-तेन्जिङ गाबा –
भारतले नाकाबन्दी गर्यो भने के के कुरा को अभाव हुन्छ हामीलाई?
यी तपसिलका सामाग्रीहरु को आपूर्ति अहिले भारतबाट भै राखेको छ त्येसैले यिनको अभाब हुन् सक्छ
१. नून,
२. तेल (इन्धन),
३. पान पराग,
४. खैनी, सुर्ती
५. हिन्दि फिलिम, टेली सिरियल
६. भारतमा जडान गरेको सवारी साधन,
७. ओखति
८. रासायनिक मल
९. खाद्द्य पदार्थ।लत्ता कपडा
१०. निर्माण सामग्री
११. रोजगारी
यदि यिनको आपूर्ति बन्द भएमा विकल्प नै छैन त?
१. नून :
नून हामीलाई नभई नहुने कुरा हो तर एउटा कुरा के हो भने यो हामीलाई एकदमै कम्ति मात्रामा चाहिन्छ, बर्षमा १ जनालाई १.३ के.जी. नून भए पुग्छ अर्थात् त्यति जाबो नून हामी हवाई जहाजमा नै हालेर ल्याएर पनि खान सक्छौ त्येसले नेपालीलाई कुनै पनि आर्थिक भार पर्दैन वा नगन्य मात्र आर्थिक भार पर्छ। अनि अर्को कुरो नून भारतमा मात्रै पाइदैन, संसारको प्राय सबै देशले नून उत्पादन गर्छन र तिनीहरुले पनि नून बेच्छन।
२. तेल (इन्धन)
नेपाल आउने सबै पेट्रोलियम पदार्थ भारतबाट नै आउने हुन् र भारतले पनि त्यो खाडीबाट ल्याएर नेपाललाई बेच्ने हो, सत्य कुरो नै हो तेल आएन भने हाम्रो सबै सवारी साधनहरु चल्दैनन् सबै थन्किनछन्, के भो त् ? होइन हामी किन सधै अर्काको भरमा मोटर चढ्ने ? आफ्नै बल-बुता-सामर्थ्य मा चढ़ौ न मोटर। होइन आज भोलि संसार मा धेरै प्रकारका बिजुलीले चल्ने मोटर। मोटर साइकल पाइन्छन त्, हामी पनि त्येस्तै चलाउ न के को सधै खिच् खिच्। अहिले नै पनि हामी कहाँ सफा टेम्पो चल्दै छ नि, त्येस्लाई अलिक ठुलो स्केल मा उत्पादन गरेर चलाउने हो भने सहर भित्र को सवारी समस्या पूर्ण रुप मा नै हट्न सक्छ। हो अहिलेको अवस्था जे भए पनि नेपाल मा बिजुली आफुलाई आवस्यक पर्ने भन्दा धेरै गुणा बढी उत्पादन हुनु सक्छ। त्येही बिजुलीलाई उपयोग गरेर ठुलो ढुवानी को सवारी साधन अनि रेल पनि चलाउनु सकिन्छ बिजुली बाट नै, खान पकाउनु पनि ग्यास भन्दा बिजुली धेरै नै उत्तम हो। तेलले गर्ने तर बिजुलीले नगर्ने कम प्राय छदै छैन भन्दा पनि हुन्छ साच्चै भन्ने हो भने १ थोपा पनि तेल चाहिदैन।
३. पान पराग।खैनी।सुर्ती।हिन्दि फिलिम।टेली सिरियल:
यी पदार्थ हरु उपभोग गर्न नपाएर आज सम्म कोहि बिरामी परेको वा मरेका छन् ?
वा यी पदार्थ सेवन।उपभोग गर्न नपाए कति मानिस मर्लान ?
यदि मर्छन भने मर्न दिउ, त्येस्ता मान्छेहरु बाचेको भन्दा मरेको नै राम्रो।
६. भारतमा जडान गरिएको सवारी साधन
भारतले पनि अरुको प्रबिधि लिएर बनाउने हो अनि त्यो हामीलाई फ्री दिने पनि होइन, उनको सामान हामी कहा धेरै चल्नु को कारण उनको गुणस्तर राम्रो भएर होइन पाटपुर्जा को सहज उपलब्धताले गर्दा मात्रै हो (भारतीय सवारी साधन संसार मा सबै भन्दा घटिया बर्ग मा नै गनिन्छन। बिकसित देश अनि पुर्बी एशिया मा त् प्रवेश गर्न पनि दियिदैन)। पार्ट – पुर्जाको सहज उपलब्धता भनेको ठुलो कुरो होइन। यदि नेपाल मा जर्मन।जापानी गाडी हरु धेरै भएमा त्येसको पाटपुर्जा उनीहरुले नै सहज बनाई दिन्छन त्येसको टेन्सन लिने पर्दैन। त्येही माथि यदि बिजुली बाट चल्ने सवारी को प्रयोग गर्ने हो भने भारतले त्यो उपलब्ध गराउनु पनि सक्दैन (जम्मा १ वटा Mahindra Reva e-20 भन्ने बिजुली कार बनाउछ भारतले)
७. ओखती
बेइमानीमा भारतीयहरु अब्बल नै छन् जस्तो लाग्छ, ओखति जस्तो अत्यन्त संबेदनसिल पदार्थ बेइमानी को बाहुल्य भएको ठाउँ बाट किन्नु भन्दा अरु तिर बाट नै किन्दा राम्रो होला कि ? ओखति त् जता बाट ल्याए पनि हुन्छ नि, ओखति को ढुवानी शुल्क धेरै लाग्दैन , हवाई मार्ग नै चलाउदा पनि फरक पर्दैन। साच्चै भन्ने हो भने हामीले ओखति किन्ने होइन बेच्ने नीति बनाउनु पर्छ। हामी कहाँ भएको जडी बुटी प्रशोधन गरेर ओखतिमा आत्मा निर्भर मात्र होइन बेचेर राम्रो आम्दानी गर्न सक्छौ। नेपाल जस्तो भौगालिक अवस्था भएको मुलुकले कुनै पनि सामान बाहिर बेच्ने गरि उत्पादन गर्दा ढुवानी को बारेमा विचार गर्नु पर्छ। ओखति नेपाल मा उत्पादन गरेर बाहिर बेच्न सकिने एउटा प्रमुख सम्भावना हो।
८. रासायनिक मल :
होइन ओर्गानिक नै खाउ न किन बेकार मा टेन्सन ? होइन रसयेनिक मल नै उत्पादन गर्ने परे पनि , बिजुलीको समस्या समाधान भएको दिन नै हामी रासायनिक मल को कारखाना खोल्न सक्छौ, यो कुनै ठुलो समस्या नै होइन।
९. खाद्द्य पदार्थ। लत्ता कपडा :
नेपाल सानो मुलुक होइन, नेपाल उर्बर पनि छ, नेपाल मा उत्पादन हुन् नसक्ने कुनै पनि प्रकारको कृषि जन्य पदार्थ छैन। सिचाई र मल को पर्याप्तता हुने हो भने नेपालमा उत्पादित खाद्य पदार्थ बेच्न नै पुग्छ, किन किन्नु पर्यो बाहिर बाट ? अनि लत्ता कपडा को कुरो गर्दा तपाई आफ्नो सरिर मा हेर्नुस न भारत बाट आएको कति प्रतिशत कपडा छ तपाइको जिउ मा ? नेपाली ने भारतीय कपडा लगाउनु छोडेको कम्तिमा पनि १०-१५ बर्ष भैसक्यो (कुर्ता सुरुवाल।सारी बाहेक, यिनी हरु पनि नेपाल मा सजिलै बनाउनु सकिन्छ)
१०. निर्माण सामग्री:
निर्माण सामग्री मध्य सबै भन्दा ठुलो कुरो , ढुंगा-बलुवा-काठ-सिमेन्ट र फलाम हुन्। फलाम बाहेक सबै कुरोमा हामी पूर्ण रूपमा अहिले नै आत्मानिर्भर छौ वा हुन् सक्छौ। फलामको कच्चा पदार्थ (iron ore ) लागि स्थल मार्ग पर्योग गरेर चीन लगाएतको मुलुक बाट आयात गर्न सकिन्छ र बिजुली प्रसस्त भएको खण्ड मा देश मा नै प्रसोधन गरेर जे जस्ता आकार प्रकार दिनु पर्ने हो बनाउनु सकिन्छ।
११. रोजगारी:
भारत तिर गएर भाडा माझ्ने। चौकीदारी गर्ने वा खाडी तिर गएर श्रम बिक्रि गर्नु पर्ने अवस्था। प्रवृति हट्न जरुरि छ त्येसको लागि
देशमा नै रोजगारीको अवसर प्राप्त हुनु पर्छ
……… तर कसरी?
सरल उत्तर…….देशमा नै रोजगारी दिने
……… तर कसरी?
अर्को सरल उत्तर ……कल-कारखाना खोलेर
………तर कसरी?
कसरी र कसले र किन के फाइदा देखेर खोल्ने कल कारखाना नेपाल मा ?
यो प्रस्नको जवाफ खोज पहिले नत्र नेपाल मा कसैले पनि लगानी गर्दैन,
यो त् समस्या भयो समाधान के त ?
कुनै पनि लगानी कर्ता (स्वदेसी वा बिदेसी)ले लगानी गर्न पहिले एउटा कुरो पक्कै पनि हेर्छ,
# कुनै पनि सामान उत्पादन गरेर बजारमा(स्वदेसी वा बिदेसी बजार) पुराउदा उसको कति खर्च लाग्छ ?
# त्यो समान कतिमा बिक्रि हुन्छ (वा उसलाई खुद नाफा कति हुन्छ) ?
यदि उसलाई नाफा हुदैन रहेछ भने उसले कुनै पनि हालत मा लगानी गर्दैन यदि गरि हाले पनि चाडै टाट पल्टन्छ।
अहिले को अवस्था मा नेपाल मा केहि पनि सामान उत्पादन गरेर बिदेसमा बिक्रि गर्ने आट कुनै पनि उत्पादकले गर्न सक्दैन किनकी यहाँ उत्पादन भएको सामग्रीको उत्पादन मूल्य उच्च हुनु को साथै बाहिर पठाउँदा ढुवानी को मूल्य अत्यन्तै धेरै लाग्छ। समग्रमा उसले नाफा कमाउनु नै सक्दैन। त्येसैले अत्यन्त सस्तो जग्गा र सस्तो श्रमिक पाउनुको बाबजुद पनि अहिले सम्म हाम्रो देशमा कुनै सामान पनि उत्पादन (विदेश निर्यात हुने स्केलमा) हुदैन।
त्येसको उपचार के छ ??
छ
कुनै पनि बस्तुको को मुल्यमा
उत्पादन मुल्य
र
ढुवानी (बजार व्यवस्थापन लगायत) मुल्यले मुख्य भूमिका खेल्छ,
ढुवानीको मुल्यमा प्रभाब पार्न सक्ने हाम्रो भौगालिक अवस्थाले गर्दा सम्भब छैन तर “उत्पादन मुल्य” मा हामीले प्रभाब पर्न सक्छौ। हामी कहाँ बिजुली अत्यन्त सस्तो मा उत्पादन हुनु सक्छ र आझै हाम्रो देशमा श्रम सक्ति निक्कै नै पनि छ।
यदि सस्तो जमिन, सस्तो उर्जा र सस्तो श्रम उपलब्ध गराउने हो भने ढुवानी को लागि हुने खर्च नजरअन्दाज गरेर नेपाल मा कल कारखाना खोल्न सबै आकर्षित हुन्छन . यहा उत्पादित बस्तुले धेरै नाफा कमाउनु सक्नी अवस्थामा लगानी भित्राउनु नै पर्दैन आफै भित्रिन्छ।
आज भोलि धेरै त्येस्त उत्पादनहरु छन् जसको मुख्य खर्च उर्जामा नै हुने गर्दछ हो त्येस्त उत्पादक हरु हामी कहाँ आउनु को लागि मरिहत्ते गर्छन , यदि हामी कहा प्रसस्त उर्जा अनि त्यो पनि एकदमै सस्तो मा उपलब्ध छ भने (जुन हाम्रो देश नेपाल मा मात्र सम्भब छ).।
मुख्य कुरो :
हामीले जलाबिध्युत उत्पादन गरेर भारत वा विदेश तिर बेच्नु।बजार खोज्नु भनेको मुर्खता मात्र हो (जुन अहिले हामीले गरि राखेको छौ)। यस खालको नीतिले हामीलाई सधै भारत निर्भर मात्र बनाउछ, उसले जति मा मन लाग्छ त्यति मा किन्छ, वा मुल्य उसले निर्धारण गर्छ यो धुर्ब सत्य हो (अनि उसको नियत कहिले पनि असल छैन) सधै सके सम्म फ्री मा वा कौडीको भाउमा किन्न खोज्छ त्येसैले हाम्रो उर्जा किन्न र खपत गर्न बिदेसी उत्पादक हरु नेपाल भित्रै आउने बातावरण बनाउनु पर्छ। हाम्रो उर्जा हामीले हाम्रै देश भित्र स्वदेसी वा बिदेसी उत्पादकहरुलाई बेच्नु को अर्को बिकल्प छदै छैन।
विकल्प खोज्नु जरुरि छ तर हाम्रो दुर्भाग्य, यसमा हाम्रै नेता र हाम्रै निर्बाचित जनप्रतिनिधिहरुले साथ देलान जस्तो लाग्दैन. केहि दिन पछि सब कुरा सामसुम हुन्छ. अर्को चुनाब हुन्छ, यिनीहरु नै आउँछन्. सब जस्ता को तस्तै.
यति मात्र बुझम कि भारत नेपाल लाई समान बेच्न चाहदैन ! अब हामी के गर्ने?! विकल्प खोज्ने कि भारत लाई गालि गरेर बस्ने?
समय सान्दर्भिक लेख्, हामी आत्म निर्भर हुन का लागि सबैले आआफ्नो ठाउँ बाट भूमिका निर्बाह गर्नु जरुरी छ ।
मिहिनेत र परिश्रम गर्न सिकौ, त्यो पनि केहि मात्रले होइन, सबका सबले/ कुनै ठाउँमा जम्मा हुनु परे वा जानु परे जापनिजहरु दश मिनेट पहिले पुग्दा रहेछन, तर हामी नेपालीहरु एक घण्टा ढिलो पुग्छौ र गर्वकासाथ आफ्नो नेपालीपनाको निरन्तरता दिन सकेको मा खुशी हुन्छौं/
मित्र
कुरा तत्काल कसरि हामि वाच छम को हैन , ७१ दिन सम्म नालापानी मा ब्रिटिश सग भोक भोकै लडे त् अहिले त् के नाकाबन्दी ?
कुरा यहा नियत को हो | ४५ साल मा नेपाल मा बहुदल चाहियो भनेर नाकाबन्दी लगायो , तेस्पछि इन्डिया ले तराइमा आफ्नो आधा जनता हुल्यो अब आएर उनीहरुलाई नै देश चलाउन दे भन्दै छ | त्यो चै हो खतरा |
मूल कुरा इन्डिया ले चीन को सिमाना मा रहेकोले नेपाल लिन चै न सक्ने तर यहा को नेपालि लाखाटर , बिहारी ले भरेर नया नेपाल बनाउन लागेको हो |
येस्मा सहयोग गर्ने हिजो को माउबादी , बाबुराम , गिरिजा सब दोसी छन् |
हुल का हुल आउने मदिसेलाई नेपालि ले समाबेसी गर्न सक्छ ?
तर अफसोच !! यहि अबस्था अडान नेपालि नेता ले राख्ला ? बाबुराम त् देखिहाल्नु भो , अरुको पनि अबस्था केहि दिन मा देखिने छ |
इन्डिया ले नेपालि ला सारो हेप्ने भएकोले अब अडान लिनु जरुरि छ | कुरा यहा मात्र हैन
गुजरात मा तिलान्गना दियो , बिहार मा झारखण्ड दियो तर नेपालि लाइ गोर्खा ल्याण्ड दिएँन | नेपालि नेताहरु ( बिरेन्द्र ,मदन भण्डारी ) , गोर्खा ल्याण्ड का केहि नेताहरु रहस्यात्मक तरिकाले ”र” द्वारा मर्वायो |
गाबा जी को लेख देशप्रेमले ओतप्रोत ! .
सबै नेपालीको मनमा यस्तरी नै सबाल हरु सल्बलाई रहोस् अनि समस्या समाधानका
उपाय सम्बन्धमा यसरी नै बिचार ( उपाय ) आउन सकोस् !
हुनै नसक्ने कुरा के नै पो छ र यो संसारमा ! झन् देशको सबालमा — हामी नेपाली —
शंकर जी
तपाईको कमेन्ट मार्मिक छ ~~ सधै मार्मिक हुने गर्छ तपाईको कमेन्ट —
सबैले प्रस्ट बुझ्ने गरि लेख्न सक्नु हुन्छ तपाई तैपनि किन यस्तरी लर्बराएको अक्ष्यरमा
लेख्नु हुन्छ सधै भरि !
धन्यबाद बिन्दु जी
मेरो कम्मेन्ट खासै राम्रो हो जस्तो त् लाग्दैन तैपनि मन मा लागेको लेख्ने हो |
यहा को कम्मेन्ट पनि सान्दर्भिक र मार्मिक छन् |
होइन घाटा हामी लै मात्र होइन त्यो धोति को बोर्डेरमा बस्नी सब busines नेपाली ले नै चलेको छ अब हेरुम न तिनी हरु बन्द भएको ..
यो हाम्रो सदिवोव देखि को भारत आश्रित मानसिकता ले गर्दा भएको कुरा हो ! हामी किन चिन संग ब्यापारिक सम्झौतामा बिकाश गर्न सकिरहेको छैनौ ! चिन संग संसार भरिका जनता आश्रित छन् , सबै युरोप, अमेरिका मा चिनको समान हरु ले भरिभाराब छन् हामीले चिन संगको नाका खोलेउ र चिन संग ब्यापारिक सम्झौता गरेउ भने कैले पनि भारत संगको नाका बन्दि को सामना गर्नु पर्दैन! तर हाम्रो भारत आश्रित नेता हरु को निजि स्वार्थ ले गर्दा तिन करोड नेपाली जनता ले हलमा दुख पाएका छन् ! चिन संग राजनीतिक, ब्यापारिक , आर्थिक बिकाश को दिगो सम्झौता गरेउ भने भारत आफै हाम्रो हात समौना आइपुग्छ ! हामी नेपाली दुइतै हात मा लड्डु भएर पनि स्वाद चाख्न जानेनौ ! समय मै चेतना भएमा !
ए बाबुराजा मैया रानीहरु हो,
तेञ्जिङ्ग सरको अभिप्राय र योजना राम्रो छ, प्रश्नै छैन तर उँहाले यी कुरा यथार्थको धरातलमा उभिएर भन्नु भएको हो कि सपने भएर बुझ्न सकिएन| चस्स घोच्दा मात्र ब्युझने हाम्रा जनता र नेताहरुको बानी छ| खान पाएपछि सबै बिर्सन्छ भोलिलाई|
ठुलो मुद्दा के भने तराइको बढ्दो आवादी र पारिबाट नेपाल तिर बसाई सराई लाई कसरि नियन्त्रित गर्ने भन्ने हो| हरेक सीमानाबाट यता नेपाल तिर बसाई सर्ने हो भने किन इलामको साँधमा यता पट्टि त्यहि अनुपातमा उताको जनसंख्या आएन जसरि बिहार र युपीको बोर्डर बाट गाउँ नै सरेको भान हुन्छ| प्रश्न के भने कसरि कसरि यस्ता बसाई सराईलाई नियन्त्रित गर्ने? भारतले आधार कार्ड शुरु गरेको छ| नेपालले पनि त्यस्तै गर्न पर्छ|
जे होस्, मधेसी नेताहरुले नेपाल लाई पर्दा अझ नाकाबन्दी लाएर खुच्चिङ्ग मनाउन भनेको नेपाली मन कसको रैछ र कसको रहेन रहेछ भनेर दुधको दुध र पानीको पानी छुट्याए सरह हो|
मधेसमा मधेसीलाई हेला गर्छ रे? भारतमा मधेसीले नेपालीलाई मान्छे सरह पनि गन्ति गर्दैन चाहे त्यो चार पुस्ता नै त्यहा बसेको किन नहोस| मधेसी हरुको हेपाहा व्यवहार संग को परिचित छैन?
नेपालमा मधेसी राष्ट्रपति, मधेसी उपराष्ट्रपति, केहि अघिसम्म मधेसी प्रधान न्यायधीश र अनेको व्यक्ति प्रशासनमा छन|
बाबुराम जस्ता नेता र उपेंद्रे र महतो जस्ता आन्दोलनकारी जसले आफ्नै देशलाई नाकाबन्दीमा पारे त्यही पनि बिदेशी गुहारेर, त्यस्ता हरुको कुरा गरेर साध्य छ र?
नेपाली जनताले उनीहरुको रियल चेहरा चाँही छर्लंग हुने गरी देखे यसपाला|
If we can buy oil directly from Iran imported in pipeline (Iran has already proposed for it) and medicines from other countries (e.g., Pakistan, B’desh or any other SAARC countries). Even though the problem is settled this time, we need to think for long-term solution so that this kind of adverse situation does not arise in future.
सब ठिक छ एउटा कुरा थप्न मन लग्यो क हामी पनि अनाबिक र रशैनिक हतियार बनाएर हामी पनि कम छैन भन्ने कैले औंचा दिन ???? अब एक चोटी येस्मा सोच्ने कि शान्ति सम्झोता सबै देश ले गरेकै छ तर उनि हरु भित्र भित्र सब तयार छ हामी पनि भित्र एस्तो गर्ने अबासय्क भैसक्यो नत्र सधै हेपिएर बस्न सकिदैन बरु सिरिया बन्न तयार झुक्ने त कुर्रै औदैना /
All of your suggestions might be considered good but these all are long term prospects. Nothing can be done in the short-run.
We are talking about being self dependent, but that my friend needs huge capital investments. Nepal needs to win the confidence of the world and by no means it has succeed yet. Rampant corruption, labor disturbance, lack of vision etc. have put the international communities confidence at rock bottom. Plus Nepal is a very small country for any country to eye as it’s market.
Why will US invest in hydro electricity for Nepal unless it can buy from us. This is era of economic benefits and no one will bother about you if there is no benefits from the other side. There is no free lunch in this world.
China has promised to helped us as it has no good terms with India. We have experienced their help in the form of Aircraft we bought from them. I damn care that we need to rely of India because our culture matches. But we have to be more strategic and take as much benefits we can by trying to make India dependent on our hydroelectricity. Once we can make it happen then we will at least be at better terms to negotiate with them.
It’s not a time to bring emotions when we are heading in a path of new direction of development.
Is this guy talking sensible? Or lost his mind? He seems to have concluded that we have a cheapest source of energy from hydro-power. Does he know the required investment? And moreover India’s consent required to produce big scale hydro-power; lower riparian rights and our treaty that they should be away 50 km from the Indo-Nepal boarder?
Mr. XYZ For your info.
Hydropower is the most efficient way to generate electricity. Modern hydro turbines can convert as much as 90% of the available energy into electricity. The best fossil fuel plants are only about 50% efficient .
Hydropower is produced for an average of 0.85 cents per kilowatt-hour (kwh). This is about 50% the cost of nuclear, 40% the cost of fossil fuel, and 25% the cost of using natural gas.
The reason of arguebally higher price for hydroelectricity in nepal is not its technology but lack of infrastructure ( which we altimately need at the end of the day) and poor management(corruption).
अहिलेको अवस्थामा नेपाल हारेको होला, तर खत्तम भै सकेको छैन, चाहने हो भने अझै समय छ, गर्न सकिन्छ । सधै खुट्टा कमाएर हुन्छ?
अ सरकारको असल नियत हुनु भने हाईड्रोपावर बनाउन गारो र ठुलो लगानीको कुरो हैन हाई मित्र | बिग्रेको त कहाँ हो भने असल नियत भएका मानिस सरकारमा नहुनु, कर्मचारीले पनि आफ्नो भाग खोज्नु, अनि गाउँ स्तरमा पनि ILO १६९ भन्ने मात्र जान्नु ले हो |
यो संकट हामीले पंचायत कालमै भोगेका थियौ तर राजनीतिक अस्थिरताले मरिचमान जस्ता नेता फेरी पाएनौ यदि हामी आफै निर्भर हुने सोच उहिबेला देखि गर्दै आएका भए सधै हात फिजाउनु कतै जरुरि थिएन तर पनि आकाश खसेको छैन अहिलेको यो चेतनालाई निभ्न दिनु हुन्न यो राजनीतिक समस्या हल भएनी आत्मनिर्भर हुने या अन्य विकल्प खोज्नु जरुरि भएको छ सधै पकाएको भात खाने हाम्रो बानीले हाम्रा आउने सन्तति र देशको भविष्य अन्धकार नहोस …सबैलाई चेतना भया
तपाईंको लेख एकदमै राम्रो र चित्त बुझ्दो लाग्यो। आजैबाट हामी आत्मानिर्भर हुने बाटोतिर लागे एकदिन अवस्य सफलताको शिखर चुमिने छ। जय नेपाल।
हामीले नाकाबन्दी बाट हामी मात्र होइन मधेसी, नेपाली भारतीय र भारतीय पनि प्रभावित हुन्छन – नेपाल ले आत्म निर्भरता बढाउने हो भने भारत झुक्ने छ, हामी झुक्नु पर्दैन ! एकलौटी बेपार बाट भारत ले ब्रह्म लुट गरेको छ !
‘हामि मात्रै होइन मधेसी …’ को अर्थ बुझाइदिनुस न सर? हामि भन्नाले के? गैरमधेसी कि ३ दल मध्येको एक को कार्यकर्ता?