Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मात्र BackOffIndia होइन GoForwardNepal पनि भनौं

Posted on October 8, 2015 by mysansar

आज फेरि एउटा आम नागरिक भएर सोच्दैछु । नेपालमा के भइरहेको छ ? किन यस्तो भइरहेको होला ? भविष्यमा के हुन खोजेको होला र दुरगामी असर के के पर्ला त । मलाई राजनिती कुटनिती रणनिती केही थाह छैन । सायद नेपालमा कसैलाई पनि पो थाह छैन कि । नेपालमा सबै नेता मात्र छन् , राजनेता कोही पनि छैन । सबै आफ्नो लागि मात्र नेता भए । राज्यको लागि कोही नेता भएन । पोहोर साल चलेको महजात्राको महभजनमा भए अनुसार नेपालमा प्रकृतिले सबै थोक दियो । हिमाल, पहाड, तराई , नदीनाला सबै दियो । सगरमाथा दियो, बाग्मती दियो । तर एउटा राजनेता दिएन । नेता त कति दियो कति, नेता शब्दको को बास्तविक अर्थ नबुझेका नेता ।

अनि हामी जनता नि । हामी के गदैछौं ? अहिले हामी सामाजिक सञ्जाल हरुमा राष्ट्रिय झण्डाले सिंगरिएको फोटो हालेर देशप्रेमको बोध गर्दछौं । ब्याक अफ इन्डिया भनिरहेका छौं । हिजै मात्र हामीले भारतीय राजदुतावासमा पेट्रोल पनि दान ग¥यौं । भारतीय प्रधानमन्त्रीलाई हामीले गाली पनि ग¥यौं । उनको गल्तीको लागि पशुपतिनाथमा क्षमा पूजा पनि गरायौं । यसबीचमा हामीले हाम्रो घरभित्र केही नराम्रो पो भइरहेको छ कि भनेर विर्सियौं कि । घरभित्रको हाम्रो झगडा हामीले नजरअन्दाज गरिरहेका छौं । अहिले हाम्रो शक्ति भारतलाई गाली गर्नु भन्दा पनि नेपाललाई शान्ति दिलाउनको लागि उपयोग गर्ने बेला हो । हामी आम जनताले मात्र गाली गरेर के नै होला र । हामीले भोट दिएर चुनेर पठाएका प्रतिनिधिहरुबाट बनेको सरकारलाई त यो केही थाह नै छैन । उनीहरुलाई त नाकाबन्दी भयो भन्ने सामान्य ज्ञान पनि छैन । होओस् पनि कसरी ? साविक बमोजिम गुडिरहेका छन् सडकमा , अघि पछि सुरक्षाकर्मीहरु राखेर । उनीहरुको घरमा ग्यास अभाव पक्कै भएको छैन । उनीहरु चढ्ने गाडीले इन्धनको लागि एक क्षण पनि कुर्नु परेको छैन । साविक जसरी सत्ताको लागि चलखेल गरि नै रहेका छन् । दशैंको बहानामा राज्यको ढुकुटी रित्याउन लागिरहेका छन् । कति उदेक लाग्दो छ, एक रत्ति पनि नैतिकता लाज छैन यिनीहरुमा ।

अहिले त सरकारलाई आनन्द भएको छ । सबै जनता भारतलाई गाली गर्दैमा ब्यस्त छन् अनि यिनीहरु सत्तामा मस्त छन् । जनताले नाकाबन्दीबाट दुःख पाइरहेको बखतमा, देशको कार्यकारी ब्यक्ति तीन दिनपछि झुल्केका थिए, आँखाको अपरेशन गरेर । कोही भन्छन् पार्टी त्याग गरें, कोही भन्छन् अब मौनब्रत बस्छु । भारत सरकार सम्म पुग्ने आधिकारीक ब्यक्ति श्राद्ध सकिने पर्खाइमा हुनुहुथ्यो । आजसम्म पनि कहिं कतैबाट कसैले केही पहल गरेको समाचार सुन्न पाइएको छैन । सरकार के नै समस्या छ र समाधानको लागि पहल गर्न भन्ने मनसाय ब्यक्त गरिरहेको छ । हामी जनता सरकारलाई घचघच्याउनुको सट्टा भारतलाई गाली गरेर बसिरहेका छौं । हो सांकेतिक बिरोध जरुरी छ र जरुरी यो पनि छ कि नेपालको आन्तरिक समस्या समाधान होओस् । मधेसमा बस्नेका माग सम्बोधन होओस् । सम्बोधन होओस् – मतलब यदि माग ठीक हो भने पुरा गर्ने र यदि माग ठीक होइन भने, तपाइको यो–यो माग यो–यो कारणले बेठीक छ, राष्ट्रको हितमा छैन भनेर बुझाउने । र अन्तराष्ट्रिय स्तरमा पनि आवाज उठाउने । नकारात्मक माग भएकोले माग पुरा गर्न सकिन्न भनेर विश्वलाई जानकारी गराउने र त्यसपछि विश्वले साथ दिइहाल्नेछ नि । समाधानको लागि पहल गर्ने हो भने बिकल्प जति पनि छन् । होइन छिमेकी मुलुक हामीसँग रिसाउँछ भनेर केही पहल नगर्ने , जनतालाई सास्ती दिइ नै रहने , अनि आफुहरु चाहिं आरामले दशैं खर्च सोहोरेर दशैं मनाउने । यो भन्दा घीनलाग्दो कुरा के होला ।

तसर्थ सरकारको तर्फबाट आधिकारिक कुटनैतिक पहल अत्यन्त जरुरी छ । देशको आन्तरिक समस्या मिलाउन अत्यन्त जरुरी छ । हामी भारत सरकारको बिरोध गर्ने , नेपाल सरकार भारत सरकारको भक्त भएको जस्तो देखिरहने हो भने नेपालमा बस्ने भारतीय र भारतमा बस्ने नेपालीहरु भोलि सुरक्षित नहुन पनि सक्छन् कि । हामीलाई थाह छ हाम्रो बिरोध भारत सरकारसँग हो , भारतीय नागरिक सँग होइन । भारतीय नागरिकप्रति हाम्रो भाइचारा उत्तिकै राम्रो रहिरहनेछ । तर हामी जस्तै अरुले नसोच्न पनि त सक्छन् । मात्र BACKOFFINDIA होइन GOFORWARDNEPAL पनि भनौं ।

8 thoughts on “मात्र BackOffIndia होइन GoForwardNepal पनि भनौं”

  1. Roashan says:
    October 9, 2015 at 11:30 pm

    राजतन्त्र , प्रजातन्त्र ,जनतन्त्र ,गणतन्त्र सब देखियो अब एउटा बिहारी तन्त्र देखन बाकी छ त्यो पनि देख्छ होला चाडै हाम्रै जिबन मा ……. होइन आफु चै विकास को नाम मा सिन्का नसअर्ने खाली अन्दोल गरेर देश बन्छ भन्ने कस्तो सोच हो नेपाली जनता मा

    Reply
  2. सिर्जने says:
    October 9, 2015 at 8:13 pm

    प्रदीप जी, राम्रो लेख । अब नेपाली जनताले नेपाली नेता र ब्युरोक्र्याट्सहरुको टुप्पी समात्नु पर्यो । आफ्नु काम किन गर्दैनन इ भातेहरु? हाम्रो तलबले भुडी भरेर हामीलाई संकट पर्दा सुतिरहने? पानी खन्याएर उठाउनुपर्यो यी कुम्भकर्णे हरुलाई ।
    जय देश ।

    Reply
  3. XYZ says:
    October 9, 2015 at 7:00 am

    Great article, keep it up. The stupid characters like Manoj Gajurel, Madan Krishna and Haribansa will not solve Nepal’s problem, these people are guided by Oli factor.

    Reply
  4. Shankar says:
    October 9, 2015 at 6:37 am

    न राम्रै भएपनि नेपाल राजतन्त्र बाट चल्नु बाध्यता थियो | नेपाल का नेताहरुले त्यो बुझेंन |
    एउटा कुरा रोल्पा को जनता , ले काठमान्डू को जनताले , भक्तपुर को ले ओली , प्रचण्ड , माधब , कोइराला मान्ला रे , मधेस ले किन मान्छ ? बाध्यता के छ ?
    उनीहरुमा मान्नु पर्ने गुण के छ ?
    राजतन्त्र सेनाको आड मा अघोसित दिक्तेटर थ्यो , जुन पृथ्बी नारायण को नेपाल को लागि
    अपरिहार्य थ्यो |
    प्रचण्ड र बाबुराम को नौलो नेपाल सम्म आइपुग्दा मधेस अघोसित तुक्रिई सक्यो भन्दा हुन्छ | अब येउतै सर्त , बिहारी नेताहरुलाई देश चलाउन दे सायद कुरा मिल्छ , तर नेपाल नाउमात्र को हुन्छ नेपालीको परिभाषा , कला , संस्कृति सब चेन्ज हुन्छ मन्जुर छ ?

    Reply
  5. उदय कर्ण says:
    October 9, 2015 at 6:12 am

    तपाई को सोच राम्रो छ तर भारतीय को सटा मधेसी सब्द राम्रो हुन्थोकी ।

    Reply
  6. Kamal Prasad says:
    October 9, 2015 at 1:59 am

    नेपाली राजदुत होस् त् चीनमा हाम्रो राजदुत जस्तो| उनले स्पष्टसंग आफ्नो मत र सल्लाह राख्नु भएको छ| समस्या हाम्रै आफ्नै सरकारको हो| विगत दश बर्षमा मात्रै भारतीय राजदुतावासलाई मागीखाने राजनैतिक र कर्मचारीतन्त्र व्यक्तिहरुको फेहरिस्त लिन थालियो भने लहरा तान्दा पहरा खस्छ| नेपालीको स्वाभिमान सबै बेची खाए| नेपालीलाई दुखाउने र दुख्दा रमाउने नेपाली हुनसक्छ?
    ८०% राजदुतावासमा आफ्नै मान्छेलाई जागिर दिने काम मात्र भैराखेको छ|
    सरकारको कुनै रणनीति छैन| परराष्ट्र इतिहासको ठुलै रुपमा असफल भएको छ| परराष्ट्र मन्त्रि र प्रधान मन्त्रीका सल्लाहकारले आफ्नो जिम्मेवारी बुझ्ने हो भने तुरन्त राजीनामा दिनपर्ने हो| नेपालका ८०% राजदुतावास सरकारको निर्देशन नपाएर नीरिह बनेका छन्, मुल्यांकनको व्यवस्था छैन| ८०% राजदुतावास बन्द गरे पनि काममा केहि फरक पर्ने होइन बरु अझ सुधार आउनेछ| खालि अलग्गै कति देशमा श्रम कल्याण अधिकृत राखिदिए हुन्छ|
    मोदीले अहिले सम्म हाम्रा लुतो कनाउने प्रधान मन्त्रि सित फोनमा कुरा गर्न मानेका छैनन्| यो भन्दा ठुलो हेपाहा नीति कुन होला? अन्तराष्ट्रिय मर्यादा भनेको के हो भारतले पालन गर्नु पर्दैन?
    भोलि साम्प्रदायिक दंगा भड्कियो भने को जिम्मेवारी? भारतले उक्साएको मान्ने कि नमान्ने?

    Reply
  7. Ganesh says:
    October 8, 2015 at 11:33 pm

    सहि विश्लेषण गर्नु भयो । छिमेकिलाइ दोस दिनु भन्दा आफ्नै घरको झगडा मिलाउनु बेश होला ।

    Reply
  8. Hasta Bahadur Gurung says:
    October 8, 2015 at 11:28 pm

    प्रदिप गाैतम ज्यूकाे याे लेख 100% सहि हाे
    अब नेपाली जनताले देशका नेता भनाैदा धमिराहरुलाई खबर्दारी गरि अान्तरिक समस्या अाफै सुल्झाउन बिदेशीकाे ईशारामा नचल्न र अान्तरिक समस्या मिलाउन कसै सँग नडराईकन अघि बढ्न सुझाब र खबरदारी गर्नु अति जरुरी छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme