Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जापानको नेपाली राजदुताबास नेपालको मालपोत कार्यालय जस्तै

Posted on July 19, 2015 by mysansar

-कृष्ण के श्रेष्ठ ‘काल्स’-

japan नलेखुं, भन्दा पनि लेख्नैपर्ने भयो।

जापान आएपछि म, विभिन्न कामहरुको लागि जम्मा ४ चोटी नेपाली राजदुताबास टोकियो गएको थिएँ । पहिलो चोटी MRP भर्नको लागि, दोस्रो चोटी MRP लिनको लागि, तेस्रो चोटी बच्चाको जन्मदर्ता, MRP पासपोर्ट apply गर्नको लागि र चौथो चोटी बच्चा को MRP form भर्नको लागि।

तर विडम्बना, नेपाली राजदुताबासहरु मध्ये विश्वोको सबभन्दा बढी तलब पाइरहेको भनेर सुनिने जापानको नेपाली राजदुताबासको काम गर्ने शैली, नेपालको मालपोत कार्यालयको जस्तै छ ।

किन जापानी सिस्टममा चल्दैन, किन नेपाली पारामै चलेकोछ राजदुताबास? यहाँ कोहि कसैलाई वास्ता छैन सोधखोज छैन , किनकी यहाँ पनि “माथी सम्म” पहुँच हुनेहरुको प्राय सबै कामहरु माथी बाटै हुने रहेछ । मैले यसलाई म राजदुताबास ४ पटक जादाखेरि देखेको अवस्था र मैले लगायत म जस्तै सर्वसाधारणले भोगेको समस्याहरुबाट प्रस्ट पर्न उचित ठानेको छु ।

पहिलो पटक जाँदा
MRP सम्बन्धि Form भर्ने तरिकाहरु सबै बिधिबत तरिकाले तयार पारेर गएको थिए, सायद MRP भर्ने क्रमको सुरुवात् तिर भएर होला निकै नेपालीहरुको भिड थियो अफिसमा । स्टाफ बस्ने कुनै निश्चित टेबल नभएकोले होला राजदुताबासको स्टाफ कुन चाही हो? भनेर चिन्न सायद जो कोहीलाई पनि गाह्रो पर्दो हो । एकछिन बसेपछि मात्र थाहा भयो स्टाफ पनि त्यहीं MRP form भर्न आउने नेपालीहरु संगै सोफामा बस्नुभएको रहेछ । सबैले आ आफ्नो फाइलहरु चेक गराएर बुझाउदै थिए, भने स्टाफले २-३ जनाको फाइल हातैमा चेक गरेर पैसा लिदै माथी रुममा बुझाउदै गर्नुहुन्थ्यो । यति सम्म कि चेक गर्नको लागि एउटा टेबलको पनि व्यवस्था गरिएको रहेनछ त्यत्रो राजदुताबासमा पनि । धिक्कार छ ।

साथै, कसैको फर्म नमिलेको, कसैको फोटो नमिलेको, कसैको फोटोकपी नभएको आदि समस्या हरु प्रसस्तै थिए । कसैले “जति फोन गरेपनि उठ्दैन”(कम्प्युटर अपरेटरले बोल्दा बोल्दै २-३ मिनेट जाँदो रहेछ, अनि सबैले बिचैमा काटिदिने रहेछन) भन्दै र कतिले “फोटोकपी गर्न पनि टाढा सम्म जानु परेको” मा गुनासो गर्दैथिए । कसैकसै संग त निकै बाझाबाझ पनि भएको थियो । अनि त्यहाँ रहेका सबैले सुझाबको रुपमा, “फर्महरु भर्न र चेक गर्न एउटा टेबल राखे हुन्न ?” , “बाहिर फोटोकपी गर्न पठाउनु भन्दा यहीं पैसा लिएर फोटोकपी गर्यो भने राम्रो हुन्न” भनेका थियौं । यो एउटा कुरा चाही सुधार भएर पछिल्लो पटक जाँदा भने बाहिर फर्म भर्नको लागि टेबल र फर्म भर्ने तरिकाहरुको फाइल बाहिर राखिएको थियो ।

दोस्रो पटक जाँदा
तयार भएको MRP लिनको लागि गएको थिएँ, निकै भिड थियो । पहिले जस्तै, कोहि के मिलेन, कोहि फोन उठेन, कोहि पैसा खाएर फर्म अन्त भर्न पठाउँछ भनेर, कोहि MRP आयो भन्ने मेल आएन भनेर गुनासो गरिरहेका थिए । हुनपनि हो, कसैकसैको MRP आएर महिनौ थन्किएर बस्दा सम्म पनि मेल नआउदो रहेछ । भने, कसैको भने नेपालमै बिबिध कारणबस महिनौ सम्म MRP नबन्दा समेत जापानमा सम्बन्धित व्यक्तिलाई कुनैपनि जानकारी नभएको पनि धेरैको समस्या हुदो रहेछ । मेरो भने MRP आएको रहेछ, धेरै बेर लागेन ।

तेस्रो पटक जाँदा
यो पटक पनि मैले राजदुताबासको वेबसाइट लगायत अन्य वेबसाइटहरु बाट पनि खोजेर बच्चा को जन्मदर्ताको लागि सम्पूर्ण कागजातहरु तयार गरेको थिएँ । तैपनि गैसकेपछि, “यो छैन”र “त्यो छैन” भनेर फर्केर आउनु भन्दा, एकचोटी फोन गरि कन्फर्म गरौ भनेर फोन गरें । उही, कम्प्युटर अपरेटरले २-३ मिनेट खाइदियो, अनि धेरै चोटी अन्तिम वाक्य सम्म सुनेर अपरेटर संग कुरा गर्न सके । अनि सोधे, “के के कागजात चाहिन्छ” भनेर, तर “वेबसाइटमा हेरेर सबै कुरा तयार पारेर आउनु, कि एकचोटी बुझ्न लै यहीं आउनु भए हुन्छ” भन्ने रेस्पोन्स पाएँ । यदि वेबसाईटनै हेरेर सबैले सबैकाम आफैले गर्न सक्ने भए फोनको के काम भयो र? होइन र ?

मैले पनि, वेबसाइट नै हेरेर फर्म भरिवरि, एकचोटी फोन बाट कन्फर्म गरेर जाँदा गल्ति हुदैन भनेर त् फोन गरेको थिएँ । अर्कोकुरा, यो जापान जस्तो बिकसित, व्यस्त ठाउँमा र हरेक कुरा इन्टरनेट र हुलाकबाट गर्न सकिने ठाउंमा एउटा कामको लागि केके चाहिन्छ भनेर बुझ्नकै लागि मात्र त्यहि जानु पर्ने कुरा सुन्दा अचम्म लाग्यो । अझ हास्यास्पद कुरो त , कम्प्युटर अपरेटिंग सिस्टम मा समेत बिस्तृत बुझ्नु परेमा राजदुताबासको कार्यालयमै गएर बुझ्नु पर्ने भनेर गाइड गरिएकोको छ ।

खैर, सबै कुरा तयार गरेर गएँ, अनि बुझाए । तर एउटा फोटोकपी गर्न भुलेछु, अनि अस्थाई पासपोर्टको लागि बच्चाको फोटो चाहिन्छ भनेर नभनेको कारण ५-१० मिनेट पर रहेको कन्भिनी गएँ । दुर्भाग्यबस मेरो मोबाइल फोनको फोटोलाई कन्भिनिको प्रिन्टरले सपोर्ट नगरेको कारण मैले फोटो धुलाउन सकिन । अनि दुताबास फर्केर गएर, “मोबाइलको फोटो कम्प्युटर बाट usb मा सारेर दिनु अनि मैले कन्भिनी बाट फोटो धुलएर ल्याउछु” भनेर धेरै बिन्ति गर्दा पनि “यहाँ त्यस्तो कुनै सुबिधा छैन”, “हामीले यहाँ त्यसो गर्न मिल्दैन” भन्नुभयो । फेरी पनि आउनु पर्ने भयो भनेर “ज्यु ज्यु” गर्दा पनि काम बनेन फर्केर आएँ । मैले त सोचेको थिए, नेपाली को मन कमलो हुन्छ , नेपालीको लागि बनेको नेपाली राजदुताबासले म जस्तै हरेक जापानमा रहेको नेपालीको समस्या बुझ्छ भनेर, तर त्यसो रहेनछ । त्यति गरिदिदैमा के जान्थ्यो र राजदुताबासको? यदि त्यति काम गरिदिएको भए मैले फेरी पनि ४ घन्टाको व्यस्त समय निकालेर फेरी धाउनु पर्ने थिएन ।

चौथो पटक जाँदा
तेस्रो पटक बच्चाको MRP apply गर्न नपाएकोले सबैकुराहरु वेबसाइटहरुमा खोजि खोजि हेरें । चाहिने कागजातहरु तयार गरें अनि कन्फर्म गर्नको लागि फेरी राजदुताबासमा फोन गरे । ४-५ चोटी फोन गरिसकेको ले गर्दा कम्प्युटर अपरेटर बोल्ने बितिकै १-५-१ (यो तरिका प्राय अरुलाई थाहा छैन, थाहा दिइएको पनि छैन, जान्न पनि निकै गाह्रो) थिचेर अपरेटर संग छिटै सम्पर्क भयो । मैले सोधे, “बच्चाको MRP निवेदनको लागि के के चाहिन्छ? फोटो कस्तो चाहिन्छ?”

उहाँले फेरी वेबसाइटमा हेर्नु भन्नु भयो । तर मैले जबर्जस्ति “केके चाहिन्छ” भनेर सोधेपछि यो-यो चाहिन्छ भन्ने बितीकै फोन राख्नु भयो । मैले अझै औंठा छाप, नागरिकता नम्बर हरुको बारेमा पनि सोध्ने विचार गरेको थिए तर ……के यहि नै हो त नेपाली नागरिकहरुलाई गर्ने राजदुताबासको रेस्पोन्स? एउटा फोटोकपी गर्नको लागि सिस्टम खोज्नेले, फोनमा गर्ने रेस्पोन्स को सिस्टम बारे बुझ्न जान्न पर्दैन र ?

यधपी, बेलुकी कोठामा गएर, MRP को लागि फर्म तयार गर्न लागे, कन्फ्युजन धेरै ठाउमा भयो । औठा छाप लगाउने कि नलगाउने ? नागरिकता नम्बर लेख्ने कि नलेख्ने ? आदि इत्यादी । अनि मैले एउटा फर्मको लागि ८ पन्ना अर्थात् ४ थरिको फर्म तयार पारें, एउटामा औठा छाप लागेको, अर्कोमा औठा छाप नलागेको, अर्कोमा जन्मदर्ताको नम्बर राखेर र अर्कोमा जन्मदर्ताको नम्बर नराखेर प्रिन्ट गरें भोलि के होला के भनेर ।

तैपनि चित्त बुझेन, भोलि पल्ट बिहानै १०’३० बजे फोन गरें, कन्फर्म गरें तर जन्मदर्ता गरेको ठाउँ मा “टिपेक्स लगाएर” टोकियो लेख्न भन्नु भयो अनि त्यसै गरे । कन्फर्म MRP फर्म ओके हुन्छ भन्ने विश्वास लागेन र फेरी पनि फोन गरे । तर अहिले चाही टिपेक्स लगाएको फर्मले काम गर्दैन भन्नु भयो, छिनको छिनमै ।

सबै तयार गरेर, साथमा बहिनीको बच्चाको जन्मदर्ताको कागज पनि लगेर गएँ । MRPको लागि भने केहि समस्या आएन, तर जन्म दर्ताको लागि सुरुमा बिबाह दर्ता गर्न नागरिकता र पासपोर्टको अर्को फोटोकपी चाहिदो रहेछ । राजदुताबासमा फोटोकपी गरिदिने “सिस्टम छैन” भन्ने थाहा भएकोले म सरासर फोटोकपी गर्न बाहिर निस्किएँ । फोटोकपी गरेर फर्कदा संयोगबस मेरो एकजना साथी पनि भेटियो । सायद उहाँ पनि MRP निबेदनकै लागि आउनुभएको थियो होला । उहालाई राजदुताबासको स्टाफले ”सरलाई भेट्न आउनुभएको हो ? माथी जानुहोस” भन्नु भयो । अनि माथी गएर ३० मिनेट जतिमा तल ओर्लेर आउनुभयो, अनि स्टाफ लाई एउटा पेपर हातमा थमाएर ”यसको फोटोकपी माथी चाहियो रे” । भन्ने बितिक्कै, मलाई अनि धेरै नेपालीहरुलाई एक्पन्ना फोटोकपीको लागि ५-१० मिनेटको समय र पैसा खर्च गराउने उही “स्टाफ” केहि नबोली फोटोकपी गर्न अफिस छिर्नुहुन्छ । यस्तो देखेर , त्यतिबेला मलाई धेरै कुरा भन्ने मन थियो तर मैले केहि बोलिन, आफ्नो मन कठोर बनाएर राखें । जसले अन्तत साच्चै जापानको नेपाली राजदुताबास पनि नेपालको मालपोतकै रुपमा देखाइदियो मेरो नजरमा ।

नत्र, जापान जस्तो बिकसित देशमा राजदुताबासमै एउटा फोटोकपी मेसिन राखेर १० एन तिर्न लगाएरै भए पनि सुबिधा दिन सकिन्थ्यो होला, कुनै पनि फर्म बुझाउने र दिने काम रिसेप्सन हलमै राख्न सकिन्थ्यो होला, मालपोतमा ओकिलले कागज बोकेर तल माथी ओहोरदोहोर गरे जस्तै स्टाफले ओहोरदोहोर गर्नु नपर्ने बनाउन पनि सकिन्थ्यो होला, पहुँच नहुनेको फोटोकपी र काम पनि समान रुपले नै सुबिधा दिन सकिन्थ्यो होला । हैन र ?
यहाँ उल्लिखित कुरा हरु सबै वास्तविक हुन् । तर यसलाई नकारात्मक रुपमा नलिई, एउटा नेपालीको सल्लाह र सुझाबको रुपमा लिईदिनु हुन अनुरोध गर्दछु । सुधारको अपेक्षा राख्दछु ।

34 thoughts on “जापानको नेपाली राजदुताबास नेपालको मालपोत कार्यालय जस्तै”

  1. Ang Sherpa says:
    July 26, 2015 at 8:18 pm

    नेपाली दुताबास जापानका राजदुत लगायत सबै कर्म चारी हरु हाम्रो नेपाली पहिचाहन ,सास्कृति,धर्म लाई जोगाई राख्नुभएको रहेछ दन्यबाद दिउँ l हामी नेपालि प्राय जाती हरु
    चोखो ठाउँमा बस्नुपर्ने,सानोतिनो कुरा नगर्ने ,झिनोमसिनो काम नगर्ने शिर निहुराउन नहुने बिर नेपाली र टूलो मान्छे होलानी l अब तेस्तो सानो काम् कपि मेसिन राख्ने , सफा राख्ने काम हरु गर्छन त ? सबै कर्मचारी कुनै दलका नातागोता हरु पठाऊ छन , उनीहरुको चानचुनका बेक्तीहरु होइनन्नि l हामी जनताहरु दुताबास धाउनेहरु प्रया बिदेसी नोकर पर्यो !
    अब यसो गर ! दुताबासका छेपारो हरु
    १ सरकारलाई एउटा कपि मेसिन किन्ने पैसो माग l
    २ जनताको लागि पनि पिउनलाई वाटर सावर को पैसो माग l
    ३ दुई तिन लाइन फोन राख्न साकार लाई पैसो माग l
    ४ येसो बस्नको लागि कुर्ची ,बेन्चको पैसो माग l
    ५ जापानमा त जतासुकै फोटो खिच्ने मेसिन हुन्छ एउटा त्यहाँ राख्ने पैसो माग l
    ६ सफा राख्न फुपू हरु राख्नु पर्यो पैसो माग l
    माथिका उल्लेखीय सुबिधा हरु थोरै लगानीमा जनतालाई उपलब्ध गराउन सकिन्छ l
    यी सुबिधाहरु जापानमा प्राय सित्तैमा उपभोक गर्नसकिने सिस्टम हरुहुन l
    अब भन्नुहोला सक्ने कामपनि नगर्ने छेपारो होकी होइननन् !

    Reply
  2. john gauchan says:
    July 25, 2015 at 12:25 pm

    यो लेख र सबै कमेन्ट कपि गरि सबै राजदुताबासमा इमेल मार्फत पठाई दिने हो कि … लौ न माइ संसार जी कपि पेस्ट गर्न मिल्दैन सबै नेपालि राजदुताबासमा ???? मेरो वाइफको पासपोर्ट रिन्यु गर्न तिन चोटी फोरम फर्की आयो , दिनको सय पटक फोन गर्दा नि उठ्दैन , बल्ल बल्ल एक बर्षको अन्तरालमा पासपोर्ट रिन्यु भो बा …….बाजेहरूले खत्तम पारे बा …भन्न नमिल्ने ,

    जोन गौचन …

    Reply
  3. भिष्म सुबेदी says:
    July 24, 2015 at 6:42 pm

    बिक्सीत देशमा दुतावास भएर दुतावासमा सिस्टम राम्रो नहुदोरहेछ भन्ने राम्रो उदाहरण हाम्रो आखां अगाडीनै देख्नपाईएको छ यहां । जति कुरा गरेपनि कुनै सुधार छैन यो जापानि दुताबासमा, राजदूतले कुरात सगारै चिप्लागर्छन तर कुरामा मात्र ।

    Reply
  4. Raju Dangol says:
    July 24, 2015 at 7:53 am

    http://www.mysansar.com. ज्यू कृपया यो जापानको एम्बेसीको कुरा प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयमा अलि ब्यापक रुपले उथाई दिनुहोस | एम्बेसीका २ वोटा फोन छन् 03-3713-६२४१/४२ तपाईं आफैले वा मन्त्रालयमा गैर कल गरेर हेर्नुस कहिलै फोन उठ्दैन | १ घण्टा होल्ड मा कुर्दा उठ्ने सम्भावना 0.००१ हुन्छ | उठ्यो भने कुरा भन्न नपाउदै ल त भनेर राखी दिन्छन | हामी केही साथी गाउमा बस्छौं | दिनको २ घण्टा जातिले ५ दिन फोन गर्दा पनि नउठेर अब पासपोर्ट नै रिनिउ नहुने भयो | हामी यतै सड्ने भयौं | १० घण्टा फोन होल्डमा राख्दा ६००X४०=२४००० फोनमा मात्र खर्च भयो | कृपया, kripaya, कृपया

    Reply
  5. solti says:
    July 23, 2015 at 9:54 am

    आपुई.. यो एम्बेसी भन्ने ठाउँमा काम गर्ने पातहरू जहाँ पनि अ…..ति गर्छ हो…. सोल्टी!!!!!
    यहाँ अमेरिका मा पनि यी पातहरू …आपुई छोई नसक्नु छ!…. सोल्टी यी पातहरू लाई उतै नेपालमा ह..ल्का…किचिक्क पारेर पुर्पुरामा…… जसरी हुन्छ ठिक पार्नु पर्छ भन्ने हामीलाई लाईरा छ…!!!!!

    Reply
  6. Anup says:
    July 21, 2015 at 7:42 am

    “मोबाइलको फोटो कम्प्युटर बाट usb मा सारेर दिनु अनि मैले कन्भिनी बाट फोटो धुलएर ल्याउछु”

    यो चाहि कसैले नि गर्न दिदैन है. जापानको सरकारी कार्यालय ले दिन्छ?

    Reply
  7. Limbu HarataraH says:
    July 20, 2015 at 11:48 pm

    कृष्ण सर (पर्फेक्ट डायरी) ! यहाँ हृदय, जगदिश आदिले पनि मेरो/हाम्रो सट्टामा २ लाइन लेख्नु भा’छ वश………………………धन्यवाद |

    Reply
  8. Bishwaraj says:
    July 20, 2015 at 10:38 pm

    छेत्री- बाहुन जहाँ जहाँ पुग्छन यस्तै हो- जुन ग्रहमा पुगे पनि बद्लिदैन यिनीहरुको स्वाभाब काम गर्ने शैली- कहिल्यै सुध्रिदैन- यही कारण देश र जनताको यो हालत छ् आज- लनडन को एम्बासीको हालत यो भन्दा फरक छैन, तर पहिलाको राज्दुत शुरेश चालिसे हुँदा खत्तम थियो एम्बासीको हालत तर अहिले यहाँ सहायक कार्यबाहक छेत्री ले धेरै राम्रो सुधार गर्नु भएको छ्- एउटा छेत्रीले यहाँ उदाहराणीय काम गर्नु भएको छ्- MRP को लागि नेपाली बस्ती बस्ती टोली खटाएर बुढा बुढीलाई सहज् सरल सुबिधा दिनु भएको छ्-

    Reply
  9. Oasiss says:
    July 20, 2015 at 9:04 pm

    मैले ५० चोटी फोन गरि बालक को परिचयपत्र बनाउना,,,,१ चोटी फोन लागेन,,,अनि वेब साईट मा पनि प्रस्ट लेखेको छईन, अनि १ जना मित्र सग सोधेर चाहिने कागज हुलाक बाट पठायको छु, हेरु कति सास्ती हुनी हो,,भयन भनी सानो बालक छ उही नेपाली राजदुताबास मा नै छोडेर नेपाल जानु पर्ला…के गर्नु

    Reply
  10. som says:
    July 20, 2015 at 8:28 pm

    अली कती घुस दिनुस् । ५ -वा १० डलर तपाईंको त्यही टिपेक्स लगाएकोले काम गर्छ ।

    Reply
  11. siddhartha, PARIS says:
    July 20, 2015 at 4:07 pm

    जहाँ पनि तेस्तै, काम गर्नेलाइ पुरस्कार र नगर्ने लाइ दण्ड नगर्ने सिस्टम भएपछि येस्तै हो / एउटा Phocopy किन्ने पैसा हुदैन तर पार्टी गर्ने पैसा हुन्छ , खान बिना मरेकाहरु , आफ्नो पैसोले खानु नि, देशको पैसो जनता लै सेवा गर्नु पर्यो नि असति हरु हो

    Reply
  12. nitesh says:
    July 20, 2015 at 11:33 am

    मलाई त नेपाली दुताबास भन्दा बिदेशी (जापानी ) कार्यालयमा गएर काम गर्न सजिलो लग्छ

    Reply
  13. शेखर गुरुङ says:
    July 20, 2015 at 11:17 am

    नेपाली दुताबास जापानका मूल समस्या यस्ता छन्
    १) दुताबासका कर्मचारीले आफूलाई राजा र सेवालिने सबै नेपालीलाई रैतीको ब्यबहार गर्छन | उनीहरु नेपालीहरु बिदेशमा बिबिध समस्यामा होलान भनेर सहयोग गर्ने होइन कि नेपालीमाथी शाशन गर्न आए जस्ता छन् | ढोग्नु पर्छ कुनै काम लिन, नत्र काम नै बिगारिदिन पनि सक्छन् | सानो कुराले पनि बिदेशमा ठुलो समस्यामा परिन्छ |
    २) संसारको सबै मुलुकमा फोटोको साइज मिलेपछि साधा भए जुनै रंगको ब्याक ग्राउण्ड भए पनि हुन्छ, जापानमा नेपालको लागि सेतो चाहिन्छ भनेर फर्काइदिन्छन् | जापानमा प्राय सुपरमार्केटको छेउमा सरकारी मापदण्ड अनुसारका फोटो खिच्ने ठाउँ छन् | हरेक जापानिजले त्यहीं फोटो खिचाई पासपोर्ट बनाउँछन्, नेपाली दुताबासले रिजोलुसन पुगेन भनी फिर्ता गरिदिन्छ | जापानमा स्टुडियो पाउन गाह्रो हुन्छ | पाइए पनि एकदम महँगो हुन्छ | जापानी पासपोर्टलाई रिजोलुसन पुग्ने, नेपालीलाई किन नपुग्ने | जापानको पासपोर्ट पनि त MRP नै हो |Blue Background को जापानी पासपोर्ट संसार भरि चल्ने, नेपालको किन नचल्ने ?
    ३)दुताबासको वेबसाइटमा कतिपय कुरा प्रस्ट छैनन्, त्यस्ता कुरा सोध्न फोन गर्यो भने फोन नै उठ्दैन उठिहाल्यो भने वेबसाइट हेर्नुस् भन्छन् र फोन राखिदिन्छन|
    ४) दुताबासका कर्मचारी पालो मिलाएर बाहिर अन्यत्र काम गर्छन् रे |
    ५) दुताबासले भूकम्प पिडितकोलागि थुप्रै राहत जुटाउने एउटा राम्रो काम भने गरेको छ |
    ६) यो प्रसंग उठाउने कृष्ण श्रेष्ठज्यु लाई धन्यबाद | अन्य नेपालीले पनि आफ्ना मर्का यहाँ कमेन्ट गर्नु होला, त्यसो गर्दा सुधार भई सबैले भबिष्यमा कम दुख पाईइला |

    Reply
  14. भाबेस राइ says:
    July 20, 2015 at 9:47 am

    कुरो जापान को उठाउनु भएछ – तर हंगकंग को ठ्याक्कै मिल्ने ! पशु हाट को ब्यापारी जस्तो ताल हुन्छ कर्मचारी को, पशु हाट जस्तै दुताबास को ! नेपाल सरकार मा अलिकति काम सिस्टम ले चलाउन सक्ने दक्ष कर्मचारी छैनन् कि – भएका हरु लाइ अवसर नदियिएको हो ? विदेश का नेपाली दुताबास र काठमाडौँ का कार्यालय हरु को तुलना गर्दा बरु काठमाडौँ का कार्यालय हरु ब्यबस्थित तरिका ले चलेको पाइन्छ ! पर-रास्ट्र बिभाग को कुटनैतिक निकाय मा काम गर्ने हरु ९८% अयोग्य छन् यो ठोकुवा सहित भन्न सकिन्छ ! यिनै अयोग्य हरु जसले संसार भर निरिह राष्ट्र को रुप मा नेपाल लाइ उभ्याई रहेका छन् !

    Reply
  15. धनन्जय रावत says:
    July 20, 2015 at 9:29 am

    जत्ति भने पनि तेत्तिकै हो| एउटा एयरपोर्टको चर्पी ठिक संग सफा राख्ने क्षमता हाम्रा हाकिमहरुमा छैन| गफ चै अमेरिका, युरोप र जापानको दिन्छ| तेही नेपालीले कतार र दुबईमा कसरि सफा राखेका छन् तो हेर्नपर्यो|
    माथि कसले भने जस्तो यो सबै बाजेहरुले गर्दा हो| अधिकांश हाकिम र कर्मचारी जति बाजेहरु छन्| उनीहरुको डीएनए मै व्यवस्थित गर्ने क्षमता नभएको हो कि? वा आफ्नै चोठा र पुजा कोठा मात्र सफा र व्यवस्थित राखे भैगो भन्ने सोचले हो कि?
    एकचोटी देशको स्वास्थ्यको जिम्मा लिएका शिक्षित कहालिएका स्वास्थ्य मन्त्रालयको चोठा कोठा हेर्नुस| बीर अस्पताललाई हेर्नुस| तब थाहा पाईन्छ किन यी बाजे बाहुल हाकिम र कर्मचारीका डीएनए को कुरो| कसैलाई अनाहक लान्छना लाउन खोजेको होइन, आफुले देखेका र भोगेका तथ्य कुरा उजागर गरेको हुँ|

    Reply
  16. rajan says:
    July 20, 2015 at 7:01 am

    यता अष्टृऐलियाको पारा नि उस्तै हो। न कहिले फोन उठ्छ, न कहिले कर्मचारी नै हुन्छ अफिसमा। अझ बोल्ने सोमत त बेचिनै सक्या जस्तो छ।

    Reply
  17. Kiran says:
    July 20, 2015 at 6:21 am

    Same here in Australia.

    Reply
  18. Ram_Bdr Thapa says:
    July 20, 2015 at 5:00 am

    साथी ho,

    हामी आफै परिवर्तन नभई केहि हुदैन / के अब Nepal मा संघियता आए यी सबै ठिक हुन्छत / ८ वटा Pradesh ले केहि देनेवाला छैन , खाली नेता लाइ नया पद मात्र हो . हामी ले आफु लाइ पुरानो पुर्बिय संस्कृति को धाक लगाए पनि पश्चिमी बिकशित देश मा जस्ता सभ्य राम्रा व्यवस्था हुदैन /

    दछिन कोरिया मा जस्तो विदेश बस्ने अनुभवी व्यक्ति नेपाली लाइ ( शेष घले) लाइ देश चलाउन देउ , अनि हुन्छ नेपाल जापान जस्तों .

    Reply
  19. Zan Rii says:
    July 20, 2015 at 1:00 am

    मेरो कुरा सुन्नु हुन्छ? जब जब मलाई यहाँ नेपालको याद आउछ, जब जब न्यास्रो लागेर नेपाल फर्कन मन लाग्छ, तब म यहाँको राजदुताबास पुग्छु अनि हरेक पल्ट त्यहाँको बेथिति देखेर २-४ वर्ष यतै संघर्ष गर्ने उर्जा लिएर फर्कन्छु l धन्य छन् त्यहाका कर्मचारी जसले यहाँ जापानमा पनि नेपालको “सरकारको काम कहिले जाला घाम” जोगाई राखेका छन् 😛

    Reply
  20. roshan says:
    July 19, 2015 at 9:53 pm

    हामीलाई जे गर्दा पनि सजिलो चाहिन्छ देश होसकी विदेश . हामी आफै नियम मान्न गार्हो मान्छौ सजिलो बाटो खोज्छौ अनि यहाँ चै नौटंकी

    Reply
    1. nitesh says:
      July 20, 2015 at 11:30 am

      If you do not know the reality or have not faced such problem by the Embassy of Japan then better shut ur mouth.

      Reply
  21. Lalit Kumar Tamang says:
    July 19, 2015 at 8:14 pm

    धन्न त्यहां त मौसम पनि ठीक हुन्छ होला र मानिसहरुको भिड पनि धेरै कम हुन्छ होला । कतारमा हुनु पर्ने रहेछ तपाईं अनी थाहा पाउनुहुन्थ्यो । दुताबासको कर्मचारीहरुको समस्याको राम्रो समाधान सरकारले गर्दैनन रे । जती नेपालीहरुको चाप बढ्दै जान्छन तेती नै त्याहा कार्यभार बढ्दै जान्छ अनी त सरकारले तेही अनुरुप कर्मचारीको संख्या बृदि गर्नु पर्ने हुन्छ रे । त्यही भएर हामीले यो भएन त्यो भएन भन्दै गुनासो गर्‍यो भने राजदुतलाई नै सिधै गुनासो गरे पनि हुन्छ भन्दिन्छन उनिहरुले। फोटो नमिल्नु वा फारम भरेको नमिल्नु पटक पटक सच्याउनु पर्ने आदी इत्यादी त तपाईंकै लागि हो ३ महिना पछी बल्ल हातमा परेको राहधानी गलत भएर आएको राम्रो कि बरु पटक पटक सच्यायर पछी सहि राहधानी हातमा लिनु चाँही राम्रो?

    Reply
  22. kashey yolmo says:
    July 19, 2015 at 7:39 pm

    यो जापान को नेपाली दुतावास को समस्या मात्र होइन होला,यहाँ बेल्जियम मा पनि त्यस्तै अस्त व्यस्त पारा को रहेछ toilet मा toilet paper छैन, धेरै लामो समय सम्म त toilet मा चुकुल र बत्ति पनि थिएन छरपस्ट कागज हरु लाग्छ दुतवास होइन भूताहावास हो , रिसेप्शन को हालत गए गुज्रेको छ दुतावास मा आउने हामि नेपाली हरु पनि ठुला ठुला स्वर मा कुरा गरि रहेको देख्छ ,लाग्छ काठमाडौँ को गोंगबु बस पार्क को टिकट काउन्टर मा पुगेको होकी …..

    Reply
  23. krishna woli chhetri says:
    July 19, 2015 at 6:49 pm

    ब्लडमै खराबी होला। नेपालिले जुनसुकै देसमा गयेपनी नेपालिपारा छोड्दैनन। सकेशम्म बिदेसिको निएमपनी ऐसि कि तेइसी बनायेर छोड्छन।

    Reply
  24. Sujeet says:
    July 19, 2015 at 6:32 pm

    येस्तई हो नेपाली सरकार. चिया पनि सोधेको भए Sabb कम एकदिन मा हुन्थ्यो होला. अर्को पल्ट

    Reply
  25. डा. सुरज मास्के says:
    July 19, 2015 at 6:16 pm

    ९९% विदेशमा बस्ने नेपालीहरुको नेपाली राजदुतावास संग यस्ता धेरै गुनासो छन् । मलाई त कुनै नौलो कुरा लागेन । २०/२५ बर्षमा चार लाख बाट बिदेशमा नेपालीहरु चालीस लाखपनि भै सक्यो ।

    डा. सुरज मास्के

    Reply
    1. Bajra Kumar says:
      July 23, 2015 at 5:03 pm

      तपाईं पनि उही ध्यंग को मुल भयपछि के को लागि विकास गर्नु पर्ने र स्तरोनति गर्नुपर्ने अवास्यकै छैन /

      Reply
  26. Saugat says:
    July 19, 2015 at 5:34 pm

    Hello friends you are also Nepali so don’t generalize it. But the whole story really very shameful to Nepalese Embassy. You know friends Ministry of Foreign Affairs doesn’t want to recruit more people in our embassies, they just want to mess up and in the name of mess up they have been trying to escape.

    Ministry of Foreign Affairs of Nepal, please listen the general public voices. This same stories are happening elsewhere in Nepalese Embassies. And please do it urgently.

    Reply
    1. Sabin says:
      July 22, 2015 at 1:10 am

      It’s same here in Canada. If you call embassy some Indian speaking lady will pick up the phone who doesn’t understand Nepali. Funniest thing is listening to the voice message. I think its problem all over the world. The feeling you get when you talk to them is like you are their slave.

      Reply
  27. गौरव says:
    July 19, 2015 at 4:44 pm

    नेपाली राजदुतावासको अवस्था र कार्यशैली प्रति जायज कुरो उठाउनुभो यँहा सान्दर्भिक अर्को कुरो पनि उठाम जुन उठाउन पर्ने तर उठाएको देखिदैन|
    राजदुत नियुक्ति भएपछी र राजदुतावासमा सिस्टम सुधार, कार्य उदेश्य र मापदण्ड अनि निष्पक्ष अनुगमनको अभाव:
    राजदुत नियुक्ति गरिदा राजदुतावासको वर्तमान स्थिति र उनले के के काम गर्ने र के सुधार ल्याउने त्यसको विवरण, लेखाजोखा, मुल्यांकन, मापदण्ड र अनुगमन सबै हचुवा तालमा हुन्छ| चार बर्ष टन्न कमाएर फर्केपछि कसैले के काम गरेको हो र मुल्यांकन केहि हुँदैन| काम राम्रो नगरे पनि फर्केर आएर फेरी अर्को नियुक्तिको लागि चाकडी गरेर क्यु मा बस्छन|
    झन् पर राष्ट्रका कर्मचारी राजदुतमा नियुक्ति भए उनले त्यही खरदारीतन्त्रको निरन्तरता दिन्छन चाहे जापानमा होस् वा क्यानाडामा|
    एक दुइटा बाहेक हाम्रा बिदेशमा रहेका राजदुतवासको केहि काम छैन भने पनि हुन्छ| सैनिक सहचारी राख्ने प्रथा तुरन्त बन्द गरिन पर्छ| यसले एक प्रतिशत पनि मुलुकको भलाई गरेको छैन खर्च अनुसारको फायदा हेर्ने हो भने|
    धेरै मुलुकमा हुनपर्ने हो कन्सुलर सेवा र श्रम सहचारी| भिसा सुबिधा पनि अन लाईन उपलब्ध गराइए परम्परागत रुपमा राजदुतावासले गर्दै आएको काममा सुधार र कटौती गरिन पर्छ|
    कुनै पनि राजदुतावासमा हेर्नुस| यो मुख्यत बाजेहरुलाई वा दुईचार जातको जागिर खाने र विदेश घुम्ने अखाडा भएको छ|
    बिकशित मुलुकमा खटिएका राजदुत र राजदुतावासका कर्मचारीका पत्नीहरुले जागिर खान परराष्ट्रको स्वीकृति लिन पर्ने गरिनपर्छ| कुटनैतिक मर्यादा बिपरित लाजमर्दो रुपमै जे पायो त्यही जागिर खाएर अनि भनसुनमा अल्झिएर देशलाई मगन्ते स्तरमा झारेका छन्|
    कसले बुझ्ने हुन् यी सब|

    Reply
  28. Thanda sing Thapa Magar says:
    July 19, 2015 at 4:04 pm

    नेपाल को दुताबास जापान का कर्मचारीहरुले आफ्नो नागरिकहरु लई सत्कार गर्नु शिक्नु पर्छ.

    Reply
  29. Hridaya says:
    July 19, 2015 at 2:56 pm

    ए साथी , कुन चै देश को नेपाली दुताबास एस्तो छैन भनेर मलाई बताउन सक्ने कोइ हुनुहुन्छ ?? भेडा जता गए पनि गनाउछ , चाहे जापान चाहे अन्यत्र अर्को कुनै देश !!

    Reply
  30. rekha ghale says:
    July 19, 2015 at 2:23 pm

    अति लाज मर्नु अनि दुखको कुरो हो नेपाली कायदा जहाँ गए नि उस्तै . बाह्रबर्ष कुकुरको पुच्छर ढुंग्रोमा राखे नि बाङ्गै

    Reply
  31. jagdish says:
    July 19, 2015 at 2:13 pm

    हो एम्बस्सी ओफ नेपाल एसतै छ एस्तो नाराम्र्म्रो कर्मचारिता नेपालको मालपोतमा पनि चेइन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme