Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफ्नै कर्मचारीलाई थाहा नहुने टेलिकमको यो कस्तो विज्ञापन?

Posted on July 16, 2015July 17, 2015 by mysansar

-तेज राई-

ftth आजको कान्तिपुरमा नेपाल टेलिकमको NT FTTH (Fiber to the home) को विज्ञापन छापिएको रहेछ। नयाँ प्रविधि भएकोले यो चाहीं ठीक होला भनेर म बसेको घरमा जोड्न मिल्छ कि मिल्दैन भनेर सोध्न त्यहाँ दिएको नं. 01-4426900 मा फोन गरेँ। एक महिलाले फोन उठाइन् र ‘मलाई थाहा छैन यता फोन गर्नुस’ भनेर दुई वटा नम्बर टिपाइन्।

उनले टिपाएको मध्ये एउटा चाहीं कतै कसैको किराना पसलको नम्बर रहेछ। अर्को नं. 4430660 मा फोन गर्दा “नेपाल टेलिकम नक्साल त हो तर तपाईँलाई यो नम्बर कस्ले दियो ?” भन्दै थर्कायो। मैले अघि फोन उठाउने महिलाको नाम सोधेकै थिइनँ, गल्ती भएछ। अन्तमा “मलाई थाहा छैन, छाउनीमा फोन गर्नुस्” भन्यो। फोन नम्बर सोध्दा झर्किंदै, “197 मा सोध्नुस्” भन्यो।

ftth

फेरि विज्ञापन मै दिइएको अर्को नम्बर 4417929 मा फोन गरें, तर यिनलाई त झन ‘छाउनी एरियामा FTTH सुबिधा छ’ भन्ने नै थाहा रहेनछ, जुन विज्ञापन मै छापिएको छ। “छाउनीको फोन नम्बर थाहा छैन” भन्दै 197 कै हवाला दिएर पन्छिए।

मलाई दिक्क लागेर फेरि विज्ञापन कै अर्को नम्बर 5120007 मा पनि फोन गरें। एक जना महासयले फोन उठाए, तर उनलाई पनि यो FTTH भन्ने कुन जन्तु हो भन्ने थाहा रहेनछ। दुई वटा नम्बरहरु टिपाए 4285000 र 4285020, तर दुईटै नम्बरमा मरीगए फोन उठेन। म कता जाऊँ अब ?

यसले मेरो मनमा केही प्रश्नहरु उठेका छन:
1. के नेपाल टेलिकमका कर्मचारीलाई कस्टमर केयरको बारेमा तालिम छैन ?
2. कर्मचारीलाई आफ्नो अफिसले ल्याएको नयाँ सेवाको बारेमा टेक्निकल ज्ञान छैन कि?
3. बिग्यापन दिने निकायले पो असम्बन्धित कर्मचारीको फोन नं. दिए कि?
4. कि कर्मचारीहरुलाई जिम्मेवारीबोध छैन कि ? कन्ट्रोल गर्ने निकाय नै पो छैन कि?
5. यो विभागका कर्मचारीहरु कतै अन्य दुर संचार या इन्टरनेट सेवा प्रदायक कम्पनीका दलाल त परेनन्?
6. कतै हामीले तिरेको करबाट तलब खाँदै अरुलाई “खेतालो” राखेर त हिँडेका छन् की ?
7. यत्ती सुबिधा लिनको लागि पनि राजनैतिक सोर्स फोर्स नै पो चाहिने हो कि ?
8. यदि यो सुबिधा उपलब्ध नै छैन भने यसको बारेमा लाखौंको विज्ञापन छापेर किन समय र पैसा बर्बाद गरिंदैछ?

(राईले आफ्नो फेसबुकमा राखेको प्रश्न)

10 thoughts on “आफ्नै कर्मचारीलाई थाहा नहुने टेलिकमको यो कस्तो विज्ञापन?”

  1. ND says:
    July 19, 2015 at 6:50 pm

    यो NTC ले पहिले postpaid मोबाइलको balance १०% बाकि छ भन्दै खबर गर्थ्यो, तर अहिले एकैपटक Call barred भन्दै पुरै सेवा ठप्प पार्दिन्छ । मलाई आज तेस्तै भयो अनि पैसा recharge गरेको recharge भयो तर अहिले सम्म पनि तपाइको कल निषेध गरिएको छ भन्छ र कहिँ पनि फोन जादैन । राम्रो सर्भिस दिन नसक्नेले किन नाटक चै धेरै गर्नु अनि अनगिन्ति सिमकार्ड हरु बेच्नु ?

    Reply
    1. जीवन नेपाली says:
      July 20, 2015 at 12:40 pm

      मैले NTC को तरफदारी गरेको होइन, तर, PostPaid मा balance बाकी किन हुनु पर्यो र ?
      Postpaid भनेकै पहिला कुरा गर्ने अनि महिना मरे पछि पैसा तिर्ने, होइन र ?

      Reply
  2. Mk says:
    July 17, 2015 at 11:11 pm

    कहीं नभाको जात्रा काठमाडौँ को टेलिफोन अफिश मा भनेको येहि हो, क्यारे !

    Reply
  3. सिर्जने says:
    July 17, 2015 at 7:37 pm

    बिज्ञापन मै छ ‘कम्प्लेन’ को लागि फोन नम्बर १९८, नेपाल दुरसंचार लाइ पहिल्यै थाहा रहेछ कम्प्लेन आउछ भनेर / अनि राइजी ले १९८ मा चै किन फोन नगर्नुभा’को त?

    Reply
    1. जीवन नेपाली says:
      July 20, 2015 at 12:37 pm

      यो कम्प्लेन गरेको हो र ?
      यो त नया service मा के के सुबिधा छ भनेर बुझ्न लाइ पो फोन गर्या हो त.
      खोइ कुरो बुझ्या

      Reply
  4. नविन says:
    July 17, 2015 at 1:48 pm

    एन टि सि का सेवाहरु:
    -ल्याण्ड लाइन :सस्तो र ठिक |
    -सी डी एम ए : सस्तो र ठिक |
    -मोबाइल : सस्तो तर झुर |
    -ए डी एस एल : सस्तो तर झुर |
    -जी पी आर एस : सस्तो तर झुर |
    – वाई म्याक्स : महँगो अनि झुर |
    – ग्राहक सेवा : सस्तो बोलि र झुर सेवा |
    -माथि उल्लेखित नया सेवा : पक्कै पनि झुर |

    तेसैले एन टि सि लाई माया गरौ तर भर नपारौ |

    Reply
  5. Anurodh says:
    July 17, 2015 at 12:35 pm

    नेपाल टेलिकमका कर्मचारीहरु विभिन्न पार्टी निकट कर्मचारी युनियनहरुमा आवद्ध छन् । उनीहरुले काम नगरे पनि युनियनले उनीहरुको संरक्षण गरिहाल्छन् । कर्मचारीहरु आफ्ना काम र जिम्मरेवारीप्रति जवाफदेही छैनन् । उनीहरुका लागि ग्राहक प्राथमिकताको सूचीमा पर्दैनन् ।
    प्रतिस्पर्धी दूरसञ्चार कम्पनी छन् तर टेलिकम भन्दा यिनीहरुको सेवा महँगो भएको कारण टेलिकमको अति झुर सेवा हामीले उपयोग गरिरहनु परेको हो । यसको एडीएसल वाइम्याक्सजस्ता सेवा प्रचार गरिएजस्ता प्रभावकारी छँदै छैनन् । गुनासो सुन्ने र समाधान गर्ने अधिकारी पनि कार्यकक्षमा भेटिँदैनन् ।

    Reply
  6. Navaraj Subedi says:
    July 17, 2015 at 9:52 am

    मलाई पनि धेरै चोटी येस्तै भोग्नु परेको छ | नेपाल टेलीकमका कर्मचारी काम गर्न होइन, बुढेसकाल का लागी पुग्ने पैसा (पेन्सन / उपदान) जम्मा गर्न जानछन् | सेवा भावनाको पूर्ण कमि छ |

    Reply
  7. अधिकारी भोजराज says:
    July 17, 2015 at 8:04 am

    आफ्नो काम कर्तव्य र उत्तरदार्इत्व बिर्सेर सेवा सुबिधामामात्र लिप्त नालायक टेलिकमका कर्मचारी । यस्ताबाट देशले के आषा राख्ने ।

    Reply
  8. Sudin says:
    July 17, 2015 at 6:33 am

    ntc is the worse but we are force to use it just becoz there is no alternative….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme