-हरिप्रसाद भण्डारी-
बिरामीलाई दौडाएर लगेँ र इमर्जेन्सीको बेडमा सुताएँ । बिरामीको अवस्था चिन्ताजनक थियो । नर्सलाई छिटो उपचार सुरु गर्न अनुरोध गरेँ ।
“पहिले भित्र जानोस् ।” नर्सले भनिन् ।
भित्र ठूलो टेबुलको आडमा एउटा घुम्ने कुर्सी राखेर एक जना ठूला व्यक्ति बसेका थिए । आत्तिँदै उनलाई नमस्कार गरेँ र नजिकै अर्को कुर्सीमा बसेँ ।
“नाम के हो ?”
“बिरामीको ?”
“होइन तपाईँको ।”
“मेरो नाम !” मलाईँ अचम्म लाग्यो, तैपनि बताएँ ।
“वर्ष ? वतन ? सम्पर्क टेलिफोन नम्बर ? पेशा ? मासिक आम्दानी ? साथमा रहेको नगद ? बैंक ब्यालेन्स ? तत्काल ऋण काड्न सक्ने क्षमता…. ?”
मलाईँ अचम्म लाग्यो । मन आत्तिइरहेको थियो । बिरामीको छिटो उपचार हुने आशाले छिटो छिटो प्रश्नको जवाफ दिँदै गएँ ।
“यति धेरै प्रश्न किन सोध्नु भएको हो ?” यो मेरो प्रश्न थियो ।
“बिरामीका आफन्तको हाम्रोमा उपचार गराउन सक्ने हैसियत देखियो भने मात्रै हामीले उपचार सुरु गर्छौँ ।” मुसुक्क मुस्कुराउँदै उनले भने ।
[तपाईँसित पनि कथा, लघुकथा छन् र माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा। स्टकमा कथा नभएकोले तपाईँको सामाग्री अर्को शनिबारै प्रकाशित हुन पनि सक्छ]
आर्को लघु कथा
दैब
—–
”ये ठोक्!! सालेलाई , बन्द को दिन मा पनि गाडी चलाउदो रहेछ |” नेताजी गर्जे | उनको मानवता घास चर्न गयो , दया ,माया हरायो , अझ थप्दै क्रुद्द मुद्रामा कार्यकर्ता लाइ उकासे
”जलाई दे साले लाइ जिउदै |”
मुख बाट सब्द खसेर भैमा झर्न के पाएको थिएँन | डाडु , चम्चा , जुरे ,चुल्ठे सब मिलेर ट्याक्सी को हुलिया बिगाड़े | फेरी रोइ ,कराई गरिरहेको ट्याक्सी ड्राइभर र महिला पेसेन्जर को वास्तै नगरी जबर्जस्ति ट्याक्सी मा आगो झोसे | ट्याक्सी भित्रको त्यो आर्तनाद ,पिडा हुल्मुल्को आबाज मा तेसै बिलायो | ट्याक्सी को बन्द ढोका भित्र पिडा को संसार , बाहिर बिजय उल्लास |नेता जी को अनुहार मा विजय को चमक देखियो | बाबुराम , प्रचण्ड जस्तै |
‘ये पुलिस आयो , भाग |” हुल तितर बितर भयो | पुलिस ले ट्याक्सी को ढोका खोल्यो , ड्राइभर मरिसकेको रहेछ | झन्डै झन्डै जलेकी अर्ध मृत महिला लाइ पुलिस ले बाहिर निकाल्यो | अझै बाच्न सक्छिन कि भन्दै उनलाई नजिक को अस्पताल पुर्याइयो |
आन्दोलन मा बिजयको अनुभूति गर्दै नेताजी दैलो भित्र पस्न के आँटेका थिए |
आनायास अस्पताल बाट फोन आयो | ”नेताजी छिट्टै आउनुस , तपाइको श्रीमती ”कोमा ” मा हुनुहुन्छ | उहाको पुरै सरिर झन्डै झन्डै जलेको छ |”
doctor भनेको भगवान हो अलि अलि परसाद चढाउनु पर्छ !!!
अनि गल्ति गर्यो भने पब्लिक धुलाई हानु पाउनु पर्छ !!!!!
It’s true, when some one is serious and lying in the bed, for treatment, we have to go thru all this procedures then only doctor will move for treatment, its not the worthy practice. because we can save life if the doctor goes immediately for treatment and advice the relatives to fill the details and ask them to pay the charges for the patient treatment, for saving life is much more important than money, money will be arranged anyhow for the life.
I feel this story is related to Vayodha hospital in Kathmandu. The hospital is primarily designed to extract money from you. So be careful when you visit that hospital run my Emale group.
यो त केही दिन अघि चितवन मेडिकल कलेजमा घटेको सत्य घटना नै हो ।
yo Grande hospital ko katha jasto lagyo malai ta..