण्डितकोमा खाएको कोदाको रोटीको आउने पनि त्यस्तै कालो–कालो नै हुन्छ बुझिस् मुर्ख ।” पुष्कर बक्क पर्यो । म्याउँचीले कति धेरै कुरा जानेकी छे है, पुष्कर लाटो जस्तै उभिएको थियो म्याउँचीका अगाडि ।
“के सोचमा हराइरहेको छौ ।” गीता उसको अगाडि स्टीलको गिलास लिएर उभिएकी थिई, हात बढाउँदै भनि, “हेर न दुध त फाटेछ कालो चिया भयो है ।”
पुष्करले लिदै भन्यो, “ठिकै छ तर चिनी त हालेको छ नी होइन ।” गीताले भनि, “खाइ हेरन पहिला, पुग्ने गरी हालिदिएको छु ।”
अलि बुभ्mने भए पछि, नेपाल टेलिभिजनबाट आउने छुवाछुत सम्बन्धी सन्देशमुल क्रार्यक्रममा रगत सबैको रातो हुन्छ भन्ने उक्त्ति, म्याउँचीको दिसाको रङ्गको कथन जस्तै लागेको थियो पुष्करलाई । क्यौ पटक म्याउँचीले पनि सँगै हेरेकी थिई, ढोकाको आडमा बाहिर पट्टी बसेर । पिँढीबाट बरेन्डा सम्मको निषेधआज्ञा हटेको थियो तर भित्र छिर्नलाई अभैm अनुमति थिएन । पुष्करले म्याउँचीकोमा खान फेरि सुरु गरेको थियो तर घरमा मुख खोलेर अभैm भन्दैन थियो । त्यसो गर्न कहिले छाड्यो उसलाई सम्झना भएन ।
मज्जाले पढें, भोगेकै कुरा, ठिक्क लाग्यो, कीप going मनोज!
वाहियात कथा… समय पुरै खेर गयो .छेउ न टुप्पो को लेख