– निलशेष दत्त –
हिजो शनिबारको दिन फुर्सद मिलेकाले कुनै मुईयासँग डेटिङ नगई र कुनै शराबखाना समेत नगई दिनभर बिरामीझैं ओछ्यानमै पल्टिएर देशको बारेमा बडो गम्भिरतापुर्वक सोचें । स्वदेशी एवं बिदेशी मिडियामा आएका नेपालसम्बन्धी सामग्रीहरुको गहन अध्ययन गर्दा दिनभर आफ्नो पेटमा ठप्प भएको आपुर्ती र निकासका बाबजुत पनि बर्तमान समस्याको निकास स्वरुप देशबासीका नाउमा पाँचबुँदे सुझाव प्रस्ताव पेस गर्न चाहन्छु ।
पहिलो सुझाव: दीर्घकालीन सोच बनाऔं ।
(१) कुनैपनि राष्ट्रिय ममिलामा जनताको अभिमत बुझ्न, राष्ट्रहितको सवालमा जनमत निर्माण गर्न, अन्तराष्ट्रिय समुदायसँग निरन्तर संवाद गर्न र सरकारलाई सोही अनुसारको सुझाव सिफारिस गर्न एक बिज्ञहरुको समुहगत संरचना अबिलम्ब निर्माण गर्ने । यसमा जनताले विश्वास गरेका, सम्बन्धित बिषयमा विज्ञता हाँसिल गरेका, बिदेशी भाषामा दक्खल राख्ने लगायत अन्य आवश्यक प्राबधानहरु पुरा गरेकाहरु रहुन् र यो बरु अतीगोप्य नै रहोस् । यसले राष्ट्रको ‘थिन्कट्यांक’ को रुपमा काम गरोस् ।
यो समुहमा स्वयं मलाई नै सरकारले आमन्त्रण गर्दछ भने पनि म नाइँ भन्दिन । ‘अनी तेरो विज्ञता के ?’ सोध्नुहोला । म फुर्सदको समय दिनभर केही नखाई, कतै नगई, ओछ्यानमा लम्पसार परेर बिताउन सक्छु । वास्तवमा यो कला अहिले देशबासी र झन् तराइबासीलाई सिकाउन निक्कै आवश्यक छ । यसले आन्दोलन र बन्दहड्तालमा जनसहभागिता कम मात्र गर्दैन, सुन्यमै झार्न बेर लगाउदैन । यो गोप्य यसकारण रहनु पर्छ कि म सुतुवा भन्ने जगले थाहा पायो भने घरमा चोर् पल्किने मात्र हैन बिहेका लागि कसैले छोरी नपत्त्याउन पनि सक्छन ।
दोस्रो सुझाव: फगत काक्-तालीमा मक्ख नपर्नुस् ।
(२) तुरुन्तै राष्ट्रपतीबाट जनताको नाममा सम्बोधन आओस् । यसले बिशेषत: तराइबासीलाई उनिहरुको अधिकार संबिधानमा सुनिश्चित हुने विश्वास दिदै सरकारसँग वार्ता गर्न प्रेरित गरोस ।
देशको राष्ट्रपति कति गरिमामय पद हो सबैलाई थाहै छ र त्यो पद पाउन कस्तो बिशेषज्ञता चाहिन्छ त्यो झन् भन्नै परेन । हामी नेपालीलाई ‘पहिलो’ भन्ने चिज बढो प्यारो छ, हेर्नुस् । उसै त पहिलो महिला राष्ट्रपति , त्यसमाथि पहिलो महिला राष्ट्रपतिको पहिलो सम्बोधन । सक्किगो नि ।
‘मलाई हेर् – तलाई हेर् – बेला हेर्’ भन्ने आशयको यस्तो सम्बोधनमा भण्डारीले भन्दिन सक्छिन कि ” म महिला, म बिधुवा, म असहाय, म निरिह, म रुन्चे, म अल्छि, अर्काको आड्मा यत्रो बर्ष राजनीतिमा लाग्ने, संस निर्वाचनमा धोब्बी हार्ने र रक्षामन्त्री हुँदा समेत आफ्नै बुढाहत्याको छानबिन गराउन नसक्ने त फ्याट्ट चिट्ठा लागेसरी राष्ट्रपती भएँ भने तपाईंहरु त झन् बिहारकै भए पनि देशमा यत्रो भुईंचालोले भन्दा बढी जनजीवन र अर्थतन्त्र सखाप पार्नेहरु कसो राज्यको माथिल्लो ओहदामा नपुग्नु होला र ? ” यति सुन्ने वित्तिकै जनता तरर्र ताली पिट्न थालिहाल्छन । समस्या फु-मन्तर ।
ओलीजीले पनि आफ्नो भाषणमा सुधार र समाबेसिपन ल्याउनुपर्ने देखिन्छ । बेतुके गैंडापुराण भट्याउनुको सट्टा गौंडापुराण ( गौंडा अर्थात नाका) जनतालाई बुझाउन सके राम्रो हुन्थ्यो । त्यस्तै झर्रा पहाडे उखानटुक्का मात्र प्रयोग नगरी मिठासपूर्ण मैथली, थारु र खासगरी उर्दु तथा हिन्दी भाषामा टुक्का हालेर भाषण गरुन त । समस्या तु सुल्झिन्छ । माओवादीलाई ओलिले त्यसैगरी उखानटुक्काले हानी हानी ठेगान लगाएको जनताले कहाँ बिर्सेका छन् र । यसका लागि उदाहरणार्थ पाठकहरुले केही उखानहरु तलको कमेन्ट बक्समा उल्लेख गर्न सक्नेछन ।
तेस्रो सुझाव: मान्छे चिन्नुस्, खसी किन्नुस् ।
(३) पुन:निर्माण एवं एकीकृत शहरी बिकास, उर्जा, सडक र खानेपानी तथा सिँचाइ क्षेत्रमा सरकारले बिशेष कार्यक्रम ल्याओस । यि योजनाहरुमा जनताको स्वामित्व स्थापित गर्न, स्थानिय जनता, आम जनता र गैरआवासिय नेपालीहरुलाई प्राथमिकताका साथ सरकारी ॠणपत्र बिक्री गरियोस ।
बाबुरामजीलाई निर्माण प्राधिकरणको नाईके बनाइयोस् र गोकर्ण लाई उर्जाको । खानेपानी आफ्नै दिदीको नाउमा हिसिला हेरिहल्छिन, कृषि र सिँचाइमा हरिप्रसाद हरिपै छन् । सक्किगो नि । ‘अनी पैसो नि?’ भन्नुहोला । त्यसको नि उपाय छ ।
स्थानीय कुन्डले मुन्डलेहरुले ढले खोल्साखोल्सीका बालुवा र जग्गा प्लटिङबाट आर्जित भु-मनी (जमिन बेचेको पैसा) अझ ठुला आयोजनाहरुमा बिधिबत् खन्याउन पाउने छन । ढलको बालुवा बेच्दा सांसद बन्नेहरु अब भने सिधै उप-प्रधानमन्त्रीनै ताक्ने छन् । स्थानियले राज्यमा खोजेको अधिकार स्थापित हुने नै यसरी हो । हेरेको हेरै त आम जनता नै हुने हुन् । त्यसमा पनि कालान्तरमा बिचरा बाहुन छेत्रीहरु बन्ने छन् जो न राज्यको समावेसि कोटामा पर्छन, न त छात्रवृत्तिमै ।
अर्थसंकलनका अर्का स्वनामी एनआरएनहरु हातमा पैसाको मुठ्ठो लिएर त बसेका छन् तर के गर्ने थाहा छैन । जती बिदेश बसे पनि, नागरिकता उतैको लिएपनी बिदेशमा गरेको फुर्ती कसैले देख्ने हैनन् । बरु नेपालमै लगानी गर्न पाए सस्तो श्रमलाई प्रयोग गर्न सक्थे; कर छल्न सजिलै सक्थे; उ बेलामा हेप्ने ति छिमेकीहरुलाई ध्वाँस दिन सक्थे; कसैगरी दोहोरो नागरिकता पाइहाले भने बिस्तारै दलहरुलाई आर्थिक सहयोग गरेर वा चुनाव जितेर मन्त्री पड्काउन सक्थे । देश लुट्नु लुट्यो अनी केही अप्ठ्यारो पर्नासाथ बिदेश पुन: भाग्यो । कस्ले रोक्ने ?
चौथो तर सिरियस सुझाव । पढ्नुस्, अनी मनन् गर्नुस् ।
(४) मधेसकेन्द्रित दलहरुको मागमा अत्यन्तै लचक्ताका साथ सरकार बार्तामा बसोस् र अधिकतम मागहरु राष्ट्रहितलाई केन्द्रमा राखेर पुरा गरोस । अक्सर मागहरुमा तराई निकट भबिश्यमै भारतमा गाभिनसक्ने संकेत देखिन्छन । भलै त्यसो नहोला । तर यसले नेपालको सर्बभौमिकता सदाको लागि दिल्लीलाई सुम्पने छ र राष्ट्रिय एकतामा सदैब प्रहार निम्त्याउने छ ।
अब त भारतको नेपाल दृष्टिकोण यति खुलिसक्यो कि टोलको एउटा सिँगाने फुच्चेले नि भन्न सक्ने भो कि भारतले नेपालको पानीमा आँखा गाडेको छ । दुइपल्टे मोदियात्रामा भारतले नेपालको अधिकांश नदिनालाहरुलाई बिध्युत बिकासको नाउमा हडप्न नेपाली नेताहरुलाई र जनतालाई समेत खुबै तेल घस्यो । भाषणले सबैलाई मक्खै पार्यो । कसो कसो नेपाली उर्जा एवं जलस्रोत बिज्ञहरुले अध्ययनको लागि समय मागे र भारतको इच्छ्याअनुरुप एकमुस्ट सम्झौता नगर्न ठुलै दवाव दिए । मोदी खाली हात फर्के । तिनले मनमा ठुलै इख लिएर गएका रहेछन ।
हिजो दिनभरको मेरो अध्ययनबाट बुझेको कुरा अब म स्वासै नफेरी एकै वाक्यमा भन्छु । बिहारीहरु, जो जन्मैले भारतसँग झुकाव राख्दछन्, लाई मधेसी अधिकारको नाउमा नागरिकता दिलाउने, निर्वाचन क्षेत्र निर्धारण मार्फत नेपालको संसदमा तिनको अधिकतम प्रतिनिधित्व सुनिश्चित गराएर नेपाललाई अघोषित उपनिवेश बनाउने, तराईका राज्यसरकारलाई प्रभावमा पारेर थप बाँधहरुको निर्माण, बनाईएका बाँधहरुमा निरन्तरको नविकरण र खोलानालामा अधिपत्य कायम गर्ने, समयअनुसार नेपालका फरक फरक शक्तिहरुलाई उचालेर निरन्तर राजनीतिक, समाजिक र आर्थिक अस्थिरता कायमै राख्ने र सोही अनुसार सुरक्षा चासोको कारण देखाएर नेपालमा आफ्नो सेनाप्रहरीको गस्ती तथा ब्यारेक निर्माण सँगै भारतले अन्तत: खोजेको भनेको चिनसँगको पौठजोरी हो ।
पाँचौ तर अकाट्य सुझाव । पढ्नुस्, अनी पलना गर्नुस् ।
(५) त्यसैले ओलीबाणीमा मात्र मक्ख नपरी आफ्नो दैनिकीमै राष्ट्रबादीपन अवलम्बन गर्दै जाऔं । म यहाँ धेरै बोल्दिन, किनकि यो बोल्ने हैन गर्दैजाने कुरा हो। यहाँ दिपक शर्माको नोभेम्वर ५ को फेसबूक स्ट्याटस बढी नै सान्दर्भिक देखिन्छ ” ५ किमी नहिड्ने “राष्ट्रवादी”हरू ५ दिनदेखि तेलको लाइनमा छन्, “अराष्ट्रवादी”हरू भने साइकलमै ५० किलो तरकारी-फलफुल बोकेर ५० किमी हिडिरहेका छन्। “
मेरो पाच बुदे सुझाब –
(1) भारत ले नाकाबन्दी खोलेको १ महिना पछि मात्र मदिसी को माग पुरा गरौँ | एदी नाकाबन्दी खोल्दै खोलेन भने हामी राम्रो चिनिया मित्रता बढौं – आखिर घाटा नेपाल लै मात्र हो र ? प्रतिक प्रदेश मा दुइ वटा नाका को अबधाराना विकास गरौँ (१ – चिनिया नाका र अर्को भारतीय नाका) !
(१) काठमाडौँ लै साइकल को सिटि बनौ – किर्तिपुर बाट रत्नपार्क १० किलो मिटर – आधा घण्टा मा साइकल मा पुगिन्छ | थिमी बाट भक्तपुर पुग्न १५ – १६ किलोमिटर छ – १ घण्टा मा साइकल मा पुगिन्छ| टाढा टाढा जाने बस मात्रै डिजेल बाट चलाउन – बिजुली बाट चल्ने सवारी साधन प्रयोग गरौँ |
(३) नेपाल भारत सिमा बन्द गरौँ | भिसा न भए पनि पासपोर्ट वा नागरिकता देखाएर र रेकर्ड मा राखेर मात्र सिमा पर गर्ने गरौँ |
(४) भारतीय सिनेमा हेर्न छोडौं | सलमान खान को कुरा होइन राजेश हमाल को कुरा गरौँ | नेपाली हरु भारत मा कडा (सक्तिसाली) नेता सत्ता मा आउदा गुण गान गर्न छोडौ | हुन् पनि इन्दिरा गान्धी, राजिब गान्धी र अहिले मोदी ले नेपाली लै दुख दिए |
(५) मधेसी लै धोति भन्न छोडौं | भारतीय लै पान र चाना छट्पट बेच्न निषेध गरौँ ! मदेसी र बिहारी मिसिदा कुन नेपाली कुन भारती भन्न गारो भो ! संसद मा हिन्दि मा बोल्न बन्देज गरौँ – मैठेली भोजपुरी सम्म ठिकै छ |
अन्तिमसुझाव नै नेपालको प्रगतिमा फड्को मार्ने खालको लाग्यो भोलि देखि बाइक घरमा थन्किने भो !!!
५ किमी नहिड्ने “राष्ट्रवादी”हरू ५ दिनदेखि तेलको लाइनमा छन्, “अराष्ट्रवादी”हरू भने साइकलमै ५० किलो तरकारी-फलफुल बोकेर ५० किमी हिडिरहेका छन्।
” ५ किमी नहिड्ने “राष्ट्रवादी”हरू ५ दिनदेखि तेलको लाइनमा छन्, “अराष्ट्रवादी”हरू भने साइकलमै ५० किलो तरकारी-फलफुल बोकेर ५० किमी हिडिरहेका छन्। “ This is great observation. We Nepalese are having fokatya rastrabad – I am sick of twitterists assembling at the Indian Embassy, coming up with bottle of petrol to donate the Embassy, carrying Nepali flag and singing patriotic songs. Moreover, many of those rastrabadis were riding made in India motobikes.