Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पाँच सय रुपैया र चार लिटर पेट्रोल बाँडेर चर्काइँदैछ आन्दोलन

Posted on September 2, 2015 by mysansar

-शेष दाहाल-

900x602xTharu-Sabhasad-Birodh,P20,2817,29.JPG.pagespeed.ic.rbN8ltpLBd भर्खरै तराईका केही जिल्ला पुगेर फर्केको छु। तराईमा आन्दोलन चर्किएको आधा महिना भन्दा बढी भइसक्यो। अत्यावश्यकीय सेवा लगायत अन्य सामानहरुको अभाव बजारमा चुलिँदै गइरहेको छ। सरकारले न त कान ठाडो बनाएर माग पूरा गर्नतर्फ सोचेको छ, न त आन्दोलनकारीका नेता भनाउँदाहरुले जनतालाई सास्ती भयो भनेर आन्दोलनको समाप्तितर्फ केही सोच बनाएका छन्। उनीहरु त केवल आन्दोलन अराजक र आक्रामक बनाउन भन्दै गाउँगाउँमा गएर मान्छे उचालिरहेका छन्।

केही भरौटेहरु लठ्ठी लिएर सडक अवरुद्ध गरिरहेका देखिन्थे। न त जनताको उपस्थिति थियो न त समर्थन नै। मैले त्यहाँका जनतासँग कुरा गर्दा उनीहरु नेतासँग निकै नै रुष्ट देखिन्थे र आन्दोलनलाई पटक्कै समर्थन गरिरहेका थिएनन्। तर उनीहरु यो कुरा खुलेर कसैसँग ब्यक्त गर्न सकिरहेका थिएनन्। चोक चोकमा छोटे नेताहरु केही कार्यकर्ता जम्मा गरेर भाषण गरिरहेका थिए। बजार र पसलहरु बन्द नै छन्।

माग थाहा छैन
उनीहरुको माग के हो त भनेर सोध्दा एउटै उत्तर हुन्थ्यो “एक मधेश एक प्रदेश”। अनि अरु माग नि? यति प्रश्न सोध्दा कोही आन्दोलनकारीसँग केही नि उत्तर थिएन।

आन्दोलनको आगो बलेन भन्दै जोडतोडले न्वारनदेखिको बल लगाएर मानिसहरुलाई उचालिरहेका थिए। योजना अनुरुप नै उनीहरुले सोमबार लाठी जुलुस निकाले। करिब १५ हजारको सङ्ख्यामा रहेका सात, आठ वर्षका बच्चादेखि सत्तरी असी वर्षका उमेरका मानिसहरुले लाठी बोकेर आन्दोलनमा आएका थिए। उनीहरुले बाराको एमाले पार्टी कार्यालयमा तोडफोड गरी आगजानी समेत गरे। आन्दोलनमा हिँड्ने साना साना बच्चाहरु नि अराजक बन्दै दिएका थिए, जुलुसको छेउमा रहेको पसल बन्द गरेनन भनेर तर्साउने र फुटाउन अघि सर्ने तिनै बच्चाहरु थिए। उनीहरु रमाइलो गर्न आन्दोलनमा आएका थिए भने मान्छे तर्साउँदा डराए भनेर रमाइलो मानिरहेका थिए।

नेताको दुईचार जना भरौटेले मान्छे तर्साएर गरेको माग सरकारले पूरा गर्नुपर्छ भन्नु कहाँसम्मको न्यायसङ्गत हो? आन्दोलनको ठोस योजनै बिना तोडफोड मच्चाएर जनता त्रसित बनाउनु कहाँको लोकतन्त्र हो? हो, त्यहाँका जनताको जायज माग पूरा गरिनुपर्छ, त्यसो भन्दैमा भरौटेहरुको दादागिरीबाट जनता र सरकार सचेत बन्न जरुरी छ। एउटा माग समेत आन्दोलनकारीलाई बुझाउन नसक्ने नेताले जनतालाई के अधिकार देला?

रमाइलो गर्न आन्दोलनमा
कलैयाको भरत चोकमा जम्मा भएर नेताहरु भाषण गरिरहेका थिए। त्यसबीच त्यहाँ पुग्ने कसैलाई पनि त्यो भाषणप्रति खासै चाख थिएन। उनीहरु आन्दोलनमा रमाउन आएका थिए। आन्दोलनमा सहभागीहरु मध्ये अधिका‍ंश विद्यालय जाने बच्चाबच्चीहरु र २०/२२ उमेरका जस्ता देखिने बेरोजगार केटाहरु थिए।

निषेधित क्षेत्र नतोडी एकछिन नारा लगाएपछि आन्दोलनकारी थाके र धेरैजसो आफ्ना घरतिर लाग्न थालिसकेका थिए। त्यसैबीच केही आन्दोलनकारीले ढुङ्गा टिपेर नियोजित रुपमा प्रहरीलाई प्रहार गर्न थाले। त्यसको जवाफ स्वरुप प्रहरीले लखेट्दै अश्रुग्यास प्रहार गर्न थाल्यो।

यसले आन्दोलनकारीमा एक किसिमको ऊर्जा र उत्साह थप्यो। त्यसपछि घरतर्फ हिँडेका आन्दोलनकारी फर्किएर फेरि भिडभाड बढ्न थाल्यो। त्यहाँ आएका अधिकाश आन्दोलनकारी माग बोकेर आएका भन्दा पनि रमाइलो गर्न आएका देखिन्थे। यो मुसा बिरालोको जस्तो खेलले आन्दोलनकारीलाई रोमान्चित बनाइरहेको थियो।

मान्छे मरेपछि झन चर्कियो
सोमबारको आन्दोलनमा वीरगञ्जमा ४ आन्दोलनकारी मारिएपछि आन्दोलनले पिकअप लिन थाल्यो। मङ्गलबार बिहानैबाट आन्दोलनकारीले चोकचोकमा बसेर तोडफोड गर्न थालिसकेका थिए। टायरको आगोले आकाश छोप्न थालिसकेको थियो। कर्फ्युले जनजीवन अस्तव्यस्त भइसकेको थियो। यसले सायद तराईमा आन्दोलनको नेतृत्व गरिरहेका नेताहरु पक्कै पनि खुसी भए होलान्। नेताहरुको नियत कहिले नि जनताको हितमा भएको पाइएन। जुलुसलाई भड्काएर मान्छे मरेपछि आन्दोलनको ताप बढाएर आगो ताप्न पल्केका नेताको बानी जनताले कहिले बुझ्लान?

पाँच सय रुपैया र चार लिटर पेट्रोलले ल्यायो जुलुसमा
सोमबारको जुलुसमा आएका केही आन्दोलनकारीलाई ब्यक्तिगत रुपमा सोध्दा उनीहरु आन्दोलनमा आएको कारण त फरक रहेछ। नेताहरुले गाउँगाउँ गएर प्रति ब्यक्ति पाँच सय रुपैयाँ र चार लिटर पेट्रोल बाँडेका रहेछन्। त्यसैको लोभमा मानिसहरु सोमबारको लाठी जुलुसमा सहभागी भएका रहेछन्।

त्यो सुनेपछि मैले एक आन्दोलनकारीलाई सोधेँ “तपाईलाई थाहा छ त माग के हो भनेर?”

ती आन्दोलनकारीले सजिलै जवाफ दिए, “थाहा छैन र मलाई मतलब नि भएन।”

ती ब्यक्तिबाट अझ केही वास्तविकता बुझ्न मैले फेरि सोधेँ “आन्दोलन रे, माग नि थाहा छैन, त्यसमाथि यस्तो आफ्नो हकहितको लागि गरेको आन्दोलनमा आउँदा नि पैसा लिन्छन त?”

तिनले मसँग रिसाउँदै जवाफ फर्काए “पहिलेको मधेस आन्दोलनमा मान्छे मर्‍यो के भयो? सबै यही नेताले कमायो, त्यही नेताले कमाएको पैसा हामीले पाउँदा के फरक पर्छ? म त पैसा नभई आन्दोलनमा आउँदै आउँदिन।”

तिनै ब्यक्ति मसँग गफ गरिसकेर नारा लाउँदै थिए “जय मधेश” “एक मधेश एक प्रदेश”



26 thoughts on “पाँच सय रुपैया र चार लिटर पेट्रोल बाँडेर चर्काइँदैछ आन्दोलन”

  1. Naveen says:
    September 9, 2015 at 1:27 pm

    This post is bullshit. Just writing something to mislead the people is not fair journalism. The writer even don’t know what is going on in Terai and what this revolution is for. Humble request to the writer. Please improve your knowledge.

    Reply
  2. Samaya says:
    September 8, 2015 at 5:19 pm

    के हो सर कता जानु भयो त … म पनि तयही थिए मा लाई त् कसैले पैसा दिएँन तअ …

    Reply
  3. ekraj says:
    September 6, 2015 at 5:13 pm

    Now time has come for Nepalese people to deport all so called Nepalese political leaders and the Biharis to India
    and take control of National security.
    We never realised that India will get that mean, selfish and bully and interfere with Nepalese’s sovereing right.

    Reply
  4. MADAN BAJRACHARYA says:
    September 5, 2015 at 9:36 am

    श्री लंकाको जाफ्नालाई मध्यदेश बनाउन असफल भयको लित्तेवादमा भारत विभाजन गराउन सफल भयको जातिबाद मिसायर बनेको हो मधेशबाद/ मधेशबाद भनेकै लित्तेवाद्को संसोधित रुप हो/ मधेशबादमा लाग्नेको तात्पर्य नेपालको तराइलाइ आज मधेश भोलि प्रदेश पर्सि विदेश बनाउनेनै हो/ यो कुरामा कुनै पनि नेपालीको समर्थन हुँदैन र कुनै नेपालीले पनि यस्तो देस विभाजन गर्न खोज्नेलाई चन्दा दिंदैन/ तापनि इनिहरु सिट यसरि रकम बाड्न पुग्ने रकम भयको देखिन्छ/ कहा बात आयो तिनीहरु सिट यसरि बाड्न रकम?

    Reply
  5. Sunil. London says:
    September 4, 2015 at 8:15 pm

    रामु जी लण्डन मा मानवअधिकार को पढाई गर्ने पर्दैन , सबैलाई एस बारे जन्मिदै थाहा हुन्छ !!! हो काम बाट फुर्सद नहुने भएर नै एस्ता किसिम को आतंककारी आन्दोलन हुदैन यहाँ !!! सबै लाई गोलि ठोक्नु भनेको छैन , आतंक फैलाउने नेता होस् कि जनता होस् दुवै थरि लाई गोलि ठोक्नु भन्या हो, राम्ररी पढ्नुहोस फेरी एकपटक !!!!! बिरोध गर्ने तरिका हुन्छ , अब मैले बिरोध गर्ने जति सबै लाई गोलि ठोक्नु भन्या भए डाक्टर गोविन्द के. सी. लाई पनि गोलि ठोक्नु लेखि हाल्थे नि हैन र ? उहाले पनि बिरोध नै गर्नु भा हो , तर उहाको विरोधले जनता लाई र देश लाई नै फाइदा पुर्याएको छ , हो एस्तो किसिमले बिरोध गर्नु पर्यो , जसले मान्छे लाई बचाओस , नकि मारोस !!!

    Reply
    1. ramu says:
      September 4, 2015 at 10:57 pm

      तपाईले भन्नु भएको वा चित नबुझेको सबै नेतालाई जाकेर गोली ठोक्नु पर्छ भन्दै नै हुनु हुन्छ त्यो युकेमा जन्मदै जान्ने मानवअधिकार बारे ज्ञान भएको भए त्यसो भन्नु हुन्न थियो होला।
      नेपालमा मत्युदण्डको त कानुन छैन अपराध गरे पनि सजाय दिने हो मार्ने होईन।

      अझ यो त राजनैतिक मुद्दा वा कुरा हो।तपाई मधेसी नभएकोले तपाईलाई उनीहरु सब फटाह जस्तो लागेको होलान उनीहरुको आफ्नो हिसाबमा अधिकारको लडाई होला।अब त्यहाँ के भई रहेको छ त्यहि गएर बुझ्नु पर्दछ लण्डनमा बसेर देशको धेरै चिन्ता गरेर बिचार बहादुर बनेर हुदैन।
      त्यसो त ६२-६३ को आन्दोलनको बेला पनि मान्छे त मरे त्यो बेला जानेन्द्र सहनुभुति राख्नेले त तपाईले जस्तो यि नेतालाई मार्नु पर्छ भन्थे होलान

      सबैले सबैको सम्मान गरे कसरी भनिएको कथित युद्द हुन्छ।थारुलाई जस्तै २०० बर्ष कम्लरी बस्दा पनि केहि दिनु हुदैन कहिय्यै अधिकार नदिन चलखेल गरे अहिले भई रहेको कुरा निरन्तरता दिन खोजे अनि बाध्य भएर युद्द हुने हो।उत्पिडित त आफै बिबस हुन्छ सके सम्म युद्द गर्नु परोस भन्ने नै चाहान्छ।बिश्व ईतिहास हेर्नुस,उनीहरुको ठाँउमा बसेर महसुस गर्न सक्नु होस।

      Reply
  6. Echrist says:
    September 4, 2015 at 12:21 pm

    THIS POST IS USELESS. THE WRITER DOESN’T KNOW A THING ABOUT THE ON GOING ISSUES. NOT ALL BUT FEW (BAHUNS ) LIKE YOU THINK YOU ARE THE PILLARS OF NEPAL AND NEPAL BELONGS TO YOU.

    Reply
  7. Raj sharma says:
    September 3, 2015 at 10:05 pm

    शेष दाहाल जी जस्तो नेपालका मान्छे ले गर्दा देश को यो हालत छ/ नेपाल को ३१% बाहुन र छेत्रीहरु ले भए भर का सत्ता र विभिन्न छेत्र मा मौका पाउने र अरु ले बराबरीको अधिकार माग्दा निधार मा गोलि पाउने/ दाहाल जी जस्ता मान्छे ले कहिले देश बिखन्डनको आरोप लगाउने, कहिले धोति भन्ने, कहिले इन्डियन भन्ने, र कहिले आतंकबादी को आरोप लगाउने/ यदि मैले कुने गलत भनेको छु भने विभिन्न छेत्र को तथायाँका संकलन गरेर हेरे हुन्छ/ कति ले भन्ला मिहिनेत गरेर पो भएको, यस को मतलब अरु समुहको दिमाग ने छेन? यो कस्तो देश जहाँ बाहुन र छेत्री को मात्रे दिमाग हुने र अरु को दिमाग मा गोबर/ जय होस बाहुन र छेत्री को/ नेपाल र अरु जनता जाउन भाड मा/

    Reply
  8. bijay says:
    September 3, 2015 at 7:31 pm

    Sushil Koirala will probably be registered in history of Nepal as the most useless prime minister.

    Reply
  9. upendra says:
    September 3, 2015 at 2:49 pm

    Abb सरकार ले रु १०००/१००० दिएर आन्दोलन असफल पर्नु पर्यो .भुकम्प पिडित लाई नदिई जम्मा गरेको पैसा छ दै छ नि नेता हरु क लागि त पछि जति लुते पनि भई हाल्छ नि वोते हाल्ने जनता छदै chhan

    Reply
  10. Bishal yadav says:
    September 3, 2015 at 2:08 pm

    म मधेसी को छोरा भए पनि मेरो चित्त बुझेको छैन यो आन्दोलन को बारेमा | सोझा मधेसी लै लोव देखाएकै हो र आन्दोलन म मर्न को लागि उक्साहट गरेकै हो | मेरो घर बिरगुन्ज हो मलाई त्यहाँ को बास्तबिकता राम्रो संग थाहा ६ जनता को चाहना बिपरित नेता हरु को उक्साहट र लोव लालचा मा त्यहाँ को जनता परेकै हुन्

    Reply
  11. cRIS says:
    September 3, 2015 at 12:54 pm

    आन्दोलन गर्नेलाई जनता नदेखेर भरौटे, लफंगा, बेरोजगारी देखे पछि त सकिगो नि हैन र?? हाहाहा|

    Reply
  12. ramu says:
    September 3, 2015 at 11:44 am

    यो लेखकको थर हेरेरै के कस्तो लेखेको होला भनेर अन्दाज गर्न सकिने र गर्नु पर्ने कस्तो जमाना आयो। यस्तो हुनु ठिक त होईन के गर्नु यस्तै छ यहाँको चलन।

    Reply
    1. ramu says:
      September 4, 2015 at 12:08 am

      अनि यो डिस्लाईक गर्नेको पनि थर मिल्ने भए कुरा आफै पुष्ठी हुन्थे। नेपालमा कुरा जातिय थिएनन अरु कसैलाई केहि नदिउ आफ्नो हालि मुहाली कायम राखौ भनेर पनि देश सङकटमा परेको छ।एउटा पक्ष त्यो पनि हो।
      ल हानौ फेरी डिस्लाईक

      Reply
    2. Sunil, London says:
      September 5, 2015 at 12:51 pm

      रामु जी तपाई जस्तो अर्काको जातपात हेर्ने बाट मानवाधिकार को कुरो ? अलि सुहाएन कि ?

      Reply
  13. AVI says:
    September 3, 2015 at 11:04 am

    नेपाली जनताको बुद्धि-बिबेक सोच्न सक्ने छ्यमता छिंड हुदै जादै छ. नेपाली भन्नु नै अराजक, स्वार्थी, घुसखोरी, बिध्वंश्य गर्ने, तर्कसंगत कुरा नगर्नेको पर्ययाबाचक भयो.

    Reply
  14. XYZ says:
    September 3, 2015 at 7:06 am

    माफ गर्नु होला, तपाई को लेखमा कुनै दम छैन, You need to put lots of effort to convince readers.

    Reply
  15. Hridaya says:
    September 3, 2015 at 5:45 am

    वाह मधेश, वाह मेरा मधेशी दाजुभाईहरु !! वाह तिम्रो राष्ट्रियता !! तिम्लाई सिंगो नेपाल आमा भन्दा पनि प्रहरी लाइ लागे जस्तो भाला लागेर , २ बर्षको अबोध बालकलाई लागे जस्तो गोली लागेर जलाइएर शरीर टुक्राईएर क्षत विक्षत बनाइएकी नेपाल आमा हेर्ने तिम्रो उत्कट चाहाना र तिम्रो महिमाको बर्णन हजार टाउका भएका शेषनाग ले त गर्न सकेनन भने म बबुरो ले गर्न कसरि सकुँला र !! तै पनि, यो सब गराउने अराजक तत्वो हरुहुन् भने सच्चा रास्ट्रबादि तराइपुत्र हरु हातमा दहि जमाएर कता बसिराखेका छन् हँ ??

    Reply
  16. डा. सुरज श्रेष्ठ says:
    September 2, 2015 at 11:59 pm

    एक जनाको एक दिनको खर्च रु १,०००/- रहेछ । काठमान्डोमा एकजना डकर्मी, सिकर्मी, बिजुली र पाईप मिस्त्री वा सो सरहका कामदारको बराबरको ख़र्चा रहेछ ।

    पैसा न भई मानिस आउनै छाड्यो ।

    सुरज

    Reply
  17. gautam says:
    September 2, 2015 at 9:28 pm

    १ नेपाली जनताको चाहना धर्मनिर्पेछक राष्ट्र नेपाल
    २ यहाँ हिन्दु र मुस्लिम अङ्गलियोस
    ३ धनि गरिब र छुवाछुत प्रथा हटोस्
    ४ यहाँ एक जना यात्री प्राथना गर्नु सबै मन्दिर सबै भगवान पुज्न जान पाओस
    ५ जस्तै सबै मानिसको रगत रातो हुन्छ तेस्तै सबै भगवानको पाठ एकै हुन्छ
    ६ हांसी खुशी सुख दुख बाड्ने स्वोर्गीय नेपाल सबैको साझा फुलबारी हो

    Reply
  18. Bikash says:
    September 2, 2015 at 9:10 pm

    सहि कुरा, हाम्रा मधेसी जनता र थारु जनता लाई बास्तब मा आन्दोलन के का लागि हो भन्ने कुरा नै
    थाहा छैन यी सोझा साझा जनता लाई ।केवल मधेसी का नेता भनिने देश द्रोही भतुवा हरु ले गरिब दुखी जनता हरु लाई देश बेच्न को लागि खाएका कमिसन को लोभ देखाएर आफू राजा बन्ने दिवास्वप्न देखेका किन नबुझेका हुन? यी भतुवा हरु ले आफ्नु स्वार्थ पूरा भए पछि जनता त के आफ्नु नातगोता पनि बिर्सिन्छन भन्ने कुरा सबै जनता ले बेलै मा मनन गर्न आवस्यक छ।

    Reply
  19. Tanka Kafle says:
    September 2, 2015 at 8:53 pm

    यता काठमाडौँ मा चैं भाको के नि?? मधेस त नेताको स्वार्थ र भारतको उक्साहट ले सकियो, राजधानी के भको ? मस्त निन्द्रामा छ | उसलाई केहि दुख्दैन, न त मेची दुख्छ न त काली नै, कुम्भकर्णको निन्द्रामा छ |

    Reply
  20. Pratik says:
    September 2, 2015 at 8:38 pm

    Very clear picture of whats going on in terai. And not just Terai but elsewhere in Nepal. Ppl are fed up with these dumb ass politician and policy maker as well.

    Reply
  21. Sunil, London says:
    September 2, 2015 at 8:31 pm

    क्या मज्जाको कुरो लेख्नु भयो दाहाल जी ले , आन्दोलनमा आएका मान्छे लाई माग के हो भन्ने नै थाहा छैन , उनीहरुलाई त पैसा को मतलब छ , जसले पैसा दियो उसको पछि लाग्ने , काम राम्रो हो कि नराम्रो मतलब छैन ! एस्तो भएपछी देश कसरि उभो लाग्छ र कता पुग्छ ? एत्रा मान्छे मार्न उक्साउने नेताहरु लाई ६ महिना निलम्बन गर्ने रे !!! सिधै भित्र जाकेर गोलि ठोके हुन्न ? बेरोजगार हरुलाई अघि लगाएर आफ्नो नाजायज माग पुरा गराउने नेता हरु भएको देश को विकास कुनै हालतमा हुन्न , अब नेपालमा गृहयुद्ध चर्कन मात्र बाकी छ , एसको सुरुवात भैसक्यो सबै तिर फैलन मात्र बाकी छ ! बेलैमा होश नपुर्याउने हो भने जे पनि हुन सक्छ ! देश मा शान्ति सुब्यबस्था कायम गर्ने हो भने आतंक फैलाउने जनता होस् कि नेता दुबैलाई गोलि ठोक्न राज्यले खुट्टा कमाउनु हुदैन !

    Reply
    1. ramu says:
      September 4, 2015 at 12:12 am

      सबलाई गोली हान्नु पर्छ भने राणाहरुको भन्दा पनि तपाईको कस्तो ठुलो सोच।बिरोध गर्ने सबलाई नछोडने नै हो।लन्डनमा मनावअधिकार बारे पनि पठाई हुन्छ है,कामबाट फुर्सद भए यसो बुझ्नु होला।

      Reply
  22. Shankar says:
    September 2, 2015 at 7:58 pm

    यसै साता नागरिक न्युज मा २ खबर आयो
    १) भारतीय ग्रिह मन्त्रि राज नाथ सिंह का अनुसार तराइमा बस्ने १ करोड नेपालि भारतीय हुन् र तिनको हक हित मा भारत ले चासो राक्छ

    २) आन्दोलन मा बिहारी को सहभागिता

    यी खबर ले भारत ले नेपालि फुटाउन लादेको मदिसे + जनजाति नारा उदाङ्ग भएको छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme