Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

औषधी ल्याउन दिन आन्दोलनकारीको कत्रो ठूलो मानवियता !

Posted on November 20, 2015 by mysansar

morcha
मधेसी मोर्चाको आन्दोलनका कारण औषधीको ठूलै संकट परिसकेको छ। इन्धन नआउँदा त मान्छे मर्ने हुँदैन। गाह्रोसाह्रो चैँ पर्छ। तर औषधी नभएपछि त मान्छेको ज्यानै जान्छ। युद्धमा पनि गर्न नहुने औषधी नाकाबन्दी गरेको भन्दै आलोचना भएपछि मधेसी मोर्चाको बिहीबारको बैठकले गरेको निर्णय यस्तो छ। सर्सर्ती हेर्दा औषधी ल्याउन दिएर ठूलै मानवियता देखाएको जस्तो लाग्छ। तर यी शब्दहरुलाई ध्यान दिएर हेर्नुस् त।

12239711_529856410517722_636883394647492316_n
त्यसमा भनिएको छ- ‘बिरामीहरुको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधी, अक्सिजन र स्वास्थ्य सम्बन्धी उपकरणहरुलाई…’

यतिसम्म त ठीक छ। बिरामीहरुको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिनु राम्रो कुरा हो। मानवताको नाताको कुरा पनि धेरै राम्रो कुरा हो।

तर त्यसपछिका वाक्य हेर्नुस्- ‘औषधी, अक्सिजन र स्वास्थ्य सम्बन्धी उपकरणहरुलाई दिनको समयमा मात्र विराटनगर सीमा नाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरियो।’

अब यसलाई कसरी मानवताको नाता मान्ने ल भन्नुस्। यसमा लेखिएको कुराले त औषधी, अक्सिजन र स्वास्थ्य सम्बन्धी उपकरणहरुलाई समेत अरु नाकाबाट रोक्ने भनिएको छ। विराटनगर नाकाबाहेक अरु नाकाबाट औषधीसमेत छिर्न नदिने आन्दोलन यी आन्दोलनकारीहरुले गरिरहेका छन् भन्ने त यहाँबाट नै प्रष्ट भएको छ। यो मानवताको नाता हो कि दानवताको?

विराटनगर नाकाबाट त अहिले इन्धनसमेत आपूर्ति भइरहेको छ। त्यहाँबाट औषधी पनि ल्याउन दिन्छौँ भन्नुको तुक के रह्यो र।  भारतले पत्रकार सम्मेलन गरी औषधी रिरुट गरी रक्सौलबाट अर्कै नाकामा लैजाऊ भन्नु र मोर्चाले अवरोध नभएको नाकाबाट ल्याउन दिन्छौँ भन्नुको अर्थ कसरी बुझ्ने!

औषधी, अक्सिजन र स्वास्थ्य सम्बन्धी उपकरणलाई जुनसुकै नाकाबाट ल्याउन दिनुको साटो अवरोध नभएको नाकाबाट दिउँसोको समयमा मात्र ल्याउन दिन्छौँ भन्नु ठूलै मानवताको नाता भएको भनी धन्यवाद दिऊँ।

 

13 thoughts on “औषधी ल्याउन दिन आन्दोलनकारीको कत्रो ठूलो मानवियता !”

  1. john gauchan says:
    November 21, 2015 at 3:37 am

    हो औषधि डेट उफ हुन् थाल्यो अनि मानविता भन्ने सब्द आयो , रअको दस्तावेजमा हेरफेर संसोधन भयो होला , अब आइ एस भन्दा नि क्रुर आतंकारी भए पछि त जंगल पसे भो नि नाजायज मागका नाजायज नागरिकहरु !!!

    Reply
  2. Michael says:
    November 20, 2015 at 9:55 pm

    bijukchhe was suggesting government to mobilize the Nepalese army in Tarai. No more dialogues.

    Reply
  3. prashant says:
    November 20, 2015 at 6:34 pm

    आन्दोलन सुरु गर्छन बिहान “पहाडिया” लाइ गालि गरेर अनि बेलुका फेरि “पहाडिया”लाइ गालि गरेर समापन गर्छन ! यो हजुर बिरगंजन नाका को daily-routine हो, न पत्याए ज्यान को माया बिर्सेर एकचोटी बिरगंज आउनुस ! अनि त्यस्तोले मानबिय नाता ले गर्लान र !! भारत को बेइजत होला भनेर बादर लाइ मदारी ले सिखाको पाठ मात्र हो ! ग्लोबल out-cry भएकोले चलेको नया चाल हो यो अरु केहि होइन !

    Reply
  4. Govinda says:
    November 20, 2015 at 2:19 pm

    अर्बौ रुपैयाँको औषधी जहाज बाट आउने निस्चित भए पछी भारतलाई नेपालिको औधी माया लागेर आएछ र तेल गयास चाही रोकी राख्ने र औषधी नरोक्ने भएछ । भारतलाई समेत नेपालिको एतिबिधी माया लागी सकेपछी हाम्रो मधेसी मोर्चालाई त्यो भन्दा बढी माया लाग्ने नै भो, उस्ले नि भारत ले पठाएको औषधी नरोक्ने रे । जिग्रीहरु ! नेपालिको एती धेरै माया नगरौन ।

    Reply
    1. Hridaya says:
      November 20, 2015 at 11:42 pm

      सहि कुरो गोबिन्द ब्रो सहि कुरो !!

      Reply
    2. Shankar says:
      November 22, 2015 at 3:55 pm

      स्वाभिमानी को धाक लगाएर मात्रै हुदैन, सक्छौ भने उत्तरबाट सबै समान मगाएर देखाऊ l

      Reply
  5. Wagle says:
    November 20, 2015 at 10:24 am

    ओलीबाका सुन्दा मात्रै रमाइला लाग्ने ताइ न तुइ का उखान टुक्काले जनताका घरमा चुलो बल्ने भए भै जान्थ्यो, गफैले मात्र चुलो बल्दो रैनछ त ! पुग्यो के अब, कति खोक्छौ हो अति राष्ट्रबाद ! थाहा भाकै कुरो हो, आखिरमा मच्च्यो मच्च्यो, थच्च्यो, हुने नै हो ! किन ढिलो गर्छौ ? बरु प्रभु त्वोम सरणम गर्देउ बा, तिम्लाई पनि कमाउने मेलो फुर्छ, हामी पनि आनन्दले भात खार घुरेर सुत्न पाम्चम !!!!!

    Reply
  6. Anil says:
    November 20, 2015 at 6:50 am

    होइन यो धोति ले रेरोउते गरेर लियर जव भन्नु र मधेसी ले बिराटनगर बाट मात्र लन दिन्छु भन्नु भारत र मधेसी को संयुक्त खेल होइन र त्यो पनि एकै दिन दुवै पक्ष्य को बक्तब्य अव्नु

    Reply
  7. Hridaya says:
    November 20, 2015 at 5:05 am

    औसधि र अक्सिजन समेत रोकेर यस्तो दानबियता देखाउने हरुलाइ “दिनको २४ घण्टा मात्र जेलमा कोचिने तर अन्य समयमा केहि नगरिने” भन्ने सरकार को बक्तब्यको ब्यग्र प्रतीक्षामा आम नेपालीहरु रहेका छौ l

    Reply
  8. Rohini says:
    November 20, 2015 at 3:49 am

    इंडिया ले प्राण हालिदिएको आन्दोलनमा मधेसी नेताहरुको फुर्तिनै बेग्लै |

    Reply
  9. dor Prasad says:
    November 20, 2015 at 1:25 am

    नेपाल का स्याल र भारत का स्याल एकै समय एकै किसिम को आवाज निकाल्नु को अर्थ के ?? मिलेमतो — मनबता को ? को कहाँ बाट संचालित छन् भन्ने कुरो प्रस्ट पार्नु पर्छ र !!!!

    Reply
  10. eklavya says:
    November 20, 2015 at 1:04 am

    अब यो ताई न तुई को सरकारले केहि गर्ने भएन बाँकी नेपालीहरु उठेर नाकामा नगई यो समाधान होला जस्तो लाग्दैन नेताहरुलाई कोस्दै भारत बिरुद्ध नारा लाउदै समय फाल्नु भन्दा ठाउँमा जानु नै बेस लग्यो कि कसो भन्ने हामीलाई लाई र छ …

    Reply
  11. bhakta says:
    November 20, 2015 at 12:15 am

    आन्दोलनले न त मधिशे न पहाडे भन्छ ,औशधि नपाए सबै प्राणी मर्छन … हिजो मात्रै बनका होनोहार हस्ती , ज्ञाता , गुरु बबन कायस्थ को औषधि नपाएर मृत्यु भो – औषधिको लागि रन्थनिएर बेंगलोर पुग्दा ढिलो भैसकेछ ..हामि नेपालीको लागि अफसोच ! बिचरा अस्ति सम्म फेसबुकमा अर्ति उपदेश दिदै हुनुहुन्थ्यो …उपन्द्रे , महत्तो, ठाकुरे नेता भन्दात कति गुणा राम्रा थे! मर्ने मर्दैनन नमर्ने मर्छन …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme