काठमाडौँको व्यस्त ठाउँ ठमेलको एउटा नाम चलेको बैँक। यहाँको काउन्टरमा भूइँमा कार्पेट ओछ्याइएको रहेछ। तपाईँ अनुमान लगाउन सक्नुहुन्छ, किन यसरी कार्पेट ओछ्याएर ग्राहकको स्वागत गरिएको ? सुशील मैनालीले फोटो खिच्दै यसको रहस्य खोतलेका छन्।
यसको भित्री कारण थाहा पाउन कार्पेट भित्र नभए पनि वरपरको स्थिति हेर्नुपर्छ।
खासमा यो भूकम्पले चर्किएको भूइँ छोप्ने उपाय रहेछ बैँङ्कको। मैनाली लेख्छन्- क्या चलाख र सिर्जनात्मक व्यापारी बुद्धि !
A reputed bank in Thamel area : woow customer passes through Red carpet but the reason is to cover the crack after earthquake.Clever and creative business mind!!! Who cares?
Posted by Sushil Mainali on Monday, 15 June 2015
नेपाल सरकार ( जुनसुकै पनि पार्टी )ले आफ्नो पाला मा गरिबी टाल टुल पारे र नेपाल को अर्थतन्त्र सुध्रियो भने जस्तो |
हिमालयन बैंक हो यो …लापरबाही को चरम नमुना हो यो ..यशरी जनता लाई बेबकुफ बनाउनु हिमालयन बैंक को सेवाग्राही पर्ती को बिश्वास माथि को धोका हो ////
कार्पेट पनि कुन फोहोर को डब्बा बाट उठाएर ल्याको जस्तो छ
Its Himalayan Bank Limited. Thamel Cash Counter Area.
समाचार दिने र ठाउँको नाम नदिने – के logic हो ? जनतालाई सुचित हुने हक दिन नखोजिएको जस्तो लाग्यो । म र म जस्ता हजारौ दिनहुँ ठमेलमा काम गर्छौ, पर्यटकहरु ग्राहकहरु आउछन्। नागरिकहरुले आफूलाई प्रत्यक्ष असर पर्ने कुराको बारे थाहा पाउन हुने कि नहुने ? माईसंसार टिम र सालोक्य जी कृपया ठाउँको नाम दिनुहोस् वा पत्ता लगाईदिएर आम नागरिक र प्रशासनलाई सुचना पाउने/दिने हक प्रदान गर्नुहोस् ।