Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

म्याच फिक्सिङ : दोष हाम्रो पनि

Posted on October 16, 2015 by mysansar

Flag_Ralley (56) अहिले दशैं जस्तो रमाइलो चाडको मुखैमा आएर एउटा नरमाइलो समाचारले हामी नेपालीहरुलाइ पिरोलेको छ। नेपाली फुटबल टोलीका कप्तान सागर थापा लगायत अन्य केही खेलाडी र पूर्व खेलाडी समेतको मिलेमतोमा विगत केहि वर्षदेखि नै नेपाली टोलीले ठूलो रकम लिएर खेल हार्दै आएको तथ्य प्रहरीले पर्दाफास गरेको छ। यस घटनाको रहस्योद्घाटनसंगै धेरै मान्छेले अचम्मित हुँदै जिब्रो टोकेका छन्। अझ कोही कोही त गालीगलौजमा उत्रेका पनि छन्। नेपालमा हामीले खेल विशेष गरी फुटबल र क्रिकेटलाई आफ्नो राष्ट्रियतासँग दाँजेर हेर्ने गरेका छौँ। यस अर्थमा पैसाको लोभमा जानी जानी विदेशीसँग घुँडा टेकेर खेलाडीहरुले ‘राष्ट्रघात’ गरेका छन्। उनीहरुले हदैसम्मको सजाय पाउनु पर्छ। यो कुरामा कुनै दुई मत छैन।

तर यसमा दोष के खेलाडीमात्रको हो ? हाम्रा खेलाडी हाम्रै नेपाली समाजका एक हिस्सा हुन्। अनि हाम्रो समाज कति सार्हो पैसामुखी बनिसकेको छ यो घाम झैँ छर्लंग छ। जुन समाजमा पढ्न विदेश गएको विद्यार्थीलाई कति डलर कमायौ, कति घर बनायौ भन्ने मात्र सोधिन्छ, त्यो समाजले खेलाडीहरुलाई पनि कति कमायौ भनेर पक्कै हैरान पार्थ्यो होला।

हो, हामीले उनीहरुलाई कुन कुन बिदेशी भूमिमा नेपालको चन्द्र सुर्य अंकित राष्ट्रिय शानलाइ सगरमाथा झैँ उचाईमा फहराउन सक्यौ भनेर सोध्न सक्नुपर्थ्यो। तर हामीले सहि ठाउंमा सहि प्रश्न गर्न चुक्यौँ। राष्ट्रिय खेलाडीहरुप्रति राष्ट्रको धेरै दायित्व हुन्छ तर हाम्रो सरकारले आफ्नो नागरिक प्रतिको कुन दायित्व पुरा गरेको छ र यो दायित्वको कुरा गरूँ?

अन्तमा यहाँ कसैको गलत कार्यको बचाऊ गर्न खोजिएको होइन। गल्ति गर्नेले कानुन अनुसार सजाय पाउनै पर्छ। तर अरुलाई धारे हात लगाएर सराप्दै आफु सँधै मुतमाथिको ओभानो बन्न खोज्ने हाम्रो सामाजिक प्रवृतिमा सुधार जरुरी छ। समाजमा फेरि सागर र अन्जनहरुको पुनरावृति हुन नदिन पनि हामीले आफ्नो भागको गल्ती महसुस गर्दै सच्चिन जरुरी छ।

9 thoughts on “म्याच फिक्सिङ : दोष हाम्रो पनि”

  1. Niraj says:
    October 16, 2015 at 10:17 pm

    I also disagree with the author. This is the mentality issue with those players. They sold their nationality for money. They do not have right to defend themselves on the name of condition of our country. They should be penalized to its maximum extend so that others will not even think of committing such crime in future.

    Reply
  2. Manish says:
    October 16, 2015 at 9:02 pm

    प्रतिब्यक्ति एक बर्षको आम्दानी ७०० डलर भएको देशमा खेलाडीले एउटा खेल हार्नको लागि ५००० डलर लिन्छन्/ फेरिपानी कोईकोई मान्छेहरु खेलाडीलाइ सुबिधा नपुगेर यसो गर्न बाध्यभये भन्न भ्याउछन्/

    Reply
  3. dor Prasad says:
    October 16, 2015 at 8:53 pm

    देसनै fixing गर्ने कोइराला हरु नेता बनेर उ गर्दै छन् भने खेलाडी किन जेल जाने !

    Reply
  4. Kedar says:
    October 16, 2015 at 7:19 pm

    हाम्रै समाजका भएकाले हाम्रो पनी दोष भन्ने हो भने क्रिकेटमा पनी तेस्तै होला त ? एदी क्रिकेट चैं चोखो छ है भन्ने हो भने हाम्रो समाजको मतिले किन छोएन क्रिकेट खेलाडीलाई चैं र फुटबल वालालाई मात्रै छोएको ?

    Reply
  5. Tika gurung says:
    October 16, 2015 at 5:57 pm

    थापा काजी हरुको करामत

    Reply
    1. Shankar says:
      October 16, 2015 at 11:40 pm

      पाजी भन्न खोजेको जस्तो छ |

      Reply
  6. Sisir says:
    October 16, 2015 at 5:19 pm

    सहमत हुन सकिन किनकि यो आर्थिक होइन मानसिक समस्या हो / आम नेपाली भन्दा यी खेलाडी ले पाउने दाम र नाम धेरै बडी छ / यो सरासर अपराध हो र देश र जनता प्रति गद्दारी हो /
    नेपाली खेलकुदमा सबैभन्दा बढी सुविधा र पारिश्रमिक फुटबल खेलाडीले नै पाउँछन्। राष्ट्रिय टोलीका खेलाडीले एन्फाबाट मात्र होइन, क्लबबाट पनि पारिश्रमिक ५० हजार जति पाउँछन्। त्यसबाहेक पक्राउ परेका पाँचमध्ये ४ खेलाडीले एन्फाका ठूला पुरस्कार जितिसकेका छन्। सागर र रितेशले एन्फाले अपार्टमेन्ट पुरस्कार पाएका छन् भने तीन वर्षअघि सन्दीपले एनसेल कार जितेका थिए। अञ्जनले पनि प्रतिष्ठित रुपक स्मृति पुरस्कार प्राप्त गरेका थिए। चोट कारण केही वर्षयता विकास मैदानमा सक्रिय छैनन्।

    Reply
  7. eklavya says:
    October 16, 2015 at 3:48 pm

    समुन्द्रको एक लोटा होस् या पुरै आखिर नुनिलो नै हुन्छ ति खिलाडी होस् या नेता नेपाली समाजकै एक लोटा पानी झिके सरह हो …तिनीहरु हाम्रै समाजका प्रतिविम्ब हुन्..तिनको ठाउमा जो सुकै नेपाली पुगोस प्रायले गर्ने कार्य हुन्..सबैलाई चेतना भया …

    Reply
  8. Bindu says:
    October 16, 2015 at 3:16 pm

    लेख सही छ . सजायको भागि हुनुपर्छ यी रास्ट्रघाती अपराधी खेलाडीहरु तर साथै
    अब ब्यापक बहस हुन र समाधान निकालिन जरुरि छ किन यसरी म्याच फिक्सिङ्ग
    हुन गयो ? खेल जगतमा मात्रै नभएर देशको राजनीति छेत्र पनि त्यस्तै छ – –

    हाम्रा रास्ट्रीय खेलाडीहरु विदेशमा खेल्न गएको मौकामा भागेर पलायन हुन्छन् —
    त्यस्तै कलाकारहरु — रास्ट्रका कर्मचारीहरु — मेधाबी बिधार्थीहरु ( छेमताबान शक्ति )

    हाम्रो समाज असाध्यै नराम्रोसंग पैसामुखी हुदै गई’रहेको अबस्थामा सरकार साथै
    देशको बिकासको लागि लागिपरेका सम्बन्धित निकाय अनि रास्ट्रको चौथो अंग मिडिया लगायत सबैले यस सम्बन्धमा बिशेष बहस – अनुशन्धान गर्दै समस्या समाधानका उपाय
    निकाल्न जरुरि छ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme