Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वागतम, नयाँ संविधान २०७२!

Posted on September 20, 2015September 20, 2015 by mysansar

-बासु श्रेष्ठ/उडब्रिज, भर्जिनिया-

LbOuumK२००७ सालदेखि नेपालीले देख्दै आएको संविधान सभाव्दारा लिखित संविधानको सपना अन्ततोगोत्वा २०७२ असोज ३ मा पुरा हुने भएको छ। यसकोलागी थुप्रै नेपालीहरुले बलिदान दिएका छन्। थुप्रै राजनैतिक उथलपुथलपछि २०६२/२०६३ को आन्दोलनले बल्ल संविधान सभाको बाटो कोरेपनि संविधान निर्माण नगरीकनै यसको अवसान भयो। दोश्रो पटक फेरि संविधान सभाको चुनावमा जनताहरु पहिलेको जस्तो उत्साहित नदेखिएपनि यस कार्यमा सहभागी भए र नेता तथा निति निर्माताहरुलाई एक पटक फेरि मौका दिए। त्यहि मौकाले अहिले सफलताको बाटोमा हिँडेको अनभूति गर्न पाईने भएको छ। पहिलो पटकको संविधान सभाको स्थापना र अवसानमा राष्ट्र्को अमूल्य समय र धनको खर्च भएको छ जुन फर्केर कहिल्यै आउने छैन। त्यसैको कारणले नेता तथा साँसदहरुप्रति जनताको अविश्वास बढ्दै गएको प्रत्यक्ष अनुभूत गर्न सकिन्थ्यो। तर त्यो अविश्वासपनि असोज ३ गते पखालिने अवस्थामा पुगेको छ भन्दा अत्युक्ति नहोला। संविधान निर्माणमा आएको ढिलाई र कचकचले आफ्नो निर्वाचन क्षेत्रमा कसरी मुख देखाउन जाने होला भन्ने धुकचुक भई रहेका साँसदहरुपनि अब उज्यालो मुख गरेर अविरजात्रा गर्न पाउने लायक भएका छन्। सँधै क्लान्त देखिने यिनका अनुहारमा नयाँ संविधान बहुमतले पारित भएपछि उज्यालो थपिएको प्रष्ट देख्न पाइन्छ।

आठवर्ष र अरबौँ रुपैँया खर्चेको संविधान सभाले निर्माण गरेको यो संविधान भने पूर्ण होईन भनेर ठोकुवा गर्न सकिन्छ। किनभने यसमा जनताका अधिकाँश चाहना उल्लेख भएपनि सम्पूर्ण चाहनाहरु समाहित भएका छैनन्। सबैभन्दा मूख्य कुरा त मधेशवादीहरुलाई शक्ति मानि सकेको नेपालको राजनैतिक परिप्रेक्ष्यमा यिनै दलहरुलाई बाहिर राखेर संविधान पारित गरिएको छ। यसको दीर्घकालिन कस्तो असर पर्छ भन्ने त भविष्यले देखाउला नै।

त्यसैगरि, प्रदेशको नामाँकन र सिमाँकनलाईपनि थाति राखिएको छ। झ्वाट्ट हेर्दा तीन दललाई संविधान जारी गर्न हतार भएको जस्तोपनि देखिन्छ। हुन त संविधानको हतारो जनतालाईपनि नभएको त कहाँ हो र? त्यसैगरी कतिपय आरक्षण र सँरक्षण जस्ता विषयहरुलाईपनि संविधानमा समेटेर निर्माणकर्ताहरुले उदारपना देखाएपनि यस्ता विषयहरुलाई कानुनबाट नै व्यवस्था गर्न सकिन्थ्यो। त्यसकारण, मधेशवादीहरुलाई छेउ पारेर र नामाँकन तथा सिमाँकनलाई थाति राख्दै संविधान जारी गर्न तत्पर भएका छन् यि दलका नेताहरु।

अर्कोतर्फ संविधान जारी भएपछि सबै सिद्धियो, टुँगो लाग्यो भन्नेपनि होईन। संविधान लेखिनु भनेको ढुँगामा लेखिनु होईन। यो पटक पटक राष्ट्र्को अवस्था र जनताको चाहना बमोजिम समय समयमा सँशोधन भईरहन्छ। यो परिवर्तनशील हुन्छ। यो प्रगतिशीलपनि हुन्छ। यो लचकदारपनि हुन्छ। संविधान कति लचकदार र परिवर्तनशील छ भन्ने कुरा त अन्तरिम संविधानमा भएका कतिपय सँशोधनले नै प्रमाणित गरिसकेको छ।

सँसारको सबैभन्दा छोटो संविधान भएको अमेरिकाको संविधान नै पनि २७ पटक सँशोधन गरिएको छ। अर्कोतर्फ सँसारको सबैभन्दा ठुलो संविधान भएको हाम्रै छिमेकी मुलुक भारतको संविधानमापनि ९९ औँ पटक सँशोधन भईसकेको छ भने १०० औँ पटकको सँशोधन प्रस्तावना पारित गर्न बाँकि छ। हामीले न अमेरिकाको जत्रो संविधान न भारतको जत्रो संविधान बोक्ने भएका छौँ भने यो संविधान अकाट्य हुन्छ र यहि नै अन्तिम हो भनेर कोकोहोलो गर्नु आवश्यक छैन जस्तो लाग्छ। फरक कतिमात्र हो भने परिवर्तन नभएसम्म यो अकाट्य नै रहन्छ र संविधानको मूल विशेषता भनेको नै यहि हो।

संविधानमा आफ्नो आवाज नपुगेकाहरुले आफ्नो आवाज जारी राख्नुपर्छ र त्यसमा बढि भन्दा बढि आवाज थपिँदै गयो भने त्यो आवाजले एकदिन संविधानमा ठाउँ पाउने निश्चित छ। किनभने यो समयको माग अनुरुप परिवर्तशील छ।

त्यसैले अहिलेको संविधान जस्तोसुकै भएपनि एक प्रकारले नहुनु भन्दा कानो बेश भने झैँ हो र हामीले यसमा खुशी नै मान्नुपर्ने हुन्छ। खुशी मान्नु पर्ने यस अर्थमा कि यसको अनुपस्थितिमा देशले विकासको गति लिन पाएको छैन। अघि बढ्नुको साटो पछि परिरहेको छ। शान्ति, सुरक्षा, रोजगार लगायत आर्थिक विकासमा बाधा भई रहेको छ। देश र जनता अन्यौलमा छन्। विदेशीहरुको खुल्लमखुल्ला चलखेल, निर्देशन र सहभागिता भईरहेको छ। संविधान सभाको नाममा साँसदहरुको खर्च धान्न धौधौ परिसकेको छ। त्यसकारण केहि हदसम्म यस संविधानले देशलाई विकासको पथमा फर्काएर ल्याउने छ भन्ने विश्वास गर्न सकिन्छ। यो संविधानले देशलाई दौडिन मद्धत नगरेपनि थला परेको स्थानबाट हिँड्न अबश्य मद्धत गर्ने छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ। त्यसैले, नयाँ संविधान २०७२ लाई हामीले स्वागत गर्नैपर्छ र गरौँ।

स्वागतम् नेपालको संविधान २०७२!

5 thoughts on “स्वागतम, नयाँ संविधान २०७२!”

  1. Nepali Engineer says:
    September 22, 2015 at 1:05 pm

    If the original copies also have the same look and feel like the ones shown int eh picture, then I can clearly see possibilities of forgery such as replacing pages, adding pages etc.,
    Therefore, for the books with such enormous importance, government also needs to look into preventing forgery such as by
    – gluing all the pages
    – sealing with official stamp on all the sides of the book
    etc.,

    What do y’all say?

    Reply
  2. laxman says:
    September 21, 2015 at 12:11 am

    किताबी किरो लाइ नै बिध्वान मान्ने हो भने रावण जस्तो बिध्वान राम पनि थियनन . तेसै ले बाबुरामका भक्त हरु हो … बाबुराम कलि युग को तेही रावण हो जो P.H.D.को आड मा जातियता को नारा लगायर संबिधान बन्न नदियर देश भारत लाइ बेच्न निकै कोशिस गरेको थियो . रावण ले त अर्काको स्वास्नी मात्र हरण गरेको थियो तर यो भेडो ले त आफ्नी आमा नै बेच्न खोजि रहेको छ .

    Reply
  3. Ksav says:
    September 20, 2015 at 6:45 pm

    नेपाली जनताको सपना हैन चोर नेता हरुको सपना पुरा भएको छ……

    Reply
  4. Begam THAPA says:
    September 20, 2015 at 1:49 pm

    के यो साचो हो त नेपालको संबिधान भएको मलाई त १००% विश्वास भएको छैन के यो साचो हो ?

    Reply
    1. Yam Chand says:
      September 20, 2015 at 8:37 pm

      हाल को लागि भएपनि पहिचान सहितको राज्यहरु स्थापित नगरिएको कुरा लाइ राम्रै मान्नु पर्छ.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme