Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चीनबाट इन्धन ल्याउन यसरी सम्भव छ

Posted on October 27, 2015October 27, 2015 by mysansar

-सोम खनाल-
12190971_10204714473852931_4861233150263654878_n
चीन बाट तेल आयात गर्दाको अनुमानित अर्थवस्था
काठमाण्डौ – बिदूर – ६५ किमि
बिदूर- रसुवागढी- अनुमानित ९० किमि
रसुवागडी- केरुङ् – अनुमानित १५० किमि
केरुङ् – सिगात्से – ४८० किमि
जम्मा दूरी: ७८५ किमि एकतर्फी, १५७० किमि दुईतर्फी
रित्तो र भारसहितको गाडी गुड्ने औषत गती ३५ किमि प्रति घण्टा मान्दा जम्मा लाग्ने समय: ४५ घण्टा
रित्तो र भारसहितको गाडीको औषत तेल माइलेज ३.५ किमि प्रति लिटर मान्दा जम्मा लाग्ने डिजल: ४५० लि.

एक ट्रिपको अनुमानित खर्च: (महिनामा कम्तीमा ३ ट्रिप बोक्ने हिसाबले)
२ जना चालकलाई प्रति ब्यक्ति १५००० ले रू. ३०,०००
गाडिभाडा- २०,०००
तेल: ४५,०००
बिबिध: १५,०००
जम्मा: ११०,०००
एक ट्रीपमा बोकिने सरदर इन्धन: १०,००० लि.
प्रति लिटर डूवानी खर्च: १० रुपैया १० पैसा ।

भारत बाटै ल्याउदा पनि प्रति लि. कमसेकम रू. ५ ढूवानी भाडा लागेकै होला । यदि चीन र भारतमा तेलको खरीद मूल्य उस्तै हुने हो भने प्रतिलि रू ५ बढी ढूवानी भाडा बिक्री मूल्यमा समायोजन गर्दा उपभोक्ताले आपत्ती नमान्लान् ।

जहा सम्म बाटोको अवस्थाको कुरा छ- गुगल नक्सामा हेर्दा, रसुवागढी पारी बिग्रिएको ५-७ किमि खण्ड बाहेक केरुङ सम्म नै दुईलेन पिच गरेको राम्रो बाटो देखिन्छ । केरुङ देखि पूर्ब-उत्तर पर्ने ‘पाइकु को’ तालको को दक्षिण भएर पठारै-पठार जाने रोड पनि पीचयूक्त राम्रो छ । पठार सकिएपछि त्यो रोड स-सानो ‘पुम छु’ नदीको किनारै किनार अलि पूर्ब सम्म जांदो रहेछ र खासा तर्फबाट आउने उन्नत स्तरको राष्ट्रिय राजमार्ग “G ३१८” भेट्टाउदो रहेछ । सो राष्ट्रिय राजमार्गले सिधै सिगात्से पुर्याउने रहेछ । सिगात्से शहर पनि निकै बिकसित देखिन्छ, रङ्गशाला मात्रै ८ वटा रहेछन् । यसरी हेर्दा चीनतीर बाटो निकै राम्रो छ । बरू हाम्रै तिर पो अलि ठिकठिकै को मात्र छ ।

समग्रमा चीनबाट इन्धन ल्याउने कुरा बिल्कुल सम्भाब्य छ ।

(फेसबुकमा भाइरल भइरहेको स्टायटस)

15 thoughts on “चीनबाट इन्धन ल्याउन यसरी सम्भव छ”

  1. manish says:
    October 29, 2015 at 12:29 am

    चिनको नी छिमेकीहरु संग राम्रो सम्बन्द त खासै छैन हो दाजु भै दिदि बहिनि..philippines, mongolia, taiwan, hongkong, vietnam सबै संग समस्या छ! नेपाल संग चै कसरी होला!! सिक्किमीकरण सिक्किमीकरण भनेर हाम्रा राज नेता, मीडिया र जनता करौछन्!! चेतना होस्..तिब्बतीकरण होला है फेरी!!

    Reply
    1. बाउन ब्रो says:
      October 30, 2015 at 7:57 am

      हे बुद्धि विलासी मनिस महोदय,
      तिनै तपाई ले नाम लिएका देश को मेजर ट्रेडिङ्ग पार्टनर को रैछ एक पटक हेरुम त !
      हंग कंग, ताइवान चीन कै एक भाग हो भन्ने पनि थाहा नहुने ले के कमेन्ट गरि राख्या होला !

      Reply
  2. Rajendra Khadga says:
    October 28, 2015 at 4:11 pm

    No matter how expensive, Nepal has to get fuel from China. That is the only appropriate response to the Indians. Instead of bringing all that fuel by tankers, why does Nepal not think of laying a permanent pipeline. Use the army that is staying with no work in the barracks to build it.

    Reply
  3. Aayushma Singh says:
    October 28, 2015 at 7:38 am

    असम्भव कुरालाई पनि सम्भव बनाएर हामीले हाम्रो राष्ट्र र रास्त्रियता इंडियासंग आत्मसमर्पण गर्न जरुरि छैन| त्यस कारण चिनबाट इन्धन ल्याउने कुरा स्वागतयोग्य छ|

    Reply
  4. uttam singh says:
    October 27, 2015 at 11:40 pm

    पटक -पटकको भारतको नकाबंधिको चपेटाको मार खपेर बस्नुभन्दा ,चीनबाट इन्धन निर्यात
    गर्न पहल गरेको ठिक हुन सक्ला कि!

    Reply
  5. Sunil. London says:
    October 27, 2015 at 4:18 pm

    ५ रुपिया प्रति लिटर बढी पर्छ त के भयो ? हाल प्रति लिटर ४५० रुपिया मा पेट्रोल किनेर मान्छे काम चलाउदैछन् !!!!! नेपाली जनता पनि अचम्मका नै छन् जब पेट्रोल सजिलै पाइन्छ तब प्रति लिटर २ रुपिया बढ्दा पनि बन्द र आन्दोलन तर जब पाइदैन तब ४५० रुपिया प्रति लिटर तिर्न पनि तयार !!!!!!!

    Reply
  6. बाउन ब्रो says:
    October 27, 2015 at 3:24 pm

    खास मा महँगो पर्ला जस्तो लाग्दैन !
    किन कि : चीन ले रसिया संग तेल आपूर्ति को ठुलो मात्रा को २० बर्षे सन्धि गरेको छ ! जसले अहिले को तेल को भाउ मा थोरै उतार चढाब भएर फिक्स्ड मूल्य भन्दा तेल को अन्तर रास्ट्रिय मूल्य थोरै तल झरेको छ ! तर जब तेल को भाउ 55 डलर प्रति ब्यारेल पुग्छ त्यो बेला चीन नाफा मा छ !
    :इरानी अर्थ तन्त्र मा अमेरिका ले नाकाबन्धि लगाउदा चीन दह्रो संग इरान को पक्ष मा अडान लिएको थियो र तेल आपूर्ति को सन्धि गरेको थियो ! जुन निक्कै कम मूल्य मा भएको आसंका गरिएको छ ! जबकि भारत को सबै भन्दा ठुलो तेल को श्रोत इरान हो तर इरानी र भारतीय बीच हुनै लागेको सम्झौता अमेरिका ले धम्क्याए पछि भारत पछाडी हटेको थियो !
    :चीन आफै मा इरान, इराक, कुवेत, कतार, दुबई जस्ता गनिएका तेल उत्पादक रास्ट्र भन्दा धेरै ठुलो तेल को उत्पादक हो ! तेल उत्पादन मा चीन संसार कै चौथो ठुलो राष्ट्र मा पर्दछ !
    : चीन मा तेल पाइपलाइन को संजाल ब्यापक भएको ले ढुवानी खर्च उति साह्रो हुदैन !
    : दक्क्षिनि चीन सागर को ब्यापक तेल उत्पादन पछि चीन आफैमा संसार को सबै भन्दा ठुलो तेल उत्पादक हुने छ !
    : चीन ले कजाखस्तान, अजरबैजान, तुर्कमेनिस्तान जस्ता मध्य एसियन देश हरु मार्फत पाइप लाइन बाट तेल ल्याउछ ! जसले ढुवानी खर्च लाग्दैन !
    : अमेरिकी मार मा परेका देश हरु जस्तै भेनेजुयला, सुडान : आदि बाट तेल को बदला पैसा जस्तो अघोसित तर केहि महँगो मा किनिदिएर आर्थिक सहयोग पनि गरेको छ !
    अब रसिया को याकुतिया भन्ने ठाउ बाट बेइजिङ्ग सम्म को लामो र संसार कै ठुलो पाइप लाइन प्रोजेक्ट अघि बढी रहेको छ, अल्ताई र साउथ स्ट्रिम नाम का २ वटा ! जुन चार सय अर्ब डलर को पहिलो र परिणाम नखुलाइएको दोस्रो ग्यास डिल भएको छ ! जुन वितरण को लागि धमाधम पाइप लाइन को जालो पनि चीन मा बिछ्येदै छ ! सिगात्से जस्ता साना सहर हरु लाइ ठुला र निर्यात मुलक सहर बनाउने चीन को योजना अनुसार १२०० सहर हरु को(उत्तर कोरिया, रसिया, मंगोलिया, कजाकस्थान, किर्गिस्तान, ताजिकिस्तान, अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, भुटान,बर्मा लाओस,भियतनाम बोर्डर क्षेत्र मा ) व्यापक पुनर निर्माण गरिदै छ ! यी पाइप लाइन हरु ति सहर मा जोडिएका छन् र नजोडिएका सहर मा जोड्न लाइ युद्द स्तर मा काम भै रहेको छ !
    : चीन सरकार को विभिन्न कर, सुल्क हरु जोडेर पनि भारत भन्दा चीन मा तेल र ग्यास को मूल्य सस्तो छ ! किन कि म भारत मा ४ बर्ष र चीन मा १० बर्ष बसेको अनुभब छ !

    Reply
  7. shyam says:
    October 27, 2015 at 1:04 pm

    India has unilaterally declared war against Nepal and Nepal(So called country of Brave Gurkhas) is still looking towards India asking for mercy. What Nepal should do now is deploy it’s army in the main custom territories of Nepal pointing all the guns the have towards India. This move alone will internationalise the whole issue and the world Media will give priority to this news. Let Indians do the same and start firing simultaneously. Lets see how many of the thugs sitting on the border bridge die. Our soldiers are of no use if they can not raid and demolish the Indian hooligans on that side of the border. Is Nepal army only capable of show off in Tudikhel during Phoolpati, Shiv-ratri and different Divas only? Can’t they come to the front at this stage?

    Reply
  8. Manjunath Sonju says:
    October 27, 2015 at 10:57 am

    खासा भन्दा माथि न्यालुम बाट सिलिन्डर भरेर ल्याएर सुनकोशी को खोलामा राफ्तिंग बोट मा राखेर नेपालथोकमा उतारे भने जहाँ लाँदा नि भयो पूर्व पस्छिम जहाँ पनि

    Reply
  9. Nabin Timalsina says:
    October 27, 2015 at 10:23 am

    आङकाजी ज्यु , हामीले मधेशको कुरो के हो त्यो हेर्ने हो , भारतको कुरो के हो त्यो हेर्ने हैन । व्यापार केवल चीनबाट गर्न सम्भव छैन तर केवल भारतको बाटो गर्दा देशलाइ धेरै घाटा भएको सबैले देखेकै हो । जबसम्म भारतको विकल्प खोजिंदैन तबसम्म भारतको दादागिरी यथावत रहन्छ । भोलि पनि चीनबाट आधाजती इन्धन खरिद गरिनुपर्छ । इन्धनका लागिमात्र चीनतर्फको बाटो चलिरह्यो भने भोलि अरु सामान पनि व्यापार गर्न सकिन्छ । जुन नेपालका लागि राम्रो हुन्छ ।

    Reply
  10. Ang Kaji says:
    October 27, 2015 at 8:51 am

    होइन सम्भव हुन्न कसले भन्या छ , सम्भव त अमेरिका बाट ल्याउन पनि छ ..तर कालान्तरमा एक लिटरको ५ ले पनि अरबौ लिटरको खरबौ हुन्छ बरु तेस्तो पैसा जोगाएर तेलको निर्भरता हटाउन खर्चने कि ? मूल समस्या के हो ..तराई को कुरा के हो ..भारत को कुरो के हो..सबैलाई जडमा गएर..पो समाधान खोज्नु पर्छ ..पपुलिस्ट कुरा गर्ने फुतुरे का कुरा सुनेर मात्र चै हुन्न ..मैले पनि देशकै लागि सोचेको हो हजुर !

    Reply
    1. dor prasad says:
      October 27, 2015 at 10:40 am

      एउटा मात्रै कुरा को निर्भरता कहिले हुनु हुदैन, येदि कुनै देश अर्का को गुलाम हुने होइन भने या सोतंत्र रहने हो भने सबै उपाय खोजिनु पर्छ
      (जस्तो पट्रोल को सत्ता बिजुली … मोटर साइकल को सट्टा साइकल , ग्यास को सट्टा गोबर ग्यास, भारत को सट्टा चिन )

      नत्र भारत ले जुनसुकै बेला पनि नाकाबन्दी गर्न सक्छ – हिजो पंचायत काल मा पनि दुख दिएकै हो – तेतिबेला कसले के बिगारेको थियो – कुनै नेपाली जनता आन्दोलन गरेका थिए ?

      यांग काजी जी ले भने झै तराई को समस्या सम्बोधन गरेमा हाल त भारत ले नाकाबन्दी खोल्ला – तर भारत को दबाब मा गएर गरिए को समाधान दिगो हुदैन – भारत ले फेरि जुनसुकै निहुमा दुख दिन सक्छ |

      जति सुकै महँगो परे पनि, यो समस्या समाधान भएपनि – नेपाल ले चिन संग को बेपार बढाउनु पर्छ – जस्तो १०% पट्रोल किन्ने – भारत ले दुख दिने बित्तिकै १००% लौजा – तेरो पेट्रोल तै खा !!!

      Reply
  11. sushil says:
    October 27, 2015 at 7:53 am

    हाम्रो सडेको ब्युरोक्रेसी छउन्जेल नेपालमै इन्धनको खानी भेटिएपनि केही हुनेवाला छैन भन्ने थाहा हुँदा हुँदै यस्तो लेखको कुनै खास महत्व हुन्छ जस्तो लाग्दैन. मेरो एउटा साथीले केही वर्ष पहिले चीनबाट ब्याट्रीबाट चल्ने साइकल ल्याएर बेच्न खोजेको थियो. उसले मलाई भनेको थियो “खुद्रा बेच्दा ने रु २५,०००/- पर्थ्यो, के गर्ने? मन्त्रालयबाट कर तोक्दा रहेछन, येति धेरै कर तोकिदिए कि साइकल सार्है महँगो पर्नगयो. त्यो बाहेक सचिवलाई प्रति साइकल ने रु १५,०००/- छुट्टै व्यक्तिगत बुझाउनु पर्नेभयो अनि अहिले खुद्रा मूल्य आइपुग्दा ने रु १,००,०००/- भन्दा धेरै पर्छ. अनि कसले किन्छ?”

    Reply
  12. Bindu says:
    October 27, 2015 at 4:04 am

    ऐले यस्तरी आपत बिपत परेको बेला त्यो रु ५ – १० बढी पर्ने कुराको के कुरा भो र ! त्यो
    पनि खास गरि पेट्रोलको सबालमा ,
    अल्लि अर्कै चिन्ताको कुरा चै , जाडो महिनामा चाईना हुदै आउने ति सडकहरु हिउले
    जम्छ कि जम्दैन ? यदि ति सडकमा २-४ दिन लगातार हिउ पर्यो भने त ठुलै फसाद
    पो पर्छ त ! खास गरि भिर पाखा भएको उकाली ओराली बाटो !
    जाडो महिना सम्म भारतसंग कुरा मिले त ठिकै छ नमिले , जाडो भरको लागि ( खास
    गरि जाडोको बेला करिब २-३ हप्ता त हिउ जमेर बाटो नै अबरुद्द हुने अबस्था पो हुन्छ कि ! )

    Reply
  13. dor Prasad says:
    October 27, 2015 at 2:03 am

    तेल राजनीति ले के के भै सक्यो खाडी मा …
    अब नेपाल लै पनि सतायो …
    येउतै को भर पढ्नु हुन्न …
    चिनिया लै पैसा भए हुन्छ
    तर भारती लै सलामी पनि चाहिं छ ..
    गुलामी हुनु भन्दा १०-२० रुपैया बढी तिर्दा के भो र !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme